Tag: महाधिवेशन

  • आइतबारदेखि यातायात महासंघको महाधिवेशन

    आइतबारदेखि यातायात महासंघको महाधिवेशन

    काठमाडौं । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैटौँ राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म हुने भएको छ ।

    कोरोना महामारीका कारण लामो समयदेखि रोकिएको महाधिवेशन आइतबारदेखि काठमाडौंमा हुन लागेको हो । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक एवं महासंघका महासचिव सरोज सिटौलाले महाधिवेशनको उद्घाटन काठमाडौं रामशाहपथस्थित स्काइ दरबार बैंक्वेटमा तथा बन्दसत्र र निर्वाचनको कार्यक्रम भने ललितपुरको गोदावरीमा गर्ने गरी तयारी थालिएको जानकारी दिए ।
    महाधिवेशनमा देशभरका सातै प्रदेशका यातायातमन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । महासङ्घमा हाल देशभरका झण्डै ५०० यातायात कम्पनी आवद्ध छन् । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले महाधिवेशनमा देशभरबाट एक हजार ५०० भन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने बताउनुभयो । महासंघको महाधिवेशनले तीन वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्ने छ । महासंघको पाँचौँ राष्ट्रिय महाधिवेशन २०७४ माघमा चितवनमा सम्पन्न भएको थियो ।

  • एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    एमाले महाधिवेशन : र्‍यालीमा एम्बुलेन्स, प्रतिनिधिहरुलाई निःशुल्क उपचार

    चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमको तयारी भइरहेको छ । उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने तयारी भएको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

    १० गते बिहान नवलपुरको गैँडाकोट, चितवनको केन्द्रीय बस टर्मिनल चोक, विशाल चोक, आँपटारी चोक, बेलचोक, त्रिचोकसहितबाट र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

    एम्बुलेन्ससँगै नेपाल रेडक्रस सोसाइटीको प्राथमिक उपचारको तालिम लिएका स्वयंसेवकहरु परिचालन हुने बताइएको छ । महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले बताए ।

    मञ्चको आडैमा ‘क’ वर्गको एउटा र ‘ख’ वर्गको एउटा गरी दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने पौडेलले जानकारी दिए । स्वास्थ्य तथा वातावरण सरोकार समाज सौराहाको ‘क’ वर्गको र रेडक्रस सोसाइटी जिल्ला शाखा चितवनको ‘ख’ वर्गको एम्बुलेन्स मञ्चलाई लक्षित गर्दै राखिने उनले बताए
    उद्घाटन सत्र सकिएपछि भने बन्दसत्र हुने स्थान सौराहामा केन्द्रित गरेर एम्बुलेन्स परिचालन गरिने छ ।

    ‘महाधिवेशन प्रतिनिधिहरु बिरामी परेको अवस्थामा उनीहरु बसेकै होटलमा पुगेर थप उपचारका लागि स्वास्थ्य संस्थामा पु¥याउने गरी सौराहामा एम्बुलेन्स पार्किङ गरेर राख्नेछौँ’ पौडेलले भने, ‘सम्भावित दुर्घटनालाई मध्यनगर गरी मानवीय सेवामा समर्पित भएर महाधिवेशन अवधिभर निःशुल्क रुपमा एम्बुलेन्स सञ्चालन गर्दैछौँ ।’

    बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए । ‘महाधिवेशनमा सबै विषयका विज्ञ चिकित्सक सहित २५० जना स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन हुन्छ अधिकारीले बताए ।

  • विधानअनुसार नेता नचलेको गुनासो गर्दै गगनले भने- महाधिवेशन हुने कुरामा हिजोबाट ढुक्क भयो (भिडिओ)

    विधानअनुसार नेता नचलेको गुनासो गर्दै गगनले भने- महाधिवेशन हुने कुरामा हिजोबाट ढुक्क भयो (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका छन् ।

    सोमबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट काठमाडौं महानगरका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा नेता थापाले आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकपछि मात्रै पार्टीको महाधिवेशन हुनेमा विश्वस्त भएको बताएका हुन् ।

    उनले निर्वाचन आयोगलाई बारम्बार दबाव दिएपछि मात्रै महाधिवेशन समयमै गर्न सकिएको बताए। नेता थापाले समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले पार्टीको सामुहिक क्षयिकरणको प्रमाण भएको दावी गरेका छन् ।

