Tag: महिला उद्यमशीलता

  • महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न बेलायत तयार

    महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न बेलायत तयार

    काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमले नेपालमा नवप्रवर्तनकारी व्यवसाय र महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा गरेको छलफल कार्यक्रममा राजदूत पोलिटले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको जानकारी गराएका हुन् ।

    राजदूत पोलिटले महिला उद्यमीले समाजलाई नै विकासमा डोर्‍याउन सक्ने भन्दै महिला उद्यमशीलताको विकास आजको आवश्यकता भएको चर्चा गरे ।

    कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा महिला उद्यमीहरूले सफलतापूर्वक काम गरिरहेको भए पनि उनीहरूमा अझै पनि वित्तीय पहुँचको ठूलो समस्या रहेको बताए ।

    अध्यक्ष अग्रवलालले सरकारले नवप्रवर्तन व्यवसाय प्रवर्द्धनका लागि १ अर्ब रूपैयाँ बराबरको च्यालेन्ज फन्डको व्यवस्था गरेको भए पनि कार्यविधि तयार नभएका कारण कार्यान्वयन नभएको उल्लेख गरे ।

    परिसंघ अन्तर्गतको वुनम लिडरसिप फोरमकी सभापति छाँया शर्माले नेपालमा गरिबी उन्मूनलका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताए । सभापति शर्माले परिसंघले नेपालमा महिला उद्यमीको विकास र सशक्तिकरणका लागि परिसंघले काम गरिरहेको जानकारी गराए ।