Tag: महन्थ ठाकुर

  • आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् ।

    अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि जारी धर्नालाई आज पनि निरन्तरता दिइएको हो । लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्न नसकिने भन्दै सच्याउन माग गरे । ‘एक व्यक्ति एक पद’ को कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने आफूहरूको जोड रहेको उनको भनाइ छ ।

    ठाकुरले भने, ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनीत पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने खालका निर्णय गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनीत गर्न मिल्दैन ।’

  • महन्थ भन्छन्- ओलीले गुन लगाउनुभयो, अब पालो देउवाको (भिडिओ)

    महन्थ भन्छन्- ओलीले गुन लगाउनुभयो, अब पालो देउवाको (भिडिओ)

    चितवन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकोमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

    चितवनको नारायणी किनारमा सुरू भएको एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदैं ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिएका हुन् ।

    ‘ओलीजीको पालोमा हाम्रा केही साथीहरू रिहा हुनुभयो । हाम्रो माग पूरा गर्न गरेको प्रयासका लागि धन्यवाद । अब देउवाजी प्रधानमन्त्री हुनुभएको छ । बाँकी माग पूरा गराउन म देउवाजीलाई आग्रह गर्न चाहन्छु’, ठाकुरले भने ।

  • एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

    एमाले महाधिवेशनमा शुभकामना दिन महन्थ ठाकुर चितवनमा

    चितवन । एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई शुभकामना दिन लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर चितवन आइपुगेका छन् ।

    बुद्ध एयरबाट उनी बिहीबार नै चितवन आइपुगेका हुन् । एमालेले संसदमा प्रतिनिधित्व गर्ने सातवटा राजनीतिक दललाई महाधिवेशनमा अतिथिका रूपमा बोलाएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने चितवन आउने नआउने निश्चित भइसकेको छैन । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने एमालेले निम्तो गरेको छैन ।

     

  • ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी

    ओलीपछि प्रचण्डको निशानामा महन्थ र राजेन्द्र, यसरी बढ्याे दूरी

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जहाँ पुग्छन्, त्यहाँ आलोचनाका लागि उनको पहिलो निशाना हुन्छन्- एमाले अध्यक्ष केपी शर्मा ओली । चुनावलक्षित जस्ता देखिने आमसभामा सम्बोधन गरिरहेका प्रचण्डले ओलीलाई विभिन्न तर्क दिएर जनविरोधी र परिवर्तनविरोधी करार गर्न कोसिस गरिरहेका हुन्छन् ।

    तर, पछिल्लो समय प्रचण्डले ओलीसँगै मधेशी नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोमाथि पनि प्रहार गर्न थालेका छन् । खासगरी मधेशका जिल्लाहरूमा पुगेर गरेका भाषणमा उनले महन्त र राजेन्द्रको आलोचना गर्न छुटाउँदैनन् । पछिल्ला तीन दृष्टान्त यस्ता छन्ः

    मंसिर ६

    पूर्वीचितवनमा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र महतोमाथि मधेसमा विश्वास नरहेको जिकिर गरे। ‘मधेसीको हक अधिकारको रक्षा मधेसी दलले गर्छन् कि भन्ने लागेको थियो तर त्यो होइन रहेछ,’ उनको भनाइ छ, ‘महन्थ ठाकुर र राजेन्द्र महतोमाथि विश्वास रहेनछ । माओवादीमै आश रहेछ । अहिले देशैभरि त्यही परिस्थितिका रिपोर्टहरू छन् ।’

    मंसिर ४

    रौतहटको कटहरियामा आयोजित आमसभामा पनि प्रचण्डले ठाकुर र महतोमाथि टिप्पणी गरे । ‘तपाईंहरूलाई लाग्थ्यो होला मधेशवादी नै मधेशको पहिचान र अधिकारका असली मसिहा हुन,’ प्रचण्डको भनाइ थियो, ‘उनीहरूले नै मधेशीलाई अधिकार दिने हुन् कि भन्या जस्तो थियो पहिले-पहिले । तर, अहिले जब महन्थ ठाकुर र राजेन्द्र महत्तो केपी ओलीको टाङमुनी छिरे, केपीको सरकारमा गएर आत्मसर्मपण गरे । को रहेछ मधेशी जनताको विरोधी र मित्र भन्ने अब छ्याङ्ग भयो ।’

    मंसिर १

    महोत्तरीमा आयोजित आमसभामा प्रचण्डले केपी ओलीको सरकारमा गएर महन्थ र राजेन्द्रले घुँडा टेकेको आलोचना गरे । ‘आज तपाईंहरूलाई क्लियर भएको हुनुपर्छ, त्यही केपी ओलीजस्तो मधेश, संविधानविरोधी, समावेशी, समानुपातिक मान्यताविरोधी तत्वसँग मधेशी जनताको हामी मसिया हौं भन्ने महन्थ ठाकुर र राजेन्द्र महतो घुँडा टेकेर त्यसको सरकारमा सामेल भए,’ उनको भनाइ थियो, ‘अब पनि केही भ्रम बाँकी छ ? को मधेशी जनताको मित्र हो, को मधेशी जनताको दुश्मन हो ?’

    उनले ठाकुर र महतो दुवैजनालाई ‘विदेशीले सिंगारपटार गरेर पठाएका मान्छे’ भनेका थिए ।

    आक्रोशको राजनीतिक कारण

    एजेन्डाका हिसाबले प्रचण्ड मधेसी नेताहरुसँग नजिक छन् । तर, पछिल्लो समयको राजनीतिक ध्रुविकरणमा महन्त–राजेन्द्रसँग उनको दुरी बढेको छ ।

    पहिलो संसद विघटनपछि ओलीले विश्वासको मत लिँदा तटस्थ रहेका ठाकुर र महतो संविधानको अर्को धाराअन्तर्गत प्रधानमन्त्री बन्ने बेला भने पक्षमा उभिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विपक्षीले प्रधानमन्त्री प्रस्ताव गरेकोमा ठाकुर र महतोले साथ नदिएकाले जसपाको मत विवादित भयो । जसपाको उपेन्द्र यादव-बाबुराम पक्षले त्यसमा साथ दिएका थिए ।

    दलीय विवादका कारण राष्ट्रपतिले देउवा र ओली दुवैको पक्षमा बहुमत नपुगेको बताइन् । त्यही कारण देखाउँदै ओलीले दोस्रोपटक संसद विघटन गरे । ठाकुर र महतोले ओलीलाई त्यसमा साथ दिएका थिए । ओलीलाई त्यसलाई समर्थन गरेको प्रचण्डलाई मन परेको थिएन । प्रचण्ड र माधव नेपालले ओलीलाई विस्थापन गर्न ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दा पनि उनले स्वीकार गरेनन् । पछि ओली सरकारमा जसपाको ठाकुर- महत पक्ष सहभागी भयो । यसले जसपालाई नै विभाजनमा लग्यो ।

    हाल ठाकुर र महन्थले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नामक छुट्टै पार्टी छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको सत्तारुढ गठबन्धन बन्दा ठाकुर-महतोको पार्टी त्यसमा छैन । सत्तारुढ गठबन्धन चुनावसम्मै जाने दाबी नेताहरुले गरेका छन् ।

