Tag: माओवादी कर्णाली प्रदेश

  • माओवादी कर्णाली प्रदेश पदाधिकारीमा सात जिल्लाबाट प्रतिनिधित्व गर्नेको नाम टुंगियो

    माओवादी कर्णाली प्रदेश पदाधिकारीमा सात जिल्लाबाट प्रतिनिधित्व गर्नेको नाम टुंगियो

    सुर्खेत । नेकपा माओवादी केन्द्रले कर्णालीमा सात जिल्लाबाट पदाधिकारीमा प्रतिनिधित्व गर्नेहरुको नाम टुंगो लगाएको छ । चार जिल्लाबाट आउने पदाधिकारीमा भने सहमतिको प्रयास गरिरहेको छ ।

    मंसिर २५ गते उदघाटन गरिएको प्रथम प्रदेश सम्मेलनबाट अध्यक्षमा रुकुम पश्चिमकी पूर्वमन्त्री विमला केसी चयन भएकी छन् ।

    प्रदेश पदाधिकारीमा एक जिल्लाबाट एकजनाले प्रतिनिधित्व गर्ने गरी भाग लगाएको माओवादीले कालिकोटबाट धनजित शाहीलाई पदाधिकारीमा छनोट गरेको छ । सुर्खेतबाट कृष्ण जिसी पदाधिकारीमा चुनिएका छन् । तर कालिकोट र सुर्खेतबाट चुनिएका शाही र जिसीबीच प्रदेश उपाध्यक्ष र सचिव के हुने भन्ने विवाद कायम छ ।

    माओवादीले जुम्लाबाट सहसचिवमा वीरबहादुर कुंवर, हुम्लाबाट लालकेश जैसी र मुगुबाट सुकवीर बुढालाई चयन गरेको छ । सल्यानबाट उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी परेका छन् ।

    त्यस्तै दैलेखले कार्यालय सदस्यको जिम्मेवारी पाउने भएको छ । डोल्पामा मालबहादुर रोकाया र उर्मिला विश्वकर्माले कोषाध्यक्षमा दाबी गरिरहेका छन् ।

    डोल्पा र जाजरकोटमा भने हालसम्म सहमति हुन नसकेको माओवादी स्रोतले जनाएको छ ।

    यस्तै दैलेखले कार्यालय सदस्यको जिम्मेवारी पाउने भएको छ । तर डोल्पामा मालबहादुर रोकाया र उर्मिला विश्वकर्माले कोषाध्यक्षमा दाबी गरिरहेका छन् ।

    जाजरकोटबाट प्रदेश सांसद गणेशप्रसाद सिंह, ढकवीर राना र युवराज आचार्यले पदाधिकारीमा दावी नछोड्दा घोषणा हुन बाँकी रहेको हो ।