Tag: मेलम्चीको पानी

  • आजदेखि मेलम्चीको पानी काठमाडौंका घर-घरमा, दोस्रोपटक उद्घाटन

    आजदेखि मेलम्चीको पानी काठमाडौंका घर-घरमा, दोस्रोपटक उद्घाटन

    काठमाडौं । आजदेखि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेकाे छ ।

    खानेपानीमन्त्री उमाकान्त चाैधरीले  उद्घाटन गर्दै मीनभवन स्थित पानीट्यांकीबाट आजदेखि मेलम्चीको पानी वितरण थालिएको हो ।

    पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिने बताए । उनले भने, ‘अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।’

    अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण थालिएको हो ।

    पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो । उनले भने, ‘सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।’

    गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइनेछ । उनले भने, ‘पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।’

    गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो ।

  • मेलम्चीको पानी वितरणका लागि तयारी पूरा, आइतबारदेखि घरघरमा पानी पठाइँदै

    मेलम्चीको पानी वितरणका लागि तयारी पूरा, आइतबारदेखि घरघरमा पानी पठाइँदै

    काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले काठमाडौं उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा गरेको छ ।

    मेलम्चीको पानी आइतबार बिहानसम्ममा महाँकालचौरमा पानी आइपुग्ने बताइएको छ । गत वर्षको अनुभवका आधारमा पानी वितरण गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

    उनका अनुसार गत वर्ष वितरण हुन नसकेका ठाउँमा पानी वितरण गरिनेछ । उनले भने, ‘अघिल्लो वर्ष के–कारणले ती ठाउँमा पानी नपुगेको हो, त्यो हेरेर त्यसको समाधान गरिनेछ ।’

    अहिले पनि अधिकांश स्थानमा नयाँ पाइपको परीक्षण गर्न बाँकी भएकाले पनि पुरानो पाइपबाट नै वितरण गर्न लागिएको लिमिटेडले जनाएको छ । पुरानो पाइपबाट पानी वितरण गर्दा नयाँ पाइप भने परीक्षण हुने प्रमुख कार्यकारी निर्देशक शाक्यले बताए।

    पानी वितरणका क्रममा पाइपमा चुहावट हुँदा मर्मत तत्काल गर्नुपर्ने उनको भनाइ छ । गत वर्ष सडकले अनुमति नदिँदा मर्मत गर्न ढिला भएको थियो । उनले भने, ‘सडक खन्नासाथ तत्काल मर्मत गर्न नपाउँदा ढिला हुन्छ । मेलम्ची खोलाबाट १७ करोड लिटर पानी ल्याउने भए पनि अहिले तत्काल थोरैबाट सुरु गरिने तयारी गरिएको छ ।’

    गत वर्ष पनि सुरुमा थोरै परिमाणबाट पानी वितरण थालिएको थियो । अहिले सुरुमा पाँच करोड लिटर पानी ल्याइने र विस्तारै बढाइनेछ । उनले भने, ‘पाँच करोडबाट सुरु गरिएपछि छ करोड लिटर हुँदै आठ करोड लिटरबाट बढाइएको हो ।’

    सरकारले २०७६ फागुनमा पानी पथान्तरण गरेको थियो । गत वर्ष असारमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बाढीका कारणले क्षतिग्रस्त बन्दा कोही पनि आयोजनास्थल पुगेका थिएनन् । केही महिना पहिले सडक मर्मत गरेर आयोजनाका संरचना खुलाइएपछि हाल पानी काठमाडौँ ल्याइएको हो ।

  • मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ: मन्त्री चौधरी

    मेलम्चीको पानी ल्याउन कार्ययोजना बनाएर काम भइरहेको छ: मन्त्री चौधरी

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी चैतको मसन्तसम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउन कार्ययोजना बनाएर काम भइरहेको बताएका छन् ।

    मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले निर्माणमा संलग्न चिनियाँ कम्पनी सिनो हाइड्रोले काम सुरु भएको तीन महिनाभित्र जिम्मेवारी सम्पन्न गर्ने प्रतिबद्धता जनाएर काम गरिरहेको जानकारी दिए ।

    मन्त्री चौधरीले भने, ‘अहिले त्यहाँ १२ वटा स्काभेटर र २४ वटा टिपर प्रयोग गरी दैनिक कार्ययोजना बनाई अहोरात्र काम भइरहेको छ । प्रत्येक सात दिनमा समीक्षा र मूल्याङ्कनको व्यवस्थासमेत गरिएको छ ।’

    अस्थायीरुपमै भए पनि पहिलेकै परिमाणमा दैनिक १७ लाख लिटर पानी निर्धारित समयमा काठमाडांै उपत्यकामा आउने विश्वास दिलाउँदै उहाँले एशियाली विकास बंैकको अध्ययन प्रतिवेदनका आधारमा स्थायी सरचनालाई अघि बढाउने जानकारी दिए ।

    आयोजनाको बाँध र सुरुङको काम अहिले भकाभक भइरहेको बताउँदै उनले वर्षायाममा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न बाँध क्षेत्रमा पूर्वअनुमान चेतावनी संयन्त्र जडान गरिने जानकारी दिए। गत असार १ गते आएको बाढीले काठमाडौँ ल्याउने खानेपानीको बाँध र सुरुङमा क्षति पु¥याएको थियो ।

  • सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौं: खानेपानीमन्त्री चौधरी

    सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउँछौं: खानेपानीमन्त्री चौधरी

    काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको खानेपानी काठमाडौं ल्याउने बताएका छन् ।शुक्रबार सिंहदरबारमा भएको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री चौधरीले सरकारले घोषणा गरेकै समयमा मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका हुन् ।

    उनले आफ्नो मन्त्रालयका कर्मचारीहरु दिनरात खानेपानीको काममा खटिरहेकोले अस्थायीरुपमा नै भएपनि सरकारले तोकेको समयसीमा भित्र मेलम्चीको खानेपानी काठमाडौं आउने बताए । मन्त्री चौधरीले पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन हुन नसक्ने बताए । मन्त्री चौधरीले खानेपानी कुनै पनि नागरिकले शुद्ध खानेपानी खानबाट वञ्चित हुन नपरोस् भन्ने कुरा कागजमा मात्रै नभइ कार्यान्वयन गरेर देखाउने बताए ।