    मधेशमा आधार भएको जसपासँग आफ्नो गठबन्धन रहेको र ठाकुर त्यसमा सामेल नभएकाले मधेश पुगेका बेला प्रचण्ड उनीहरूको आलोचना गर्न छुटाउँदैनन् । केही मत भएको ठाकुरको पार्टी जसपा लोकतान्त्रिकमाथि प्रहार गरेर त्यो मत आफूतिर तान्ने रणनीति प्रचण्डको रहेको देखिन्छ ।

    मधेशको असली साथी माओवादी रहेको विश्वास मधेशबासीलाई दिलाएर ठाकुर-महतो पक्षको मत आफूतिरै तान्ने र मधेशमा माओवादीको शक्ति बढाउने रणनीति प्रचण्डको देखिन्छ ।

  • त्रुटिपूर्ण संविधानले राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर (भिडिओ)

    त्रुटिपूर्ण संविधानले राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर (भिडिओ)

    जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

    सोमबार पार्टीका महिला नेतृहरूले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रियामा बोल्दै उनले मधेसको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको जानकारी गराए ।

    अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि प्रष्ट्याए । ठाकुरले भने, ‘संविधान संशोधन, मधेश आन्दोलनकारीमाथि लगाइएको झुठा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशिता लगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ ।’

     

  • प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    प्रदेश २ मा लोसपा संसदीय दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, जितेन्द्र सोनलको सम्भावना प्रबल

    जनकपुरधाम । प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर जनकपुरधाम आइपुगेका छन् ।

    आज जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता कार्यकर्ताले स्वागत गरेका छन् । आइतबार बिहान ११ बजेका लागि डाकिएको लोसपा प्रदेश २ संसदीय दलको बैठकमा सहभागी हुन अध्यक्ष ठाकुर जनकपुरधाम आइपुगेका हुन् ।

    उनको प्रमुख आतिथ्यमा हुने उक्त बैठकबाट संसदीय दलका नेता चयन गरिने बताइएको छ ।

    जसपाका ५५ सांसदमध्ये १६ सांसद लोसपा रोजेका छन् । तत्कालीन राजपा संसदीय दलका नेता जितेन्द्र सोनललाई नै लोसपा दलका नेता बनाउने सम्भावना बलियो रहेको एक सांसदले बताए ।

  • सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग अहिले छलफल भएको छैन: महन्थ ठाकुर (भिडियो)

    सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीसँग अहिले छलफल भएको छैन: महन्थ ठाकुर (भिडियो)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ ।

    प्रधानमन्त्री देउवाले मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका बेला नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने विषयमा आफ्नो पार्टीसँग कुनै छलफल नभएको प्रष्टाएको हो ।

    शुक्रबार बबरमहलस्थित आफ्नै पार्टीको केन्द्रिय कार्यालय स्थापना गर्ने क्रममा संञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी दर्ता नै भर्खर भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सोधे मात्रै सरकारमा जाने विषयमा आफूहरुले आवश्यक निर्णय गर्ने पनि स्पष्ट पारे ।

    उनले भने, ‘पार्टी दर्ता नै भर्खर भएको छ । त्यसपछि पनि हामीलाई बोलाउनु हुन्छ, सोध्नु हुन्छ, अनि कुरा राख्छौं । जाने÷नजाने कुरा त मैले भनि सके नि । हाम्रो पार्टी हामी कतिचोटी भेटिसकेका छौ नि, सामूहिक रुपमा पनि भेटी राखेका छौं । अलग–अलग पनि भेटेका छौ । तर कुनै पनि छलफलमा सरकारमा जाने विषयमा छलफल भएको थिएन । किनकी हाम्रो पार्टी निर्माण गर्ने, स्थापना गर्ने कुरा चलिरहेको थियो । त्यसैले सरकारसँग यि कुराहरु पनि उठला वा शेरबहादुर जीले सोध्नु हुन्छ भने हामी यो विषयमा कुरा गर्छौ ।’

    अध्यक्ष ठाकुरले सत्तारुढ गठबन्धनसँग चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरि नसकेको स्पष्ट पारे । उनले सञ्चारकर्मीमाझ भने, ‘हामी सत्तारुढ गठबन्धनमा छैनौं । चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरौंला ।’

     

     

  • चौथाइवाले भेटघाटमा व्यस्त, महन्थसँग छलफल सकियो

    चौथाइवाले भेटघाटमा व्यस्त, महन्थसँग छलफल सकियो

    काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुसँग भेटघाट गरेका छन् ।

    भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था र ठाकुरको नेतृत्वमा नयाँ पार्टी निर्माणको परिस्थितबारे छलफल भएको बताइन्छ । भारतीय जनता पार्टी र नेपालका राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर बनाउने भन्दै चौथाइवाले नेपाल भ्रमणमा आएका हुन् ।

    नेपाली कांग्रेसको मुख्य निमन्त्रणामा नेपाल आएपनि उनले सबै दलका नेतासँग भेट गरिरहेका छन् । हिजो प्रधानमन्त्री एवं काग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका उनल आज विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए ।

    चौथाइवालेले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट गर्ने जनाइएको छ ।

  • सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    सनाखतका लागि माधव नेपाल र महन्थ ठाकुरलाई आयोगले बोलायो

    काठमाडौं । निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूलाई सनाखतका लागि भदौ ९ गते बोलाइएको छ ।

    निर्वाचन आयोगले भदौ ९ गते सम्बन्धित दलको केन्द्रीय समितिमा रहेका नेताहरुलाई नागरिकतासहित सनाखतका लागि उपस्थित हुन निर्देशन दिएको छ । सनाखत सम्पन्न भएपछि आयोगले प्रक्रिया पुर्‍याएर नयाँ दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    राजनीतिक दलसम्बन्धी ऐन दोस्रो संशोधन अध्यादेश जारी भएपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ताको निवदेन आयोगमा दिइएको छ । त्यस्तै जसपा नेपालका महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि पनि आयोगमा निवेदन परेको छ ।

  • महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए

    महन्थको पार्टीको नाम लोसपा, वरिष्ठ नेता थपिए

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाम नपाउने भएपछि महन्थ ठाकुर नेतृत्वको पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिने भएको छ । पार्टीको छोटकरी नाम लोसपा हुनेछ ।

    प्रस्तावित लोसपाका एक नेताका अनुसार अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेतामा राजेन्द्र महतो र शरतसिंह भण्डारी रहने गरी नयाँ कागजात निर्वाचन आयोगमा बुझाइँदैछ । यसअघि महतोमात्रै वरिष्ष्ठ नेता थिए ।

    ‘यसअघि महतोजीमात्रै वरिष्ठ नेता हुनुहुन्थ्यो अब शरतजी पनि वरिष्ठ नेता हुनुभएको छ’, ती नेताले जानकारी दिए । महतोलाई वरिष्ठ नेता बनाइएको विषयमा ठाकुर पक्षमै विवाद बढेको थियो । प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टीको चुनाव चिन्हमा भने साइकल नै प्रस्ताव गरिएको छ ।

  • महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    महन्थ पक्षका नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताको तयारीमा रहेका नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

