Tag: मेलम्ची

  • आयोजनास्थलमा थप क्षति  हुन नदिन वर्षाअघि मेलम्चीको पानी रोकिने

    आयोजनास्थलमा थप क्षति हुन नदिन वर्षाअघि मेलम्चीको पानी रोकिने

    काठमाडौं । मेलम्ची खानेपानी आयोजना विकास समितिले वर्षा सुरु हुनुभन्दा पहिले मेलम्चीको पानी ल्याउन रोक्ने भएको छ। दुई साता पहिले अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन नसकिने समितिले जनाएको हो।

    हाल दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण भइरहेको छ। गतवर्ष असारको पहिलो दिन नै बाढी र पहिरोले आयोजनामा क्षति पुगेकाले यो वर्ष सतर्क हुनुपर्ने अवस्था रहेको आयोजनाका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताए।

    ‘सुरुङभित्रै बाढी नपसोस् भन्ने उद्देश्यले वर्षा सुरु हुनुअगावै बन्द गर्नुपर्ने छ,’ उनले भने।

    काठमाडौं उपत्यकामा पुनः पानी आउन थालेपछि उपत्यकावासी खुसी भएका छन्। कतिपय स्थानमा नागरिकले पानी नआएको वा कम आएको गुनासो गरेपनि गत वर्षभन्दा वितरणसम्बन्धि गुनासो कम भएको जनाइएको छ।

    वर्षाको अवधिभर मेलम्चीको पानी ल्याउन नसकिँदा सुन्दरीजलमा वाग्मतीको पानी नै प्रशोधन गरेर ल्याउने विषयमा पनि छलफल भइरहेको समितिले जनाएको छ। गत ११ गते खानेपानीमन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड, बानेश्वर शाखाको कार्यालयमा चाबी ९भल्भ० खोलेर पुनः वितरण सुरु गरेका थिए।

    पहिलो दिन पाँच करोड लिटर पानी वितरण सुरु भएकामा क्रमशः आठ करोड हुँदै १७ करोड लिटर पानी वितरण गर्न थालिएको हो। गत वर्ष फागुनमा पहिलो पटक पानी पथान्तरण सुरु गरिएको थियो।

    उपत्यकामा तीन महिना पानी वितरण गरेर सुरुङको परीक्षणका लागि असार १ गतेबाट सुरुङ बन्द भएको थियो। सोही दिनमा आएको बाढीले यहाँका हेडवर्कलगायतका विभिन्न संरचनामा क्षति पुगेपनि मुख्य सुरुङमा धेरै क्षति पुगेको थिएन।

    असारमा पटक(पटक बाढी आइरहँदा त्यहाँ रहेको निर्माण कम्पनीको संरचनामा समेत क्षति पुगेको थियो। वर्षा सकिएपछि पनि आयोजनास्थलको पहुँच सडक बगेकाले लामो समयसम्म मर्मत हुन सकेको थिएन। सडक अस्थायी मर्मतपछि आयोजना स्थलमा पुगेर त्यहाँका अवरोध हटाइएको थियो।

    अस्थायी रुपमा पानी सञ्चालनका लागि तयारी भए पनि अझै आयोजना सम्पन्न भइसकेको छैन। आयोजना स्थलभन्दा माथिल्लो भागमा बाढीले गरेको क्षतिको सुधार भइसकेको छैन।

    दातृ निकाय एशियाली विकास बैंक (एडीबी)ले यहाँ भएको क्षतिको अध्ययन गरिरहेको छ। बैंकले छिट्टै त्यसको प्रतिवेदन आउने बताएको समितिले जनाएको छ।रासस

  • मेलम्चीको पानी छिट्टै राजधानी ल्याइने मन्त्री चौधरीको दावी

    मेलम्चीको पानी छिट्टै राजधानी ल्याइने मन्त्री चौधरीको दावी

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले पूर्वप्रधानमन्त्री एवं सन्त कृष्णप्रसाद भट्टराईको सपना साकार पार्न छिट्टै मेलम्चीको पानी राजधानीमा ल्याइने बताएका छन् ।

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएपछि आज महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उजले स्वच्छ खानेपानी उपलब्ध गराउन आफू लागिपरेको बताए ।

    अस्थायीरुपमै भए पनि पानी छिटो काठमाडौं ल्याउन लागिपरेको मन्त्री चौधरीले जानकारी दिए । यसअघि पानी राजधानी आइपुगेका बेला पूर्वप्रधानमन्त्रीले मेलम्चीको सपना अघि बढाउने सन्त नेता भट्टराईको नामसमेत स्मरण गर्न नचाहनु अराजनीतिक घटना भएको उनले गुनासो गरे ।

    पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार प्रदीप पौडेलले पार्टीमा युवाको भूमिका महत्वपूर्ण बनाउनकै लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनुभयो । कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका महामन्त्री बलदेव तिमल्सिनालगायतले नयाँ सोच र दृष्टिकोणका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

  • बाढीको असर: मेलम्चीको पानी दशैंमा पनि नआउने

    बाढीको असर: मेलम्चीको पानी दशैंमा पनि नआउने

    काठमाडौं । गत वर्ष चैत १५ गते मेलम्चीको पानी काठमाडौंबासीको धारामा झर्यो । मेलम्चीको पानी खाने सपना देखेको २७ वर्षपछि धारामा पानी झर्दा उत्सवकै माहौल थियो । तर, अढाइ महिनामै मेलम्चीको पानी आपूर्तिमा रोकावट पैदा भएको छ ।

    सुरुङ परीक्षणको कार्यविधि पूरा गर्नुपर्ने भएकाले असार १ गतेदेखि मुहानबाट पानी पठाउन बन्द गरिएको थियो । सोही रात मेलम्चीमा आएको बाढीले आयोजनामा ठूलो क्षति पुर्याएको छ । अब काठमाडांैमा पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने निधो छैन ।

    असार १ गते राति सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ को माथिल्लो भागमा भारी वर्षा भएको थियो । वर्षाका कारण भ्रेमाथाङमा गएको भीषण पहिरोले नदी थुनिएर फुट्दा मेलम्ची खानेपानी आयोजनास्थल क्षणभरमै बगरमा परिणत भयो । बाढीले मेलम्ची आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको बताइएको छ ।

    दशैंअघि सुचारु नहुने

    बाढीले क्षति पुगेसँगै मेलम्चीको पानी वितरण कहिलेबाट सुचारु हुन्छ भन्ने टुंगो नभएको आयोजनाका अधिकारीहरु बताउँछन् । यसपाली दशैंमा काठमाडौंबासीले मेलम्चीको पानी पाउने सम्भावना नरहेको उनीहरुको भनाइ छ ।

    मनसुन नसकिएसम्म संरचना मर्मत गर्न समस्या भएकाले दशैअघि खानेपानी काठमाडौं ल्याउन सम्भव नहुने मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले नेपाल प्रेसलाई बताए । अहिले पनि हतारै गरेर पानी ल्याइहालौ भन्ने अवस्था नभएको उनको भनाइ छ ।

    ‘दशैं अघिसम्म मेलम्चीको पानी आउने सम्भावना न्यून छ,’ पन्तले भने, ‘भदौसम्म नदीमा बाढी रहिरह्यो भने दशैंमा पानी ल्याउन सकिँदैन ।’

    अझै पुग्न सकेका छैनन् प्राविधिक

    बाढी गएको १५ दिन भइसक्दा पनि मेलम्ची खानेपानीको मुहानमा प्राविधिकहरु पुग्न सकेका छैनन् ।

    मेलम्चीको मुख्य काम भइरहेको हेर्डवक्र्स एरिया हेलम्बु गाउँपालिका १ मा पर्छ । बाढीले खानेपानी मुहानमा रहेको हेडवक्र्ससम्म पुग्ने पुल तथा सडक सबै बगाएकाले अझै पनि आयोजनाको प्राविधिक टोली मुहानसम्म पुग्न नसकेको हो ।