    नेता थापाले भने,‘हिजोको बैठकपछि भने साथीहरुलाई अब अधिवेशन हुन्छ भन्ने कुराको ढुक्क भयो, ढुक्क हुनुभएको मैले पाएको छु, किनभने पार्टीले अब होटल नै बुक गर्न थाल्यो, हल नै बुक गर्न थाल्यो भनेपछि बल्ल अधिवेशन हुन्छ भन्ने कुराको साथीहरुलाई ढुक्क भएको अवस्था छ । नेपाली काँग्रेस जस्तो पार्टीको अधिवेशनको सन्दर्भमा अधिवेशन आउनु भन्दा १५÷२० दिन अघिसम्म पनि पार्टीको जिम्मा दिएको साथीहरुलाई अधिवेशन हुन्छ कि हुँदैन भन्ने अलमल रहने कुरा आफैँमा हामी कति तल झरिसक्यौँ भन्ने कुराको प्रमाण हो । यसलाई हामीले जति भनेपनि हामीले निर्वाचन आयोगलाई तारन्तार दबाव नदिएको भए पुषको पहिलो साता भित्र निर्वाचन आयोगलाई नेतृत्वको नाम बुझाउनै पर्छ भन्ने अनिवार्यता नरहेको भए सायद अधिवेशन हामी एक÷दुई महिना टाथ्र्यौं होला, समयमै महाधिवेशन गर्न नसक्नु एक ढंगले सामुहिक क्षयिकरणको प्रमाण हो ।’

    अहिले अदालतमा भएको समस्यालाई नेपाली कांग्रेसले समाधान गर्नुपर्ने उनको धारण छ । उनले नेपाली कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा काँग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए ।

    ‘स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि काँग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर एउटा मतदाताले रुख चिन्हमा मत हाल्छ, त्यो कुरामा चुक्यो भने मतदाता रिसाउँछ हाम्रो मत घट्छ, नेपाली काँग्रेसको १२÷१५ लाख यस्तो मतदाता छ, नेपाली काँग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मत हाल्दैन, दण्ड दिन्छ, त्यो मतदाता जोगाउनु पर्नेछ, ३५ लाख मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्छ, मतदाता जम्मा पार्न अबको काँग्रेसले ४÷५ वर्षमा के गर्छ भनेर बताउनु सक्नुपर्छ, काँग्रेसले ५ वर्ष मौका पायो भने के गर्छ भन्ने कुराको योजना बनाएर जनताको बीचमा जाने जसको आधारमा नयाँ मतदातालाई काँग्रेसलाई मत हाल्ने वातावरण होस् ।’

    नेता थापाले महाधिवेशनबाट १३ लाख मतदाता थप्न सके काँग्रेस अब आउने निर्वाचनमा पहिलो एकल पार्टी भएर आउने दाबी गरे ।

     

     

  • मंसिरभित्र सक्ने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाको निर्देशन

    मंसिरभित्र सक्ने गरी महाधिवेशनको कार्यतालिका बनाउन देउवाको निर्देशन

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरभित्र सम्पन्न हुने गरी १४ औं महाधिवेशनको कार्यतालिका बनाउन पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

    मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र निर्वाचन समितिका सदस्यहरुबीचको छलफलमा बोल्दै सभापति देउवाले निर्वाचन समितिलाई मंसिर भित्र पार्टीको महाधिवेशन गरिसक्ने गरी कार्यतालिका बनाउने सम्पूर्ण अधिकार रहेको उल्लेख गर्दै सोही अनुसारको कार्यतालिका बनाउन सचेत गराए ।

    पार्टी सभापतिले मंसिर भित्र पार्टीको महाधिवेशन सम्पन्न हुने गरी निर्वाचन कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

    उनले भने,‘पार्टी सभापतिले स्पष्ट रुपमा निर्वाचन समितिलाई सम्पूर्ण अधिकार छ । तपाईँहरुले यो प्रक्रियालाई चाँडोभन्दा चाँडा अगाडि बढाउनुहोस् । र मंसीर भित्र महाधिवेशन गरि सक्नुपर्छ । त्यसकारण यो तलदेखि केन्द्रिय महाधिवेशन जुन छ, यो मंसीर भित्र हुनुपर्छ । र त्यही अनुरुप तपाएईहरुले कार्यतालिका लागि होमवर्क गर्नुस् भनेर सभापतिले स्पष्ट निर्देशन दिनु भएको छ ।’

    यता, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने महाधिवेशन मंसिरभित्र सम्पन्न हुने गरी औपचारिक निर्णय गराउन तत्काल पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाउन सभापति देउवासँग माग गरेको छ ।