    मन्त्री चौधरीले भने, ‘हामी लगायत हाम्रा सबै टिम दिनरात खटेर भएपनि हामी चाँडो भन्दा चाँडो सरकारले घोषणा गरेको समयमा नै हामीले काठमाडौं वासीलाई अस्थायी भए पनि पानी ल्याएर ख्वाउँछौँ भनेर हामी पूरै लागि परेका छौँ र लाग्छौँ पनि । हामी सरकारले घोषणा गरेकै समयभित्र पानी ख्वाउने प्रतिवद्धता जनाउँछौँ । जबसम्म पानीको मुहान र जलाधार संरक्षित नगरी दीर्घकालीन योजना सञ्चालन गर्न गाह्रो छ । त्यसको लागि एडिबीसँग कुरा पनि गरेका छौँ । त्यहाँ एडिबीको एउटा अध्ययन टोलीले अध्ययन गरिरहेको छ ।’

    नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले वृहत खानेपानी आयोजना सर्वेका लागि आफ्नो जिल्लामा हालसम्म कर्मचारी नै नपुगेको गुनासो गरिन् । उनले योजना आएको तीन वर्षमा सर्वे हुन नसकेको भन्दै जनतासमक्ष जान पनि लाजमर्दो भएको बताइन् ।

    नेकपा एमालेका सांसद यज्ञराज सुनुवारले खानेपानी मन्त्रालयले खानेपानीको वृहत् योजनाका लागि दीर्घकालीन र मध्यकालीन, तत्कालीन योजना बनाएर अघि बढ्नुपर्ने बताए ।

    उनले मन्त्रालयले अध्ययन गरेर दीर्घकालीन योजना बनाएर काम गर्नुपर्ने बताए । उनले सोलुखुम्बु, ओखलढुंगा र खोटाङको खानेपानी आयोजना हेर्नका लागि कार्यालय खोटाङको कुनामा राखेको भन्दै त्यसमा सच्याएर ओखलढुंगा तीनै जिल्लाका लागि पायक पर्ने भएकोले त्यहाँ कार्यालय स्थापना हुनुपर्ने माग गरे ।

    नेकपा एमालेकी सांसद बिनाकुमारी श्रेष्ठले मेलम्ची खानेपानी साउनयता जनताले खान पाउनेरुपमा कुनै काम अघि बढ्न नसकेको बताइन् । उनले काठमाडौंका बासिन्दाले कहिलेसम्म मेलम्चीको खानेपानी खान पाउने हो भन्दै खानेपानी मन्त्रीलाई प्रश्नसमेत गरिन् ।

    राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले एक घर एक धारा र जनसंख्याका आधारमा खानेपानी छुट्याउने कुरा एक आपसमा बाझिएको बताइन् । उनले खानेपानीको योजनामा लागतलाई आधार बनाएर काम अघि बढाउँदा राम्रो हुने बताइन् ।

    नेपाली काँग्रेसका सांसद बहादुर सिंह लामाले खानेपानी मन्त्रालयको कहिल्यै बिस्तृत योजना नभएको र सबैले गाली गर्न थालेको भन्दै मन्त्रालयको नाम फेरेर पिउने पानी मन्त्रालय राख्न सुझाव दिए ।

  • चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

    चैतसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी

    काठमाडौं । आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौं उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ ।

    मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो ।

    गत असार र साउनमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । आयोजनास्थलमै पुग्न सकिने अवस्था नभएकाले यकिन क्षति हुन बाँकी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    आयोजनास्थलमा रहेका संरचना लेदोले छोपिएकाले त्यो हटेपछि मात्रै क्षति यकिन हुने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, ‘अहिले हेडवर्क १०/१५ मिटरसम्म पुरिएको अवस्थामा रहेकाले क्षति यति नै भयो भन्न सकिने अवस्था छैन ।’ चैतमा काठमाडौँमा पानी ल्याउने लक्ष्य लिइएकामा थोरै तलमाथि भए पनि धेरै नहुने समितिले जनाएको छ । हेडवर्कमा कति क्षति भएको छ त्यसका आधारमा कति समय लाग्ने भन्ने हुन्छ ।

    अहिले तत्काल ‘हेडवर्क’बाटै पथान्तरण गर्न नसकिने भएकाले वैकल्पिक पानी पथान्तरणको विषयमा सोचिरहेको सूचना अधिकारी पन्तले बताए। ‘हेडवर्क’ नजिकै नदीको सतहमा गिट्टी, बालुवा थुप्रिएको र त्यो सफा गर्न चुनौती रहेको छ । त्यहाँ हटाउँदा आएका सामग्री कता लैजाने भनी अन्योल रहेको छ । उनले भने, साघुँरो ठाउँमा एकैपटक धेरै उपकरण लैजान नसक्ने अवस्था छ, त्यसले समय लाग्नसक्ने देखिएको छ ।’

    हेलम्बु–१ अम्बाथानस्थित आयोजनास्थलमा गत असार १ मा गएको बाढीका कारण क्षति पुगेको थियो । त्यसपछि साउनमा पुनः आएको बाढीले यहाँ रहेका संरचनामा थप क्षति पुगेको समितिले जनाएको छ । पछिल्लो बाढीले गर्दा यहाँ रहेका सडक बगाएको छ भने अरु संरचनामा कति क्षति पुग्यो भन्ने थाहा नभएको पन्त बताउँछन् । उनले अगाडि थपे,‘पहिले बाढीपछि नै परामर्शदाता कम्पनीले त्यहाँ पुगेको क्षति र मर्मतका बारेमा अध्ययन गरिरहेको छ ।’

    बाढीका कारण सबैभन्दा बढी असर अम्बाथानसम्म पुग्ने सडक र ‘हेडवर्क’ मा पुगेको अनुमान गरिएको छ । अहिले सडक रहेकै स्थानमा पुनःनिर्माण गर्ने कि नयाँ रेखाङ्कनमा गर्ने भनी छलफल भइरहेको छ ।

    सडक र पुलको विज्ञ जनशक्ति सडक विभागसँग भएकाले ऊसँगको सहकार्यमा यसमा निर्णय लिइने तयारी भइरहेको छ । अहिले भएको सडकको विकल्पमा अर्को ठाउँबाट वैकल्पिक सडक खुलाउने काम दीर्घकालीनरूपमा गरिनुपर्ने भए पनि तत्कालका लागि भइरहेको सडकमा स्तरोन्नति अघि बढाइएको उनले बताए ।

    अहिले डोजरमात्रै लैजान सकिने बाटो बनाउने प्रयास भइरहेको छ । ‘यहाँका सडकको स्तरोन्नति र मोड फराकिलो बनाइरहेको छ’, उनले भने, ‘हेलम्बु गाउँपालिकाले सडक खुलाउने काम गरिरहेको छ ।’