    आयोजनाले विभिन्न निकाय, स्थानीय सरकारको सहयोग लिएर बाटो खुलाउने र क्षतिको यकिन अनुमान गरी आवश्यक बजेट व्यवस्था गर्नेबारे छलफल गरिराखेको छ ।

    आयोजनाका कर्मचारीहरु हेडवक्र्ससम्म पुग्नका लागि बाटो नभएपछि तीनपटक आधा बाटोबाटै फर्किए । सडक सञ्जाल बाढीले बगाएपछि प्राविधिक टोली हेडवक्र्स पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    उपकरण नपुगी बाढी पन्छाउन सम्भव छैन

    बाढीले आयोजनाको हेर्डवक्र्स १० देखि १५ मिटरसम्म पुरिएको छ । बाढीले बगाएर ल्याएको गिटी–बालुवा, ढुंगाले हेडवक्र्स पुरिनुको साथै सबै संरचना बगाएको छ ।

    ठूलो परिमाणको गिटी, बालुवा पन्छाएर आयोजनाको संरचना अवलोकन गर्न डोजरलगायत विभिन्न उपकरणहरु नलगिकन सम्भव नभएको समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए ।

    ‘सडक सञ्जाल टुटेकाले बाढी पन्छाउनका लागि ठूला उपकरण मुहानमा लैजान सकिने अवस्था छैन,’ उनले भने, ‘आयोजना स्थलदेखि मेलम्ची बजारसम्म नै सडक अवरुद्ध भएकाले समस्या भइरहेको छ ।’

    हेडवक्र्सको मुख्य सरंचनाहरु सबै पुरिएको हुँदा भित्र कति क्षति भयो भनेर भन्न नसकिने उनी बताउँछन् ।

    अझै ठूलो क्षति हुन सक्थ्यो !

    सुरुङको विधिपूर्वक सफल परीक्षणविना नै पहिले हतारमा पानी वितरण सुरु गरिएको थियो । अढाइ महिना पानी वितरण गरेपछि आयोजनाले सुरुङको परीक्षण काम सम्पन्न गर्न असार १ गतेदेखि नै सुरुङ बन्द गरायो, जसले गर्दा ठूलो क्षति जोगियो ।

    सुरुङ परीक्षणको कार्यतालिकाअनुसार सुुरुमा काठमाडौंतिरबाट सुरुङ खाली गर्ने काम सुरु गरिएको थियो । असार १ गते मुहानबाट सुरुङमा पानी पठाउन बन्द गरेलगत्तै सुन्दरीजलबाट खाली गरिसकिएको थियो ।

    बाढीले हेलम्बुमा रहेको सुरुङको अन्तिम विन्दु टालिएको छ । आम्बाथानको अडिट टालिएकाले सुरुङ खाली गर्न सकिएको छैन ।

    समितिका प्रवक्ता पन्त भन्छन्, ‘अहिले मेलम्ची नदीमा आएको बाढीले आम्बाथान अडिट सुरुङ टालिएकाले त्यहाँबाट खाली गर्न सक्ने अवस्था छैन । सुरुङ खाली गर्ने क्रम सुन्दरीजलबाट गर्दैछौ ।’

    अम्बाथानको अडिट सुरुङ सफा गर्न सबैभन्दा पहिले त्यहाँ पुग्नुपर्ने हुन्छ । तर त्यहाँ पुग्ने कुनै बाटो छैन । पुल पनि नभएपछि आयोजनाले ठूलो उपकरण लान सकेको छैन । डोजरलगायत उपकरण लगेर टालिएको अडिट टनेल सफा गर्नुपर्ने हुन्छ ।

    आयोजनाको पहिलो प्रयास भनेकै पुल र सडक मर्मत गरेर अघि बढ्ने हो । त्यहाँ पुगेपछि अम्बाथान अडिट सफा गरेर टनेल निरीक्षण गरी आवश्यक काम गर्ने प्रवक्ता पन्तले बताए ।

    मेलम्चीमा फेरि बाढी आउने सम्भावना कायमै रहेकाले आयोजनाका कर्मचारीहरु अलमलमा परेका छन् । बर्खायाम सकिएपछि मात्रै काम अगाडि बढ्न सक्ने प्रवक्ता पन्तले बताए ।

    उनले भने, ‘आम्बाथान टनेल सफा गरेर निरीक्षण गर्न समय लाग्छ । त्यो अवधिसम्म बर्खायाम कट्छ । बर्खा सकिएर मेलम्ची नदीमा सफा पानी बग्न थालेपछि फेरि हामीले पहिले जस्तै गरी पानी पठाउँछौ ।’

    वैकल्पिक तरिकाले हेडवर्सको डाइर्भसनलाई समेत सफा गरेर पानी चढाउन सकिन्छ कि भन्ने आशमा छन् आयोजनाका कर्मचारीहरु । समितिले सडक निर्माणको लागि सडक विभाग, नेपाली सेना, स्थानीय गाउँपालिका र वडाहरुसँग समन्वय गरेर बाटो निर्माण गर्ने तथा पुलहरु राख्नेबारे छलफल गरिराखेको छ ।

    आयोजनाका कर्मचारीहरु नेपाली सेना तथा सडक विभागबाट बाटो र पुलको काम भइदिए त्यहाँ गएर हामीकाम गर्न सकिने बताउँछन् ।

    सडक निर्माणको लागि नेपाली सेनाले निरिक्षण गरेको थियो । सडक विभागसँग भएका बेलीब्रिजहरु राख्न सकिन्छ भनेर एकपटक छलफल भएको थियो । १ गते रातिको बाढीले आयोजना स्थलमा कार्यरत तीनजना कामदारहरुको ज्यान गएको थियो भने अझै ८ जना कामदारहरु वेपत्ता छन् ।

  • मेलम्चीमा फेरि बाढीको जोखिम, सतर्कता अपनाउन स्थानीयलाई आग्रह

    मेलम्चीमा फेरि बाढीको जोखिम, सतर्कता अपनाउन स्थानीयलाई आग्रह

    काठमाडौं । रातभर परेको वर्षासँगै मेलम्ची र इन्द्रावती नदीमा पानीको सतह बढेपछि नदी तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नेपाल बाढी सूचना केन्द्रले सूचना जारी गर्दै त्यसभेगका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

    असार १ गते मेलम्चीको नदीमा आएको बढीले ठूलो जनधनको क्षति गरेकाके उक्त क्षेत्रमा झन् जोखिम बढेको केन्द्रले जनाएको छ ।

    मेलम्ची नदीमा क्रमशः पानी सतह बढिरहेको र आसपासका स्थानीय सुरक्षित स्थानतर्फ लागिरहेको स्थानीय रेडियो मेलम्चीले जनाएको छ ।

    यसअघिको बाढीका कारण घरबारविहीन भएका मेलम्ची क्षेत्रका स्थानीय झन् आतंकित भएका छन् ।

  • स्वास्थ्यमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर पुगे बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण

    स्वास्थ्यमन्त्रीसँगै काठमाडौं महानगरपालिकाका मेयर पुगे बाढीग्रस्त क्षेत्र मेलम्चीमा, तीन पालिकालाई तीन करोड सहयोग हस्तान्तरण

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौं महानगरपालिकाले राहत तथा उद्दारका लागि ३ करोड सहयोग हस्तान्तरण गरेको छ ।

    आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगी ती पालिकालाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

    काठमाडौं महानगरपालिकाको तर्फबाट काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०–५० लाख आर्थिक सहयोग गर्ने घोषणा यस अघि नै प्रमुख शाक्यले गरेकाे थियो ।

    सहयोग रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकन समेत गरेको छ ।

    बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्वोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए।

    ‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौं महानगरपालिकाको सम्वन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौैबासी प्यास मेटाउन आतुर छन् । त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ । यो सहयोग रकम ठूलो होइन । तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ ।’

    उनले मानवीय विपदका बेला संयमता अपनाएर अघि बढ्न पनि सुझाव दिए । उनले भौतिक क्षति पुर्ननिर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपुर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्दार कार्यमा जुट्नु पर्ने पनि बताए । उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए ।

    स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले काठमाडौं महानगरपालिकाको यो सहयोग अतुलनीय भएको भन्दै प्रसंशा गररे। ‘मेलम्चीवासीलाई पीडा पर्दा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनु भएको छ । मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊजा प्राप्त भएको छ ।’

    उनले बाढीग्रस्त क्षेत्रको समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए। मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौं महानगरपालिकालाई धन्यवाद दिए ।

    ‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ,’ उनले भने, ‘भगिनी सम्वन्धलाई यो सहयोगले थप बलियो बनाएको छ । हामी काठमाडौँ महानगरपालिकाका प्रमुखज्यु र महानगरपालिका परिवारलाई धन्यवाद दिन चाहन्छौँ ।’

    कार्यक्रममा पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले पनि काठमाडौं महानगरपालिकाले गरेको सहयोगको प्रशंसा गरे । मेलम्ची नगरपालिका काठमाडौं महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो ।

    उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका -१० मेलम्चीबजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि  १ करोड ५० लाख रकम अनुदान दिने सम्झौता–पत्रमा हस्ताक्षर गरेको थियो ।

     

  • मेलम्चीमा फेरि भीषण बाढी, दोलालघाट पुल पनि जोखिममा

    मेलम्चीमा फेरि भीषण बाढी, दोलालघाट पुल पनि जोखिममा

    काठमाडौं । मेलम्चीमा फेरि भीषण बाढी आएको छ । करिब ९ बजेतिर एक्कासी नदीमा असार १ गतेको भन्दा पनि ठूलो बाढी आएपछि नदी तटीय क्षेत्रका स्थानीयको भागभाग भएको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए ।

    बाढी मेलम्ची बजारको इलाका प्रहरी कार्यालय छेउसम्म आइपुगेको रसिकले बताए । बाढीले तालामाराङको तेर्से उच्च माध्यमिक विद्यालय कटान गरेको छ । त्यस्तै उक्त क्षेत्रको रातु खोला पुल पनि जोखिममा परेको छ ।

    एक्कासी बाढी बढेपछि स्थानीयमा झन् त्रास बढेको छ । स्थानीय प्रशासनले नदी आसपासका नागरिकलाई सुरक्षित स्थानमा बस्न र सावधानी अपनाउन आग्रह गरेको छ ।

    मेलम्ची खोला मिसिएर बग्ने इन्द्रावती नदीको बाढीले काभ्रपलान्चोकस्थित दोलालघाट पुल पनि जोखिममा परेको वागमती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश नेपालले जानकारी दिएका छन् ।

    त्यस्तै सिन्धुपाल्चोककै सुनकोशी र भोटेकोशी नदीमा पनि पानीको बहाव बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उक्त नदी आसपासका बासिन्दालाई पनि सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

     

  • उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    उद्धार तथा राहतको लागि अनेरास्ववियूको टोली मेलम्चीतर्फ

    काठमाडौं । बाढीपहिरोपीडितको उद्धार तथा राहतको लागि नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको टोली सिन्धुपाल्चोकतिर हिँडेको छ ।

    अनेरास्ववियूका अध्यक्ष ऐन महरको नेतृत्वमा मेलम्ची गएको टोलीमा ८ जना स्वास्थ्यकर्मी पनि छन् । उनीहरूले सिन्धुपाल्चोकको बाढीपीडित परिवारका लागि २/२ सय बोरा चामल, तेल, त्रिपाल, टेण्ट लिएर गएका छन् ।

    पार्टी केन्द्रीय कार्यालयमा बिदाई गर्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई पीडितहरूको राहत र उद्धारका लागि संगठित ढंगले सहयोग गर्न आव्हान गरेका छन् ।

  • मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार

    काठमाडौं । मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ ।

    मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए ।

    होटलको छतमा उक्लिएर हारगुहार गरिरहेका उनीहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।

    बाढीले होटलको तल्लो तल्लाहरु डुबाएको थियो । त्यसपछि बाहिर निस्कन नसकेका उनीहरु जोखिममा परेका थिए ।

  • हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

    हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

    सिन्धुपाल्चोक । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्य’ भएको छ । हेलम्बु क्षेत्रमा आज उनीहरुको शव आज भेटिएको हो ।

    हिजो बेलुकी मेलम्चीमा बाढी आएर स्थानीय बस्तिहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ ।

    बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

  • मेलम्ची आएपछि ट्यांकर र जारको व्यापार सुक्यो

    मेलम्ची आएपछि ट्यांकर र जारको व्यापार सुक्यो

    काठमाडौं । अढाई महिनाअघिदेखि काठमाडौंको धारामा मेलम्चीको पानी खस्न थालेपछि ‘काकाकुल’ काठमाडौंवासीले राहत पाए । तर, हरेक विकासले एउटा सानो समूहलाई नकारात्मक प्रभाव पार्छ नै । काठमाडौंमा ट्यांकर र जारबाट पानी बेचिरहेका व्यवसायी भने मेलम्ची आएपछि छटपटीमा छन् ।

    दैनिक १७ करोड लिटर पानी सिन्धुपाल्चोकको मेलम्चीको मुहानबाट काठमाडौं आउँछ (यद्यपि, अहिले सुरुङको परीक्षण गर्न केही दिनका लागि वितरण रोकिएको छ) । गत वर्षको चैत १५ देखि काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले मेलम्चीको पानी उपभोग गर्न थालेका छन् । यसअघि ट्याङ्र वा जारको पानी किनेर खानेहरुका लागि अहिले त्यो वाध्यता टरेको छ ।

    रिङरोड भित्रका प्रायः घरहरुमा मेलम्चीको पानी वितरण भइरहँदा यता ट्याङकरबाट हुने पानीको विक्री वितरण भने ह्वात्तै घटेको छ । मेलम्चीको पानी आएपछि काठमाडौंमा ट्यांकरको माग आधा घटेको व्यवसायी बताउँछन् ।

    खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यले लकडाउनका कारण पनि पानीको व्यवसाय प्रभावित भएको बताए । अत्यधिक पानी खपत हुने कार्यालयहरु बन्द हुँदा माग धेरै घटेको उनको अनुमान छ ।

    ट्यांकरको पानीको माग सिजनअनुसार पनि घटबढ हुने गर्छ । सामान्यतया हिउँदमा ट्यांकरको पानीको आपूर्ति हवात्तै बढ्छ । असोजदेखि जेठसम्मलाई सिजनका रुपमा र असारदेखि भदौसम्म अफ सिजनका रुपमा लिइन्छ । असार लागेपछि ट्यांकरको पानीको माग स्वत घट्ने गरेको थियो ।

    ‘तर यसपटक बैशाखदेखि नै माग ह्वात्तै घटेको छ,’ शाक्ले भने ।

    वर्षौंदेखि काठमाडौंमा पानी अभाव ट्याङ्कर पूर्ति गर्दै आएको थियो । ट्यांकरले हिँउदमा दैनिक ३ देखि ४ करोड लिटर र बर्खामा दुईदेखि साढेदुई करोड लिटर पानी वितरण गर्थे । यसपाली भने चैत-बैशाखमा पनि पानीको अभाव भएन । चैत १५ देखि नियमितरुपमा मेलम्चीको पानी वितरण हुन थालेपछि सिजनमै ट्यांकरको पानीको माग घट्यो । चैतयता दैनिक १ देखि २ करोड लिटर पानी मात्रै ट्यांकरबाट आपूर्ति भएको छ । एउटा ट्यांकरले दैनिक ९ देखि १० खेप पानी आपूर्ति गर्दै आएकोमा अहिले ३ देखि ४ टिप पनि मुस्किलले पाउने गरेको छ ।

