Tag: मुख्यमन्त्री भीम आचार्य

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यले  विश्वासको मत लिँदै

    प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ ।

    आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै निरन्तरता पाउने वा नयाँ मुख्यमन्त्री बन्छन् भनेर टुंगो लाग्नेछ ।

    मुख्यमन्त्री आचार्य पार्टीभित्र छलफलमा जुटेका छन् ।

    प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टीले आचार्यलाई मुख्यमन्त्रीबाट बिदा गर्ने सन्देश दिइसकेका छन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा नेकपा ९एस० प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय गरिसकेको छ ।

    प्रदेश १ मा ९२ सांसद सासद छन् । एमालेसँग सभामुखसहित ४१ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेको राप्रपा मौन छ ।

  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, प्रदेशसभा बैठक सार्ने तयारी

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, प्रदेशसभा बैठक सार्ने तयारी

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भनिएको प्रदेशसभा बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । सभामुख प्रदीपकुमार भण्डारीले बिहान साढे १० बजेका लागि बैठक बोलाएका थिए ।

    नेकपा एकीकृत समाजवादीका सांसद उपेन्द्र घिमिरेले दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्ने रणनीतिअनुरूप सभामुखले बैठक नराखेको आरोप लगाए । सत्ता पक्षका सांसदहरूले भने बाढीपहिरोका कारण सांसद नआइपुगेकाले सहमतिमै सर्नसक्ने बताएका छन् । एमाले सांसद हिक्मतबहादुर कार्कीले बाढीपहिरोका कारण सबै सांसद नआएकाले बैठक सर्ने सम्भावना रहेको बताए । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने प्रक्रिया लम्ब्याउने पक्षमा आफूहरू नभएको उनको भनाइ छ ।

    मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका छन् । ५ कात्तिक दिउँसो १ बजे बैठक बस्ने गरी सूचना टाँस गरिएको थियो । आजको बैठक सार्नुपर्ने पक्षमा सत्ता पक्ष छ । तर, विपक्षी गठबन्धन आजै विश्वासको मत लिनुपर्ने पक्षमा छन् ।

    ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक-एकजना सदस्य छन् । प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

  • अरूसँग कुरा भइरहेको छ, बहुमत जुटाएरै देखाउँछु: मुख्यमन्त्री आचार्य

    अरूसँग कुरा भइरहेको छ, बहुमत जुटाएरै देखाउँछु: मुख्यमन्त्री आचार्य

    काठमाडौं । विपक्षी गठबन्धनले नयाँ सरकार गठनको प्रयास गरिरहेको बेला प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले विश्वासको मत पाउने दावी गरेका छन् ।

    झापाको विर्तामोडमा आयोजित दसैं विशेष चियापान कार्यक्रममा मुख्यमन्त्री आचार्यले विश्वासको मत जुटाउन प्रयासरत रहेको र सफल हुने दाबीसमेत गरे।

    अफ्ठ्यारो स्थितिमा आफ्नो नेतृत्वमा प्रदेश सरकार बनेको भन्दै उनले भने,‘सुरुमा हामीसँग बहुमत थियो, तर राष्ट्रियराजनीतिमा आएका समस्या (गज्याङगुजुङ)का कारण हामी अहिले बहुमतमा छैनौं। अरुसँग मिलेर बहुमत जुटाउने काम गरिरहेका छौं। त्यसमा सम्भव हुन्छौं भन्ने लागेको छ।’

    यसबाहेक मुख्यमन्त्री आचार्यले केन्द्र सरकारले तीन महिनामा मन्त्रिपरिषद् पूर्णता दिएको विषयमा समेत कटाक्ष गरे। उनले भने, ‘जब सरकार बन्नै तीन महिना लाग्छ भने त्यसले कति दिनमा योजना बनाउँछ, र कहिले कार्यान्वयन गर्छ ?’ ।

  • माधवको साथ छाडेर एमालेमै बसेका दुई सांसद मन्त्री बने, सपथ सम्पन्न

    माधवको साथ छाडेर एमालेमै बसेका दुई सांसद मन्त्री बने, सपथ सम्पन्न

    विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्‍मा २ जना मन्त्री थपेका छन् ।

    बलबहादुर साम्सोहाङ र लछुमन तिवारीलाई मन्त्री बनाइएको छ । स्रोतका अनुसार तेह्रथुमका तिवारीलाई उद्योग, पर्यटन वन तथा वातावरणको जिम्मेवारी दिइएको छ ।

    ताप्लेजुङका साम्सोहाङ भने सामाजिक विकास मन्त्री बनेका छन् । यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका हुन् ।

    नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।