Tag: मर्जर

  • सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन तयार

    सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन तयार

    काठमाडौं । इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुने भएका छन् । आइतबार बसेको हिमालयन बैंकको संचालक समिति बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको हो ।

    नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरका लागि वैशाख ३० गते नै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । तर, कार्यान्वयन भएको थिएन ।

    मर्जरमा जाने भन्दै छलफल गरिरहेका इन्भेष्टमेन्ट र हिमालयन बैंकलाई राष्ट्र बैंकले २ पटक म्याद समेत थपेको छ ।

    राष्ट्र बैंकले पछिल्लोपटक थप गरेको म्यादभित्रै मर्जरको काम सक्ने गरी प्रक्रिया अघि बढेको हिमालयन बैंक संचालक समितिका एक सदस्यले बताए ।

    हिमालयन र इन्भेष्टमेन्ट बैंकका बीच समान हैसियत सेयर अनुपातका आधारमा मर्जर हुनेछ । बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको छ ।

  • बिग मर्जरमा तुलसी गौतमको अस्वाभाविक चलखेल, शीर्ष नेताका नाममा ‘डिल’ गरेको आरोप

    बिग मर्जरमा तुलसी गौतमको अस्वाभाविक चलखेल, शीर्ष नेताका नाममा ‘डिल’ गरेको आरोप

    काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच हुने भनिएको नेपालको दोस्रो ठूलो मर्जरमा कर्मचारी सञ्चय कोषका प्रशासकसमेत रहेका हिमालयन बैंकका अध्यक्ष तुलसी गौतमले अस्वाभाविक सक्रियता देखाएपछि बैंकिङ क्षेत्रमा खैलाबैला मच्चिएको छ ।

    यसअघि केपी ओली प्रधानमन्त्री भएको बेला पनि मर्जरको विषयमा अनावश्यकरूपमा सक्रिय भएका गौतमले सरकार मिलाउने जिम्मा लिएको भन्दै अर्थ संकलन गरेको आरोप लागेको थियो ।

    सञ्चयकोषको प्रशासक पदमा रहनका लागि कि कर्मचारी हुनुपर्ने, कि सन्चयकर्ता हुनुपर्नेमा दुवै नभएकाले गौतमले शक्ति प्रयोग गरेर पदमा टिकेका गौतमलाई पदमुक्त गरिएको पत्र गइसकेको छ ।

    उनी सञ्चयकोषकै तर्फबाट हिमालयन बैंकको सञ्चालक समितिमा छन् । पदमुक्त भएको पत्र कार्यन्वयन नगराउन गौतमले कांग्रेस सहमहामन्त्रीसमेत रहेका हिमालयन बैंकका सञ्चालक सुनिल थापामार्फत प्रधानमन्त्री देउवासम्म पुगेको बताइएको छ ।

    सरकार परिवर्तनपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मामार्फत काम गराउने जिम्मा लिएर ठूलो परिणाममा रकम संकलन गरेको आरोप गौतममाथि लागेको छ ।

    स्रोतका अनुसार बिग मर्जरको काम नसकिन्जेल प्रचण्डले तुलसी गौतमलाई सञ्चयकोषको प्रशासकबाट नहटाउन भनेको भन्दै उनी आफैंले प्रचार गराएका थिए ।

    अरुले मर्जर गराउन नसक्ने भन्दै गौतमले प्रचण्डलाई कन्भिन्स गरेको हिमालयन बैंक स्रोतले जनाएको छ । गौतम पदमुक्त भइसकेको तर पनि अझै थमौतीमा लागेको सञ्चयकोष स्रोतले जनाएको छ ।

    गौतमले अर्थमन्त्रीभन्दा माथिल्लो ठाउँमा व्यवस्थापन गरेपछि एकाएक ओली सरकारको पालामा भन्दा बलियो बनेको अर्थ मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् । ५८ वर्षे उमेर हदका कारण गौतमले २०७६ साल जेठ १५ गते नै अवकाश पाएका थिए ।

    सरकार परिवर्तनपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मामार्फत काम गराउने जिम्मा लिएर ठूलो परिणाममा रकम संकलन गरेको आरोप तुलसी गौतममाथि लागेको छ ।

    ऐनमा कोषको प्रमुख प्रशासक बन्नको लागि सञ्चयकर्ता वा कर्मचारी हुनुपर्छ तर उनले ओली सरकारका पालामा युवराज खतिवडाको साथ पाएर पदावधि निरन्तर गराएका थिए । जबकी यसअघि कर्मचारी सञ्चयकोषको सञ्चयकर्ता नभएका कारण रमेश भट्टराईलाई प्रमुख प्रशासक पदबाट २०६८ मा हटाएका थियो ।

