Tag: महिला यू-१९ साफ च्याम्पियनसिपः

  • श्रीलंकाविरुद्ध नेपालको सानदार जित

    श्रीलंकाविरुद्ध नेपालको सानदार जित

    काठमाडौं । नेपाली महिला फुटबल टोलीले यू-१९ साफ च्याम्पियनसिपमा श्रीलंकालाई ६-० गोलको नतिजामा पराजित गरेको छ ।

    ढाकास्थित शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा श्रीलंका माथि लगातार दबाव सृजना गरेको नेपालका लागि रस्मि घिसिङले खेल सुरु भएको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् ।

    यस्तै, सबिता राना मगरले त्यसको एक मिनेट नबित्दै नेपालको अग्रता दोब्बर बनाएकी थिइन् ।

    खेलको ४३औं मिनेटमा कुसुम खतिवाडाले गोल गर्दै पहिलो हाफमा श्रीलंकाविरुद्ध ३-० को अग्रता कायम गर्न टोलीलाई मद्दत गरिन् ।
    लगातार श्रीलंकाको रंक्षापंक्तिमा हावी भएको नेपालका लागि दोस्राहाफ सुरू भएको तीन मिनेट नबित्दै रजनि ठोकरले चौथो गोल गरिन । यस्तै, ५३औं मिनेटमा सबिताले पाँचौ गोल गरिन । श्रीलंकन टोलीलाई निरन्तर दबावमा राखेको नेपालका लागि रस्मि घिसिङले खेलको ८५औं मिनेटमा फ्रि-किक मार्फत गोल गर्दै नेपलालाई ६-० गोलको नतिजामा जित दिलाइन् ।

    पहिलो खेलमा नेपालले घरेलु टोली बंगालादेशसँग गोलरहित बराबरी खेलको थियो । राउन्ड रोविन पद्दतिमा हुने च्यापम्पियनसिपमा शीर्ष दुई टोलीले पुष ७ गते फाइनल खेल्नेछन् ।

    नेपालसहित बंगलादेश, भुटान, श्रीलंका र भारतको सहभागिता रहेको च्याम्पियनसिपमा जितसँगै नेपालले ४ अंक जोडेको छ । यस्तै, बंगलादेश २ खेलबाट ४ अंकसहित दोस्रो, भारत १ खेलबाट तीन अंक जोड्दै दोस्रो, भुटान २ खेलबाट तीन अंक जोडर तेस्रो तथा जितबिहिन श्रीलंका तालिकाको पुछारमा छ ।

    नेपालले अब पुस २ गते भुटान र पुस ४ गते भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

    यू-१९ नेपाली टोली:

    गोलरक्षक : अन्जना राना मगर, अन्किता राई, सावित्री किसन
    डिफेण्डर : मन्जुकुमारी खड्का, सलोनी राना मगर, सविना चौधरी, प्रतीक्षा चौधरी, खुश्मा राई, विमला विक, मेनुका आले मगर, रोजिना श्रेष्ठ

    मिडफिल्डर : सुस्मा तामाङ, हिमा रावत, दीपा शाही, सविता राना मगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, रश्मीकुमारी घिसिङ, प्रीती राई,
    फरवार्डस् अमिशा कार्की, रजनी थोकर, सदिपा भोलन, कुसुम खतिवडा