Tag: मूल्यवृद्धि फिर्ता

  • इन्धनको मूल्यवृद्धि फिर्ता गर्न अखिलको आग्रह, नभए कडा आन्दोलनको चेतावनी

    इन्धनको मूल्यवृद्धि फिर्ता गर्न अखिलको आग्रह, नभए कडा आन्दोलनको चेतावनी

    काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले सरकारले गरेको पेट्रोलिय पदार्थको मूल्यवृद्धि विरुद्ध देशभर आन्दोलन गर्न अनेरास्ववियुका मातहतका कमिटीलाई निर्देशन दिएकी छन् ।

    सरकारले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । सरकारको सोही कदमको विरुद्धमा अनेरास्ववियुले कडा शब्दमा आपत्ति जनाउँदै तत्काल मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फितामात्र नभइ अन्य दैनिक उपभोग्य वस्तु वा पदार्थमा समेत चरम मूल्यवृद्धि हुँदा समेत सरकार कानमा तेल हालेर बसेको भन्दै अध्यक्ष बरालले तत्काल मूल्यवृद्धि फिर्ता तथा नियन्त्रणमा नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिएकी छन् ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन चार विद्यार्थी संगठनको माग

    काठमाडौं ।  चार विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

    अखिल(क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘कोभिड-१९ लगायत महामारीका कारण चरम आर्थिक संकटमा परेका नेपाली जनतालाई पेट्रोलियम पधार्थमा भएको मुल्यवृद्धि र त्यसको असर स्वरुप दाल,चामल,तेल,तरकारी खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मुल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई पुर्याएको छ। हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । ’

    हप्ता दिन नबित्दै पेट्रोल,डिजल र मट्टीतेलमा पटकपटक गरिएको मुल्यवृद्धिले यातायात र ढुवानीमा प्रत्यक्ष प्रभाव पारेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

    उनीहरुले नेपाल सरकार र नेपाल आयल निगमसँग यसअघि संयुक्त विद्यार्थी संगठनसँग गरिएका सम्झौता तत्काल कार्यन्वयन गर्न माग समेत गरेको छन् ।

    विद्यार्थी संगठनले आयल निगम भित्र चुहावट भ्रस्टाचार, कमिशन दिनानुदिन बढ्दै गइरहेको समेत बताएका छन् ।
    नेपाल आयाल निगमले बुधबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो ।

  • निगम र विद्यार्थी संगठनविचको वार्ता असफलः मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्किने

    निगम र विद्यार्थी संगठनविचको वार्ता असफलः मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन थप चर्किने

    काठमाडौं । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनबीचको वार्ता असफल भएको छ । निगम र संगठनविचको वार्ता असफल भएपछि निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता नगरेसम्म आन्दोलन थप चर्काउने विद्यार्थी नेताले चेतावनी दिएका छन् ।

    सोमबार दुबै पक्षबीच भएको वार्तापछि संवाद डबलीमा आयोजित अन्तरसंवाद कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नेपाल आयल निगमले बारम्बार पेट्रोलियम पदार्थको मूल्य समायोजनका नाममा जनताको ढाड सेकेको बताईन । उनले पछिल्लो समयमा बढाईको मूल्य नघटाए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएकी छन् । अत्याधिक मूल्यवृद्धि हुदाँ पनि घाटा भयो भन्ने कुरा हास्यस्पद भएको बताउँदै अध्यक्ष सिंहले प्रश्न गर्दै भनिन्, ‘भारतबाट ८३ रुपैयाँमा खरिद गरेर नेपालमा एक सय ३६ मा बिक्री गर्दा पनि अझै घाटा भयो रे कसले पत्याउने ?’

    नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार सिंहदरबारमा भएको वार्तामा आफूहरुले निगम व्यवस्थापन समिति असफल भएकोले बर्खास्त र वृद्धि भएको मूल्य खारेज गर्नुपर्ने माग राखेको बताएकी छन् ।

    नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले व्यक्ति मोटाउने र जनता चुस्ने उपमाको रुपमा आयल निगम भएको बताए । आफ्नो संगठन सम्पूर्ण विद्यार्थी संगठनसँग हातेमालो गरेर वृद्धि भएको मूल्य खारेजी अभियानमा लाग्ने उनले बताए ।

    नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नो पार्टी पनि सत्तामा भए पनि उसले गर्ने राम्रो कार्यलाई साथ र जनतालाई पेल्ने कार्यमा विरोध गर्ने धारणा राखे । उनले नेपाल आयल निगममा व्यापक भ्रष्टाचार भइरहेको र त्यसलाई छानविन गर्नु पर्नेमा जोड दिए । अध्यक्ष पराजुलीले मुल्य फिर्ता नभए कडा भन्दा कडा आन्दोलन गर्ने पनि चेतानवी दिए ।