    अध्यक्ष शाक्य भन्छन्, ‘घट्न त पहिलाको मनसुनमा पनि घटेकै थियो । तर अहिले मेलम्चीले गर्दा धेरै घट्यो । ’

    मेलम्ची आएको एक महिनामै ट्यांकरको पानीको माग ३० प्रतिशत घटेको उनी बताउँछन् । सुरुसुरुमा त सबैतिर पानी पुगिसकेको पनि थिएन । अहिले धेरैजसो शहरहरुमा पानी पठाइसकेको छ ।

    मनसुन सकिएपछि पानीको मुहानहरु सुक्न थाल्छन् । त्यो समयमा मेलम्चीको पानीले सर्वसाधरणको मागलाई कति धान्न सक्छ भनेर हेरेपछि ट्यांकरको व्यवसाय कति प्रभावित हुन्छ भन्न सकिने शाक्यको भनाइ छ ।

    अफसिजनमा आशा

    पानीको आपूर्ति घट्ने भएकाले व्यवसायीहरु असारदेखि भदौसम्मलाई अफसिजन मान्छन् । तर यसपटक भने असार–साउनमा पानीको माग चैत बैशाखमाभन्दा बढी आउन सक्ने आशा व्यवसायीले गरेका छन् ।

    मेलम्चीको सुरुङ परिक्षण गर्नुपर्ने भएकाले सुरुङ खाली गरेर निरीक्षण गर्न दुई महिना लाग्ने भनिएको छ । असार १ गतेदेखि काठमाडौंमा पानी वितरण रोकिँदा ट्यांकरको पानीको आपूर्ति बढ्नेमा आश्वस्त छन् व्यवसायीहरु ।

    शाक्य भन्छन्, ‘काठमाडौंमा मेलम्चीको पानी आपूर्ति बन्द हुँदा ट्यांकरको पानीको माग बढ्न सक्ने आंकलन गरेका छौं । त्यो बेलामा एकदमै हाहाकारको अवस्था हुन सक्छ ।’

    शहरको पुरानो वितरण लाइनमा केयुकेएलले मेलम्चीको पानी जोडिसकेको छ । मेलम्चीको पानी बन्द हुने अवधिमा नयाँ वितरण लाइन भत्काएर पुरानैबाट वितरण गर्नुपर्ने हुन्छ । तर दुई महिनाको लागि केयुकेएलले नयाँ वितरण लाइन भत्काएर पुरानो लाइन जोड्न सम्भव नहुने अध्यक्ष शाक्य बताउँछन् । भन्छन्, ‘उहाँहरुले कसरी व्यवस्थापन गर्नुहुन्छ । त्यो उहाँहरुमा भर पर्ने कुरा हो । हामीले पनि भन्न सक्दैनौ ।’

    रोजगारीको समस्या

    संघका अनुसार देशभर एक हजार ट्याङकरहरु सञ्चालनमा छन् । ट्यांकर व्यवसायसँग झण्डै २ हजार मजदुर जोडिएका छन् ।

    मेलम्चीको पानी आइसकेपछि धेरैलाई ट्याङकर व्यवसायमा टिक्न गाह्रो हुने अवस्था छ । विस्तारै यो समस्या झनै बढ्ने व्यवसायी संघका अध्यक्ष शाक्य बताउँछन् ।

    ‘धेरैजसोले ऋण लिएर व्यवसाय गरेका हुन्छन् । कसैको वैकल्पिक व्यवसायको रुपमा पनि सञ्चालन भइराखेको छ । अब यसले स्वरोजगारहरुलाई सिधै असर गर्छ जस्तो लाग्छ । आम्दानी ३० प्रतिशतमाझर्ने वित्तिकै व्यवसायमा टिक्न गाह्रो पर्छ ।’

    धेरै व्यवसायी अझै पर्ख र हेरकै अवस्थामा रहेको छन् । अहिले तत्काल व्यवसाय छोडेको अवस्था छैन । तर केहीले वैकल्पिक रुपमा अर्को काम खोज्न थालिसकेका छन् ।

    काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ट्याङकर व्यवसायीहरुलाई विस्तारै वैकल्पिक व्यवसाय खोज्न आग्रह गरेको छ । दुई वर्षभित्र वैकल्पिक व्यवसायमा जान केयूकेएलले सुझाएको छ ।

    रिङरोडबाहिरको माग यथावत

    ट्यांकर व्यवसायीहरुका अनुसार अहिले ट्यांकरको पानीको माग विशेषगरी रिङरोडबाहिरका वस्तीहरुबाट आइरहेको छ । शहरभित्र भने माग शून्यजस्तै भइसकेको उनीहरु बताउँछन् ।

    रिङरोड बाहिर पनि घरहरु बनिसकेका छन् । तर ती एरियाहरुमा खानेपानीको पाइपलाइन पुगेको छैन । मेलम्चीको पानी त्यता नपुग्दा पानीको माग अहिले तीनै क्षेत्रबाट मात्रै आइरहेको छ ।

    घरायसी प्रयोजनको लागि मेलम्चीको पानीले पुगे पनि विजनेश, अस्पतालहरुमा मेलम्चीले पनि नपुग्ने भएकाले ट्यांकरको पानी हुने बताउँछन् व्यवसायीहरु ।

    मेलम्चीको पानीवितरणको लागि पुरानो पाइपलाइनबाट भइरहेको छ ।

    केयुकेएलका पदाधिकारीकाअनुसार अब नयाँ पाइपलाइनबाट पानी सूचारु गर्नको लागि डेढदेखि २ वर्ष लाग्न सक्ने अनुमान गरेका छन् ।

    जारको पानीमा पनि प्रभाव

    मेलम्चीले ट्याङ्कर व्यवसाय संकटमा परे पछि जारको पानीमा बेच्नेहरुलाई पनि प्रभाव परेको छ । देशैभर बोतल तथा जारको पानी विक्री वितरण गर्ने व्यवसायीहरुको संगठन बोतल तथा जार एसोसिएनका अनुसार जारको पानीको बिक्रीमा ३० प्रतिशतले मात्र कमी आएको छ ।

    बोतल तथा जार एसोसिएनका महासचिव दुर्गा गौतमले भने, ‘मेलम्ची आएपछि व्यवसाय कमजोर भएको छ ।’

    यसअघि दैनिक साढे ३ लाख लिटर पानीको माग हुन्थ्यो । एक लाखमा आइपुगेको छ । यसरी माग घट्नुको कारण मेलम्ची मात्र नभएर कोरोना पनि हो ।

    देशैभर ५ सय ५१ वटा पानी फयाक्ट्रीहरु छन् । काठमाडौं उपत्यका र बनेपाभित्र १ सय ५५ वटा पानी फयाक्ट्रीहरु छन् ।

  • काठमाडौंमा एक महिना मेलम्चीको पानी नआउने

    काठमाडौंमा एक महिना मेलम्चीको पानी नआउने

    काठमाडौं । मेलम्चीको पानी बितरण आगामी असार १ गतेदेखि झण्डै एक महिना रोकिने भएको छ ।सुरुङको परीक्षण गर्नुपर्ने भएकाले असार १ गते मेलम्चीको पानी पठाउन बन्द गर्न लागिएको हो ।

    कार्यविधीअनुसार सुरुङको परीक्षण गर्न लागेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले नेपाल प्रेसलाई बताए ।सुरुङमा पानी परीक्षण सफल भएपछि मात्र पानी पठाउनुपर्ने भएकाले एक महिना बन्द हुने उनको भनाइ छ ।

