Tag: महाेत्तरी

  • महोत्तरीको औरहीमा गोली चल्यो, एक जना घाइते

    महोत्तरीको औरहीमा गोली चल्यो, एक जना घाइते

    जनकपुरधाम । महोत्तरीमा एक युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । गोली लागेर बर्दिबास नगरपालिका १ का ३० वर्षीय रोशन कोइराला घाइते भएका छन् ।

    औरही नगरपालिका ६ बैरियामा बुधबार साँझ साढे ७ बजे उनीमाथि गोली प्रहार भएको महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

    कोखा र हातमा गोली लागेर घाइते भएका उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ ।

    गोली कसले र किन प्रहार गरेको विषयमा केहि खुल्न नसकेको एसपी आचार्यले जानकारी दिए । उनका अनुसार घटना विषयमा अनुसन्धान भइरहेको छ ।

    पछिल्लो समय महोत्तरीमा अपराधिक घटना ह्वात्तै बढेको छ । यसअघि महोत्तरी पिपराका मुसाफिर झा र उनका पत्नी गितादेवीको अपहरण पछि हत्या गरिएको थियो ।

    मंगलवार मात्रै भंगहा नगरपालिकाकी ७ जना वालिका-किशोरीलाई मानव तस्करले भारत लगिरहेको बेला सितामढी प्रहरीले उद्दार गरेको थियो । एकपछि अर्को अपराधिक घटना हुन थालेपछि महोत्तरीमा भयको वातावरण बनेको छ ।

  • भारतबाट उद्दार गरिएका सातै वालिका–किशोरीलाई परिवारको जिम्मा लगाइयो

    भारतबाट उद्दार गरिएका सातै वालिका–किशोरीलाई परिवारको जिम्मा लगाइयो

    जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरबाट सम्पर्कविहीन भएका बालिका–किशोरीलाई भारतको सितामढीबाट सकुशल उद्धार गरी बुधवार राति परिवारको जिम्मा लगाइएको छ ।

    मंगलबार विहान घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका थिए ।

    खोजीका क्रममा उनीहरुलाई बुधबार दिउँसोमात्र भारतको सितामढीबाट प्रहरीले उद्धार गरेको थियो । आवश्यक प्रक्रिया पुर्‍याएर प्रहरीले उनीहरुलाई बुधवार साँझ नेपाल ल्याएको हो । जिल्ला प्रहरी कार्यालय जलेश्वरमा उनीहरुसँग आवश्यक सोधपुर गरी घर लगेर परिवारको जिम्मा लगाएको महोत्तरीक प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

    उनका अनुसार उनीहरुलाई कसले भारत लग्दै थिए भन्ने विषयमा केहि खुल्न सकेका छैन । अनुसन्धान जारी छ । दलालले नै उनीहरुलाई विभिन्न प्रलोभनमा पारेर भारत पर्‍याएको हुनसक्ने एसपी आचार्यको अनुमान । उद्धारपछि ती बालिका-किशोरीहरुले आफूहरु गायिका बन्न भारत आएको वयान दिएका थिए ।

  • महोत्तरीमा बालिका-किशोरी बेपत्ता, छोरीहरु हराएपछि धरमपुरमा सन्नाटा

    महोत्तरीमा बालिका-किशोरी बेपत्ता, छोरीहरु हराएपछि धरमपुरमा सन्नाटा

    महोत्तरी । मंगलबार दिउँसोदेखि गाउँका सात बालिका-किशोरीहरु सम्पर्कविहीन भएपछि महोत्तरीको धरमपुर गाउँमा सन्नाटा छाएको छ ।

    करिव २४ घण्टादेखि सम्पर्कमा नरहेका बालिका–किशोरीका अभिभावक स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनलाई खोजी गरिदिन याचना गरिरहेका छन् । प्रहरीले जसरी पनि खोजेर ल्याइदिने आश्वासन दिएका छन् ।

    बुधबार विहानै धरमपुर पुगेका महोत्तरी प्रहरी प्रमुख एसपी दिनेश आचार्यले वालिकाका अभिभावकलाई भेटेर आश्वासन दिएका थिए ।

    भंगाहा नगरपालिका ८ धरमपुरका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान सम्पर्कविहीन भएका हुन् ।

    हिजो बिहान ११ बजेतिर उनीहरु नजिकैको खेतमा घाँस काट्नका लागि गएका थिए । अवेरसम्म नफर्किएपछि परिवार र गाउँले मिलेर खोजी गरेका थिए । प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिसहितको संग्लग्नतामा भएको खोजीकार्य निस्फल भएको छ ।

    यता भारतकाे सितामढीमा सातजना बालिका भेटिएकाे खवर आएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहकाे टाेली पहिचानका लागि सितामढी प्रस्थान गरेकाे छ । भंगाहा नगरपालिका प्रमुख सन्जीव यादवले भेटिएकाहरु धरमपुरबाट हराएका वालिका-किशाेरीहरु नै रहेकाे दावी गरे पनि पुष्टि भएकाे छैन ।

  • घाँस काट्न गएका ७ बालिका–किशोरी हिजोदेखि सम्पर्कविहीन, खोजी जारी

    घाँस काट्न गएका ७ बालिका–किशोरी हिजोदेखि सम्पर्कविहीन, खोजी जारी

    जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिका ८ धरमपुरका सात दलित बालिका–किशोरी बेपत्ता भएका छन् । मंगलबार बिहान घाँस काट्न एकसाथ खेततिर गएका ५ वालिका र २ किशोरी अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

    भंगहाका नगरपालिका प्रमुख सन्जीव साहका अनुसार ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सीमा पासवान, १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान बेपत्ता भएका छन् ।

    उनीहरु हिजो बिहान करिव ११ बजेदेखि घाँस काट्न गाउँ नजिकै खेततिर गएका थिए । अहिलेसम्म नफर्किएको र हिजो साँझदेखि नै स्थानीय प्रतिनिधिसहितको टोली खोजी कार्यमा लागेको मेयर साहले बताए ।

    ‘एकाएक बेपत्ताको खवर फैलिएपछि धरमपुरमा हलचल मच्चिएको छ । हिजैदेखि सबै मिलेर खोजिरहेका छौं, रातभर सुतेका छैनौं,’ साहले भने ।

    महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी आएलगत्तै उनीहरुलाई खोज्न प्रहरी परिचालन गरिएको बताए । उनले एकैपटक सात बालिका-किशोरी सम्पर्कबिहीन हुनु गम्भीर भएको जनाए । उनी आफैं घटनास्थल जाँदैछन् ।