काठमाडौं । हिउँद याममा पनि कतारी आरोही फराद बडारले नेपालस्थित ६ हजार ८१२ मिटर उचाइको माउन्ट आमादब्लम आरोहण गरेका छन् ।
कतारस्थित नेपाली दुतावासले १४ जनवरीमा उनले शिखर चढेको बताउँदै यसले द्धिपक्षीय सम्बन्ध बलियो बन्ने उल्लेख गरेको छ ।

कोभिड–१९ प्रोटोकल पालना र चिसो मौसमबाट सुरक्षित रहेर बडारले हिमाल चढेको जनाइएको छ । बडार खाडी मुलुकबाट पहिलोपटक सगरमाथा र ल्होत्से चढ्ने आरोही हुन् ।
