Tag: मुख्यमन्त्री शाही

  • सांसदको चित्त बुझाउन मुख्यमन्त्री शाहीले फुटाए मन्त्रालय, अब ८ मन्त्री !

    सांसदको चित्त बुझाउन मुख्यमन्त्री शाहीले फुटाए मन्त्रालय, अब ८ मन्त्री !

    सुर्खेत । जम्मा ४० सिट रहेको कर्णाली प्रदेशमा आठ वटा मन्त्री बन्ने भएका छन् । संविधान अनुसार बढीमा २० प्रतिशत मन्त्री बनाउन पाउने प्रावधानमा टेक्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर सिंचाई, खानेपानी र जलस्रोत मन्त्रालय बनाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ पुगेको हो ।

    शाहीले आफ्ना दलका नेतालाई थामथुम पार्न भौतिक पूर्वाधार तथा विकास मन्त्रालय फुटाएका हुन् ।

    ‘मुख्यमन्त्री ज्यूलाई मन्त्री छान्न हम्मे हम्मे भइसकेको थियो,’ माओवादी स्रोत भन्छ, ‘बहालवाला मन्त्रीले मन्त्री छोड्न नमानेको र नयाँ मन्त्री छान्दा फेरि सरकारलाई अप्ठ्यारो पर्ने हो कि भन्ने भय मुख्यमन्त्रीमा थियो । त्यही व्यवस्थापन गर्न उहाँले तीन जनालाई मन्त्री चयन गर्नु भएको हो।’

    नयाँ नियुक्त हुने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा, आन्तरिक मामिला तथा कानून मन्त्री विन्दमान विष्ट र खानेपानी, सिंचाई र जलस्रोत मन्त्री सिता नेपाली रहेका छन् ।

    तीन जना मन्त्री नयाँ नियुक्त गरेपछि मन्त्री बनाउने सहमतिपछि माओवादी केन्द्रमै फर्किएका सांसद ठम्मर विष्ट ‘रनभुल्ल’ मा परेका छन्। ‘मलाई मन्त्री बनाउने सहमति भएकै थियो, त्यो किन कार्यान्वयन भएन थाहा भएन’ सांसद विष्टले भने, ‘राजनीतिक सहमति लिएर अदालत पनि जाने कुरा भएन। राजनीतिमा इमान्दारिता हुनुपर्छ भन्ने मान्यता मेरो हो । सहमति कार्यान्वयन गर्ने जिम्मा मुख्यमन्त्रीको नै हो।’

    मुख्यमन्त्री शाहीले मन्त्री हेरफेर गरेसँगै मन्त्रीको संख्या सात भएको छ भने मन्त्रालयको संख्या आठ पुगेको छ । विपक्षी दल नेपाली कांग्रेसले पाएको सामाजिक विकास मन्त्रालय अहिले रिक्त छ । भौतिक पूर्वाधार विकास मन्त्रालयमा अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा कुर्मराज शाही, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा नन्दसिंह बुढा छन् ।

  • एमालेका सांसदको आत्मघाती गोल, मुख्यमन्त्री शाहीको सरकार जोगियो

    एमालेका सांसदको आत्मघाती गोल, मुख्यमन्त्री शाहीको सरकार जोगियो

    सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभामा विश्वासको मत हासिल गरेको छ ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा विश्वासको मत लिनका लागि राखेको प्रस्ताव बहुमतले पारित भएको छ । योसँगै कर्णालीमा शाही नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ ।

    नेकपा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै शाहीको पक्षमा मतदान गरेपछि सरकार जोगिएको हो ।

    विश्वासको मत को पक्षमा २२ र विपक्षमा १५ जना सांसदले मत दिएका छन् । शुक्रबारको बैठकमा ३७ जना सांसद उपस्थित थिए ।

  • रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष हुन् : मुख्यमन्त्री शाही

    रोग, भोक र अविकास मात्रै कर्णालीको प्रतिपक्ष हुन् : मुख्यमन्त्री शाही

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीका जनतामाथि अपमान हुन नदिन राजनीतिक स्थिरता आवश्यक रहेको बताएका छन् ।

    कर्णाली प्रदेशसभाको बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका लागि आफू नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहेको जिकिर गरेका हुन् ।

    ‘जनतासँग मत माग्दा हामीले राजनीतिक स्थायित्व र समृद्ध कर्णालीको लागि मत मागेका थियौं । यो तथ्य भुलेर जनमतको अपमान नगरौं । कर्णालीको विकासका लागि राजनीतिक स्थायित्व अनिवार्य आवश्यकता हो’, शाहीले भने ।

    उनले कर्णाली प्रदेश स्थापनाकै लागि विभिन्न राजनीतिक आन्दोलन भएको स्मरण गराउँदै ती आन्दोलनको एजेण्डा अझै स्थापित हुन बाँकी रहेको बताए । ‘हामीले प्रदेश सरकार निर्माण गर्दा कर्णालीको तीव्र विकास र राजनीतिक स्थिरताको सपना देखेका थियौं ।

    कर्णालीको प्रतिपक्ष भनेको रोग, भोक र अविकास हो । हामीले यो भुल्नुहुँदैन’, शाहीले भने । उनले आफ्नो नेृतत्वको प्रदेश सरकार ५ वर्षका लागि बनेको भएपनि बदलिँदो राजनीतिक परिस्थितिमा विश्वासको मत लिन आफू सदनमा उभिएको बताए । ‘मलाई आशा छ एकपटक फेरी सरकारलाई समर्थन गर्नुहुन अपील गर्दछु’, शाहीले भने ।

    आफूलाई विश्वासको मत दिन गरेको मुख्यमन्त्री शाहीको प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने क्रम जारी छ ।