    पन्तले भने, ‘अस्ति सुख्खायाम सूरु भइसकेको हुनाले तुरुन्तै खाली नगरेर पानी नै चलाइदियौ । अब पानी परीक्षण सफल भएपछि पुनः सुचारु गर्ने हो ।’ अब ठेक्का सम्झौता पनि समापन गर्नुपर्ने भएकाले सुरुङ परीक्षण पूरा गर्नुपर्ने उनले बताए ।

    त्यसका लागि कार्यविधिअनुसार सुरुङ खाली गरेर हेर्ने अनि सबै दुरुस्त भएको अवस्थामा फेरि पानी भरेर सूचारु गर्ने उनको भनाइ छ । उनले भने, ‘असार १ गतेदेखि पानी विस्तारै सुरुङबाट खाली गर्छौ र निरीक्षण गर्छौ । सबै ठिक भएपछि सधैका लागि पानी सूचारु गर्छौ ।’

    अहिले सुरुङमा सफलतापूर्वक पानी चलिरहेको थियो । यद्यपि, आयोजनाले परीक्षणकै क्रममा पानी उपलब्ध गराएको हो । यो परीक्षण सफल भयो भएन भनेर सुरुङ खाली गरेर निरीक्षण गर्नुपर्ने पन्त बताउँछन् । सुरुङ खाली गर्न करिब १५ दिनको समय लाग्छ ।

    निरीक्षण गर्दा दुरुस्त पाइयो भने फेरि पानी भरिनेछ । एक महिनाभित्रमा पुनः पानी वितरण सुचारु हुनेछ । मेलम्ची खानेपानीको मुहानमा हाल हेडवक्र्स निर्माण अन्तिम चरणमा पुगेको छ ।

  • राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    राष्ट्रपतिको सम्बोधन- किसुनजीको सम्झना, केपी ओलीको सफलता (पूर्णपाठ)

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झेकी छन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले बताइन् ।

    भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी थिइन् ।

    धारा उद्घाटनपछि राष्ट्रपतिले गरेको सम्बोधन यस्तो छ :

    सम्माननीय प्रधानमन्त्री,
    माननीय मन्त्रीहरू,
    माननीय सदस्यहरू,
    राष्ट्रसेवकहरू,
    भद्रमहिला तथा सज्जनवृन्द ।

    • हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्नप्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दछु ।
    • यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको शुभकामना प्रकट गर्दछु ।
    • आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
    • बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित मेलम्ची नदीको पानी आर्थिक, सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएपछि दुई दशकअघि नै मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो ।
    • मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशक पहिले नै गरिएको भएता पनि करीब तीन दशकअघि तत्कालिन सरकारले विस्तृत सम्भाव्यता अध्ययनपछि यस आयोजनाको प्रारुप तयार गरेको थियो ।
    • यस अवसरमा मेलम्ची आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु ।
    • मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो ।
    • यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो ।
    • परियोजनाको निर्माण कार्य ठोस रूपमा कार्यान्वयन हुन त्यसपछि पनि झण्डै एक दशक प्रतीक्षा गर्नु परेको थियो ।
    • त्यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य अघि बढाए ।

    • श्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ ।
    • नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका लागि यो आयोजना एक उपहार बन्न पुगेको छ ।
    • यसबाट यहाँका जनताको खुसी बढेको छ ।
    • पानी र जीवन बिच अभिन्न सम्बन्ध रहेको छ ।
    • पानीविना जीवनको अस्तित्व असम्भव भएकाले पानीका स्रोतहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।
    • जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहन जस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ ।
    • यसबाट काठमाडौँ उपत्यकाका जलाधार क्षेत्रको प्रदुषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।
    • यस प्रसंगमा, खुल्ला आकाशमुनि हामीले प्राणवायु लिनु पर्ने शास्वत सत्यलाई ध्यानमा राखी वायु प्रदुषण न्यूनीकरण गर्नु पनि हामी सबैको दायित्व भएको कुरा पुनः स्मरण गराउन चाहन्छु ।
    • पानीका स्रोतहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने सन्दर्भमा नै वातावरण प्रदुषण समेत नियन्त्रण गर्न सकिन्छ ।
    • नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक दुवै किसिमका सिकाईबाट शिक्षा लिदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
    • मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

    • यस अभियानलाई सार्थक तुल्याउन निर्बाह भएका भूमिकाको प्रशंसा गर्दछु ।
    • विकास निर्माण कार्यमा यदाकदा अवरोध सिर्जना गर्ने कार्य हुनु चिन्ताको विषय हो ।
    • मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरैहदसम्म सहज हुने नै छ ।
    • यस प्रकारका आयोजना विस्तार र सुदृढीकरण गर्न समयमै सम्बन्धित निकायले ध्यान पुर्‍याउने विश्वास लिएको छु ।
    • एकातिर, हजारौँ नदी, तालतलैया, पोखरी, लाखौँ हेक्टर भूभागमा फैलिएको सिमसार क्षेत्रका साथै ठूलो मात्रामा भूमिगत पानीका स्रोतहरू विद्यमान रहेको भएता पनि केहि जनसंख्या अझै पनि स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेकोछ ।
    • अर्कोतिर, प्राकृतिक प्रकोप, डढेलो, बाढी पहिरोले पानीका स्रोत र मुहानहरूमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
    • यसका लागि हरियाली प्रवद्र्धन तथा पानीको दिगो उपयोग गर्दै जमिनको पानी पुनर्भरण गर्नुपर्ने आवश्यकता समेत महसुस गरेको छु ।
    • पानीको स्रोत संरक्षण तथा संवद्र्धनमा त्रिभुवन विश्व विद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनु पर्दछ ।
    • अन्तमा, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि सिन्धुपाल्चोकका स्थानीय समुदायको योगदानको सराहना गर्दछु ।
    • त्यस क्षेत्रको सामाजिक आर्थिक उत्थान गर्न सम्बद्ध सबै पक्षको ध्यान पुग्ने विश्वास लिएको छु ।

    धन्यवाद ।

  • मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    मेलम्चीको मैझारो : ती केपीको भाषण यी केपीको पालामा साकार

    काठमाडौं । २०५१ सालमा चुनावी भाषण गर्दै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भनेका थिए- म काठमाडौंका सडक मेलम्चीको पानीले पखालिदिन्छु । उनले यस्तो भाषण गरेको २७ वर्षपछि बल्ल काठमाडौंमा मेलम्चीको पानी भित्रिएको छ । भट्टराई आजभन्दा ११ वर्षअगाडि नै बितिसकेका छन् ।

    नेपालका विकास आयोजनामा हुने ढिलासुस्तीको एउटा बिम्बको रुपमा मेलम्चीलाई लिने गरिएको छ । २०५८/५९ मा निर्माण सुरु भएर २०६४/६५ भित्र पुरा गर्ने प्रारम्भिक लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न भएको हो । झण्डै ३ दशकअघि केपी भट्टराइले गरेको भाषण आज केपी ओलीको पालामा साकार भएको छ ।

    बारम्बार धारामा पानी आउने मिति तोक्ने र विभिन्न बहानामा सार्ने सिलसिलाले मेलम्ची देशवासीहरुका लागि एउटा गम्भिर ठट्टामा परिणत भइसकेको थियो । मेलम्चीको पानी सुन्दरीजलमा खसाउने अघिल्लो दिनसम्म पनि धेरैले पत्याएका थिएनन् । आज धारामा पानी आउँदैछ भन्दा हिजोसम्म पनि कतिलाई विश्वास थिएन् ।