    महन्थ ठाकुर, राजेन्द्र महतोसहितका शीर्ष नेताहरु बबरमहलमा छलफल गरिरहँदा केही नेताहरु आयोग पुगेका हुन् । नयाँ दल दर्ता प्रक्रिया सुरु गर्न जसपाको ठाकुर पक्षका नेता चन्दा चौधरी लगायतका नेताहरु आयोग पुगेका हुन् ।

  • महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

    महन्थ ठाकुर बालुवाटारमा, निर्वाचन आयोगले दलविहीन बनाइदिएको गुनासो

    काठमाडौं । जसपा नेता महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफू जीवनको उत्तरार्धमा दलविहीन बन्नु परेको भन्दै अध्यादेश ल्याइदिन आग्रह गरेका छन् ।

    राजेन्द्र महतोसहितका नेताहरूलाई लिएर आज विहान बालुवाटार पुगेका ठाकुरले निर्वाचन आयोगले जसपा फुटाएर आफूलाई पार्टीविहीन बनाइदिएको भन्दै चाँडो कानूनी प्रबन्ध मिलाइदिन आग्रह गरेको स्रोतले जनाएको छ ।

    संसद अधिवेशन अन्त्य गरेर सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याउने तयारी गरेको छ । ठाकुर लामो समय कांग्रेसको नेतृत्वमा रहेका नेता भएकाले उनले देउवासँग सहयोग माग्नु स्वभाविक रहेको उनीनिकट नेताले बताए ।

    ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिएकाले देउवाले सकारात्मक आश्वासन दिएका छन् । एमालेविभाजनका लागि अध्यादेश ल्याउनै पर्ने भएकाले सोही अध्यादेशबाट ठाकुरले पनि फाइदा लिन सक्नेछन् ।

    उता जसपाको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

  • महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिकतासम्बन्धी निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर पक्षको रिटमाथि सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।

    न्यायाधीशहरू दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

    निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

    ठाकुर निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरणीय क्षति हुने भन्दै सर्वोच्च पुगेका थिए ।

  • महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

    महन्थ ठाकुर पक्षले आज पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दै

    जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षले आज एकैदिन पाँच जिल्लामा अगुवा कार्यकर्ता भेला गर्दैछ ।

    पार्टीको आधिकारिकता नपाएपछि आफ्नो पक्षमा कार्यकर्ता तान्न ठाकुर पक्ष अगुवा कार्यकर्ता भेला गर्न लागेका हुन् । आज सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा अगुवा कार्यकर्ता भेला गर्न लागिएको जसपाका केन्द्रीय सदस्य सञ्जय चौधरीले जानकारी दिए । जसपाकै ब्यानरमा कार्यक्रम गर्ने उनको भनाई छ ।

    अहिले जसपामै बसेर समानान्तर गतिविधि सञ्चालन गर्ने र निर्वाचन नजिक आएपछि मात्र नयाँ पार्टी दर्ता गराउने रणनीतिका साथ ठाकुर पक्षले अगुवा कार्यकर्ता भेला गर्न लागेका छन् ।

    ठाकुर पक्षका एक नेता भन्छन्, ‘महन्थ ठाकुर पक्षले मधेसको मुद्दा सम्बोधन गराउन अडान लिएकै हो । तर प्रतिगमनलाई साथ दिएको भनेर भ्रम फैलाइएको छ । यो भ्रम चिर्न अगुवा कार्यकर्ता भेला गर्न लागेका छौं ।’

    महोत्तरीको अगुवा कार्यकर्ता भेलाको सम्वोधन गर्न बिहीवार जनकपुर आइपुगेका अध्यक्ष ठाकुरले सांसद पद गुम्ने डरले नयाँ पार्टी दर्ता नगराएको केहिलाई भ्रम रहेको बताएका थिए । ‘सत्य उजागर भएपछि भ्रम टुट्छ,’ उनको भनाई थियो ।

    आज कहाँ कुन नेता पुग्दैछन् ?

    सप्तरी- राजेन्द्र महतो, बृशेषचन्द्र लाल र राजिव झा

    सिरहा- उमाशंकर अरगरिया र जैलुन राइन

    महोत्तरी- महन्थ ठाकुर, निर्जला राउत र शरतसिंह भण्डारी

    बारा- लक्ष्मणलाल कर्ण, रमेश पटेल, बाबुलाल साह

    दाङ- दान बहादुर विश्वकर्मा र बिजय गुप्ता

  • जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो

    जनकपुर पुगेका महन्थले भने- जसपा टुटेको छैन, मधेस मुद्दालाई झट्का लाग्यो

    जनकपुरधाम । निर्वाचन आयोगबाट आधिकारिकता नपाएका महन्थ ठाकुरपक्षले जनता समाजवादी पार्टी (जसपा) कै ब्यानरमा विभिन्न जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

    ठाकुर पक्षले सप्तरी, सिरहा, महोत्तरी, बारा र दाङमा शुक्रबार कार्यकर्ता भेला तय गरेको हो । कार्यक्रममा सहभागी हुन अध्यक्ष ठाकुर र पूर्वमन्त्री उमाशंकर अरगरिया आज जनकपुरधाम आएका छन् ।

    जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले पार्टीको आधिकारिकता विषयमा सर्वोच्चमा मुद्दा चलिरहेकाले तत्काल नयाँ पार्टी नखोल्ने प्रष्ट्याए । उनले भने, ‘अहिले पार्टी टुटेको छैन । मधेसको मुद्दालाई झट्का लागेको छ ।’

    निर्वाचन आयोगबाट जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षले पाएलगत्तै यादवले उनीसहितका नेतालाई कारवाही गरेका थिए । तर, ठाकुरले आफू अहिले पनि अध्यक्ष रहेको दावी गरेका छन् । घुमाउरो भाषामा उनले भने, ‘निर्वाचन आयोगले नै दुई पोष्ट स्वीकारेको छ ।’

    अध्यक्ष ठाकुर र पूर्वमन्त्री अरगरियालाई स्वागत गर्न एयरपोर्टमा नेता/कार्यकर्तामा भीड लागेको थियो । उनीहरूले ठाकुर र अरगरियाको समर्थनमा नाराबाजीसमेत गरेका छन् ।

  • महन्थको दावी- उपेन्द्रले ओली सरकारमा बसेर १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्‍याैं

    महन्थको दावी- उपेन्द्रले ओली सरकारमा बसेर १८ महिनामा गर्न नसकेका काम हामीले १८ दिनमा गर्‍याैं

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओली नेतृत्वको सरकारमा १८ महिनासम्म बस्दा मधेशको माग मुद्दामा उपेन्द्र यादवले गर्न नसकेका काम आफूहरुले १८ दिनमै पूरा गरेर देखाएको बताएका छन् ।

    जसपाको आधिकारिकता नपाएपछि सर्वोच्च अदालतमा मुद्दा लडिरहेका अध्यक्ष ठाकुरले मधेशको माग सम्बोधन गराउनु आफ्नो गल्ति थियो भने यस्तो गल्ति र त्रुटी सधैं गरिरहने समेत बताएका छन् ।