    सडकमा कति क्षति पुग्यो र मर्मतका लागि कति समय लाग्छ भनी विस्तृतरूपमा मूल्याङ्कन गरिनेछ । सडक पहिलेको रेखाङ्कनभन्दा माथिबाट लैजाँदा सुरक्षित हुनसक्ने उनको भनाई छ । ‘भविष्यमा पुग्न सक्ने क्षतिको आकलन गरेर पुलहरू नयाँ ठाउँमा बनाउनुपर्ने हुनसक्छ’, उनले भने,‘त्यसले गर्दा पहिले भएको क्षतिभन्दा पुनःनिर्माणका लागि लागत बढी लाग्ने देखिएको छ ।’

    आयोजनाले हालसम्म दुई अर्ब क्षति भएको अनुमान गरिएको छ । मर्मत र पुनःनिर्माण गर्दा त्यो रकम बढ्नसक्नेछ । हेडवर्कमा भएको क्षति त्यहाँ रहेको लेदो सफा गरेर नहेरेसम्म थाहा नहुने उनको भनाइ छ । निर्माणस्थलमा रहेका संरचना पुनःनिर्माणमा समय र लागत दुबै बढी लाग्ने देखिएको छ । साउन महिनाको बाढीले सडकमा थप क्षति पुगेपछि आयोजनास्थलमा रहेका संरचनामा भने पहिलो बाढीले गराएको क्षति जति हो त्योभन्दा बढी भएको नपाइएको
    छ ।

    आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका मर्मतको योजना बनाइएको छ । दीर्घकालीन मर्मत सुरु गर्नु पहिले आयोजनास्थलभन्दा माथिल्लो भागमा पहिरोको समाधान गरिनुपर्छ भन्ने छलफल भइरहेको छ । सम्बन्धित निकायले त्यसमा विस्तृत अध्ययन गर्नुपर्नेमा उनको जोड छ । अध्ययन सकिएर निष्कर्षका आधारमा अरु पूूर्वाधारको डिजाइन गर्ने, पुनरावलोकन गर्ने, स्थानान्तरण वा नयाँ बनाउने के गर्न सकिन्छ भनी निर्णय लिइने भएको छ । उनले भने, ‘माथिल्लो भागमा पहिराको रोकथाम नियन्त्रणका लागि एकीकृत कार्यक्रम बनाएर जानुपर्छ ।’

    अल्पकालीनरूपमा आयोजनाबाट पानी ल्याउनका लागि वैकल्पिक पथान्तरण सफा गर्ने, अम्बाथान अडिट सफा गर्ने योजना बनाइएको छ । हालका लागि सानो एउटा वैकल्पिक ड्याम बनाएर पानी ल्याउन लागिएको छ ।

    अल्पकालीन कार्ययोजनामा चुनौती भनेको नदीको स्तर पुरानै स्तरमा बनाउनु रहेको छ । गत असारसम्म चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क’ मा निर्माण गरिरहेको थियो । ठेक्का सम्झौताका आधारमा कम्पनीले गर्ने दायित्व पूरा गर्नुपर्ने छ । अरु संरचनामा क्षति पुगे पनि मुख्य सुरुङमा क्षति नभएको अनुमान छ । अम्बाथान अडिट, डाइभर्सन टनेललगायतका संरचना टालिएको मात्र हो क्षति छैन भन्ने प्रारम्भिक अनुमान छ ।

    क्षतिको मूल्याङ्कन गरेर अहिले निर्माणको काम गरिरहेको कम्पनीलाई नै काममा लगाइने सूचना अधिकारी पन्तले बताए । अल्पकालीन कार्ययोजनामा व्यवसायीले गर्नुपर्ने काम धेरै छैन ।

    हेडवर्कमा माथिसम्म टालिएकामा दीर्घकालीनरूपमा सफा गरेर हेरेपछि के–के क्षति भएको हो त्यसको मर्मत र सुधारको काम सिनो हाइड्रोले गर्नेछ । ट्र्याक खोलेर वैकल्पिकरूपमा हेडवर्क पुग्न काम अघि बढाइएको छ । एक÷डेढ महिनामा हेडवर्क पुग्न सकिने उनको भनाइ छ । उनले भने,‘हेडवर्क पुगेपछि नै टालिएका संरचना सफा गर्न सुरु हुनेछ ।’

    अहिले तत्काल सडकको ‘एलाइमेन्ट’ परिवर्तन गर्न नसकिने भए पनि दीर्घकालीनरूपमा परिवर्तन गरेर निर्माण गर्नुपर्ने देखिएको छ । दीर्घकालीनरूपमा सडकका लागि पुनः डिजाइन गर्नुपर्ने समितिले जनाएको छ । झण्डै दुई दशक पहिले निर्माण सुरु भएको आयोजना गत फागुनमा सम्पन्न भएर काठमाडौं उपत्यकामा पानी आउन थालेको थियो ।

    आयोजनाको मुख्य संरचनाका रूपमा रहेको सुरुङको निर्माण सकिएपछि अस्थायी बाँधबाट पानी ल्याउन थालिएको थियो । आयोजनाको ‘हेडवर्क’ निर्माणको अन्तिम काम भइरहँदा आएको बाढीले धेरै क्षति पु¥याएको छ । राष्ट्रिय गौरवको सो आयोजना काठमाडौं उपत्यकामा रहको खानेपानीको समस्या समाधानको दीर्घकालीन उपायका रूपमा रहेको छ ।रासस

  • काठमाडौंमा आजदेखि मेलम्चीको पानी नआउने

    काठमाडौंमा आजदेखि मेलम्चीको पानी नआउने

    काठमाडौं । आजदेखि मेलम्चीको पानी वितरण झण्डै २ महिना राेकिने  भएको छ । सुरुङको परीक्षण गर्नुपर्ने भएकाले आज (असार १ ) गते देखि मेलम्चीको पानी पठाउन बन्द गरिएकाे हो ।

    कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले झण्डै २ महिना बन्द हुने उनको भनाइ छ ।

    पन्तले भने, ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनले बताए ।

    गत वर्ष चैत १५ गतेदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी भइरहेको थियो ।

    त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्नेपर्ने छ । उनले भने,‘आजदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

    अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।

    निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि पानी भरिनेछ । एक महिनाभित्रमा पुनः पानी वितरण सुचारु हुनेछ । मेलम्ची खानेपानीको मुहानमा हाल हेडवक्र्स निर्माण अन्तिम चरणमा पुगेको छ ।

    झण्डै दुई महिना मेलम्चीको पानी नआउने भएपछि काठमाडाैं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले २ देखि १२ दिनसम्म विराएर उपत्यकाको विभिन्न खानेपानीको स्रोतबाट उपत्यकामा खानेपानी वितरण गर्न लागेको हो ।

    केयुकेएलले उपत्यकामा खानेपानी वितरण गर्ने ताालिकामा समेत फेरबदल गरेको छ । उपत्यकामा २४ करोड खानेपानीको माग भएतापनि ९ लाख मात्रै खानेपानी आपूर्ति भइरहेको छ ।

