Tag: मेघगर्जन

  • केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

    काठमाडौं । आज देशका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा भने आंशिकदेखि सामान्य बदलीमात्र रहनेछ ।

    राति भने प्रदेश १ का केही स्थानमा भारी वर्षाासमेत हुने महाशाखाको अनुमान छ ।

  • साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    साँझपख मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

    काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही साँझपख मेघगर्जन र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन् ।

    प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ ।

    मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ । उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ ।

    हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।