    महाधिवेशनको कार्यतालिकामा हुने सानोतिनो हेरफेर र महाधिवेशनको अन्य तयारीको लागि पनि तत्काल केन्द्रिय कार्य समितिको बैठक बोलाउन आफूले माग गरेको वरिष्ठ नेता पौडेलले बताए ।

    उनले भने, ‘महाधिवेशनको कार्यतालिकामा केही सानोतिनो हेरफेर गर्नु प¥यो भने कार्य समितिले बनाएको कार्यतालिका हो । र त्यसलाई हेरफेर गर्न पनि केन्द्रिय कार्य समिति बैठक बोलाउनु पर्छ । त्यसलाई फर्मल बनाउन पनि केन्द्रिय कार्य समितिको बैठक बोलाइयोस भनेर मैले माग गरेको छु । सायद बोलाउनु होला ।’

    नेपाली काँग्रेसले १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएको थियो । तर तल्लो तहको अधिवेशन गर्ने काममा ढिलाई भएपछि सभापति देउवाले मंसिर भित्र गरिसक्ने गरी निर्वाचन कार्यतालिका तय गर्न पार्टीको निर्वाचन समितिलाई निर्देशन दिएको हो ।

     

  • कांग्रेसमा परि आए ‘डिजिटल भोटिङ’ को तयारी

    कांग्रेसमा परि आए ‘डिजिटल भोटिङ’ को तयारी

    काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा परि आए ‘डिजिटल भोटिङ’गर्ने तयारी थालिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रविधि विभागले डिजिटल भोटिङका लागि प्रविधि सुनिश्चित गरेको जनाएको छ ।

    विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।

    कांग्रेस केन्द्रीय समितिले डिजिटल भोटिङको निर्णय लिएमा विभागले प्राविधिक व्यवस्थापन निश्चित गर्ने विज्ञप्तिमा उल्लेख छ । भदौ १६ देखि १९ सम्म आयोजना हुने कांग्रेस महाधिवेशनका लागि महत्वपूर्ण मानिएको क्रियाशील सदस्यताको विवाद टुंगो लागेको छैन ।

    साथै विभागले १४ औं महाधिवेशन केन्द्रीत प्रचार अभियार शुरू गरिएको जानकारी समेत दिएको छ ।

  • दाङ कांग्रेसमा बढ्यो चुनावी सरगर्मी, खुमबहादुरको विरासत थाम्ने नेताको खोजी

    दाङ कांग्रेसमा बढ्यो चुनावी सरगर्मी, खुमबहादुरको विरासत थाम्ने नेताको खोजी

    घोराही । १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा दाङ कांग्रेसमा चुनावी सरगर्मी बढेको छ ।

    कुनै बेलाका कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काको गृहजिल्ला दाङमा कांग्रेसको राजनितिलाइ केन्द्रमा समेत अर्थपूर्णरूपमा लिइन्थ्यो । खुमबहादुरको निधनपछि उनको विरासत थाम्ने नेताको भने कमी भइरहेको स्वयं नेता कार्यकर्ताहरू नै महसुस गर्छन् ।

    अहिले जिल्लाको राजनीतिमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी हावी भएका छन । उनी महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । केन्द्रीय राजनीतिमा सीधै पहुँचका कारण खुमबहादुरपछिको दाङको र केन्द्रीय र राजनीतिमा आफूलाइ बलियो बनाउन लागि परेका छन ।

    जिल्लामा आगामी चुनावमा आफ्नो नेतृत्व ल्याउन उनलाई पूरै दबाब छ । नेता गिरीको पक्षबाट नेताहरुको जिल्ला सभापतिमा आकाङ्क्षि बढेकाले नेतृत्व छानेर उम्मेद्वार बनाउन ठूलै सकस छ । उनले कार्यकर्ताबाट पार्टीको सह-महामन्त्रीमा उठ्न सुझाव सल्लाह आएपनि आफूले सबैसँग सल्लाह गरेर नै उम्मेद्वारी टुङ्ग्याउने केही समय पहिले बताएका थिए ।

    चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरूले उम्मेदवारी दावी गर्न थालेका छन् । दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जिल्ला सभापतिमा शुरूमै उम्मेदवारीको घोषणा गरिसकेका छन् । उनले पत्रकार सम्मेलनमा नै पार्टीको जिल्ला सभापति र घोराही उपमहानगरको मेयरमा पुन: उठ्ने जानकारी गराएका थिए । ‘गाउँ-वडा तहसम्म पुगेर सबै नागरिकको मन विचार र उनीहरूको चाहना बुझेर नै सभापतिमा उठ्न चाहेको हुँ’, डाँगीले भने ।