  • मेलम्चीको पानी धारामा दिन बिराएर आउने, यस्तो छ तालिका

    मेलम्चीको पानी धारामा दिन बिराएर आउने, यस्तो छ तालिका

    काठमाडौं । आजबाट वितरण सुरु भएको मेलम्चीको पानी काठमाडौंवासीले दिन बिराएर प्राप्त गर्ने भएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दुई दिनमा एकपटक हरेक घरमा पुर्‍याउने गरी तालिका बनाएको छ ।

    प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले अहिले सकेसम्म दैनिक र नसके एक दिन बिराएर उपभोक्ताले पानी पाउने जानकारी दिए । कुनै ग्राहकको घरमा पानी नपुगेको खण्डमा तत्काल र्‍यापिड रेस्पोन्स टीमले समस्या समाधान गर्ने उनले बताए ।

    महाँकालचौर वितरण केन्द्रको तालिकाअनुसार आजबाट एक दिन बिराएर पानी बितरण गरिनेछ । सोमबारसम्म ५७ हजार ९ सय ७ वटा धारामा पानी वितरण गर्ने योजना छ ।

    पहिलो दिन आज सुन्दरीजलबाट बितरण लाइनमा छोडिएको पानी दिउँसो २ बजेसम्म ट्याङ्कीमा भरिएको थियो । २ बजेदेखि ९ बजेसम्म न्यूरोडको सप्लाइ त्रिपुरेश्वर र क्षेत्रपाटीमा ९ हजार २ सय धारामा १ घण्टा पानी वितरण हुदैछ । ९ बजेदेखि ६ बजेसम्म सिफल लाइन खुल्ला गरेर कुटु बहाल सिफल, कालोपुल, माली गाउँ, विशालनगरको ३७ सय ८५ धारामा पानी पुग्नेछ ।

    रातको १२ बजेदेखि ७ बजेसम्म ढुंगेधारा बन्द गरेर देवकोटा सडक बत्तिसपुतली, जयबागेश्वरी चाबहिलमा रहेको ५ हजार ७८० वटा धारामा पानी आउनेछ । ७ बजेदेखि ८ बजेसम्म पुनः महाँकाल चौरको ट्याङ्की भरिनेछ ।

    ९ बजेदेखि मैतीदेवी, घट्टेकुलो, डिल्लीबजारको ३ हजार ७८० घरको धारामा पानी वितरण हुनेछ । यी स्थानमा १५, १७, १९, २१, २३, २५, २७, २९, ३१ गते पानी वितरण हुने भएको छ ।

    त्यस्तै २ बजेसम्म ट्याङ्की भरेर २ बजेदेखि ८ बजेसम्म ईनबहाल ज्याठा, भोटाहिटी, कमलादी, नक्साल क्षेत्रको ७ हजार ६२५ धारामा पानी वितरण हुनेछ । १० बजेदेखि बानेश्वर, सिनामंगल, मिलनचोक, संगम चोकको १४ हजार ४९३ घरको धारामा पानी पठाइदैछ ।

    दोस्रो दिन ४ बजेपछि पुन जयबागेश्वरी मित्रपार्क, चाबहिल, रातोपाटी, कालिमाटी क्षेत्रको ४ हजार ८९० धारामा पानी छाडिनेछ । ४ बजेपछि पुन ट्याङ्की भर्ने र ५ बजेपछि चारखाल, डिल्लीबजार कमलादी, बागबजार, त्रिपुरेश्वरको ८ हजार ३ ४४ धारामा पानी छाड्ने केयुकेएलको तालिका रहेको छ । यी क्षेत्रमा १६, १८, २०, २२, २४, २६, २८ र ३० गते पानी वितरण हुनेछ ।

    आज कहाँ–कहाँ पुगेन ?

    मेलम्चीको पानी वितरण गर्ने जिम्मा पाएको काठमाडाैं उपत्यका खानेपानी लिमिटेड केयुकेएल र आयोजना कार्यान्वयन निर्देशनालयले आज पहिलो चरणमा केही वितरणलाइनमा पानी पठाएको हो ।

    आयोजनाले बाँसबारी, बालाजु, पानीपोखरी लगायतका ट्याङ्कीमा भने पानी पठाएको छैन । यी क्षेत्रमा दोस्रो चरणमा मात्रै पानी वितरण गरिने बताइएको छ ।

    आज ४ वटा ट्याङ्कीमा क्षमताभन्दा थोरै पानी पठाएको आयोजना निर्देशनालयले जनाएको छ । आयोजनाले आज र भोलि ४ करोड लिटर पानी वितरण गर्दैछ भने १७ गते साढे ६ करोड लिटर, १८ र १९ गते साढे ८ करोड लिटर पानी धारामा पठाइनेछ ।

    एक हप्तासम्म साढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ । त्यसको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउने आयोजनाले जनाएको छ ।

    मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि गत फागुन १० गते पानी सुरुङमा पठाएको थियो । त्यसको दुई सातापछि पानी सुन्दरीजलसम्म आइपुग्यो । त्यसपछि आज काठमाडौंवासीले पानी पाएका हुन् ।

  • पुरानो वितरण प्रणालीबाट आएको पानी तत्काल पिउनयोग्य, नयाँको परीक्षण गरिने

    पुरानो वितरण प्रणालीबाट आएको पानी तत्काल पिउनयोग्य, नयाँको परीक्षण गरिने

    काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी आजबाट काठमाडौंका धारामा खस्न थालिसकेको छ । फागुपूर्णिमा मनाइरहेका काठमाडौंवासीले मेलम्चीको पानीले नुहाउन सक्नेछन् ।

    सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी २ बजेपछि जनताको घरमा पुगेको हो । पहिलो दिन पुरानो वितरण लाइनबाट धारामा पानी छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार अहिले पुरानो धारामा खसेको पानी तत्काल पिउनयोग्य छ । नयाँ प्रणालीबाट वितरण गरिएको पानीको भने परिक्षण हुन बाँकी रहेको आयोजना प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

    उनले भने, ‘अहिले पुरानो थोक प्रणालीबाट वितरण गरेको पानीमा कुनै समस्या छैन । किनभने सुन्दरीजलमै पानी प्रशोधन भएर आएको छ । नयाँ प्रणालीमा भने पानीको स्याम्पल टेस्ट गरेपछि मात्रै थाहा हुन्छ ।’

    अनामनगरको ट्याङ्कीबाट नयाँ वितरण लाइनमार्फत पानी पठाइएकाले केही दिन खान नमिल्ने उनी बताउँछन् । यसको ब्याक्टेरियल परीक्षण गरिने उनको भनाइ छ । ब्याक्टेरियल परीक्षण गर्न २४ घण्टा लाग्छ । आयोजनाले आज नै नयाँ वितरणलाइनको पानीको नमुना परीक्षण गर्ने तयारी गरेको छ ।