    कार्यक्रममा निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगरेर समायोजन गरेको र निगम चरम संकटमा पर्दैै गएकाले आफूहरुले एक महिनामा दुई पटक मूल्य समायोजन गर्नुपरेको बताए । पहिले १० रुपैयाँसम्म मूल्य घटाएर मूल्य समायोजनको दृष्टान्त दिँदै प्रवक्ता उपाध्यायले भने, ‘वृद्धि गरेको विषयलाई मात्रै नभएर विगतमा ठूलो अंकले मूल्य घटाएको विषयलाई पनि हेरिदिन आग्रह गर्दछु ।’

    आयल निगम घाटामा भएको विषय दुनियाँको कुनै पनि ठाउँमा गएर पुष्टि हुने र पेट्रोलियम पदार्थ स्वदेशी नभएर पूर्णरुपले विदेशमा निर्भर रहनुपर्ने भएकाले आफूहरुको काबुमा नरहेको समेत प्रवक्ता उपाध्यायको भनाई थियो । उनले भने, ‘यही अवस्थामा हामी घाटामा रहिरहने हो भने निगम टाट पल्टेर पाँच दशक बढी लामो इतिहास बोकेको संस्था सकिन बेर लाग्ने छैन् ।’

    कार्यक्रममा उपाध्यायले अहिले पेट्रोलमा १७, डिजेलमा १३ र एलपी ग्याँसमा ६ सय ५७ रुपैँया घाटा भइरँहदाँ मासिक पाँच अर्ब २० कारोड घाटा भइरहेकाले मूल्य समायोजनको विकल्प नरहेको दाबी गरे । आन्दोलनरत विद्यार्थी संगठनका नेता र निगम पदाधिकारीबीच दिउँसो उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा तीन घण्टा लामो बार्ता भएको थियो । तर, दुबै पक्षको आआफ्नो अडानका कारण वार्ता सफल हुन सकेन् ।

  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन पाँच विद्यार्थी संगठनको माग

    काठमाडौं ।  पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाइएको मूल्य तत्काल फिर्ता लिन माग गरेको छ । मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

    नेपाल विद्यार्थी संघ, अखिल(क्रान्तिकारी), अनेरास्ववियु ,समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं)ले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,‘नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्यांकहरू लुकाएर, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको अवस्थामा नेपालमा मूल्य बढाइएको छ । हामी बढाइएको मूल्य तत्काल फिर्ता गर्न र फिर्ता नगरिएमा आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं । ’

    नेपाल आयाल निगमले सोमबार राति पेट्रोलियम पर्दाथको मूल्य बढाएको थियो । नेपाल आयाल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा वृद्धि गरेको थियो ।

    डिजेल, पेट्रोल र मटिटतेल प्रतिलिटर २ रुपैयाँले बढेको थियो । नयाँ मूल्य अनुसार हिजोदेखि पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजेल तथा मटितेल १ सय १३ रुपैयाँ र हवाई इन्धन ८६ रुपैयाँ कामय भएको छ ।

    एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ४ सय ५० कायम गरिएको छ । निगमले हवाई इन्धनमा आन्तरिक तर्फको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएको छ । हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर १६ ले वृद्धि गरी नयाँ विक्री मूल्य अमेरिकी डलर ७ सय ७० प्रति किलोलिटर कायम गरिएको छ ।

    मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ८.४२ रुपैयाँ, डिजेलमा प्रति लिटर २.६४ रुपैयाँ तथा एलपि ग्याँसमा प्रति सिलिण्डर ४ सय २० रुपैयाँ ७५ रुपैयाँ घाटा रहने निगमले बताएको छ ।

    साथै पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातको भाडामा गरिएको २८ प्रतिशत वृद्धिलाई खारेजको माग गर्नुको साथै कक्षा १२ को परीक्षा सञ्चालन गर्न सरकारसमक्ष माग गरेका छन् ।

    कक्षा १२ को विद्यार्थीहरुले कोरोना भाइरस विरुद्धको खोप लगाएकाले परीक्षा रोक्न नहुने उनीहरुको भनाइ छ ।

    ‘कक्षा १२ को परीक्षा नहुँदा विद्यार्थीको भविष्य अन्यौलमा परेको, मानसिक तनावमा परेको, शैक्षिक क्यालेन्डर ध्वस्त हुने अवस्थामा पुगेको र विद्यार्थीहरू चरम आर्थिक मारमा परेको हुनाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरी कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गर्न माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।