    पछिल्लो समयमा सरकारले यो आयोजनालाई उच्च महत्व दिएर काममा तदारुकता देखाएकै हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनालाई प्रतिष्ठाकै विषय झैं बनाएका थिए । सुन्दरीजलमा मेलम्चीको पानीलाई स्वागत गर्न आफैं पुग्नुले पनि यो आयोजनामा उनको अभिरुची प्रष्ट हुन्छ । मेलम्चीको पानीको औपचारिक उद्घाटन केही दिनपछि राष्ट्रपतिबाटै गराउने उनको योजना छ ।

    मेलम्ची आयोजनाको सम्पन्नतासँगै यसको जस लिने होडवाजीहरु चल्न थालिसकेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो दलका पूर्वप्रधानमन्त्री भट्टराईले मेलम्चीको सपना देखेको भन्दै उनलाई जस नदिएकोमा सरकारसँग असन्तोष व्यक्त गरेका छन् । यद्यपि, मेलम्चीले सडक पखाल्ने भाषणबाहेक आयोजनामा भट्टराईको ठोस योगदान चाहिँ भेटिँदैन । भट्टराइले त्यो भाषण गर्नुअगावै मेलम्चीको सम्भाव्यता अध्ययन भइसकेको थियो । काकाकुल काठमाडौंवासीको भोट तान्न उनले त्यो भाषण गर्दा केपी ओलीले हावाबाट बिजुली निकाल्ने भाषण गरेजस्तै उपहास गरिएको थियो ।

    जस लिने होडमा माओवादी पनि छ । माओवादीकी पूर्वमन्त्री बीना मगर दुई दिनअघि आफ्नो दलबलसहित सुन्दरीजल पुगिन् । त्यहाँ प्रशोधन केन्द्रको अवलोकन गर्दै उनले ‘आफ्नो योगदानले मेलम्चीको पानी काठमाडौं आउन सम्भव भएको’ सन्देश दिन खोजिन् ।

    तर, यस्तो प्रकारले जस लिन खोज्नुको भने कुनै तुक छैन । कसको पालामा कति काम भएको थियो र कसको पालामा काम रोकिएको वा ढिलासुस्ती भएको थियो भनेर जनताले हिसाब गरेरै राखेका छन् । काम गर्नेलाई स्वतः जनताले जस दिन्छन्, मैले गरेको हो भनिरहनै पर्दैन ।

    लामो समयदेखि चर्चा भए पनि मेलम्ची आयोजनाको सुरुवात २०५८/५९ सालमा आएर भएको थियो । त्यसबेला ६ वर्षको लक्ष्य राखिएकोमा विभिन्न कारणले लक्ष्य टाढिँदै गयो । निर्माण अवधि लम्बिएसँगै लागत पनि चुलिँदै गयो । निर्माण अन्तिम चरणमा पुग्दै गर्दा दुई वर्षअघि यसमा अर्को संकट उत्पन्न भएको थियो, जब ठेकेदार आयोजना छोडेर भाग्यो । तत्कालीन खानेपानी मन्त्री बीना मगरले मेलम्चीको पानी उद्घाटन गर्ने तयारी भइरहेको बताउँदै गर्दा ठेकेदार भागेपछि आयोजना फेरि लथांलिग बनेको थियो । त्यसपछि फेरि नयाँ ठेक्का प्रक्रियामा गएर आयोजनाले पूर्णता पाएको हो ।

    राजनीतिक नेतृत्वको अकर्मण्यताले मेलम्चीमा चाहिनेभन्दा बढि समय मात्रै खर्च भएन, लागत पनि उत्तिकै बढ्यो । लक्ष्यभन्दा १२ वर्ष ढिला गरी आयोजना सम्पन्न हुँदा पनि खुशी हुनुपर्ने अवस्था छ । आयाजनामा बढेको लागतको हिसाब गरेर कोही बसिरहेको छैन ।

    कृष्णप्रसाद भट्टराईले भाषण गरेजस्तो मेलम्चीको पानी सडकै पखाल्ने गरी वालछ्याल त नहोला, तर काकाकुल काठमाडौंको तिर्खा भने मेटाउन पक्कै पनि सहयोगी बन्ने छ । तर, त्योभन्दा महत्वपूर्ण भनेको सरकार र देशको शासन–व्यवस्थाप्रति गुम्दो जनविश्वासको पुनस्र्थापनमा यसले थोरै भए पनि मद्दत गर्न सक्छ । यही प्रकारले रुग्ण अवस्थामा रहेका अन्य आयोजनाहरुले पनि तीव्रता पाउने र देश विकासले गति लिने आशा बढेको छ ।

    मेलम्चीकै जस्तो अवस्थाबाट गुज्रिरहेका अन्य रुग्ण आयोजनाहरुमा पनि यस्तै आक्रामकताको खाँचो छ । तब मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’ को गफले मूर्तता पाउन सक्छ ।

  • ‘प्रधानमन्त्रीको चासो बुझेर काम गर्दा सफलता पाइयो’

    ‘प्रधानमन्त्रीको चासो बुझेर काम गर्दा सफलता पाइयो’

    काठमाडौं । करिब तीन दशकअघि शुरू भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले अहिले पूर्णता पाएको छ । काठमाडौंवासीले आजैदेखि आ-आफ्नो धाराबाट मेलम्चीको पानी थाप्न पाउने भएका छन् ।

    आयोजनाको चर्चासँगै मेलम्चीमा धेरै पानी बग्यो । सरकारमा जान र टिकाउन धेरै नेताले यसलाई प्राथमिकताको एजेण्डामा समेत राखे ।

    तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शुरू गरेको यो आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा पूरा भएको छ । र, तालुकदार मन्त्रालयका ‘भाग्यमानी’मन्त्री बन्न पुगेका छन् मणि थापा ।

    खानेपानी तथा सरसफाइ मन्त्री थापा यो आयोजना सफल हुनुमा प्रधानमन्त्री ओलीको विशेष चासो र आफ्नो मन्त्रालयको अथक मेहनत रहेको बताउँछन् ।

    ‘यो काठमाडौं उपत्यकावासीको मात्रै नभएर सम्पूर्ण नेपालीहरूको ठूलो सपना थियो,’ मन्त्री थापा भन्छन्, ‘हामी सबैको प्रयत्नले यो सफल भयो । विशेष गरेर पछिल्लो चरणमा राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको अलिकति बढी लगाव नै थियो । त्यो पनि एउटा कारण हो । र, हाम्रो मन्त्रालयले पछिल्लो चरणमा मेहनताकासाथ यसलाई निष्कर्षमा पुर्‍याउने तरिकाले काम गर्‍यो ।’

    यसमा प्रधामन्त्रीको चासो धेरै नै रहेको र आफूले त्यही चासोलाई बुझेर काम गर्दा चाँडो परिणाम हात लागेको उनको भनाइ छ । ‘यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो थियो, मैले उहाँको चासो बुझ्ने कोसिस गरेँ,’ थापा भन्छन्, ‘उहाँले यो काम सफल भयो कि भएन भनेर लगातार नै प्रश्न उठाइराख्ने र प्रधानमन्त्री कार्यालयको पनि यसमा राम्रो संलग्नता छ यसमा । त्यो कारणले यो सम्पन्न भयो ।’

    आयोजनासँगै जोडिएर खानेपानीमन्त्री मणिचन्द्र थापासँग नेपाल प्रेसकर्मी रामकुमार डिसीले गरेको कुराकानी नेपाल टकमा :-

    तपाईं मन्त्री भएर गएपछि मेलम्चीका लागि कति काम गर्नुभयो ?