    श्रेष्ठ भन्छन्, ‘थोक वितरण प्रणालीबाट आएको पानी सबै ठिक छ । अनामनगरको पुरानो ट्याङ्कीबाट गरेको हो । त्यहाँ केही धुलोहरु भएकाले अलि धमिलो देखेको छ । गुणस्तरको हिसाबले ठक्याक्कै पिउने अवस्था छैन । तर स्याम्पल परीक्षण गरेपछि मात्रै वास्तविक अवस्था थाहा हुन्छ ।’

    उनले अगाडि थपे, ‘एकदुई दिन स्थिर हुन समय लाग्छ । सिस्टक हाम्रो नयाँ हो । ट्याङकी मात्रै पुरानो हो । त्यसमा अलि सरफसफाइ नपुगेको हो ।’

    आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण भइरहेको छ । बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङ्कीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।

  • आयो मेलम्ची

    आयो मेलम्ची

    काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौंवासीको धारामा खस्न थालेको छ ।

    सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाइएको पानी अहिले २ बजेपछि जनताको घरमा पुगेको हो ।

    पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

    ‘आज ४ वटा ट्यांङकीबाट ४ करोड लिटर पानी घरघरको धारामा वितरण हुदैँछ,’ उनले भने, ‘बालाजु, बाँसबारी, पानीपोखरी लगायतका ट्याङकीमा भने पानी दोस्रो चरणमा मात्रै वितरण हुनेछ ।’

    अनामनगरका पाँच सय वटा धारामा पानी खस्न थालिसकेको उनले बताए ।

    आयोजनाले आज र भोलि ४ करोड लिटर पानी ल्याएर बाढदैँछ । १७ गते साँढे ६ करोड लिटर, १८ र १९ गतेसाँढे ८ करोड लिटर पानी धारामा पठाइदैछ । एक हप्ता सम्म साँढे ८ करोड लिटरको हिसाबले पानी पुरानो धाराबाट वितरण हुनेछ ।

    त्यसपछिको दुई सातापछि १७ करोड लिटर पानी सिस्टममा आउँने आयोजनाका प्रमुख श्रेष्ठ बताउँछन् । आयोजनाले नयाँ वितरणलाइनमा पानी पठाएको भएतापनि उक्त पानी खान योग्य नहुनेमेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    मेलम्चीको पानी वितरण गर्ने जिम्मा काठमाडाै‌‌‌ उपत्यका खानेपानी लिमिटेड( केयुकेएल)ले पाएको थियो । केयुकेएलले नयाँ पाइपलाइन विस्तार नभएको क्षेत्रमा भने पुरानै प्रणालीबाट पानी पठाएको हो ।

  • सुन्दरीजलबाट छोडियो मेलम्चीको पानी, काठमाडौंका ३ ट्याङ्कीमा जम्मा हुँदै

    सुन्दरीजलबाट छोडियो मेलम्चीको पानी, काठमाडौंका ३ ट्याङ्कीमा जम्मा हुँदै

    काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी सुन्दरीजलबाट पाइपलाइनमार्फत काठमाडौंको ट्याङ्कीहरुमा पठाउन थालिएको छ । ट्याङ्कीहरु भरिएपछि धारामा छोडिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

    सुन्दरीजलबाट पठाइएको पानी महाँकाल चौर, अनामनगर र मीनभवनमा रहेका ट्यांङकीमा जम्मा गरिएको हो । दिउँसो २ बजेपछि घर–घरमा पानी छाडिने आयोजना कार्यन्वयन निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

    उनले भने, ‘अहिले हामीले यताबाट पानी पठाइसकेका छौं । ट्याङ्की भरिएपछि घरघरमा पानी वितरण सुरु हुन्छ । २ बजेपछि धारामा खस्छ ।’

    आज विहानको ८ बजे नै सुन्दरीजलबाट पानी पठाउने भनिएको थियो । तर सुन्दरीजल क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि पानी छोड्न ढिला भएको हो । ११ बजपछि पानी छोड्न थालिएको श्रेष्ठले बताए ।

    काठमाडौंको पुरानो र नयाँ वितरण प्रणालीमार्फत पानी आपूर्ति हुने छ । पुरानो वितरण प्रणालीको पानी तत्काल पिउनयोग्य हुने आयोजनाको भनाइ छ । नयाँ पाइपलाइनमा चाहिँ परिक्षणका लागि पठाइएकाले अहिले पिउन मिल्दैन ।

  • मेलम्चीको पानी पर्सि काठमाडौंबासीका धारामा, यसरी हुँदैछ वितरण

    मेलम्चीको पानी पर्सि काठमाडौंबासीका धारामा, यसरी हुँदैछ वितरण

    काठमाडौं । बहुप्रतिक्षित मेलम्चीको पानी आगामी आइतबार काठमाडौंबासीको धारामा झर्दैछ । यससँगै पानीको अपर्याप्तताले काकाकुल काठमाडौंबासीले राहत पाउने छन् ।

    गत फागुन २२ गते शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मेलम्चीको पानीलाई पहिलोपटक सुन्दरीजलमा स्वागत गरिएको थियो । अब चैत १५ गते सो पानीलाई काठमाडौंबासीको धारामा पठाइने आयोजनाले जनाएको छ । तर, सबै धाराको पानी अहिल्यै पिउनयोग्य हुनेछैन ।

    मेलम्ची खानेपानी विकास समितिले नयाँ र पुरानो वितरण लाइनमार्फत् पानी पठाउन लागेको हो । नयाँ पाइपलाइन विस्तार भएको वितरण लाइनमा भने पानी पिउनको लागि नभई पाइप परीक्षणको लागि पानी पठाउन लागेको समितिले जनाएको छ ।

    नयाँ वितरण लाइनमा पानी पठाए पनि पिउनयोग्य नहुने समितिका प्रवक्ता राजेन्द्र पन्तले नेपाल प्रेसलाई बताए ।

    ‘पुरानो वितरण लाइनबाट हामीले प्रशोधन गरेर पठाउने पानी जाने हो । त्यो पिउनयोग्य हुन्छ । तर नयाँ वितरणलाइनमा पठाएको पानी पिउनयोग्य हुँदैन,’ उनले भने ।