    ठाकुरले बुधवार राति लामो र भाबुक वक्तव्य जारी गर्दै भनेका छन्, ‘के नागरिकताको लागि अध्यादेश ल्याउ लगाउनु त्रुटी हो रु के संविधान संशोधनको निम्ति कार्यदल बनाउन लगाउनु त्रुटी हो रु के उत्पीडित जनजाति र समुदायहरुको पहिचान र अधिकारको निम्ति माग मुद्दा सम्बोधन गराउन सरकारसँग सहकार्य गरि दबाब दिनु अपराध हो रु यदि हो भने जनताको हितका लागि यस्ता गल्ति, त्रुटी र अपराध हामी बारम्बार गर्न तयार छौं ।’

    ठाकुरले उपेन्द्र यादवमाथि प्रश्न उठाउँदै ‘आफू १८ महिना केपी ओलीको सरकारमा बस्दा माग मुद्दाको सबालमा एउटा सिन्को भाँच्न नसक्नेले हामी १८ दिनमै माग मुद्दाहरु पूरा गराउँदा हामीतिर औंला देखाइरहेका छन्’ भन्दै जनतालाई जवाफदिन तयार हुनुपर्ने बताएका छन् ।

    निर्वाचन आयोगले जसपा फुटाएकोमा आपत्ति जनाउँदै ठाकुरले उपेन्द्र यादवले आत्मालोचना गरेर गल्ती स्वीकार गरे जसपामा स्थान दिने भनेकोमा समेत तीव्र आक्रोश व्यक्त गरेका छन् । उनले मधेशका माग मुद्दा सम्बोधन गराउनु आफ्नो गल्ती नभएको भन्दै यादव समक्ष आत्मसमर्पण नगर्ने समेत प्रष्ट पारेका छन् ।

  • जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

    जसपासम्बन्धी निर्वाचन आयोगको फैसलामा सर्वोच्चको कारण देखाउ आदेश

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको फैसलामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।

    जसपाका तत्कालीन अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश दिएको हो ।

    ठाकुरले जसपा विवाद निरुपण गर्न आयोगले गरेको ‘हेड काउन्ट’ र आधिकारिकता दिने निर्णय खारेज गर्न मागसहित सर्वोच्चमा दुईटा रिट दायर गरेका थिए।

    यसविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको सर्वोच्चले दुवै रिट लगाउमा राखेर सँगै सुनुवाइ गर्नसमेत आदेश गरेको छ । हेड काउन्ट गर्दा उपेन्द्र यादव पक्षमा बहुमत देखिएपछि निर्वाचन आयोगले ११ साउनमा पार्टीको आधिकारिकता यादव पक्षलाई दिएको थियो ।

  • महन्थ ठाकुरको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चको आदेश

    महन्थ ठाकुरको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चको आदेश

    काठमाडौं । निर्वाचन आयोगले जसपाको आधिकारिता निरुपण गरेको विषयमा परेका महन्थले दिएको दुवै रिटको एकैपटक सुनुवाइ गर्न सर्वोच्चले आदेश गरेको छ ।

    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले महन्थ ठाकुर पक्षले दायर गरेका दुवै रिटको एकैपटक सुनुवाइ गर्ने गरी लगाउमा राख्न आदेश दिएको हो । ठाकुर पक्षले आधिकारिकतासम्बन्धी निर्वाचन अयोगको फैसलासम्बन्धी दुई रिट सर्वोच्चमा विचाराधाीन छन् ।

    ८ साउनमा पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले सर्वोच्चमा रिट हालेका थिए ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफलपछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो । आजको आधिकारिकतासम्बन्धी सबै रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।

    ठाकुर पक्षले दोस्रो रिट भने उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने आयोगको फैसलाविरुद्ध छ । ११ साउनको निर्णय कार्यान्वयन नगर्न/नगराउन मागसहित हिजो दायर भएको दोस्रो रिटमा निर्णय कार्यान्वयन हुँदा आफूहरुलाई अपूरणीय क्षति हुने उल्लेख छ ।

  • निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    निर्वाचन आयोगको निर्णयले आफूलाई अपुरणीय क्षति भएकाे भन्दै महन्थ ठाकुर सर्वोच्चमा

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको गत ११ साउनको निर्णय कार्यान्वयन नगर्न-नगराउन उनको माग छ ।

    रिटमा ठाकुरले निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने र आफूलगायत सम्पूर्ण सरोकारवालालाई अपूरिणीय क्षति हुने उल्लेख गरेका छन् ।

    ‘सुविधा सन्तुलनको दृष्टिबाट समेत यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन आयोगको मिति २०७८/४/११ गतेको निर्णय कार्यान्वयन नगर्नू नागाउनू भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरी पाउँ,’ रिट निवेदनमा भनिएको छ ।

  • महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    महन्थ ठाकुरको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

    काठमाडौं । जनता समाजवादी पार्टीका पूर्वअध्यक्ष महन्थ ठाकुरले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमाथि सर्वोच्चमा आज पनि सुनुवाइ हुँदैछ ।

    पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै ठाकुरले पक्षले ८ साउनमा सर्वोच्चमा रिट हालेका थिए ।

    आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । सर्वोच्च अदालतले १० साउनमा सुनुवाइको क्रममा अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

    न्यायाधीश कुमार रेग्मीको इजलासले निर्वाचन आयोगमा यसबारे खुल्ला बहस पैरवी गराई निर्णय भएकाले दुवै पक्षसँगको छलफल पछि मात्रै अन्तरिम आदेश दिने, नदिनेबारे निर्णयमा पुग्ने उचित हुने ठहर गरेको थियो । त्यसका लागि आज मिति तोकिएको थियो ।

    निर्वाचन आयोगले ११ साउनमा कार्यकारिणी समिति सदस्यको बहुमत संख्याको आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

  • महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    महन्थदेखि रेशम चौधरीसम्म जसपाबाट हटाइए, निर्वाचन आयोगविरुद्ध अर्को पक्ष अदालत जाने

    काठमाडौं । पार्टीको आधिकारिकता पाएको भोलिपल्ट अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकले अर्का अध्यक्ष महन्थ ठाकुरदेखि रेशम चौधरीसम्मलाई कारबाही गरेको छ।

    बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकले सनाखत गर्दा आफ्नो पक्षमा नउभिएका सबैलाई पार्टीबाट निस्काशन गरेको हो ।

    सोमबार निर्वाचन आयोगमा सनाखत गर्दा यादवको पक्षमा ३४ जना उभिएका थिए भने ठाकुरको पक्षमा १६ जना उभिएका थिए । ५१ सदस्यीय कार्यकारिणी समितिमा रेशम चौधरी तटस्थ बसेका थिए ।

    ठाकुर पक्षमा उभिने सबैलाई कारबाही गरेपछि हाललाई कार्यकारिणी समिति ३४ सदस्यीय रहने जसपाले बताएको छ।

    यसैबीच ठाकुर पक्ष निर्वाचन आयोगविरुद्ध अदालतमा जाने भएको छ । आयोगले यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्ष असन्तुष्ट बन्दै आयोगविरुद्ध अदालत जान लागेको हो।

  • महन्थ ठाकुर पक्ष रणनीति बनाउँदै, आयोगको फैसलाबारे प्रदेश र संघीय सांसदहरू छलफलमा (भिडियो)

