Tag: महिलाको मृत्यु

  • ताप्लेजुङमा कुटपिटबाट महिलाको मृत्यु

    ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा कुटपिटबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    बैशाख २ गते बिहान ८ बजे स्थानिय ५४ बर्षीया कुमारी काङंबा लिम्बुले छिमेकी ४४ वर्षीया मेनुका सार्कीलाई कुटपिट गर्दा घाइते भएकी सार्कीको आज बिहान मृत्यु भएको हो ।

    यसरी कुटपिटबाट मृत्यु भएको भन्ने खबर प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको छ ।

    हत्या आरोपमा पक्राउ परेकी लिम्बुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

  • कञ्चनपुरमा रुखबाट लडेर महिलाको मृत्यु

    कैलाली । कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

    भिमदत्त नगरपालिकाका ८ तिलाचौरकी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    स्थानीय शिद्धनाथ वैद्यनाथ सामुदायिक वनमा बिहीबार बिहान घाँस काट्न गएको बेला उनी रुखबाट खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

    रुखबाट खसेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।