    नयाँ वितरण प्रणालीको परीक्षण गर्न, डिसइन्फेक्सन गर्न र धारामा पानी जान समय लाग्ने उनी बताउँछन् । यसअघि सुरुङ परीक्षणको क्रममा आएको पानी दोस्रोपटक पनि बागमतीमा खसाल्ने योजना थियो । तर बागमतीमा हाल्नुको सट्टा पानी प्रशोधन केन्द्रको पनि परीक्षण हुने र नयाँ विस्तार गरिएको पाइपलाइनहरुको पनि परीक्षण हुने भएपछि सोझै वितरणलाइन मार्फत घरघरमा पठाउन लागिएको हो ।

    अझै पनि सुरुङ र पानी प्रशोधन केन्द्रको परीक्षणकाल पूरा भएको छैन । यस अविधिमा सुरुङमा पानी होल्ड गरेर राखिएको छ । सुरुङमा थोरै-थोरै पानी भर्ने, होल्ड गर्ने र विभिन्न ठाउँबाट बाहिर फाल्ने सुरुङ परीक्षणको कार्यविधिमा रहेको छ ।

    गत २७ गते सुन्दरीजलमा आएको पानी बागमती नदीमा मिसाइएको थियो । अहिले पनि बागमतीमै हाल्ने तयारी थियो । तर पानीको सदुपयोग गरेर पानी प्रशोधन केन्द्रको पनि काम शुरु गर्न सकिने समितिको योजना रहेको छ ।

    सोही पानी थोक वितरण प्रणालीबाट गएर केही पाइपहरु सफा गर्ने समितिको सोच हो । त्यसपछि भने सुरुङभित्रको पानी पखालेर पुन: अवलोकन गरिने प्रवक्ता पन्तले बताए ।

    सुरुङ दुरुस्त रहेको एकीन गर्न विज्ञहरुले हेर्ने उनले जानकारी दिए ।

    पन्त भन्छन्, ‘अहिले सुरुङमा भरिएको पानी बाहिर निकाल्न लागेको हो । बागमतीमा राख्नुभन्दा पाइपलाइनमा राख्यो भने पाइपलाइनको पनि परीक्षण गर्न सकिन्छ भनेर हो ।’

    उनले थपे, ‘१५ गते नयाँ पाइपबाट पठाइएको पानीमा फोहोर हुने भएकाले पिउनयोग्य हुदैन ।’

    पाइप पखालिसकेपछि पहिले पाइपको प्रेसर टेस्ट गर्नुपर्छ । लिकेजहरू कहाँकहाँ छन् भन्न पत्ता लगाउनुपर्छ । टेस्ट सफल भएपछि पाइप पखाल्ने काम सुरु हुन्छ । परीक्षण सफल भएपछि लिकेज देखियो भने फेरि मर्मत गर्नुपर्छ ।

    त्यसपछि लिकेजमा सफा भयो भने मात्रै डिसइन्फेक्सन गर्नुपर्ने हुन्छ । डिसइन्फेसनलाई प्रशोधित पानीले सफा गर्छ । यति भएपछि मात्रै घरघरमा खानेगरी पानी दिन सकिने पन्त बताउँछन् ।

    १५ गते पानी हालिसकेपछि तुरुन्त सबै घरमा आउने कुरामा पनि सन्देह छ । त्यसका लागि वितरण सञ्जालको पनि परीक्षण गर्नुपर्ने हुन्छ । विभिन्न परीक्षणको काम भइराखेको पनि छ ।

    समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङ परीक्षणको चरण नै नसकिए पनि काठमाडौंमा पानीको हाहाकार हुन थालेकाले परीक्षणकै क्रममा पानी पठाउन हतार गरिएको बताए । काठमाडौं उपत्यकामा पानी वितरण गर्दै आएको केयुकेएलले काठमाडौंमा पानीको हाहाकार सुरु हुन थालेको भन्दै पानी पठाउन आग्रह गरेपछि हतार गरिएको उनको भनाइ छ ।

    समितिले यसअघि बैशाख दोस्रो सातादेखि पानी वितरण गर्ने भनेको थियो । तर केयुकेएलले गर्मी लागेपछि पानीको हाहाकार सुरु भएको भन्दै सुरुङ परिक्षण अवधि नलब्याउन अनुरोध गरेको हो ।

    खत्रीले भने, ‘सुरुङ मात्रै परीक्षण गरेको भए अलि ढिला जान्थ्यो । परीक्षण अवधि लम्ब्यायौ । केयुकेएलले अफ्ठ्यारो परेको भनेर अनुरोध गरेपछि परीक्षण अवधि लब्याएर पानी छोड्दिन लागेका हौं ।’

    सुरुङमा समस्या नदेखिएमा मुहानबाट पुरै पानी पठाइने समितिले जनाएको छ । समितिको तर्फबाट सुरुङ परीक्षण र पानी प्रशोधनको काम फाइनल भयो भने अगाडिको प्रकृया पूरा हुनेछ ।

    अब कति काम बाँकी
    सुन्दरीजलमा पानी खसेपछि खानेपानीको पाइप विच्छयाउनेदेखि पाइप परिक्षण गरेर घरघरमा धारा फिट गर्ने जिम्मा आयोजना कार्यान्वयन निर्देशनलायले पाएको छ । तर पानी घरघरमा पुर्‍याउने मुख्य जिम्मा पाएको आयोजना नै समस्यामा छ ।

    अहिलेसम्मको तयारी भनेको ११ सय २५ किलोमिटर पाइपलाइन पाइपलाइन मात्रै विस्तार गरिएको छ । तर पानीको अभावले पाइपको परीक्षण समेत गर्न सकिएको छैन ।

    बागमतीबाट ल्याएको पानी र केयुकेएलले दिएको ट्याङकरको पानी हालेर दुई सय किलोमिटर मात्रै पाइपलाइन परीक्षण गरिएको छ । बाँकी सबै केयुकेएलको मौजुदा प्रणालीबाट पानी आपूर्ति गर्नेगरी आन्तरिक व्यवस्थापन गरिएको हो ।

    मेलम्चीको पानी प्राप्त भएपछि ती पाइपलाइनहरू परीक्षण गर्न सकिने निर्देशनालय प्रमुख कमलराज श्रेष्ठले नेपालप्रेसलाई बताए ।

    उनले भने, ‘हाम्रो अहिलेसम्मको तयारी भनेको पाइपलाइन विस्तार मात्रै हो । पानी अभावले पाइपको परीक्षण हुन पाएको छैन । मेलम्चीको पानी प्राप्त भएपछि ती पाइपलाइनहरू परिक्षण गर्न सकिन्छ ।’

    आयोजनाले ११ सय २५ किलोमिटर पाइपलाइन विच्छयाउने जिम्मा पाएको थियो । अब १० किलोमिटर मात्रै भित्री सडकहरूमा पाइपलाइन राख्न बाँकी छ भने बाँकी पाइपलाइन विच्छयाइसकेको छ ।

    आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘मेलम्चीको पानी आएपछि मात्रै हाम्रो कन्ट्रयाट भित्रको कामहरु फिनिसिङ गर्न सकिन्छ । ८ महिना जति लाग्छ होला हामीलाई सबै परिक्षण सकाएर नयाँ सिस्टमबाट पानी पठाउन ।’

    आयोजनाले घरघरसम्मै नयाँ पाइपलाइन विछ्याउनेछ । पहिलो चरणमा १ लाख १० हजार घरमा पाइपलाइन विछ्याउने जिम्मा आयोजनाले पाएको थियो । १ लाख १० हजारमध्ये अहिलेसम्म १५ हजार घरमा मात्रै धारा तयार छ । नयाँ तयार भएको धाराहरुमा नयाँ प्रणालीबाटै पानी दिन सकिने श्रेष्ठको भनाइ छ । बाँकी रहेका धाराहरूमा परीक्षण गर्दै त्यसलाई बढाउँदै लैजाँदा आठ महिना लाग्न सक्ने आयोजनाले जनाएको छ ।

    नयाँ धारा फिट नभएको हकमा भने बाध्यकारी अवस्थामै केयुकेलको सिस्टममा इन्टर कनेक्सन गरेर पुरानै धारामा मेलम्चीको पानी पठाउने तरखरमा छ आयोजना ।

    श्रष्ठले गुनासो गरे, ‘पाइपलाइनको परीक्षण भइसकेपछि पानी नभएकाले हामीले आफ्नो काम पूरा गर्न सकेका छैनौँ । पानी परीक्षणकै लागि मेलम्ची कुर्नुपर्यो । बल्ल पानी आएपछि चाहिँ हाम्रो फिनिसिङ चरणको कामहरू केही स्टेप हुन्छ अनि मात्रै द्रूत गतिमा लान सकिन्छ ।’

    पाइप विछ्याउने काम सकिएपछि पनि अझै विभिन्न चरणको परीक्षणहरू बाँकी नै रहेको छ ।

    उनी भन्छन्, ‘टेक्निकल स्टेपहरू छन् । त्यो नगरी पानी हाल्न मिल्दैन । त्यही भएर समय धेरै खाने खालका काम छन् । लिकेज भएर भत्किन्छ, त्यसमा भत्काउनुपर्यो, जोड्नुपर्यो । यस्ता कुराहरु दोहोर्‍याएर भइरहन्छ । त्यो सिस्टम स्थिर हुन केही वषै लाग्छ । सुरुका वर्षहरुमा त्यस्ता काम धेरै गर्नुपर्छ ।’

    पाइपलाइनका बाँकी काम
    अहिलेसम्म रिङरोड भित्रमा विशालनगर महाराजगन्जको उत्तरी पाटो र बसपार्क, बसुन्धरा र छाउनी एरियाबाहेक सबै ठाउँमा पाइप विछ्याइसकेको छ । ती क्षेत्रहरूमा पनि अर्को चरणको काम शुरु हुँदैछ । तीन हप्ताभित्र त्यस क्षेत्रमा पाइप विच्छयाउने काम हुन्छ । हालसम्म खानेपानीको पाइप विच्छ्याउन करिब २० अर्ब खर्च भइसकेको छ ।

    पाइपलाइन विस्तार गर्ने कार्यक्षेत्र आयोजना कार्यान्वय निर्देशनालयको भएकाले पाइपलाइन परिक्षण सफल नभएपछि पानी वितरणको लागि तयारी अवस्थामा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । अझै पनि सुन्दरीजलबाट पोखरीसम्म जाने पाइपलाइनहरूको परीक्षण नै नभएकाले फेरि मर्मत गर्नुपर्ने अवस्था आउन सक्ने लिमिटेडका प्रमुख मिलन शाक्यले बताए ।

    उनले भने, ‘अहिले परीक्षणको लागि पठाउन लागेको पानी सुरुमा पुरानोबाट मात्रै पठाउछौं । नयाँको परीक्षण भइसकेको छैन । नभएपछि अहिले पठाउन सकिँदैन ।

    कसरी पुग्छ घरघरमा पानी ?
    सुन्दरीजलबाट उपत्यकाका ६ स्थानमा भएका ७ वटा पोखरीमा नयाँ पाइप विछ्याइएको छ । सोही पाइपलाइनबाट पानी पठाइन्छ ।

    तत्काल महाँकाल, महाँकाल चोक, बासँबारी, बालाजु, खुमलटार, मिनभवन, अनामनगरमा रहेको पोखरीमा पहिलो चरणमै पानी जान्छ ।सुन्दरीजल पानी प्रशोधन केन्द्रमा पानी प्रशोधन गरिसकेपछि आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ वितरण प्रणालीको पाइप परीक्षण शुरु हुन्छ ।

    परीक्षण गर्ने प्रक्रियामा निर्देशनालयले पानी पोखरीमा भर्छ । त्यसपछि पुरानै पाइपलाइनहरूबाट पुरानै धारामा पानी पठाउने तयारीमा छ केयुकेएल । अहिलेलाई पानी सदुपयोग गर्न पुरानैमा पठाउन लागेको उनको भनाइ छ ।

    ‘पुरानो पाइपहरु फुटेको हुन्छ । त्यसलाई मर्मत गर्दै सञ्चालन गर्ने तयारी गरेका छौँ,’ उनले थपे ।

  • मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै

    मेलम्चीको पानीले वाग्मतीको बहाव बढ्दै

    काठमाडौं । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट वाग्मतीमा हालिएपछि पानी बढेको छ ।

    मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यही फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी वाग्मतीमा हालेपछि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।

    नदीमा जमेको कालो लेदो वाग्मतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । । वाग्मतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन ।

    यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाएका थिए । सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इञ्जिनीयर बर्मलाल राजभण्डारीले जानकारी दिए ।

    वर्षामा आकाशको पानीले वाग्मती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ । सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि वाग्मतीमा थोरै पानी बग्ने गरेको छ ।

    हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन । नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन ।

  • मेलम्चीको पानीलाई सुन्दरीजलमा यसरी गरियो स्वागत (फोटोफिचर)

    मेलम्चीको पानीलाई सुन्दरीजलमा यसरी गरियो स्वागत (फोटोफिचर)

    काठमाडौं । मेलम्चीको पानी पिउने काठमाडौंवासीको लामो सपना अब पूरा हुने सँघारमा पुगेको छ । गत फागुन १० गते मेलम्चीको सुरुङमा हालिएको पानी आज सुन्दरीजलमा खस्यो ।

    
     
     
      
     
     
     

