Tag: मृत्यु

  • सुदूरपश्चिममा एकैदिन १४ जनाको मृत्यु, कैलालीमा मात्रै १० जनाको ज्यान गयो

    सुदूरपश्चिममा एकैदिन १४ जनाको मृत्यु, कैलालीमा मात्रै १० जनाको ज्यान गयो

    कैलाली । सुदूरपश्चिममा बुधबार १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीमा सबै भन्दा धेरै १० जनाको मृत्यु भएको छ । कंचनपुरमा ४ जनाल मृत्यु भएको प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ ।

    यो संगै प्रदेशमा ज्यान गुमाउनेको संख्या २७० पुगेको छ । प्रदेशमा पछिल्लो २४ घन्टामा ७४७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा मंगलबार २६९ जना संक्रमण मुक्त भएका छन् ।

  • अरुण तेस्रोको सुरुङमा एक मजदुरको मृत्यु

    संखुवासभा । अरुण तेस्रो जलविद्युत परियोजनाको सुरुङ भित्र ढुङगा खस्दा एक मजदुरको मृत्यु भएकाे छ । भने अर्का मजदुर घाइते भएकाछन ।
    संखुवासभाको चिचिला गाउँपालिका-३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खस्दा मजदुरको मृत्यु भएको हो ।
    ढुङ्गाले लागेर शुक्लाफाँट नगरपालिका-१२ कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको संखुवासभा प्रहरीले जनाएको छ । भने अर्का मजदुर मिठु राना समेत घाईते भएका छन् ।
    घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
  • दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङको बेलझुण्डी अस्पतालमा १८ घण्टामा ८ संक्रमितको मृत्यु

    दाङ । दाङको बेलझुण्डी कोरोना अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । कोरोना अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार गएराति ८ः४५ बजेदेखि अहिले दिउँसो ३ः४५ बजेसम्म उपचाररत ८ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

    मृतक २ जना महिला र ६ जना पुरूष हुन् । अक्सिजन अभावका कारण उनीहरूको मृत्यु भएको हो । अस्पतालमा ४० जनालाई मात्रै पुग्ने अक्सिजन भएको भन्दै वलीले भने, ‘अहिले ६१ जनाको उपचार गरिरहेका छौ । यसरी कसरी उपचार सम्भव छ ?

    उनका अनुसार अहिले ६१ मध्य ५ जनाको आईसीयूमा उपचार भइरहेको छ । अक्सिजन अभावका कारण थप संक्रमित भर्ना गर्न नसकिने अस्पतालले जनाएको छ ।

  • भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु

    भारतमा संक्रमण घट्दो अवस्थामा, मंगलबार ३,८७६ जनाको मृत्यु

    दिल्ली । पछिल्लो साता भारतमा कोरोनाभाइरस संक्रमण घट्ने क्रममा देखिएको छ । मंगलबार ३ लाख २९ हजार संक्रमित भेटिए ।

    पछिल्लो २४ घण्टामा ३,८७६ जनाको मृत्यु भएको छ ।

    भारतमा कूल संक्रमित संख्या २ करोड २६ लाख पुगेको छ । १ करोड ९० लाख निको भएका छन् ।

    २ लाख ४९ हजार जनाको भाइरसबाट मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ३७ लाख १५ हजार पुगेको छ ।

    विश्व स्वास्थ्य संगठनले भारतको संक्रमण र मृत्युदुर चिन्तित तुल्याउने खालको रहेको जनाएको छ ।

  • ट्रककाे ठक्करबाट सप्तरीमा दम्पतीकाे मृत्यु

    ट्रककाे ठक्करबाट सप्तरीमा दम्पतीकाे मृत्यु

    जनकपुरधाम । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहामा आज विहान मालबाहक ट्रकले मोटरसाइकलमा ठक्कर दिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका -१ भलुवाका अन्दाजी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया श्रीमती सुनिता देवी रहेकी छन् ।

    ना ६ ख ३८६१ नम्बरको मोटसाइकलमा सवार श्रीमान–श्रीमतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मोटरसाइकललाई ठक्कर दिने ना ६ ख ३८६१ नम्बरको मालबाहक ट्रक राजमार्गको छेउमा पल्टिएको छ । ट्रक चालकलाई भने ईलाका प्रहरी कार्यालय भारदहले नियन्त्रणमा लिएको छ ।

    स्थानीयका अनुसार मृतक श्रीमान–श्रीमती आवश्यक कामले मोटरसाइकल चढेर बरमझिया बजारतर्फ हिँडेका थिए । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउन लागेको प्रहरीले जनाएको छ ।

