Tag: महिला लिग

  • च्याम्पियन एपिएफको कठिन जित

    च्याम्पियन एपिएफको कठिन जित

    काठमाडौं । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले राष्ट्रिय महिला लिगमा बुधबार विराटनगर महानगरपालिकालाई १-० को नतिजामा पराजित गरेको छ ।

    बुधबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ गोलको बराबरी खेलेसँगै एपिएफ खेल सुरु हुनुभन्दा अगाडि नै च्याम्पियन बनिसकेको थियो ।

    पहिलो हाफमा गोल गर्न असफल रहेको एपिएफका लागि ५५औं मिनेटमा अनिता केसीले गरेको एक मात्र गोल निर्णायक बन्यो । जितसँगै ११ खेलमा ३३ अंक जोडिसकेको एपिएफले अन्तिम खेलमा दोस्रो स्थानमा रहेको आर्मीसँग खेल्ने छ ।

    पराजित विराटनगरले सबै १२ खेल खेल्दै १६ अंक जोडेको छ ।

  • महिला लिगमा विराटनगरको पहिलो जित

    महिला लिगमा विराटनगरको पहिलो जित

    काठमाडौं । कुशुम खतिवडाको ह्याट्रिक प्रेरित विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिगमा बुधबार चन्द्रपुर नगरपालिकालाई ५–० ले पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा विराटनगरलाई पहिलो जित दिलाउन कुशुमसँगै सरिता शेर्पा र अनु राईले १/१ गोल गरे ।

    विराटनगरका लागि कुशुमले १२, ६९ र ७०औं मिनेट तथा अनुले ३२ र सरिताले ६३औं मिनेटमा गोल गरेका हुन् ।

  • महिला लिगमा पुलिसको शानदार जित

    महिला लिगमा पुलिसको शानदार जित

    काठमाडौं । रेखा पौडेल र सिर्जना खड्काको दुई गोल प्रेरित नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिगमा चौदण्डिगढी नगरपालिकालाई ६-० को नतिजामा पराजित गरेको छ ।

    एन्फा कम्प्लेक्समा भएको खेलको २८औं मिनेटमा गोल गर्दै रेखाले विभागीय टोली पुलिसलाई अग्रता दिलाएकी थिइन् । चौदण्डिगढी नगरपालिकाको रक्षापंक्तिमाथि हाबी बनेको पुलिसका लागि ४१औं मिनेटमा अम्रिता जैसीले दोस्रो गोल गरेकी थिइन् । त्यसको ४ मिनेट नबित्दै सिर्जना खड्काले पुलिसका लागि तेस्रो गोल गरिन् त्यसको दुई मिनेट नबित्दै निर्मला बिकले पहिलो हाफको इन्जुरी समयमा पुलिसका लागि चौथो गोल गरेकी थिइन् ।

    पहिलो हाफमा ४-० को अग्रता बनाएको पुलिसले निर्धारित ९० मिनेटको खेल सकिन एक मिनेट बाँकी रहँदा पाचौँ गोल थप्यो । खेलको पहिलो गोल गरेकी रेखाले ८९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरिन् । पुलिसको आक्रमक शैलीविरुद्ध सम्हालिन नसकेको चौदण्डिगढीका लागि सिर्जनाले खेलको इन्जुरी समयमा छैठौं तथा व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् ।

    जितसँगै पुलिसले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मीसँग गोलरहित बराबरी खेलेको पुलिसको प्रतियोगितामा यो नै पहिलो जित हो । प्रतियोगितामा पहिलो खेल खेलेको चौदण्डिगढीले सुरुआतमा आधा दर्जन गोल खाएको हो ।