    मेलम्चीको स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितको दलबल सुन्दरीजल पुगेको थियो । प्रधानमन्त्री ओलीले बटम थिचेपछि पानी सुन्दरीजलमा खसेको थियो । ओलीले यसलाई सम्पूर्ण काठमाडौंवासीका निम्ति खुशीको कुरा भएको बताएका छन् ।

    सुरुङबाट आएको पानी सुरुमा फोहोर हुने भएकाले वागमतीमा फालिन्छ । सुरुङको अवस्था ठीक भएपछि पानी वितरण प्रणालीमा जोडिनेछ । आयोजनाका अनुसार त्यसका लागि अझै केही समय पर्खिनुपर्छ ।

  • मेलम्चीको पानी आज साँझ काठमाडौंमा, अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने

    मेलम्चीको पानी आज साँझ काठमाडौंमा, अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने

    काठमाडौं । मेलम्चीको पानी आज काठमाडौंको सुन्दरीजलमा झर्ने भएको छ ।

    मेलम्चीको पानी काठमाडौं आइपुगेको प्रत्यक्ष अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ सुन्दरीजल जाने प्रधामन्त्रीका सल्लाहकार डा राजन भट्टराईले बताएका छन् ।

    उनले काठमाडौंबासीले दशकौंदेखि अपेक्षा गरेको मेलम्चीको पानी आज साँझ ५ बजे सुन्दरीजलमा झर्ने जानकारी समेत दिएका छन् ।

    फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो ।

    आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो । सुरुङ परीक्षण र  प्रशोधन केन्द्र परीक्षणलाई दुई-दुई महिना छुट्याइएको छ ।

    त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ ।

    खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

    करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्‍याउन लागिएको हो।

    अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पुर्‍याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

  • फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    काठमाडौं ।  सुरुङको मर्मतको काम सकेलगत्तै फागुन पहिलो साताबाट मेलम्चीको पानी काठमाडौंमा परिक्षणका लागि पठाइने भएको छ ।

    सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश प्रसाद खत्रीले सुरुङको काम सम्पन्न भइसकेको भएपनि परिक्षण अघि विज्ञ समूहलाई निरिक्षण गराएको र उक्त समूहको सुझावको आधारमा सुरुङको दिगोपनाको लागि केही सुधार गर्नुपर्ने भएकाले हाल सुधारका काम भइरहेको बताए ।

    यस्तै खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्र्तगत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।

    मन्त्री थापाले आइतबार मेलम्ची खानेपानी आयोजना अन्र्तगतको सुन्दरीजल क्षेत्रमा निर्माणाधिन भौतिक संरचना र सुरुङमार्गको अवलोकन गरेका हुन् ।

    अवलोकन गर्दै मन्त्री थापाले सुरुङमार्गको काम सन्तोषजनक भएको प्रतिक्रिया दिए । अवलोकनपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले सुरुङ निर्माणको काम प्राविधिक रुपले सफलतातर्फ गइरहेको अनुभुति भएको बताए ।

  • मेलम्चीको पानी काठमाडौंमा ल्याउने काम अन्तिम चरणमा

    मेलम्चीको पानी काठमाडौंमा ल्याउने काम अन्तिम चरणमा

    काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

    मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालयले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।

    निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताए । उनका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उनले भने, ‘पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।’

    पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण (टेस्टिङ एण्ड कमिसनिङ) भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिए। निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ/छैन भन्ने हेरिरहेको छ ।

    कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उनको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।

    समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७/१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ ।

    पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको छ । उनले भने, ‘चक्रपथ बाहिर अहिले यी तीन ठाउँमा मात्रै पानी वितरण हुनेछ ।’

    निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिए।

    चक्रपथभित्र नयाँ पाइपलाइन नभएका स्थानमा स्वयम्भू, ताहचल, पानीपोखरीलगायतका क्षेत्र पर्छन् । यी स्थानमा गत साउनमा ठेक्का सम्झौता गरिएको र चालु आवभित्रै निर्माण सम्पन्न गरिने उनको भनाइ छ । उनले भने,‘अरु ठाउँमा निर्माण सकिएपछि मात्रै त्यहाँ ठेक्का गरिएको थियो ।’

    उपत्यकामा १० स्थानमा ट्याङ्की निर्माण गर्ने योजना बनाएको भए पनि अहिलेसम्म नौ स्थानमा मात्रै निर्माण सम्पन्न भएको निर्देशनालयले जनाएको छ । भक्तपुरको कटुञ्जेमा ट्याङ्की निर्माणको क्रममा रहेको प्रजापतिले बताए । सो स्थानमा जग्गाका कारणले ट्याङ्की र पाइपलाइन दुवै निर्माण लामो समयसम्म अघि बढ्न सकेको थिएन । पाइपलाइनमा अझै विवाद भए पनि वैकल्पिक बाटोबाट निर्माण भइरहेको उनले जानकारी दिए ।

    मेललम्ची खोलाबाट सुरुङ हुँदै सुन्दरीजलको प्रशोधन केन्द्रसम्म पानी झार्न आवश्यक संरचना निर्माणको काम समितिको हो । सुन्दरीजलमा प्रशोधित पानी घरघरसम्म पुर्याउन संरचना निर्माण निर्देशनालयको हो भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानी वितरण गर्नेछ ।

    सुन्दरीजलबाट मुख्य वितरण लाइनबाट ट्याङ्की र ट्याङ्कीबाट वितरण पाइपमार्फत घरघरमा पानी पुग्ने उहाँले जानकारी दिए । मुख्य चक्रपथ वरिपरि वितरण लाइन रहेका छन्, त्यहीँबाट ट्याङ्कीसम्म पानी जानेछ । ट्याङ्कीबाट वितरण लाइन हुँदै घरघरमा पानी जाने उने बताए।

    निर्देशनालयले निर्माण गरेको ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् । सरकारले गत असार महिनामा सुरुङको परीक्षण गर्दा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ ।

    सुरुङमा रहेको त्रुटि सच्याउने काम सकिन लागेकाले पुनः सुरुङमा पानी पठाएर परीक्षण गर्ने योजना बनाइएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए। उनका अनुसार त्रुटि सच्याउने कामसँगै सुरुङमा पुनरावलोकनको काम भइरहेको छ ।

    सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने उनको भनाइ छ । मन्त्रालयले बनाएको कार्यविधिअनुसार थोरै परिमाणमा गरेर पानी पठाइनेछ । सुरुङमा पानी भरिएपछि पनि केही दिन ‘होल्ड’ गरेर राखिने उनले जानकारी दिए । पानीभित्र भरिएर केही दिन राख्दा बल्ल कतै समस्या छ/छैन थाहा हुने र समस्या छैन भन्ने भएपछि मात्रै पानी झारिनेछ ।  रासस