Tag: माओवादी स्थायी कमिटी बैठक

  • महाधिवेशनस्थलमै माओवादी स्थायी कमिटी बैठक जारी

    महाधिवेशनस्थलमै माओवादी स्थायी कमिटी बैठक जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ । ८औं महाधिवेशन जारी रहँदा महाधिवेशनस्थल प्रज्ञा भवन कमलादीमा स्थायी बैठक सुरू भएको हो ।

    बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदन र अन्य नेताहरूले पेस गर्ने भनेको सहायक प्रस्तावलाई कसरी लैजाने भन्नेबारे छलफल हुने एक नेताले बताए । त्यस्तै विधान संशोधन प्रस्तावमाथि छलफल पनि बैठकको एजेण्डा छ ।

    प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह बनाइएको छ । छुट्टाछुट्टै स्थानमा भइरहेको छलफल आज दिनभर चल्नेछ ।

    समूहगत छलफलबाट सुझाव आएसँगै भोलिबाट महाधिवेशनको अन्य प्रक्रिया अघि बढाइने कार्ययोजना छ ।

  • मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

    मन्त्री माग्न गएका एमाले सांसदलाई देउवाको जवाफ- माधवजीले भन्नुपर्छ

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारको कसरत चलिरहेका बेला एमालेको माधव नेपाल पक्ष सरकारमा जानेबारे अनिर्णित बनेको छ ।

    एमाले विभाजन नभइ सरकारमा जाँदा केपी ओलीले सांसद पद खाइदिने भन्दै माधव नेपालले २२ सांसदको भेलामा व्यक्तिगत ‘रिस्क’ मोलेर जाने भए जान भनेका थिए ।

    यसबीचमा माधव नेपाल पक्षका चार-पाँच जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सरकारमा सहभागी हुने चाहना व्यक्त गरेको माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकमा सुनाएका छन् । आइतबारको बैठकमा प्रचण्डले माधव नेपाल तत्कालै सरकारमा जाने अवस्थामा नरहेको भन्दै नेपालनिकट सांसदहरू भने व्यक्तिगतरूपमा मन्त्री बन्न खोजिरहेका बताएका हुन् ।

    प्रचण्डको भनाइ उदृत गर्दै एक नेताले भने, ‘एमालेका चार-पाँच जना सांसदले प्रधानमन्त्रीलाई भेटेर सांसद पद गए पनि हामी मन्त्री बन्छौं भनेछन् । तर, प्रधानमन्त्रीले माधव नेपालले भनेमात्र हुन्छ भनेर फर्काएछन् । माधव समूह नै सहभागी नभई व्यक्तिलाई बनाउन हुन्न भन्ने मेरो पनि मत हो । तर, माधवजी अप्ठेरोमा छन् ।’

    माधव नेपालसहित २२ जना एमाले सांसदले देउवालाई विश्वासको मत दिएका थिए । २२ सांसदको पछिल्लो भेलामा पनि सरकारमा जान नेपालमाथि दबाब परेको थियो । तर नेपालले भने निर्णय गर्न सकेका छैनन् ।

    माधव नेपाल पक्ष सरकारमा नजाँदा देउवा सरकार अल्पमतमा पर्ने र सरकार ढल्ने भएकाले आफूले बनाएको सरकारमा जानुपर्ने तर्क नेपाल पक्षधर सांसदहरूको छ ।

  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी (तस्बिरहरू)

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।

    पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा समसामयिक राजनीतिक परिवेश, सरकारमा पठाउने मन्त्रीबारे छलफल मुख्य एजेण्डा रहेको बताइएको छ ।

    बैठकमा सरकारको कामकारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम, सांगठानिक गतिविधिको बारेमा पनि छलफल भइरहेको छ ।