Tag: महिलाको हत्या

  • हतौडाले हानेर महोत्तरीमा एक महिलाको हत्या

    हतौडाले हानेर महोत्तरीमा एक महिलाको हत्या

    जनकपुरधाम । महोत्तरीमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार महोत्तरी गाउँपालिका ३ मडईकी ४२ वर्षीया शिलादेवी झाको हत्या भएको हो ।

    घरमा कोही नभएको बेला टाउकोमा हतौडा प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले घटनास्थलमा रगतले भिजेको हतौडा बरामद भएको जानकारी दिए ।

    हत्या कसले र किन गरेको विषयमा केही खुलेको छैन । उनको जेठो छोरा भारतको गुजरातमा छन् । र, कान्छो छोरा जलेश्वरस्थित मावली पुगेको बेला शिलादेवीको हत्या भएको एसपी आचार्यले बताए । प्रहरीले अनुसन्धान भइरहेको बताएको छ ।

  • काठमाडौंको चौमतीमा महिलाको हत्या, श्रीमान पक्राउ

    काठमाडौंको चौमतीमा महिलाको हत्या, श्रीमान पक्राउ

    काठमाडौं । काठमाडौंको चौमतीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    २८ वर्षीया श्रीमती बबिता राईको हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ चौमतीमा डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका-२ सातबिसे घर भएका ३३ वर्षीय श्रीमान रामेश्वर गोतामेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

    रामेश्वरले मंगलबार राति श्रीमतीलाई घाटी थिचेर हत्या गरेका थिए । । उनलाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • बल्खुकाे सुकुम्बासी बस्तीमा महिलाको हत्या

    काठमाडौं । काठमाडौं महानगरपालिका- १४ बल्खु सुकुम्बासी बस्तीमा एक महिलाको हत्या भएको छ ।

    सुकुम्बासी बस्तीमा बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमबार शव फेला परेको हो। उनको बोरामा प्याक गरिएको अवस्थामा शव फेला परेको थियो ।

    सापकोटाको शव उनकै घर छेउमा हत्या गरेर बोरामा राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

    उनको श्रीमानले हत्या गरेर फरार भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले हाल फरार मृतकका श्रीमानको खोजी गरिरहेको छ ।