Tag: महानगरीय प्रहरी परिसर काठमाडौं

  • १० लाख बराबरको बिल बिनाका सामानसहित ६ जना ब्यक्ति पक्राउ

    १० लाख बराबरको बिल बिनाका सामानसहित ६ जना ब्यक्ति पक्राउ

    काठमाडौं । काठमाडौंको बागबजारबाट १० लाख बराबरको बिल बिनाका कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायतका कपडा फेला पारी ६ जना ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले कोट पाइन्टको कपडा ५५ थान र कुर्ता र सुरुवाल २ सय ८८ थानसहित उनिहरुलाई पक्राउ गरेको हो ।

    कपडासहित उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयमा पठाइएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए । उनका अनुसार महानगरीय प्रहरी परिसरको टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो ।

  • सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा

    सपनालाई धम्की दिने विनयजंग ५० हजार धरौटीमा रिहा

    काठमाडौं । सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गर्ने भन्दै धम्की दिएका विनयजंग बस्नेत ५० हजार धरौटी तिरेर रिहा भएका छन् । उनलाई आज काठमाडौं जिल्ला अदालतले ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएसँगै बस्नेत साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार तिरेर धराैटीमा रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

    बस्नेत आजै धरौटी बुझाएर रिहा भएका परिसर काठमाडौंका प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी अशोक सिंहले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बस्नेतमाथि अनुसन्धान सकेर मंगलबार अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले बस्नेतविरुद्ध साइबर अपराध र अभद्र ब्यवहार कसूरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

    सपनाका अस्लिल फोटो आफ्नो मोवाइलमा रहेको र सार्वजनिक गर्ने भन्दै बस्नेतले केही सञ्चारमाध्यमममा अन्तरवार्ता दिँदै धम्की दिएका थिए । बस्नेतले यस्तो धम्की दिएपछि सपनाले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन । सपनाको किटानी जाहेरीका आधारमा प्रहरीले बस्नेतलाई फागुन ४ गते गोंगबु बसपार्कबाट पक्राउ गरेको थियो ।

    बस्नेत र सपना एकअर्कालाई सार्वजनिक रुपमा बाबु–छोरी भन्दै आएका थिए । उनिहरु दुवै जना बेवारिसे शव जलाउने काम गर्दै आएका छन् । सपना बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेपछि बस्नेत र सपनाको सम्बन्ध विग्रीएको थियो ।

  • १ किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ५ जना पक्राउ

    १ किलो नक्कली सुन दिई ५५ लाख ठगी गर्ने ५ जना पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गर्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ५ जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा मिनभवनले जनाएको हो ।

    महाशाखाका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–५ का ३२ वर्षका सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका–५ शान्तिटोल बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेत घर भएका ४५ वर्षका ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने ३५ वर्षका मेख तामाङ, किसपाङ्ग गाउँपालिका–१ घर भएका चन्द्र भन्ने २० वर्षकाजेरी तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षका अभय कुमार चौधरी रहेका छन् ।

    माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको खवर प्रहरीले पाएपछि महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको टोलीले उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।