Tag: माओवादी कार्यकर्ता

  • गोरखामा माओवादी कार्यकर्तामाथि कुटपिट, कांग्रेसका वडाध्यक्ष उम्मेदवारले कुटेको आरोप

    गोरखामा माओवादी कार्यकर्तामाथि कुटपिट, कांग्रेसका वडाध्यक्ष उम्मेदवारले कुटेको आरोप

    गोरखा । स्थानीय तहको निर्वाचनको मौन अवधिका बेला गोरखामा नेकपा (माओवादी केन्द्र)का कार्यकर्तामाथि कुटपिट भएको छ ।

    अजिरकोट गाउँपालिका–१, घ्याच्चोकमा बुधबार राति माओवादीका कार्यकर्ता विष्णु भुजेल र बेलबहादुर गुरुङमाथि कुटपिट भएको हो ।

    उनीहरूको जौवारी स्वास्थ चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

    कांग्रेसका वडाअध्यक्षका उम्मेदवार ओमबहादुर गुरूङ नेतृत्वको टोलीले उनीहरुमाथि आक्रमण गरेको दाबी माओवादीले गरेको छ ।

    माओवादी वडाध्यक्ष मनोज गुरुङका अनुसार बुधबार साँझ खाना खाने तयारी भइरहेका बेला एक्कासी ढुंगा, चिरपट लगायत प्रयोग गरेर आक्रमण भएको हो ।

  • माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त, निर्वाचन कार्यालयको सुरक्षामा सेना खटियो

    माओवादी कार्यकर्ताको झडपले चौतारा तनावग्रस्त, निर्वाचन कार्यालयको सुरक्षामा सेना खटियो

    चौतारा । नेकपा माओवादी केन्द्रका दुई पक्षबीचको झडप उग्र हुँदै गएपछि चौतारा साँगाचोकगढी निर्वाचन कार्यालय परिसरमा सेना परिचालन भएको छ ।

    जिल्लाका शीर्षस्थ नेताहरुमाथिनै आक्रमणको खबरसँगै सुरक्षास्थिति नियन्त्रणमा लिन सेना सडकमा निस्किएको हो ।
    सेनाले भने निर्वाचन कार्यालय सुरक्षाका लागि नियमित कायम अनुसार परिचालित भएको जनाएको छ ।

    माओवादी आधार इलाका मानिने साँगाचोकगढी चौतारा नगरपालिकाको मेयरमा बहालवाला मेयर अमानसिंह तामाङलाई नदिई सापकोटालाई दिइएको भन्दै कार्यकर्ता आक्रोशित थिए ।

    तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन् । तर झडपको कारण भने वडा नम्बर १ र १४ को वडाध्यक्ष ३० मत पनि नभएको नेकपा एसलाई दिइएको भन्दै माओवादीकै दुई पक्षबीच कुटाकुटबाट शुरु भएको हो ।

    नगरपालिका कार्यालय तोडफोडपछि मनोनयन रोकिएका बेला माओवादीका नेताहरुलाई सुरक्षा दिएर राखिएकै ठाउँमा आक्रमण भएको थियो । माओवादीका दुई पक्षको झडपका कारण स्थिति नियन्त्रणबाहिर जान लागेपछि सेना निस्किएको हो ।

    याे पनि पढ्नुहाेस् ।

    माओवादी कार्यकर्ताबीचमै झडपपछि चौतारा साँगाचोकगढी तनावग्रस्त, यस्तो छ कारण (भिडिओ)

  • माओवादीमा पठन संस्कृति घट्दो, कस्ता पुस्तकमा रुचि देखाए ? (भिडिओ रिर्पोट)

    माओवादीमा पठन संस्कृति घट्दो, कस्ता पुस्तकमा रुचि देखाए ? (भिडिओ रिर्पोट)

    काठमाडौं । पार्टीमा फरक मत राखेका युवा नेता लेखनाथ न्यौपानेले एउटा अन्तर्वार्तामा भने- ‘माओवादीहरू बिग्रिए, प्रगतिशील छाडेर जीवन चम्काउने खालका भाग्यवादी पुस्तकसमेत किनेको देखेँ ।’

    प्रज्ञा भवन कमलादीमा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आठ दिनदेखि जारी छ । न्यौपानेको टिप्पणीपछि हामीले त्यहीँ रहेका पुस्तक विक्रेतासँग सोध्यौं- माओवादीले कस्ता पुस्तकमा रुचि देखाए ?

    प्रज्ञा भवनमा रहेका पुस्तक विक्रेताहरू न्यौपानेले भनेजस्तै केहीले कसरी धनी बन्ने र केहीले कसरी जीवन सफल पार्ने भन्ने खालका ‘मोटिभेसनल’ पुस्तक किने पनि यो मात्रा नगण्य भएको बताउँछन् ।

    अधिकांशले भने राजनीतिसँग सम्बन्धित पुस्तक नै किनेको जागरण बुक हाउसका गणेश चितौरेले बताए । ‘धेरैले राजनीतिक इतिहास, मार्क्सवाद र स्वयं माओवादी इतिहासबारेका पुस्तक किनेर लिनुभयो,’ उनले भने । अर्का एक पुस्तक विक्रेताले भने समाजवादबारे लेखिएको पुस्तकमा धेरैको आकर्षण देखिएको बताए । माओवादी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजीतिक प्रतिवेदनमा समाजवादको चर्चा छ ।

    प्रायः पुस्तक विक्रेताको साझा भनाइ भने पहिलेका वर्षहरूमा जस्तो पढ्न संस्कृति नै हराउँदै गएको र त्यही अनुपातमा पुस्तक बिक्रीसमेत घटेको भन्ने छ। सशस्त्र विद्रोहमा हुँदा माओवादीमा अध्ययनलाई निकै प्राथमिकता दिइन्थ्यो । नेतादेखि कार्यकर्ताहरूसम्म निकै पुस्तक पढ्थे । शान्तिपूर्ण राजनीतिमा आएयता भने माओवादीमा धेरै विचलन आएको छ । त्यसै अनुसार पठ्न संस्कृति पनि माओवादीमा हराउँदै गएको पाइन्छ ।

    केही विक्रेताले भने पुस्तक बिक्री घट्नुमा इन्टरनेटको बढ्दो प्रयोगले असर गरेको हुनसक्ने बताउँछन् ।