Tag: मोहन बानियाँ

  • बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा रिहा

    बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता बानियाँ पाँच लाख धरौटीमा रिहा

    सुर्खेत । नेकपा एमाले मुगुका नेता एवम् पूर्वमन्त्री मोहन बानियाँ पाँच लाख धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत बाँकेले बुधबार दिएको आदेशअनुसार प्रतिनिधिसभाका सांसद मोहन बाँनिया पाँच लाख धरौटीमा रिहा भएका हुन ।

    बानियाँविरुद्ध जुम्लाकी एक महिलाले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय वाँकेमा जाहेरी दिएकी थिइन् । उनले नेपालगञ्जस्थित अप्सरा होटलमा बोलाएर सांसद बानियाँले बलात्कार गरेको जाहेरीमा उल्लेख थियो ।

    प्रहरीले खोजतलास गर्न थालेपछि सांसद बाँनिया आफैं गिरफ्तारी दिन नेपालगन्ज जाँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    घरौटीमा रिहा भएका बानियाँले आफू निर्दोष रहेको दाबी गर्दै आएका छन् ।