    महासमिति सदस्य जानकीलाल बस्नेतले आफू दाङ कांग्रेसको नेतृत्व लिन तयार रहेको बताएका छन् । ‘कांग्रेस दाङको नेतृत्व हाक्न तयार छु मेरो उम्मेदवारी अनौठो मान्नु पर्दैन । कांग्रेसलाई सशक्तरूपमा अघि बढाउँदै जिल्लामा कांग्रेसलाई बलियो बनाउँदै कसरी अगाडि बढ्न सकिन्छ त्यो मलाई राम्रोसँग थाहा छ’, बस्नेतले भने । बस्नेत २०४८ सालमा नेविसंघबाट राजनीतिमा छिरेका हुन् ।

    उम्मेदवारी घोषणा नगरेपनि कांग्रेसका पुराना नेता खगराज पाण्डे, भोजराज पाण्डे, पार्टीका जिल्ला सचिव शंकर डाँगी, उपसभापति कमानसिंह भारती, नेता भरतबहादुर न्यौपाने, यसअघि जिल्ला सभापतिमा लडेका कमलकिशोर घिमिरे, गेहेन्द्र गिरी नेतृत्वको लागि चर्चामा छन् ।

    करिब १२ हजार क्रियाशील सदस्य रहेको दाङमा कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार
    जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

    कोरोना जोखिम कायमै रहेकोले जिल्ला अधिवेशनको प्रक्रियाबारे छलफल चलिरहेको छ । भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।

  • कांग्रेसका तीन नेताको सन्देश- एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

    कांग्रेसका तीन नेताको सन्देश- एउटै टिम बनाएर अघि बढ्न सकारात्मक छौं

    काठमाडौं । नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत गरेका छन् । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको बताए ।

    पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।

    छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिनुभएको छ । हाम्रो पहलमा सबै खुसी छन् ।’

    अब तपाईंहरू एउटै टिम बनाएर जाने हो ? भन्ने प्रश्नमा पूर्वउपसभापति सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।

    उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक-दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’

    उनले आफूहरुमाथि परिवारवादलाई प्रश्रय दिएको आरोप खारेज गरे । ‘हामी आफैं सक्रिय राजनीति गरेर चुनाव लडेर आएका हौं, कसरी परिवारवाद भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

    निधि, सिंह र कोइराला तीनै नेता नेपाली कांग्रेसका तीन हस्तीका छोराहरू हुन् ।

  • विमलेन्द्र, शशांक र प्रकाशमान आज पनि छलफलमा

    विमलेन्द्र, शशांक र प्रकाशमान आज पनि छलफलमा

    काठमाडौं । पार्टीभित्र नयाँ धार निर्माणका लागि प्रयास गरिरहेका नेपाली कांग्रेसका ३ प्रभावशाली नेताहरूबीच आज पनि छलफल शुरू भएको छ ।

    उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल जारी छ ।

    पार्टीको १४ औं महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । यसअघि सोमबार निधिको निवासमा नेतात्रयबीच छलफल भएको थियो ।

    पार्टीभित्र सर्वपक्षीय एकताका लागि संवाद जारी राख्ने निर्णय अनुसार आज छलफल भइरहेको महामन्त्री कोइरालाका राजनीतिक सहयोगी भरत तिवारीले जानकारी दिए ।

  • महाधिवेशनको रणनीति बनाउन पौडेल पक्षको बैठक बस्दै

    महाधिवेशनको रणनीति बनाउन पौडेल पक्षको बैठक बस्दै

    काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको माहोल बढ्दै जाँदा शीर्ष नेताहरु आन्तरिक छलफलमा केन्द्रीत हुन थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

    दिउँसो २ बजेपछि बसुन्धारास्थित दियालो फुडल्याण्डमा बस्ने पौडेल पक्षको बैठकमा महाधिवेशनको तयारी, नीति र नेतृत्वबारे छलफल हुने बताइएको छ ।

    वरिष्ठ नेता पौडेलसहित सो समूहमा महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा.शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।

  • सदस्यताका कारण महाधिवेशन रोकिँदैन : नेता लेखक

    सदस्यताका कारण महाधिवेशन रोकिँदैन : नेता लेखक

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने स्पष्ट पारेका छन् ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक लेखकले पार्टीले दिएको जिम्मेवारी अनुसार तोकिएको मितिमा क्रियाशील सदस्यता टुंगो लगाउन समिति प्रतिबद्ध रहेको बताए ।