    महन्थ ठाकुर पक्ष रणनीति बनाउँदै, आयोगको फैसलाबारे प्रदेश र संघीय सांसदहरू छलफलमा (भिडियो)

    काठमाडौं । जसपाको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल गरेको छ । ठाकुर पक्षका संघीय र प्रदेश सांसदहरूले निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा गरेको फैसलापछि उत्पन्न परिस्थिति र भावी रणनीतिबारे छलफल गरेका छन् ।

    फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरु भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने बताए । कर्णले भने, ‘सरकारलाई समर्थन गरियो । तर सहभागी हुँदैनौं । अहिले पनि विपक्षमा बस्छौं ।’

    ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाई दिएको आरोप लगाउँदै आएको छ । सोमबार ५१ जना केन्द्रिय कार्यकारिणी समितिका सदस्यहरूमध्ये ३४ जनाको समर्थन रहेपछि आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको थियो ।

  • एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    एक वर्ष अघि उपेन्द्रलाई ‘रेस्क्यू’ गरेका महन्थ आफैं दुर्घटनामा

    काठाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा अन्तिम फैसला दिन निर्वाचन आयोगले सनाखत लिँदै गर्दा महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षका नेता-कार्यकर्ताको अनुहारमा छुट्याउन सकिने गरी फरकपन थियो । कार्यकारणी सदस्यहरुको सनाखत नसकिँदै उनीहरुमा आयोगको सम्भावित परिणामको पूर्वानुमान भइसकेको थियो । त्यसैले ठाकुर पक्ष मलिन अनुहार लिएर हिँडिरहेको थियो भने यादव पक्ष नेताहरु प्रफुल्लित मुद्रामा थिए ।

    आयोगले ठाकुर पक्ष र यादव पक्षका लागि बेग्ला बेग्लै सनाखत स्थलको व्यवस्था गरिदिएको थियो । त्यहाँ देखिएको माहोलबाटै सम्भावित फैसलाको पूर्वानुमान गर्न सकिन्थ्यो ।

    त्यसैले आयोगको फैसला पूर्व नै ठाकुर पक्षका दुई वरिष्ठ नेताले हार स्वीकार गरेको भावमा आफ्ना अभिव्यक्ति दिएका थिए । एक वर्षअघि आफूहरुकै कारण उपेन्द्र यादवको उद्धार भएको तर अहिले आफ्नै लागि दुर्भाग्यपूर्ण अवस्था आएको भनाइ राजेन्द्र महतो र शरदसिंह भण्डारीले मिडियासामू राखे ।

    महतोको भनाइ थियो, ‘उपेन्द्र यादवको पार्टी हामीले एक वर्ष पहिले बचाइदिएका थियौं । एक सालभित्रै यो अवस्था आउला भनेर कल्पना पनि गरिएको थिएन । तर, दुर्भाग्यपूर्ण अवस्था आयो ।’

    अनि भण्डारीले भनेका थिए, ‘हामीले अहिले विभाजन मागेको होइन । जसपा एकीकरणको बेला उपेन्द्र यादवको अनुहार र अवस्था कस्तो थियो जगजाहेर छ । साँच्चै भन्ने हो भने हामीले उपेन्द्रजीलाई रेस्क्यू गरेका थियौं ।’

    दुवै नेताको भनाइमा रेस्क्यू गरिएका नेताबाट आफूहरु दुर्घटनामा पारिएको भाव व्यक्त थियो ।

    एक वर्ष अघिको त्यो रेस्क्यू

    जसरी अहिले जसपाको विभाजनमा एमाले अध्यक्ष केपी शर्मा ओली जोडिन आइपुग्छन्, त्यसरी नै संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीबीचको एकिकरणमा पनि उनै जोडिन्छन्।

    बाम गठबन्धनले पाएको सुविधाजनक मत लिएर प्रधानमन्त्री बन्न तयार रहेका ओलीसँग संघीय समाजवादी पार्टी मिसिएपछि सरकार झण्डै दुई तिहाइ हाराहारीको बन्न पुग्यो । अर्को मधेशवादी पार्टी भने विपक्षमा बस्यो ।

    उपेन्द्र यादव आफैंले रोजेको मन्त्रालयसहित संघीय समाजवादी पार्टीको नेृत्व गर्दै ओली सरकारमा सहभागी भए । सरकार गठनको एक वर्ष पुगेपछि जसरी प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै थियो, त्यसैगरी यादवको पार्टीमा पनि विवाद बढ्दै थियो ।

    ओलीलाई पनि आफ्नैहरुबाट संकट सिर्जना भइरहेको थियो भने यादवले पनि त्यस्तै अवस्था पार्टीमा भोगिरहेका थिए । यहीबीचमा प्रधानमन्त्री ओलीसँगको ‘टसल’ का कारण यादव करिब डेढ वर्षमै सरकारबाट बाहिरिए ।

    प्रधानमन्त्री ओलीले आफूलाई सोध्दै नसोधी आफ्नो मन्त्रालय परिवर्तन गरिदिएकोमा अपमानित भएको अनुभव गरिरहेका थिए । त्यस्तोमा उनले सरकारमा बसिरहन ठीक ठानेनन् । तर, उनकै पार्टीका मोहमद इस्तियाक राइ लगायतका केही मन्त्रीले सरकार छाड्न चाहेका थिएनन् ।

    यादवको पार्टीका करिब आधा दर्जन सांसद दल विभाजन गरेरै भए पनि सरकारमै रहिरन चाहन्थे । पार्टीभित्र संकट झेलिरहेका ओलीले त्यसलाई टार्न यो विभाजनलाई अवसर ठाने । यादव पक्षका ८/१० जना सांसद आफ्नो पार्टीमा ल्याउन सकिएकमा आफू दुर्घटनाबाट बच्ने अनुमान ओलीको थियो । त्यही मेसोमा २०७७ वैशाख ८ गते ओलीले दल फुटाउन सजिलो हुने अध्यादेश ल्याइदिए । ओलीले यो अध्यादेश आफ्नो फाइदा र यादवको पार्टीबाट फुट्न चाहनेलाई सजिलो हुनेगरी ल्याइदिएका थिए । नेकपाभित्रै व्यापक विरोध भएको र यादवले आफ्नो पार्टी फुटाउन ल्याइएको भनेर चर्को विरोध गरेपछि त्यो ओलीका लागि प्रत्युपादक भयो ।

    पार्टीभित्र र बाहिरको चर्को दवाव थेग्न गाह्रो भएपछि ओलीले अध्यादेश फिर्ता लिनुपर्ने अवस्था आयो । तर, अध्यादेश ल्याएको दुई दिनमै घट्ने जति राजनीतिक घटना घटिसकेका थिए ।

    यादवको पार्टीका सांसद सुरेन्द्र यादव अपहरणमा परेको हल्ला चल्यो । उनी ओली सरकारमा यादव स्वाथ्यमन्त्री हुँदा राज्यमन्त्री थिए । अध्यादेश ल्याएको दुई दिनपछि १० बैशाखको साँझ ७ बजेपछि यादव बेपत्ता भएको खबर मिडियामा फैलियो । त्यसले अर्को तरङ्ग ल्याइसकेको थियो । उता यादवको अवस्था अज्ञात थियो, अर्कोतिर आफ्नो दल विभाजन रोक्न उपेन्द्र यादव लागिसकेका थिए ।