    यो बीचमा काम नभएका होइनन् । काम राम्रैसँग अगाडि बढेकै थिए । तर, त्यसलाई ‘फाइनल कोर्ष’ मा पुर्‍याउने काम चाहिँ पछिल्लो चरणमा भयो । यसको निम्ति मन्त्रालयले अथक मेहनत गरेको छ । प्रधानमन्त्री कार्यालयको त्यसमा पूर्ण सहयोग छ । यी दुईवटा कारणले चाहिँ यो सम्पन्न भयो ।

    लामो समयपछिमात्रै यो आयोजना पूरा भयो । यसको ‘क्रेडिट’आफूले कति लिन चाहनुहुन्छ, अरुलाई कति दिनुहुन्छ ?

    सबैले आफ्नो ढंगले मेहनत गर्नु नै भएको थियो । मेहनत गरेनन् भन्ने कुरा होइन । सबैको मेहनतको प्रतिफल हो भन्न चाहान्छु म चाहिँ ।

    राष्ट्रिय आयोजनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो थियो । मैले उहाँको चासो बुझ्ने कोसिस गरेँ । उहाँले मेलम्चीबारे झक्झक्याइरहनुहुन्थ्यो । प्रधानमन्त्री कार्यालयको पनि यसमा राम्रो संलग्नता छ यसमा । प्रधानमन्त्रीकै बढी चासो भएर योजना यतिखेर सम्पन्न भयो ।

    यो आयोजनालाई अल्झाइराखिएको छ भन्ने कुरा पनि आइरहेको थियो । तपाईं गएपछि पनि त्यो पाउनुभयो ? कसले अल्झाएको रहेछ ?

    विभिन्न कम्पनीहरूको बीचमा ठेक्का सम्झौता हुने र रद्ध हुने प्रक्रिया निरन्तर नै थियो क्यारे । र, त्यति धेरै अल्झाउने भन्दा पनि परिणाम दिने तरिकाले काम गर्ने सोचको आवश्यकता थियो जस्तो मैले पाएँ ।

    मेलम्चीकै सहायक आयोजना पनि छ । त्यसलाई कसरी अगाडि बढाउनुहुन्छ ?

    त्यसको बारेमा छलफल भइरहेको छ। दोस्रो आयोजना शुरू हुने याङ्ग्री र लार्के जुन छ, त्यसको पनि प्रक्रिया अगाडि बढ्छ ।

    लामो पर्खाइपछि काठमाडौंवासीले मेलम्चीको पानी पिउँन पाउने भएका छन् । काठमाडौंवासीलाई के भन्नुहुन्छ ?

    काठमाडौंवासीले लामो समय धैर्यधारण गर्नुभयो, त्यो नै महान काम थियो । त्यो धैर्यको बाँध चाहिँ कहिले पनि टुटेन । त्यो, धैर्यतालाई चाहिँ मैले सम्मान गर्न चाहान्छु ।

    मेलम्चीले मात्रै काठमाडौंवासीको तिर्खा मेटिएला ?

    २२ वर्षअघि यसको निर्माण शुरू भएको थियो । त्यो बेलाको एउटा सोच र अहिले काठमाडौंमा जो खालको बसाइँसराइ छ, यो सबै हिसाबले यो नै पूर्ण हो भन्ने कुरा त होइन । तर, आधारभूतरूपले चाहिँ मेलम्चीको पानीले जनताको समस्या समाधान गर्छ ।

  • सुन्दरीजल पुगेर बिना मगरले भनिन्- हाम्रो अथक प्रयासले मेलम्ची आउने भो

    सुन्दरीजल पुगेर बिना मगरले भनिन्- हाम्रो अथक प्रयासले मेलम्ची आउने भो

    काठमाडौं । पूर्वखानेपानी मन्त्री बिना मगर आफ्ना दलबलसहित मेलम्ची आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पुगेकी छन् । प्रशोधन केन्द्र निरीक्षणपछि उनले मेलम्चीको पानी पिउने काठमाडौंबासीको सपना पूरा हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

    मगरले फेसबुकमा लेखेकी छन्, ‘आज मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको निरीक्षण तथा अवलोकन गरियो । मेलम्चीको पानी आज प्रशोधन केन्द्रमा हालिएको छ । अब काठमाडौंको घर-घरमा खानेपानी आउँदैछ ।

    उनले आफूहरुको अथक मेहनत र योजनाअनुसार मेलम्ची आयोजनाको कामले तीब्रता पाएको दावीसमेत गरेकी छन् । यद्यपि उनी खानेपानी मन्त्री हुँदा आयोजनाको काममा ढिलाइ भएको आरोप लागेको थियो ।

  • केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    केपी शर्मा ओली सुन्दरीजलमा अवलोकन

    शनिबार मेलम्चीको पानी सुन्दरीजल आइपुगेको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार ढाल्नको निम्ति प्रचण्ड–माधव पक्षका एक हल कांग्रेस कहाँ निवेदन हाल्न गएको आरोप लगाउनु भएको हो । प्रत्यक्षमा १ सय १६ सिट जितेको पार्टीलाई हटाएर २३ सिट जितेको कांग्रेसलाई नेतृत्व लिन आग्रह गरिएको भन्दै उहाँले जनताको आदेश र इच्छा त्यस्तो नभएको बताउनुभयो । लोकतन्त्रिक विधि र पद्धतीको कुरा गरेर भ्रममा पारिएको पनि उहाँको भनाई छ ।

  • मेलम्चीको पानी सुन्दरीजलमा : दुई दशकदेखिको प्रयास टुंगोतिर

    मेलम्चीको पानी सुन्दरीजलमा : दुई दशकदेखिको प्रयास टुंगोतिर

    काठमाडौं। बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक आज सुन्दरीजलमा खसेको छ । अब काठमाडौंवासीले चाँडै मेलम्चीको पानी पिउन पाउने छन् ।

    गत फागुन १० गते परीक्षणका लागि सुरुङमा हालिएको पानी आज सुन्दरीजल आइपुगेको हो । सुन्दरीजलमा रहेका दुईवटा पानी प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिनेछ ।

    यसअघि गत असार २९ गते पनि सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो, जुन सफल भएन । हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट फुटेर पानी बाहिर निस्कियो । सो दुर्घटनामा आयोजनाका एक इन्जिनीयर र चालकको बेपत्ता भएका थिए ।

    त्यसपछि चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरी मर्मत गरिएको थियो । पुनः सुरुङ परीक्षण गरिएको हो ।

    दुई दशकको प्रयास
    काठमाडौं उपत्यकाको बढ्दो जनसंख्यालाई भरपर्दो खानेपानी सेवा उपलब्ध गराउन सरकारले लामो समयदेखि विभिन्न प्रयास गर्दै आएको थियो । २०२९ सालदेखि खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतहरूको पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ सालमा भएको अध्ययनले मेलम्चीलगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गर्यो ।

    त्यसपछि २०४९ सालको अर्को अध्ययनले आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प मेलम्ची, याङ्ग्री र लार्केलाई छान्यो । त्यहाँबाट दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न सकिने अध्ययनको निष्कर्ष थियो ।

    सोही अनुसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङ्ग्र्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्यो ।

    आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ । हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ ।

    अहिलेको अन्तरिम व्यवस्थाअन्तर्गत पूर्णरूपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ । त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने समितिले जनाएको छ ।

  • मेलम्चीको सुरुङ परीक्षण शुरू

    मेलम्चीको सुरुङ परीक्षण शुरू

    काठमाडौं । मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण शुरु गरेको छ ।

    खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो ।

    आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानी भर्न शुरु गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

    सोमबार मेलम्ची हेडबक्स साइटमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री मणी चन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरुङ परीक्षण कार्यको शुरुवात गरेका हुन् ।

    शुभारम्भ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ लगायत सहभागी थिए ।

    गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका-१ स्थित अम्बाथानको अडिटको मुख्य गेट ९ नं १७० फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो ।

    त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो ।

    सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भरिन १६ दिन लाग्नेछ । शुरुआती चरण भएकाले सुरुङको क्षमताभन्दा कम पानी हालिनेछ ।