  • ढुङ्गाले किचेर बालकको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ शान्थाक्राका एक बालकको ढुङ्गाले किचेर मृत्यु भएको छ ।
    मृत्यु हुनेमा मेरिङदेन-२ का १३ बर्षीय फुर्वा शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
    फूङलिङ नगरपालिका ७ स्थित सव-बेश निर्माणको लागी मुवेन मिक्लाजुङ जेबि कन्ट्रक्सन द्वारा भिर चट्टान फोर्ने क्रममा माथिबाट ढुङ्गा खसेर मृत्यु भएको हो ।
    बाटोको साईडमा गिटी कुट्न ढुङ्गा ओसार्ने काम गर्ने उनका बाबु पासाङ छिरिङ शेर्पासँग गई ढुङ्गा ओसार्ने क्रममा माथीबाट ढुङ्गा झरी किचेर बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
  • अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    अमेरिकामा गोली प्रहारबाट नेपाली विद्यार्थीको मृत्यु

    मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यमा भएको अन्धाधुन्द गोली हानाहानको घटनामा एक नेपालीले ज्यान गुमाएका छन् ।

    ज्यान गुमाउने चारमध्ये एकजना नेपाली रहेको अधिकारीहरुले जनाएका छन् ।

    मृत्यु हुने नेपालीमा संखुवासभा घर भएका २४ वर्षका सागर घिमिरे रहेको जनाइएको छ । उनी गत अप्रिलमा साउथ क्यारोलिनाको अरेन्जवर्गमा रहेको क्लाफलिन युनिभर्सिटीबाट ग्राजुएट भएका थिए ।

    उनी झन्डै एकसाता अगाडिमात्र वुडल्यान कम्प्लेक्समा बसाई सरेका थिए । बाल्टिमोर काउन्टी पुलिस डिपार्टमेन्टले प्रेस वक्तब्य जारी गर्दै मृतकहरुको पहिचान सार्वजनिक गरेको थियो ।

    उक्त घटनामा अर्का एक नेपालीको घर पूर्णरुपमा जलाइएको छ भने त्यहाँ कम्तीमा दुई घर पुरै र दुई घर आंशिक रुपमा जलेको बताइएको छ ।

     

  • भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    भारतमा साेमबार संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ ।

    भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ ।

    साथै, विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा यो सहित २ लाख ४६ हजार ११६ जनाको कोभिड–१९ को संक्रमणबाट ज्यान गइसकेको छ ।

    भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा यो सहित १ करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।

    यसैबीच, गत जनवरीबाट थालिएको कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड २ लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ ।

    भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ ।

    भारतमा कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, बेड, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

    यसैबीच, कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ३३ लाख ६ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

    विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २२ हजार, भारतमा २ लाख ४६ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार तथा फ्रान्समा १ लाख ६ हजारको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

    पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड-१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

  • बाँकेमा २४ घण्टाभित्र कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

    बाँकेमा २४ घण्टाभित्र कोरोना संक्रमणबाट १७ जनाको मृत्यु

    बाँके । कोरोनाभाइरस संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टाभित्र १७ जनाको मृत्यु भएको छ । हाल यो मृत्युको तथ्यांक अहिले सम्मकै उच्च हो ।

    जिल्ला कोभिड संकट व्यवस्थापनका अनुसार बाँकेमा १७ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

    हालसम्म योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको लागि बाँकेमा आएका १ सय ३९ जनाको मृत्यु भइसकेको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

  • अस्पतालले भर्ना नगरेपछि कोरोना संक्रमितको मृत्यु

    अस्पतालले भर्ना नगरेपछि कोरोना संक्रमितको मृत्यु

    दाङ । अस्पतालले भर्ना गर्न नमानेपछि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले भर्ना गर्न नमानेपछि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर-२ का एक ४९ बर्षिय पुरूषको आज मृत्यु भएको हो।

    मृतकका आफन्तले उपचारका लागि गएराति १२ बजे प्रतिष्ठानमा उपचारका लागि ल्याएका थिए । तर, प्रतिष्ठानले बेडको अभाव देखाउँदै उपचार गर्न अस्विकार गरेको मृतकका आफन्तले जानकारी दिएका छन् ।