    यादव र बाबुराम भट्टराई राजपासँग एकीकरण गर्ने वार्तामा जुटे । त्यही दिनको मध्यरातमा यादवको पार्टी र राजपाबीच एकीकरण गरेर जसपा बनाउने सहमति चमत्कारिक ढंगले भयो । मध्यरातमै ४ बुँदे सहमति सार्वजनिक भयो।

    उता काठमाडौंको मेरियट होटेलमा अपहरणमा परेका भनिएका सांसद यादव रहेको खबर पनि आयो । साथमा थिए, एमाले नेता महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल । यसलाई धेरैले अपहरण भने । तर, यादवलगायत उनीसँगै रहेकाले सहमतिमा आएको बताए ।

    घटना जे भएको भए पनि दुई पार्टीबीच भएको एकीकरणपछि यसको खास अर्थ भएन । यादवको पार्टी विभाजन हुनबाट जोगियो । एक प्रकारले महन्थ ठाकुरहरुले उपेन्द्र यादवको रेस्क्यू भएको थियो ।

    विभाजनका खास कारण

    समाजवादी पार्टीको अहिलेको विभाजनमा पनि एमाले अध्यक्ष ओली नै जोडिन आइपुग्छन् । गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरे । त्यस बेला ठाकुर र यादव ओलीको कदमको विरोधमा उत्रिए । विघटनविरुद्ध छिटो प्रतिक्रिया व्यक्त गर्दै ठाकुर र यादवको हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा भनिको थियो, ‘प्रतिनिधि सभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो । यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा हो । तसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं ।’

    तर, दोस्रो विघटनमा जसपा भित्रको अवस्था फरक रह्यो । अदालते पहिलो विघटन बदर गरिदिएपछि ओलीसँग ठाकुरको सामिप्यता बढ्यो । दोस्रो विघटनमा ठाकुर पक्ष मौन रह्यो । यादव पक्षले भने तिब्र विरोध गर्‍यो । यहीबीचका सरकारसँग केही सम्झौता गरेर ठाकुर पक्ष सरकारमा समेत सहभागि भयो । यसले पहिले नै एकजुट नरहेको जसपामा तिब्र विभाजन ल्याइदियो ।

    एउटा पक्ष सरकारमा सहभागी भयो, अर्को पक्षले विघटनको विरोध गर्यो । ओलीले विश्वासको मत लिँदा ठाकुर तटस्थ बसे, यादव पक्ष ओलीको विपक्षमा । ठाकुर तटस्थ बसेकै कारण विपक्षी गठबन्धनले बहुमत पुर्याउने योजनामा धक्का लाग्यो ।

    सरकारमा गएको १२ दिनमै अदालतले त्यसलाई उल्ट्याइदियो । ठाकुर पक्ष सरकारबाहिर भयो । जसपा विवाद निर्वाचन आयोगमा पुग्यो । एकले अर्कालाई पार्टीबाटै निस्कासन गरे । अदालतले संसद विघटन फेर पनि उल्ट्याइदियो । ओलीले पनि सरकार छाड्नुपर्ने अवस्था आयो । र, आज आयोगले फैसला गर्दै यादव पक्षलाई आधिकारिकता दियो ।

    ठाकुरका सीमित विकल्प

    ओली कदमको विरोधमा उत्रिएको तत्कालीन विपक्षीले स्वयं ठाकुरलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको थियो । तर, ठाकुर त्यसमा तयार भएनन् । दोस्रो संसद विघटन अघिसम्म एक हिसाबले ठाकुर अबसरै अबसरको बीचमा थिए, तर उनले त्यसलाई उपयोग गरेनन् ।

    कुनै बेला प्रधानमन्त्री नै बन्न सक्ने अवसरले घेरिएका ठाकुर निर्वाचन आयोगको आजको फैसलापछि ‘राजनीतिक दुर्घटना’ मा परेका छन् । दलबिहीन अवस्थामा पुगेका छन् उनी । उनको रेक्यू गर्न अहिले उपेन्द्र यादव साथमा हुने छैनन् ।

    आयोगकै फैसला अनुसार अब नयाँ दल दर्ता गर्ने बाहेक उनीसँग कुनै विकल्प र अबसर छैन । केन्द्रीय कार्यकारणी समिति र संसदीय दलमा ४० प्रतिशत नपुग्ने भएकाले ठाकुरसँग रहेका सांसद जसपा छाडे कारवाहीमा पर्ने छन् ।

    विभिन्न समूह जोडेर राजपा बनाएका ठाकुरको संठन यसअघि नै मजबुत थिएन । अहिले पहिले साथमा रहेका समेतले साथ छोडेपछि यादव झन् कमजोर बनेका छन् । जीवनको उत्तरार्धमा ठाकुरले फेरि शून्यबाट शुरुवात गर्नुपर्ने छ । नयाँ पार्टी खोलेर गरिएको उनको आह्वान जनताले पत्याइहाल्छन् भन्ने कुराको पनि केही ग्यारेन्टी छैन ।

  • बहादुर भवनमा हेड काउन्ट- निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र

    बहादुर भवनमा हेड काउन्ट- निरीह ठाकुर, विजयी मुद्रामा उपेन्द्र

    काठमाडौं । जनता समाजवादी पार्टीभित्रको शक्ति सन्तुलनमा सत्ता परिवर्तनसँगै व्यापक हेरफेर भएको छ । केपी ओली नेतृत्वको सरकारमा सहभागी हुँदा जसपाको महन्थ ठाकुर पक्ष संसदीय दलमा करीव दुईतिहाई बहुमतमा थियो भने कार्यकारिणी समितिमा पनि लगभग हाराहारी थियो ।

    तर, सत्ता परिवर्तनसँगै उपेन्द्र यादव पक्ष दुई तिहाई नजिक पुगेको छ भने ठाकुर पक्ष निरीह बनेको छ । एक वर्षअघि राजपा र समाजवादी पार्टी एकीकरण हुँदाको शक्ति अब ठाकुरले गुमाएका छन् । पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउँदै गर्दा ठाकुरले केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर ४० प्रतिशत नपाउने अवस्था देखिएको छ ।

    ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र पक्षमा सनाखत गरिसकेका छन् भने जेलमा रहेका रेशम चौधरीले पनि यादवलाई साथ दिने बताइएको छ । ठाकुर पक्षमा कार्यकारिणी समितिका १६ जना पनि नपुग्ने यादवनिकट नेताहरूको दावी छ ।

    निर्वाचन आयोगले यादवलाई आधिकारिकता दियो भने ठाकुरलाई अर्को दल दर्ता गर्ने मौका दिन्छ । तर, ४० प्रतिशत पुगेन भने सांसद पद धरापमा पर्ने अवस्था हुन्छ र ठाकुर अझ कमजोर हुन्छन् । जसपाका ३२ सांसदमध्ये १९ जना यादव पक्षमा पुगिसकेका छन् ।

    बहादुरभवनस्थित निर्वाचन आयोगमा हेड काउन्ट हुँदा ठाकुर पक्ष निरीह र यादव पक्ष विजेताका रूपमा देखिएका छन् । ठाकुर पक्षका नेता केशव झाले आफ्नो समूहमा कति जना छन् भन्न सकेनन् ।

