Tag: मापदण्ड

  • क्रियाशील सदस्यता टुंग्याउन मापदण्ड बनाउँदै कांग्रेस

    क्रियाशील सदस्यता टुंग्याउन मापदण्ड बनाउँदै कांग्रेस

    काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि मापदण्ड बन्ने भएको छ ।

    क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाएर सदस्यता विवाद टुंग्याउन चाहेको छ । यसका लागि आज समितिको बैठक बस्दैछ । समितिका संयोजक रमेश लेखक कोरोना संक्रमणका कारण आइसोलेसनमा रहेपनि समितिको बैठक बस्न लागेको हो । समितिका सदस्यता आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा आज बस्ने बैठकले विवाद समाधान गर्न साझा मापदण्ड बनाउने बताइएको छ ।

    यसैबीच, क्रियाशील सदस्यता वितरणको हालसम्मको अवस्था र मापदण्डबारे वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आन्तरिक छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सहभागी थिए । बैठकमा सदस्यता छानबिन समितिका सदस्यद्वय जीवन परियार र कल्याण गुरुङले समितिको कामबारे बिफ्रिङ गरेका थिए ।

    क्रियाशील सदस्यता छानबिन समितिका सदस्य गुरुङले बैठकमा पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका अनुसार महाधिवेशनको काम सक्ने विषयमा छलफल भएको बताए । ‘महाधिवेशनका लागि महत्वपूर्ण क्रियाशील सदस्यताको काम छिट्टै सक्ने विषयमा छलफल भयो’, गुरुङले नेपाल प्रेससँग भने । पौडेल पक्षको आजको बैठकमा सदस्यता छानबिनको मापदण्डबारे छलफल भएको र शीर्ष नेताहरूको सुझाव लिइएको गुरुङले जानकारी दिए ।

  • नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक (पूर्णपाठ)

    नेपाली तथा विदेशी नागरिक नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड सार्वजनिक (पूर्णपाठ)

    काठमाडौं । सरकारले नेपाली तथा विदेशी नागरिकहरु नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड–२०७८ सार्वजनिक गरेको छ ।

    मन्त्रिपरिषद्ले यी मापदण्ड जारी गरेको हो ।

  • कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    कोरोना जोखिम: सार्वजनिक यातायातमा नयाँ मापदण्ड लागू

    काठमाडौं । पछिल्ला दिनमा कोरोना महामारीको दोस्रो लहर बढेसँगै उपत्यकाको सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने भएको छ ।

    यातायात व्यवसायीसहित जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको बैठकमा कोरोना जोखिम वृद्धि भएको भन्दै सार्वजनिक सवारीसाधनमा महामारी नियन्त्रणका लागि ८ वटा मापदण्ड लागू गराउने निर्णय भएको हो ।

    जिल्ला प्रशासन कार्यलयका काठमाडौंमा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले महामारीको जोखिमलाई मध्यनजर गर्दै सार्वजनिक यातायतमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गर्ने निर्णय भएको बताए ।

    उनले भने, ‘पछिल्लो समय कोरोना संक्रमण वृद्धि भएकाले सार्वजनिक यातायतमा सिट क्षमता भन्दा धेरै यात्रु राख्न नपाउने र सबै यात्रुले अनिवार्य प्रयोग गर्नुपर्ने छ ।’

    अब सार्वजनिक यातायातमा यात्र गर्दा यात्रु आफैंले पनि कोरोनासँग सर्तक रहनु पर्ने उनको भनाइ छ ।