Tag: मुस्कान खातुन

  • एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

    एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

    जनकपुरधाम । पर्सा वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले थप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको पर्खाइमा रहेकी मुस्कानलाई थप खर्च दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए ।

    २०७६ भदौ २० गते विद्यालय हिँडेकी मुस्कानलाई दुई किशोरले एसिड प्रहार गरेका थिए । उनको उपचारका लागि प्रदेश सरकारले यसअघि ५ लाख सहयोग गरिसकेको छ ।

  • मुस्कानले ग्रहण गरिन् अमेरिकी पुरस्कार, फस्टलेडी र विदेशमन्त्रीको सम्बोधन

    मुस्कानले ग्रहण गरिन् अमेरिकी पुरस्कार, फस्टलेडी र विदेशमन्त्रीको सम्बोधन

    काठमाडौं- तेजाब हमलामा परेकी नेपाली किशोरी मुस्कान खातुनले भर्चुअलरुपमै अमेरिका सरकारले प्रदान गरेको पुरस्कार ग्रहण गरेकी छिन् ।

    अमेरिकी प्रथम महिला जील बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अन्तराष्ट्रिय साहसी महिला आइडब्लुओसी अवार्ड समारोहलाई आइतबार राती भर्चुअल सम्बोधन गरे ।

    खातुनलाई काठमाडौं दुतावासमा राजदूत र्‍यान्डी जे बेरीले पुरस्कार प्रदान गरेका थिए । पुरस्कार ग्रहणपछि आफूलाई थप जिम्मेवारी महसुस भएको र आगामी दिनमा यो क्षेत्रमा काम गर्न हौसला मिलेको प्रतिक्रिया दिइन् ।

    यो अवार्ड पाउने खातुन अहिलेसम्मकै कान्छीमध्येकी एक र नेपालबाट पहिलो महिला हुन् । शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलालाई अमेरिकी विदेश मन्त्रालयले १४ वर्षदेखि यो अवार्ड प्रदान गर्दै आएको छ ।

    अमेरिकी राजदूत बेरीले मुस्कानले पाएको प्रतिष्ठित पुरस्कारले महिला, बालबालिकाहरुलाई लामो समयदेखि असर पुर्‍याइरहेको डरलाग्दो अभ्यासलाई नेपालले सम्बोधन गरेको र सबैका लागि प्रेरणा भएको धारणा राखे ।

    १५ वर्षको उमेरमा किशोरको प्रेम प्रस्ताव अस्वीकार गरेकोमा मुस्कानमाथि डेढवर्षअघि एसिड हमला भएको थियो ।

  • राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

    राष्ट्रपतिले दिइन् मुस्कान खातुनलाई बधाई

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई बधाई दिएकी छन् ।

    राष्ट्रपति भण्डारीले तेजाब आक्रमणविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा खातुनलाई बधाई दिएकी हुन् ।

    राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिइन् ।

  • एसिड आक्रमणविरुद्धकी योद्धा मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

    एसिड आक्रमणविरुद्धकी योद्धा मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी पुरस्कार

    काठमाडौं । नेपालस्थित अमेरिकी मिसनले तेजाब आक्रमणबाट पीडित पर्साकी मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आइडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

    तेजाव आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्रशंसा गर्दै सो प्रतिष्ठित पुरस्कार प्रदान गर्न लागिएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले ८ मार्चमा भर्चुअल कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिने राजदूत र्‍याण्डी बेरीले जनाएका छन् ।

    हाल १५ औं संस्करणमा रहेको सो पुरस्कारले प्रायःजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शाान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्ने दूतावासले जनाएको छ ।