  • जसपाको हेड काउन्ट : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा

    जसपाको हेड काउन्ट : महन्थ पक्षका राजकिशोर र मनिष सुमन उपेन्द्रको लाइनमा

    काठमाडौं ।जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लगाउन निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरूको हेड काउन्ट गर्दा महन्थ ठाकुर पक्षका दुई नेता उपेन्द्र यादव पक्षको लाइनमा उभिएका छन् ।

    केपी ओली नेतृत्वको सरकारमा मन्त्रीसमेत बनेका राजकिशोर यादव र प्रदेश २ का सांसद मनिस सुमन अन्तिम समयमा यादव पक्षमा लागेपछि महन्थ पक्ष झन् कमजोर बनेको छ ।

    महन्थ पक्षले हेड काउन्ट रोकेर सर्वोच्च अदालतले साउन १५ मा बोलाएको सुनुवाइ सकिएपछिमात्र गर्न निर्वाचन आयोगलाई आग्रह गरेको थियो । तर, आयोगले ठाकुरको कुरा सुनुवाइ नगरी जसपाको आधिकारिकता टुंगो लगाउन लागेको छ ।

  • महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग

    महन्थ ठाकुरको मुद्दा कुमार रेग्मीको इजलासमा, हेड काउन्ट रोक्न अन्तरिम आदेश माग

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादमा निर्वाचन आयोगले गर्न लागेको ‘हेड काउन्ट’विरुद्ध पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज सुनुवाईको पेशी तोकिएको छ ।

    न्यायाधीश कुमार रेग्मी एकल इजलासमा पेशी तोकिए पनि अन्तिममा रहेकाले आजै सुनुवाइ नहुने सम्भावना छ । आयोगले भोलि जसपाका दुवै पक्षका कार्यकारिणी समिति सदस्यहरुलाई नागरिकता प्रमाणपत्रसहित सनाखतका लागि बोलाएको छ ।

    ठाकुरले पनि आयोगको सो निर्णय एकपक्षीय भएको र आफूले अधिकारप्राप्त अध्यक्षका हैसियतमा गरेको हेरफेरलाई मान्यता नदिएको भन्दै आयोगको सो निर्णय कार्यन्वयन रोक्न अदालतमा शुक्रवार रिट दर्ता गराएका थिए ।

  • निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा, साउन ११ को ‘हेड काउन्ट’ रोक्न माग

    निर्वाचन आयोगविरुद्ध महन्थ ठाकुर सर्वोच्चमा, साउन ११ को ‘हेड काउन्ट’ रोक्न माग

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफूले वैधानिकरूपमा पार्टीको निर्णयबमोजिम हेरफेर गरेको केन्द्रीय कार्यकारिणी समितिलाई मान्यता नदिई पुरानै समितिको ‘हेड काउन्ट’ गर्ने निर्वाचन आयोगको निर्णय रोक्न अदालत पुगेका छन् ।

    अध्यक्ष ठाकुरको तर्फबाट प्रदीपकुमार पाठकले शुक्रबार सर्वोच्चमा दायर गरेको रिटमा जसपा विवाद निरुपणको क्रममा साउन ११ गते बहुमत परीक्षण गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।

    रिटमा जसपा नेपालको हेरफेरसहितको केन्द्रीय कार्यकारिणी समितिलाई अध्यावधिक नगरी विवाद निरुपणको प्रक्रिया अगाडि बढाउँदा हेरफेरबाट थपिएका सदस्यहरूको अधिकार खोसिने भन्दै अन्तिम किनारा नलागेसम्म सो निर्णय कार्यन्वयन नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश मागिएको छ ।

  • महन्थलाई देउवाको प्रश्न- सरकारमा आउने हो र ?

    महन्थलाई देउवाको प्रश्न- सरकारमा आउने हो र ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच ‘वान टु वान’ वार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगेका ठाकुरले प्रधानमन्त्रीसँग जसपाको केन्द्रीय कार्यकारिणी समितिले गरेका निर्णय र राखेका मागबारे जानकारी गराएको बताइएको छ । जसपाको ठाकुर पक्षले संविधान संशोधन, रेशम चौधरीलगायतका नेता कार्यकर्ताको रिहाइ, मुद्दा फिर्तालगायतका माग पूरा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको थियो ।

    ‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्षज्यूले पार्टीका राजनीतिक मागहरू राख्नुभएको छ । विश्वासको मत दिनुअघि नै प्रधानमन्त्रीले केही प्रतिबद्धता गर्नुभएको छ । त्यसैलाई स्मरण गराउने काम भएको छ’, ठाकुरनिकट एक नेताले भने ।

    ठाकुरसँगको भेटमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा राखेको बताएका थिए । देउवाले ठाकुरलाई सरकारमा सहभागी हुनेबारे जिज्ञासा समेत राखेका थिए । ‘प्रधानमन्त्रीले विश्वासको मत दिएकोमा धन्यवाद दिनुभयो, माग पूरा गर्न सकारात्मक रहेको बताउनुभयो र सरकारमा आउनेबारे महन्थजीको धारणा सोध्नुभयो’, भेटबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो ।

    जवाफमा ठाकुरले सरकारमा सहभागी हुनेभन्दा माग पूरा गराउने आफ्नो उद्देश्य रहेको बताएका थिए । ठाकुरले सरकारले आफ्ना माग पूरा गर्न सक्रियता देखाए सरकारमा सहभागी हुन समस्या नरहेको बताएका थिए । ‘हाम्रो पार्टीमा केही समस्या छ, त्यो टुंगो लाग्नुपर्ने छ । हाम्रो माग पूरा गर्नुपर्‍यो, सरकारमा जानेबारे हामी विचार गर्छौं’, ठाकुरलाई उद्धृत गर्दै स्रोतले भन्यो ।

  • विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता पूरा गर्न महन्थद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले विश्वासको मत लिनुअघि गरेको प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।

    जसपाको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले संविधान संशोधन, रेशम चौधरीलगायत बन्दीहरूको रिहाई, नागरिकतासम्बन्धी समस्या समाधान, स्थानीय तहको पुनःसरंचना, लाल आयोगको प्रतिवेदन सार्वजनिकलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

    बैठकपछि विज्ञप्ति जारी गर्दै अध्यक्ष ठाकुरले आफ्ना माग पूरा गराउन वर्तमान प्रधानमन्त्रीसँग माग गर्ने र अघिल्लो सरकारले गरेका सकरात्मक कामका लागि धन्यवाद दिने निर्णय भएको जनाएका छन् ।

    बैठकले कोभिड १९ को खोप सबै नागरिकलाई तत्काल उपलब्ध गराउन तथा विपन्न नागरिकका लागि विशेष आर्थिक प्याकेज घोषणा गर्नसमेत सरकारसँग माग गरेको छ । त्यस्तै वर्षाका कारण मुलुकको विभिन्न स्थानमा बाढी, पहिरो र डुबानजस्ता समस्यामा परेका जनतालाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति सुनिश्चित गर्न समेत जसपाले माग गरेको छ ।