    मृतक पुरुषको सल्यानमा एन्टिजेनद्वारा परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको भोटेचौर आइसोलेशनका डाक्टर प्रोशेष सिंहले बताए । डाक्टर सिंहले अक्सिजन लगाएर उपचार गर्नुपर्ने संक्रमितको उपचार नपाएर मृत्यु भएको दावी गरे । उनका अनुसार कोरोना संक्रमित ती पुरूषको मृत्यु अस्पतालले भर्ना गर्न नमानेपछि सल्यान फर्काउँदै गर्दा मृत्यु भएको हो ।

  • कैलालीमा ९ जनाको कोरोनाबाट मृत्यु

    कैलालीमा ९ जनाको कोरोनाबाट मृत्यु

    कैलाली । कैलालीमा शनिवार ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    धनगढी ३ का ६१ वर्षीय पुरुष, कञ्चनपुर २ पुनर्वासका ८७ वर्षीय पुरुष कैलाली बर्दगोरीया २ का ७५ वर्षीय पुरुष, बर्दगोरीया ६ का ६१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यस्तै धनगढी १ बस्ने ५० वर्षीय पुरुष, धनगढी ५ का ४३ वर्षीय पुरुष, धनगढीका ४ का ८१ वर्षीय पुरुष, धनगढी १२ का ५० वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

    त्यस्तै कैलाली लम्की चुहा नगरपालिका ६ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

  • भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    भारतमा शनिवार चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा ४ लाख नयाँ संक्रमित फेला परेका छन् । भारतमा यो सहित कूल संक्रमितको संख्या २ करोड १८ लाख ९२ पुगेको छ ।

    भारतमा लगातार तेस्रो दिन ४ लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप ४ हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या २ लाख ३८ हजार २७० पुगेको हो ।

    हाल विश्वमै कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा ५ लाख ९४ हजार तथा ब्राजिलमा ४ लाख १९ हजारको ज्यान गइसकेको छ ।

    भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोभिड-१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ । कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ ।

    गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड-१९ को खोप दिइसकिएको छ । १८ वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।

    यसैबीच, बिहीबारसम्म भारतमा कोभिड-१९ को ३० करोड नमुना परीक्षण गरिएको छ । शुक्रबार एकै दिन १८ लाख नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।

  • गण्डकीमा थप ३ संक्रमितको मृत्यु

    गण्डकीमा थप ३ संक्रमितको मृत्यु

    गण्डकी । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार मृत्यु हुनेमा कास्कीका २ र पर्वतका एक जना संक्रमित छन् ।तीनै जनाको पोखरामा उपचारका क्रममा मृत्यु भएको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

    कास्कीका मृत्यु हुने संक्रमितमा पोखरा २३ का ४८ वर्षीय महिला र पोखरा १० का ८१ वर्षीय पुरुष छन् ।त्यस्तै, पर्वत, कुश्मा नगरपालिका १ का ४० वर्षीय संक्रमितको शुक्रबार पोखराको मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    यो सँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै एकैदिन ७ जना संक्रमितको मृत्यु भएको थियो ।

  • कोरोना संक्रमणले एकै परिवारका चारजनाको मृत्यु

    कोरोना संक्रमणले एकै परिवारका चारजनाको मृत्यु

    नेपालगञ्ज । कोरोनाभाइरस संक्रमणले यहाँ एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी बहिनी र दुई दाइको मृत्यु भएको हो ।

    नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा ४२ वर्षीय जाहिरको बुधवार बेलुका मृत्यु भएको हो । त्यही अस्पतालमा उनका दाई एजाजको बिहीवार बेलुकी ७ बजे र इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । उनकी बहिनी भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो ।

    अहमदको परिवारमा अन्य सदस्यहरु पनि संक्रमित भएका छन् ती मध्ये कोहि घरमा आइसोलेसनमा र कोही अस्पतालमा उपचाररत छन् ।

    जाहिर आहमद सन १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा १८ सदस्यीय टोलीमा थिए । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

    राष्ट्रिय खेलकुद परिषद्मा उनी अधिकृतस्तरका प्रशिक्षक हुन । काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा उनी नेपालको भारोत्तोलन प्रशिक्षण टोलीमा थिए । उनले नेपालको प्रशिक्षक भएर ताइवान, उज्वेकिस्तान, मलेसियामा टिम लगेका थिए ।

  • चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

    चट्याङ लागेर एकको मृत्यु, आठ घाइते

  • कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु

    कोरोनाबाट एकैघरका तीन दाजुभाइको मृत्यु

  • अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

    अक्सिजन अभावमा भक्तपुरमा दुई संक्रमितको मृत्यु

    भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना संक्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए ।

    भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दा-खोज्दै मृत्यु भएको उनले जानकारी दिए ।

    एकदमै गम्भीर अवस्थामा रहेका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको मृतकका परिवारले बताएका छन् ।

  • टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु

    टिकटक बनाउने क्रममा भीरबाट लडेर युवकको मृत्यु

    उदयपुर । उदयपुरको कटारी नगरपालिका-११ हर्देनी भीरमाथि टिकटक बनाउने क्रममा लडेर एकजनाको मृत्यु भएको छ ।

    धरानबाट ओखलढुङगातर्फ जाँदै गरेको ना. १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे भीर छेउमा बिग्रिएको र सोही सुमोमा सवार धरान-५ का १८ वर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भीरबाट लडेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार लडेर गम्भीर घाइते भएको परियारको उपचारको लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

  • रुपन्देहीमा थप ६ कोरोना संक्रमितको मृत्यु

    रुपन्देहीमा थप ६ कोरोना संक्रमितको मृत्यु

    रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोन विशेष अस्पतालमा थप ६ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा रुपन्देही, अर्घाखाँची, कपिलवस्तु र सल्यानका गरी ६ जनाको मृत्यु अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

    रुपन्देहीको बुटवल ४ का ८४ वर्षीय पुरुष, बुटवल ९ का ६१ वर्षीय पुरुष, बुटवल ११ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको गौतमले बताए ।

    यस्तै अर्घाखाँचीको धातिवाङका ७५ वर्षीय पुरुष, कपिलवस्तुको शिवराज ७ का ४३ वर्षीय पुरुष र शारदा ११ सल्यानका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

  • शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

    शाङ्घाई नजिक आँधीका कारण कम्तिमा ११ को मृत्यु

    चीन । शाङ्घाईको नजिकैको एउटा शहरमा शुक्रबार साँझ आएको घातक आँधीबेरीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको चिनियाँ अधिकारीहरूले शनिबार बताएका छन् ।

    शुक्रबार साँझ माछा मार्न गएका माछा मार्ने डुङ्गामा रहेका ९ जना आँधीपछि सम्पर्कमा आएका छैनन् तर सोही डुङ्गाका अन्य २ जनालाई सकुशल उद्धार गरिएको छ ।

    याङ्जे नदीको उत्तरी किनारमा रहेको ८० लाख जनसङ्ख्या रहेको नान्तोङ शहर र वरपरका क्षेत्रमा ठूला असिनासहित आएको आँधीबेरीमा परी उनीहरूको मृत्यु भएको चिनियाँ वेबसाइट ‘ट्यूटियाओ डटकम’ले जनाएको छ ।

    आँधीपछि कतिपय मृतकहरू रूख र बिजुलीको खम्बाले थिचिएको अवस्थामा भेटिएका थिए भने अन्यलाई बतासले पानीमा फ्याँकिएको अवस्थामा पाइएको स्थानीय अधिकारीहरूले सामाजिक सञ्जाल ओइवोमार्फत् जानकारी गराएका छन् ।

    आँधीका कारण कम्तीमा १०२ जना घाइते भएका छन्, धेरै घरहरू भत्किएका छन् भने करिब तीन हजार स्थानीयलाई सुरक्षितस्थलमा सारिएको छ ।

  • कोरोनाबाट सिन्धुपाल्चोकमा एक संक्रमितको मृत्यु

    सिन्धुपाल्चोक । कोरोना संक्रमणबाट सिन्धुपाल्चोकको कुबिण्डेका एक पुरुषको आज धुलिखेल अस्पतालमा मृत्यु भएको छ । ३७ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    मुटुका रोगी उनलाई शुक्रबार थप समस्या भएपछि दिउँसो अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उपचारका लागि गरिएको पीसीआर परीक्षणमा कोराना पुष्टि भएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा. सानु श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार थप स्वास्थ्य परीक्षणमा निमोनियाबाट समेत ग्रस्त भएका उनलाई उपचारका क्रममा पाइपबाट स्वासप्रस्वास गराइएको थियो । आइसीयू श्यया नहुँदा आकस्मिक कक्षमै उपचार गराइएको अस्पतालले जनाएको छ ।

  • भारतमा शनिबार ४ लाखभन्दा बढी संक्रमित, ३५२३ जनाको मृत्यु

    भारतमा शनिबार ४ लाखभन्दा बढी संक्रमित, ३५२३ जनाको मृत्यु

    काठमाडौं । शनिबार भारतमा चारलाख भन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन भारतमा ४ लाख १ हजार ९९३ जना संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ३५२३ जनाको मृत्यु भएको छ । २ लाख ९९ हजार ९८८ जना निको भएका छन् ।