    सरकारले विस २०२९ देखि नै खानेपानी आपूर्तिका लागि सम्भाव्य घटनाहरूका पहिचान गर्न अध्ययन अघि बढाइएकोमा २०४१ मा भएको अध्ययनले उपत्यकामा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेलम्ची लगायत विभिन्न २२ वटा विकल्पहरू पहिचान गरेको थियो ।

    त्यसपश्चात २००को अध्ययनले प्राविधिक रुपमा उत्तम विकल्पको रुपमा मेलम्ची, याङग्री र लाक्र्रेबाट दैनिक कुल ५१ करोड लिटर प्रत्येकबाट १७ करोड लिटर पानी काठमाडौ उपत्यकामा आपूर्ति गर्न उपयुक्त हुने निश्कर्ष निकालेको थियो ।

    सोही अनसार नेपाल सरकारले चरणबद्ध रूपमा मेलम्ची, याङग्री र लार्केको पानी काठमाडौंमा ल्याउने योजना कार्यान्वयनका लागि २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भई यस समितिबाट पानी पथान्तरण निरन्तर कार्य भइरहेको छ ।

    तस्वीरः नेत्र पौडेल

    आयोजनाको महत्वपूर्ण संरचनाहरुको निर्माण सम्पन्न गरी गत असार गतेबाट परीक्षण थालनी गरिएकोमा असार २० गते दुर्घटना भई पुन परिक्षण गर्न कार्यदल गठन गरेको थियो ।

    समितिले पानी पथान्तरण सूरु भएसँगै मेलम्ची नदी,अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाब क्षेत्रहरु साथै बाग्मती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्न सक्ने भएकाले आसपास खोलानाल र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन आग्रह समेत गरेको छ ।

    (तस्बिरहरू: नेत्र पौडेल)

  • मेलम्ची सुरुङ पुनः परीक्षण हुनै लाग्दा खानेपानीले शुरु गर्‍यो प्रशोधन केन्द्र सञ्चालन तयारी

    मेलम्ची सुरुङ पुनः परीक्षण हुनै लाग्दा खानेपानीले शुरु गर्‍यो प्रशोधन केन्द्र सञ्चालन तयारी

    काठमडों । मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र सञ्चालन सम्बन्धी छलफल शुरुआत भएको छ ।

    राष्ट्रिय गौरवको सो आयोजनाअन्तर्गतको सुरुङ पुनः परीक्षणको तयारी भइरहँदा खानेपानी मन्त्रालय, आयोजना, काठमाडौँ उपत्यका खानेपानी विकास बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड -केयुकेएल_ ले पानी प्रशोधन केन्द्र सञ्चालनबारे छलफल गरिरहेको हो ।

    सुन्दरीजलमा पानी झारेदेखि नै केयुकेएलले पानी प्रशोधन केन्द्रमा केही सङ्ख्यामा कर्मचारी राख्ने गरी गरी छलफल भइरहेको लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिए ।

    पानी सो स्थानमा आएपछि पहिलो तीन महिना निर्माण कम्पनी आफैँले नै परीक्षण र सञ्चालन गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको बताए ।

    उनका अनुसार प्रशोधन केन्द्र ठीक छ भन्ने भएपछि मात्रै लिमिटेडलाई हस्तान्तरण गर्ने योजना बनाइएको भए पनि अहिले शुरुमा नै लिमिटेडका कर्मचारी समावेश गर्ने योजना बनाइएको छ ।

    उनले भने ‘शुरुमा नै कर्मचारी त्यहाँ भएपछि हामीलाई पछि सञ्चालनमा सजिलो हुनेछ ।’ प्रशोधन केन्द्र निर्माण हुँदा संरचना सञ्चालन भएको तीन महिनाको अवधि निर्माण कम्पनीको नै हुने र कुनै समस्या आएमा उसैको हुने गरी सम्झौता भएको थियो ।

    लिमिटेडका कर्मचारी शुरुदेखि नै केन्द्र सञ्चालनमा सहभागी हुँदा त्यसलाई कसरी सञ्चालन गर्ने भनी सिक्ने र केही समस्या आएको पाएमा तत्काल सच्याउन निर्माण कम्पनीलाई भन्ने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उनले भने ‘छिट्टै नै यसबारे निर्णय गरेर अघि बढिनेछ ।’

    गत वर्ष नै सम्पन्न भएको प्रशोधन केन्द्र मेलम्चीको पानी नआएकाले अहिलेसम्म प्रयोगमा आइसकेको छैन । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङ, हेडवक्र्स र दुई पानी प्रशोधन केन्द्र निर्माण भएको थियो ।

    प्रशोधन केन्द्र दुवैको क्षमता साढे आठ करोड लिटर रहेको छ । तीमध्ये एउटाको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग  (जाइका) र अर्का एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा भएको थियो ।

    सुरुङ, हेडवक्र्स र प्रशोधन केन्द्रको निर्माण आयोजनाले र पाइपलगायत अरू पूर्वाधारको निर्माण आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ ।

    यी दुई प्रशोधन केन्द्रसँगै चालु आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ । अहिले रहेका दुई केन्द्रले मेलम्ची खोलाबाट आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने आयोजनाले जनाएको छ ।

    दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट आउने थप १७/१७ करोड लिटर पानी प्रशोधनका लागि अर्को संरचना आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

    एडिबीको आग्रहमा दोस्रो चरणका लागि केन्द्र बनाउन तयारी थालिएको र त्यसका लागि डिजाइन भइसकेको छ । आयोजनाको सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छरछैन भनी अध्ययन भइरहेकाले त्यो सकिएपछि मात्रै पुनः परीक्षण गर्न सकिने बताइएको छ ।

    आयोजनाको दातृ निकाय एशियाली विकास बैंकको आग्रहमा आयोजनाले जर्मन विशेषज्ञ टोलीलाई बोलाएर सुरुङको परीक्षण गराइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। उनका अनुसार गत वर्ष असारमा सुरुङमा दुर्घटनापछि गेट निर्माण गरेको भारतीय कम्पनीले गरेको पुनः जडान गरिसकेको छ ।

    आयोजनाले थप सुधारका केही काम पनि गरेको थियो । आयोजनाले सुधार गरेपछि पनि अझै कुनै समस्या छ/छैन भनेर बुझ्न अन्तर्राष्ट्रिय कम्पनीलाई ल्याइएको उनले बताए ।

    उनले भने , ‘समस्या छैन भनेर अन्तिम प्रतिवेदन आएपछि नै पुनः परीक्षणको काम अघि बढाइनेछ ।’ सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–१ स्थित आयोजनास्थलमा गत असार २१ मा पानी पठाइएकामा ३० असारमा दुर्घटना भएको थियो ।

    त्यसपछि सो द्वार निर्माण गर्ने कम्पनीले त्रुटि सच्याउने काम गरेको थियो । सुरुङमा पुनः पानी पठाएर परीक्षण गर्नु पहिले दातृ निकायले त्यसको अवस्थाको अध्ययन गरेको हो ।

    पहिले परीक्षण हुँदा पनि इटालियन विज्ञ प्रतिनिधि ल्याइएकामा पुनः परीक्षण पहिले पनि परीक्षणका लागि पनि पुनः अर्को टोली आएको छ ।

     

  • फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    फागुन पहिलो सातादेखि मेलम्चीको पानी काठमाडौंमा

    सुरुङको मर्मतको काम सकेलगत्तै फागुन पहिलो साताबाट मेलम्चीको पानी काठमाडौंमा परिक्षणका लागि पठाइने भएको छ । सुरुङमा थालिएको सुधारको काम तीन हप्तामा सकेर फागुन पहिलो साताबाट पानी पठाई परीक्षणको काम शुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।