  • देउवालाई विश्वासको मत दिने महन्थको घोषणा

    देउवालाई विश्वासको मत दिने महन्थको घोषणा

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।

    प्रतिनिधिसभामा बोल्दै ठाकुरले प्रधानमन्त्री देउवालाई बधाईसँगै सफल कार्यकालको शुभकामना पनि दिए । पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएकोमा ठाकुरले गुनासो गरे । ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन’, ठाकुरले भने ।

    देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य जड नै संविधान रहेको ठाकुरले बताए । ‘हामीले बारम्बार भनेका छौं कि संविधान नै गलत छ । राजनीतिक अस्थिरताको जड यही संविधान हो’, ठाकुरले भने ।

    प्रधानमन्त्री देउवाले पत्र पठाएर समर्थन मागेको र माग पूरा गर्ने वचन दिएको भन्दै ठाकुरले अहिलेको संविधानबाट उत्पीडनमा परेकाले केही नपाउने आफ्नो ठहर रहेको बताए । नागरिकताको विषयमा अघिल्लो सरकारले सकरात्मक काम गरेको भन्दै ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

  • महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

    महन्थ ठाकुर पक्षले पनि दिने भयो देउवालाई विश्वासको मत

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिए ।

    प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत मागेका थिए । संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाको भनाई छ । यसबारे निर्णय लिन ठाकुर पक्षका सांसदहरु छलफलमा छन् ।

  • देउवाले महन्थसँग मागे विश्वासको मत

    देउवाले महन्थसँग मागे विश्वासको मत

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग विश्वासको मत मागेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले औपचारिक पत्र लेखेरै ठाकुरसँग विश्वासको मत मागेका हुन् ।

    जसपाको ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो ।

    प्रधानमन्त्री देउवाले लेखेको पत्रमा भूमिका नबाँधी विश्वासको मत मात्रै मागिएको छ । ‘प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेकोले उक्त प्रस्तावमा यहाँ र यहाँ सम्वद्ध माननीय सदस्यहरुको तर्फबाट समर्थन गर्न गराईदिनुहुन हार्दिक अनुरोध गर्दछु’ देउवाले ठाकुरलाई पठाएको पत्रमा उल्लेख गरिएको छ ।

    देउवाले पत्र पठाएपनि ठाकुरसहितका सांसदहरूले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । उनीहरू प्रतिनिधिसभाको जारी बैठकमा प्रतिपक्षको लहरमा बसेका छन् ।

     

  • जसपा संसदीय दलमा उपेन्द्र पक्षको बहुमत, ६ जनाले छाडे महन्थको साथ

    जसपा संसदीय दलमा उपेन्द्र पक्षको बहुमत, ६ जनाले छाडे महन्थको साथ

    काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले निर्णय सुनाउन लागेका बेला उपेन्द्र यादव पक्षले संसदीय दलमा पनि बहुमत जुटाएको छ ।

    जसपा उपेन्द्र पक्षको आइतबार पार्टी कार्यालय बालकुमारीमा बसेको संघीय संसदीय दलको बैठकमा १९ जना सांसद उपस्थित भएर हस्ताक्षर गरेका छन् । तीमध्ये दुईजना राष्ट्रियसभाका छन् ।

    जसपाका प्रतिनिधिसभामा निलम्बितबाहेक ३२ जना र राष्ट्रियसभामा तीनजना सांसद छन् । आइतबारको बैठकमा प्रतिनिधिसभाका १७ जना सांसद उपस्थित भएको र एकजना रुही नाज सर्लाहीमा रहेकाले उपस्थित हुन नसकेको नेता इस्तियाक राईले बताए ।

    राष्ट्रियसभाका तीनमध्ये मृगेन्द्रकुमार सिंह र प्रमिलाकुमारी यादव उपेन्द्र पक्षमा खुलेका छन् । प्रतिनिधिसभाका १२ जनाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउँदै अदालत गएका थिए ।

    तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रमोद साह,नरमाया ढकाल, रेणुका गुरुङ, रुही नाज, अमृता अग्रहरी र रानी मण्डलले ठाकुर पक्ष छाडेका छन् ।

    अब ठाकुरको पक्षमा १४ प्रतिनिधिसभाका १४ र राष्ट्रियसभाका एक सांसद बाँकी रहेका छन् ।

  • जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

    जसपाका दुवै पक्ष निर्वाचन आयोग जाँदै

    काठमाडौं । विभाजनउन्मुख जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष निर्वाचन आयोगमा जाने भएका छन् ।

    पार्टीमा विवाद बढेपछि दुवै पक्षले एक अर्को पक्षलाई कारवाही गर्दै आफू नै आधिकारिक भएको दावीसहित आयोगमा निवेदन दिएका थिए ।

    आयोगले त्यसलाई प्रक्रियामा अगाडि लिएर दुवै पक्षलाई छलफलका लागि आज बोलाएको छ ।

    उनीहरूलाई राजनीतिक दल सम्बन्धी ऐनको दफा ४४ को उपदफा ४ बमोजिम छलफलका लागि बोलाइएको हो ।

  • महन्थले बोलाए जसपा बैठक, पुस ७ को माइन्युट बोकेर आधिकारिकता माग्ने

    महन्थले बोलाए जसपा बैठक, पुस ७ को माइन्युट बोकेर आधिकारिकता माग्ने

    काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन् । बुधवार कानून व्यवसायीसँग छलफल गरेका ठाकुरले पार्टीको आधिकारिकता दावीका लागि निर्वाचन आयोग जानुअघि बैठक बोलाएका हुन् ।

    जसपाका दुई अध्यक्षमध्ये उपेन्द्र यादव पक्षले अलग्गै बैठक राखेर ठाकुरमाथि कारवाही गरिसकेको छ । पार्टीको प्रथम अध्यक्ष र २०७७ पुस ७ गतेको बैठकले कार्यकारिणी समितिमा हेरफेर र निर्णय प्रमाणिकरणको अधिकार ठाकुरलाई दिएका कारण आयोगमा सोही आधारमा दावी प्रस्तुत गर्ने तयारी छ ।

    ठाकुरले पुस ७ को सोही बैठकको अधिकार प्रयोग गरेर कार्यकारिणी समितिमा २० जना सदस्य थप गरेर निर्वाचन आयोगलाई पठाएका थिए । यादव पक्षले भने पुस ७ को बैठकले ठाकुरलाई त्यस्तो अधिकार नदिएको भन्दै किर्ते गरेको आरोप लगाएको छ ।

    जसपा अध्यक्ष ठाकुरले कार्यकारिणी समिति र विघटित प्रतिनिधिसभाका सदस्यहरुसँग छलफल गरेपछि आयोगले दिएको १५ दिनको समयभित्र जवाफ पठाउने नेता राजकिशोर यादवले बताए ।

    जसपाको विवाद अहिले निर्वाचन आयोगमा विगतको नेकपाको जस्तै जेलिएको छ । नेकपाको पालामा पनि दुई अध्यक्ष र दुईथरी बैठकका निर्णयले मान्यता नपाउँदा नपाउँदै नेकपा नै अदालतबाट खारेज भएको थियो ।

    जसपामा पनि पुस ७ गतेपछि एकीकृत ढंगले पार्टीको बैठक बस्न सकेको छैन । त्यसयताका बैठक एकपक्षीय र विवादित छन् ।