    भारतमा कूल संक्रमित संख्या १ करोड ९१ लाखभन्दा बढी छ । कूल मृतक संख्या २ लाख ११ ८५३ पुगेको छ । सक्रिय संक्रमित संख्या ३२ लाख ६८ हजार ७१० पुगेको छ ।

    १५ करोड ४९ लाखभन्दा बढीलाई खोप लगाइएको छ ।

  • ब्राजिलमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नजिक

    ब्राजिलमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ लाख नजिक

    ब्राजिल । २४ घण्टायता कोभिड-१९ को संक्रमणबाट यहाँका ३ हजार १६५ नागरिकको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बुधबार मात्र यहाँ अघिल्लो २४ घन्टामा कोभिड-१९ को संक्रमणमा परेका यहाँका ती नागरिकको एकै दिनमा ज्यान गएको हो ।

    यो सँगै ब्राजिलमा कोभिडको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ४ लाख नजिक पुगेको छ । प्राप्त समाचारअनुसार यहाँका तीन लाख ९८ हजार १८५ जनाको यो संक्रमणबाट मृत्यु भएको सो मन्त्रालयले दिएको समाचारमा जनाइएको छ ।

    त्यसैगरी सोही अवधीमा थप अर्थात् गएको २४ घन्टायता करिब ८० हजार जनामा कोरोना भाइरस संक्रमण देखिएको पनि मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४५ लाख ३७ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभहरु आइरहेका छन् । अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँको अवस्था दिन प्रति दिन थप जटिल बन्दै गएको पनि बताएका छन् ।

    यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र ९४ हजार भन्दा बढी नागरिकको ज्यान गएको छ । त्यसैगरी सो राज्यमा करिब ४० लाख नागरिक कारोना भाइरसबाट संक्रमित भएका छन् ।

    यहाँका अधिकारीहरुले अप्रिल महिना ब्राजिलका लागि सबैभन्दा खराब महिना भएको बताएका छन् । उनीहरुले यस महिनाभित्र मात्र कम्तीमा पनि ७० हजार जना नागरिकको यही संक्रमणबाट नै ज्यान गएको बताएका छन् ।

  • तनहुँमा स्कुटर दुर्घटना : २ जनाको मृत्यु

    तनहुँमा स्कुटर दुर्घटना : २ जनाको मृत्यु

    तनहुँ । धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

    ऋषिङ-४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार २ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा ऋषिङ-४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।

    मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका थिइन ।

    कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरु दमौली फर्कदै थिए । ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कूटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

  • बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

    बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

    कैलाली । कोरोना संक्रमित  कैलालीका एक वृद्धको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको छ ।

    जिल्लाको टिकापुर नगरपालिका १ ज्योतिनगर बस्ने वर्ष ७० का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

    कोहलपुर मेडिकल कलेजमा मधुमेहको उपचार गराउन पुगेका उनीमा बुधवार कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उपचार्थ भर्ना भएका वृद्धको मेडिकल कजेलमा मृत्यु भएको टिकापुर नगरपालिकाका स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

  • हावाहुरी र चट्याङले दुईको मृत्यु, एक बालक घाइते

    जनकपुरधाम । प्रदेश २ मा हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् ।

    बिहीबार बिहान हावाहुरीले धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरमा इँटाको पर्खाल भत्किँदा किचिएर एक महिलाको मृत्यु भएको हो ।

    मृत्यू हुनेमा स्थानीय ६० वर्षीया दौलतिया देवी दास रहेकी छन् ।

    पर्खाल भत्किँदा च्यापिएर घाइते भएकी दासको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    पर्खाल भत्किँदा मृतक महिलाकी नाति १२ बर्षिय अनुराग दासलाई पनि चोट लागेको छ । घाइते अनुरागको उपचार भइरहेको आफन्तले जनाएका छन् ।

    प्रहरीका अनुसार मृतक महिला खाजाघर सञ्चाल गर्दै आएकी थिइन् । उनी नाति अनुरागलाई लिएर खाजाघरमै सुतिरहेका बेला स्थानीय शैलेन्द्र साहले निर्माण गरिरहेको घरको दोस्रो तल्लाको पर्खाल खसेको थियो ।

    यस्तै हावाहुरीसँगै चट्याङ परेर रौतहटको गुजरा नगरपालिका ८ मा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका ७ का रामलखन महरा छन् ।