    ‘क्रियाशील सदस्यताकै कारण महाधिवेशन प्रभावित हुन्छ कि भन्ने चर्चा पनि चलेको छ । म स्पष्ट पार्छु हामी सदस्यताको विषय टुंग्याउँछौं, सदस्यताको कारण महाधिवेशन रोकिँदैन’, लेखकले भने ।

    उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए । ‘सदस्यता छानबिन समितिले मापदण्ड बनाएको छ । त्यही मापदण्डका आधारमा सदस्यतासम्बन्धी विवाद टुंग्याउँछौं’, लेखकले भने ।

    संवैधानिक बाध्यताका कारण पनि महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै लेखकले महाधिवेशन सम्पन्न गर्न पार्टीका सबै तहको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

  • कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन नहुने

    कोरोनाको कारण विवेकशील साझाको महाधिवेशन नहुने

    काठमाडौं । कोरोना संक्रमणको कारण विवेकशील साझा पार्टीको आगामी जेठ अन्तिम साता तोकिएको एकता महाधिवेशन नहुने भएको छ ।

    तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच गत मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो ।

    कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएसँगै ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले यही वैशाख २५ गते बसेको पार्टी केन्द्रीय समिति बैठकले जेठमा गर्न नसकिने निर्णय गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

    परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तय गरिने जनाइएको छ । बैठकले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो मद्दत गर्ने निर्णयसमेत गरेको छ ।

    रासस

  • एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

    एमाले महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय

    काठमाडौं । एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशनको मिति तय गरेको हो । बैठकमा माधव नेपाल पक्ष भने सहभागी थिएन ।

  • कांग्रेसको वैधानिकता जोगाउन पटक-पटक संविधानको सहारा

    कांग्रेसको वैधानिकता जोगाउन पटक-पटक संविधानको सहारा

    काठमाडौं । नेपाली कांग्रेसले पार्टीको महाधिवेशनका लागि दोस्रोपटक संविधानको सहारा लिदैछ ।

    कांग्रेस केन्द्रीय समितिको बैठकमा नेपालको संविधानको धारा २६९ (४) (ख) को प्रतिबन्धात्मक व्यवस्था अनुसार विशेष परिस्थितिका कारण ५ वर्षभित्र निर्वाचन हुन नसकेमा ६ महिना थप गर्न सकिने व्यवस्था अनुसार पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरुको अवधि ६ महिना थप गर्ने प्रस्ताव पेस भएको छ ।

    संविधानको सोही व्यवस्थालाई महाधिवेशनबाट पारित गर्ने गरी कांग्रेसको विधानको दफा ४३ मा व्यवस्था गर्ने निर्णय कांग्रेस केन्द्रीय समितिले गर्दैछ ।

    पार्टीको महाधिवेशन गराउन कांग्रेस संविधानको भर परेको पहिलापटक होइन । १३ औं महाधिवेशन पनि कांग्रेसको विधानअनुसार २०७२ असोज ५ गतेभित्र भइसक्नुपर्ने थियो । संविधान निर्माणको व्यस्तताका कारण कांग्रेसले विधान अनुसार थप गरिएको एक वर्षमा पनि महाधिवेशन नभए पार्टीको वैधानिकतामाथि पनि प्रश्न उठ्नेथियो । कांग्रेसको वैधानिकता जोगाउन संविधानमै राजनीतिक दलको केन्द्रीय पदाधिकारीहरुको कार्यकाल ५ वर्ष हुने र विशेष परिस्थतिमा ६ महिना थप गर्न सकिने व्यवस्था राखिएको थियो ।

    संविधानको सोही व्यवस्थाले जोगिएको कांग्र्रेसको वैधानिकता अहिले पनि संविधानकै भरमा परेको छ । अघिल्लो महाधिवेशनका बेला पार्टीको वैधानिकता जोगाउनै पर्ने दबाब रहेकाले पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले असोज ३ मा संविधान जारी गराउन अडान लिएका थिए ।

    कांग्रेसको विधानमा केन्द्रीय कार्यसमितिको कार्यकाल ४ वर्षे हुने उल्लेख छ । ४ वर्षमा महाधिवेशन हुन नसके बढीमा १ वर्ष थप्न सकिने व्यवस्था विधानमा छ । यद्यपि विधानको व्यवस्थाअनुसार थपिएको समयमा पनि महाधिवेशन नभएकोले कांग्रेसले दोस्रो पटक पार्टीको वैधानिकता जोगाउन संविधानको सहारा लिएको हो । कांग्रेसले १४ औं महाधिवेशन २०७८ भदौ ७ देखि १० गतेसम्म गर्ने तयारी थालेको छ ।