Tag: माउन्टेन फ्लाइट

  • माउन्टेन फ्लाइटबाट क्रिकेटर शाहिदले गरे हिमश्रृंखला अवलोकन

    माउन्टेन फ्लाइटबाट क्रिकेटर शाहिदले गरे हिमश्रृंखला अवलोकन

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० खेल्न नेपाल आएका पाकिस्तानका पूर्वक्याप्टेन क्रिकेटर शाहिदद अफ्रिदीले माउन्टेन फ्लाइट गरेका छन् ।

    अफ्रिदीले यती एयरलाइन्सको माउन्टेन फ्लाइटबाट सगरमाथालगायतका हिम श्रृंखलाको अवलोकन गरेका हुन् । उनले पुन: आफू परिवारसँग नेपाल भ्रमणमा आउने बताएका छन् ।

    कोरोना माहामारीको दोस्रो लहरसँगै यतीले बन्द गरेको माउन्टेन फ्लाइट पुन: संचालन गरेको हो । कम्पनीका अनुसार माउन्टेन फ्लाइटमा सगरमाथासहित दुई दर्जन हिमालहरू हेर्न सकिन्छ ।

    आजको उडानमा ४४ यात्रु रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । यतीले माउन्टेन फ्लाइटका लागि ८ हजार ८४८ मा दुईवटा टिकट प्राप्त गर्न सकिने जनाएको छ ।

  • एकैदिन आठ माउन्टेन फ्लाइट

    एकैदिन आठ माउन्टेन फ्लाइट

    काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका हिमालको मनोरम दृश्वावलोकन गर्न पाउने भएपछि मुलुकको पर्वतीय उडानमा यात्रुको आकर्षण बढेको छ ।

    कोभिड–१९ सङ्क्रमणकै बीच गत मङ्सिर २० देखि सञ्चालनमा आएको पर्वतीय उडान उत्साहवर्द्धक भइरहेको एयरलाइन्सले जनाएका छन् । बन्दाबन्दीको झण्डै नौ महिनापछि खुलेको पर्वतीय उडानमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । कोभिडअघि प्रायः विदेशीका लागि मात्र हुने पर्वतीय उडानमा नेपालीहरु हिमाल अवलोकन गर्न रुचाएका छन् ।

    नेपाली यात्रुलाई लक्षित गर्दै एयरलाइन्सले छुटसहितका अफर ल्याएपछि यो उडानमा झनै यात्रु ओइरिएका छन् । दुवै कम्पनीले एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराएका हुन् । निजी वायुसेवा कम्पनी बुद्ध र यती एयरलाइन्सले हरेक शनिबार पर्वतीय उडान गर्दै आएका छन् । शनिबार एकै दिन आठ पर्वतीय उडान भएका छन् । बुद्ध एयरका पाँच र यती एयरका तीन उडान भएका हुन् ।

    यतीको सिमराबाट पनि पर्वतीय उडान तय गरेको भए पनि मौसम खराबीका कारण उडान रद्द भएको कम्पनीले जनाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ७ः०० बजे पर्वतीय उडान हुने गरेको छ । अघिल्लो शनिबार दुवै कम्पनीका उडान रद्द भएकाले पनि आज एकै दिन धेरै उडान भएका हुन् ।

    गत शनिबार बुद्धका चार र यतीका सिमरासहित चार उडानमध्ये यतीले एक मात्र उडान गरेको थियो । आज बुद्ध एयरले पाँच उडानमार्फत ३०० यात्रुलाई सगरमाथा अवलोकन गराएको जनाएको छ । यात्रुको उत्साहवर्द्धक माग बढेकाले अन्य दिन पनि पर्वतीय उडान गर्ने बुद्ध एयरको योजना छ ।

    यतीको सातामा दुई दिन पर्वतीय उडान

    यती एयरलाइन्सले यात्रुको मागलाई मध्यनजर गर्दै सातामा दुई दिन पर्वतीय उडान गर्ने भएको छ ।

    हाल शनिबार मात्र पर्वतीय उडान गर्दै आएको यतीले हरेक आइतबार पनि उडान गर्ने भएको हो ।

    भोलि आइतबारका लागि दुई उडान निर्धारण गरिएको कम्पनीले जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले यात्रुको मागबमोजिम हरेक शनिबार र आइतबार पर्वतीय उडान गरिने जानकारी दिए ।

    उनका अनुसार यतीले काठमाडौँबाट सातामा दुई दिन र सिमरा आधार भएर हरेक शनिबार एक दिन उडान गर्नेछ ।