    विहेमा सहभागी हुन महरा आफ्न्तको घर पुगेका थिए । शौच गर्न घरबाट बाहिर निस्केकै बेला चट्याङ लागेर उनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ ।

  • बाँकेमा दुई संक्रमित महिलाको मृत्यु

    बाँकेमा दुई संक्रमित महिलाको मृत्यु

    बाँके । बाँकेमा बिहीवार मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ बाँकेकी ६५ बर्षीया महिलाको बिहीवार दिउँसो मृत्यु भएको छ ।

    नेपालगञ्ज मेडिकल कलेजमा बैशाख ७ गते पिसिआर टेष्ट गराएकी उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । बैशाख ८ गते भर्ना भएकी उनको बिहीवार मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

    त्यसअघि नेपालगंज उपमहानगरपालिका वडा नं. १७ की ८६ वर्षीया महिलाको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको वलीले बताए । यो सँगै बाँकेमा मृत्युु हुने कोरोना संक्रमितको संख्या ६८ पुगेको छ ।

  • गोठमा चट्याङ पर्दा महिलाको मृत्यु

    गोठमा चट्याङ पर्दा महिलाको मृत्यु

    मोरङ । मोरङ कानेपोखरी २ दलेलीमा चट्याङ पर्दा एक महिलाको मृत्यु भएको छ । बिहिबार बिहान परेको चट्याङमा परी स्थानीय ४३ बर्षीय सुकवती राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    पानी परेको बेला घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी राजवंशी गम्भीर घाईते भएकी थिईन ।

    घाईते राजबंशीको उपचारको लागि उर्लाबारी स्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टर लगेकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

  • वनभोज गएका वडाध्यक्षको घाँटीमा समस्या देखिएपछि मृत्यु

    कैलाली । कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन चन्दको मृत्यु भएको छ ।

    वनभोज खाने क्रममा घाँटीमा एक्कासि समस्या देखिएपछि उपचारको क्रममा शुक्रबार राति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

    शुक्रबार वडाध्यक्ष चन्दको नेतृत्वमा वडाका जनप्रतिनिधि तथा कर्मचारी गरी ८ जना बेदकोट नगरपालिकाको चुनेपानी क्षेत्रमा वनभोज मनाउन गएका थिए ।

    त्यसैक्रमममा उनको घाँटीमा एक्कासि समस्या देखिएपछि उनलाई महाकाली अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए ।

    घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । उनले शव परीक्षणपछि मृत्युबारे विस्तृत जानकारी हुनेसमेत बताए।

  • ट्रककाे ठक्करबाट युवकको मृत्यु

    ट्रककाे ठक्करबाट युवकको मृत्यु

    रुपन्देही । कपिलवस्तुको बुद्धभूमीमा नेपाली सेना सवार रहेको ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

    ठक्करबाट शिवराज नगरपालिका- ५ निवासी १९ वर्षीय भुुवन पाण्डेको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुले जनाएको छ ।

    पूर्वबाट पश्चिम जाँदै गरेको नेपाली सेना सवार बा १ ग २४२३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ३६ प ४५९८ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिएर दुर्घटना भएको हो ।

    बुुद्धभूूमी नगरपालिका ९ चम्पापुरमा भएको ठक्करबाट अर्का एक जना २१ वर्षीय अमृत रोकामगर घाइते भएका छन् । घाइतेको खुुट्टामा गम्भीर चोट लागेको छ । उनलाई थप उपचारका लागि कपिलवस्तुबाट बुटवल ल्याइएको छ ।

  • कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

    कोरोना संक्रमणबाट कैलालीमा एक जनाको मृत्यु

    धनगढी । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ का ७० वर्षीय बृद्धको कोरोना संक्रमण बाट मृत्यु भएको हो ।

    फागुन ३ गरे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार विहान उनको मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

    यो सहित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु हुने संक्रमितको संख्या ३२ पुगेको छ । ५० शय्याको अस्थायी अस्पताल अहिले खाली भएको छ । उनीसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ९५ पुगेको छ ।

    आइतबार साँझसम्म नेपालमा २ लाख ७३ हजार ४३१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये २ लाख ६९ हजार ८७६ जना निको भइसकेका छन् । आइतबार साँझसम्म देशभरका क्वारेन्टीनमा ६८ जना छन् ।

    स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका अस्पतालमा गरी ५२ जना कोरोना संक्रमितको आईसीयूमा र १० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ९ सय ९६ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आईसोलेसनमा छन् ।