    स्रोतले भन्यो, ‘तुलसी गौतमबाट काम लिन सकिन्छ भन्ने शीर्ष नेताहरूले बुझिसकेका छन् । बिग मर्जर गराएर तुरुन्तै ५० करोड रूपैयाँ पार्टी सञ्चालनका लागि दिने र त्यसको दुई महिनाभित्र अर्को थप २ अर्ब रूपैयाँ उठाउने जिम्मा लिएको ठूला घरानाहरूमा खबर पुगिसकेको छ ।’

    गौतमले राष्ट्र बैंकमा पनि आफ्नो प्रभाव देखाउन थालेका छन् ।

    कहाँ पुग्यो मर्जर प्रक्रिया ?

    हिमालयन र नेपाल इन्भेष्टमेन्टको अन्तिम लेखापरीक्षण सम्पन्न गरी लेखापरीक्षकले एजीएम आव्हान गर्ने भएकाले गर्ने भएकाले मर्जरसम्बन्धी काम रोकिएको छ ।

    दशैंअगाडि नै एकीकृत कारोबार हुने बताइएपनि मर्जरमा भएको लेखापरीक्षणसम्बन्धी ढिलाइका कारण तिहारपछि मात्रै एकीकृत कारोबार सञ्चालनमा आउने भएको छ ।

    संयुक्त मर्जर कमिटीले नेपाल राष्ट्र बैंकमा असार ६ गते दुवै बैंक मर्जर प्रकृयामा जान लागेको पत्र पठाएको थियो । नेपाल राष्ट्र बैंकको उक्त पत्रका आधारमा ३ महिनाभित्र मर्जरका लागि समय उपलब्ध गराएको छ ।

    नेपाल राष्ट्र बैंकले दिएको ३ महिनाको समय सीमा असोज ६ गते सकिँदैछ । यो अवधिमा थ्रेसहोल्ड सकिए पनि समय थप गर्न विषयमा दुवै बैंक तयार देखिएका छन् ।

    यी बैंकबीचको मर्जर प्रकृया दुवै बैंकको साधारणसभाका कारण रोकिएको नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले बताए ।

    ‘दुवै बैंकको बाह्य लेखापरीक्षण सकेर एजीएम बोलाएपछि मात्रै मर्जरसम्बन्धी सम्पूर्ण कामहरू सकिने हो । तर, साधारणसभा बोलाउने कुरा हाम्रो हातमा छैन । त्यो अडिटरको हातको कुरा भएकाले मर्जर अलि ढिला भएको हो’, उनले भने ।

    मर्जरको काम अगाडि बढ्नुभन्दा अगाडि नै सेयर कारोबार रोक्का गरेको भन्दै लगानीकर्ताले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । त्यस्तै कर्मचारी व्यवस्थापन तथा वृत्तिविकास, प्रणाली छनौट, सहायक कम्पनी व्यवस्थापन, शाखा सञ्चालनलगायतका थुप्रै विषयमा अझै पनि विवाद मिल्न बाँकी छ ।

    साधारणसभा आव्हान भएपश्चात दुवै बैंकको सञ्चालक समितिले मर्जरसम्बन्धी नीति पारित गरेपछि दुवै बैंकले एकीकृत कारोबार सञ्चालन गर्न पाउँछन् ।

    साधारणसभा आव्हान गर्ने विषय अझै टुङ्गो नलागेकाले यी बैंकको एकीकृत कारोबारमा ढिलाइ हुने देखिएको छ । तर, गौतमले चाँडो मर्जर गराउने भन्दै विभिन्न ठाउँमा डिल गरिरहेका छन् ।

    मर्जरको काम अगाडि बढ्नुभन्दा अगाडि नै सेयर कारोबार रोक्का गरेको भन्दै लगानीकर्ताले असन्तुष्टी व्यक्त गर्दै आएका छन् । त्यस्तै कर्मचारी व्यवस्थापन तथा वृत्तिविकास, प्रणाली छनौट, सहायक कम्पनी व्यवस्थापन, शाखा सञ्चालनलगायतका थुप्रै विषयमा अझै पनि विवाद मिल्न बाँकी छ ।

    नेपालका दुई ठूला वाणिज्य बैंकहरू हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाभिने २०७७ चैतदेखिकै तयारी शुरू भएको हो । चैतमा प्रारम्भिक सम्पत्ति तथा दायित्वको मूल्यांकन ‘डीडीए’ रिपोर्टप्रति दुवै बैंकका लगानीकर्ताहरू सकारात्मक देखिएपछि यी दुवै मर्जरमा जानका लागि तयार देखिए ।

    २०७८ वैशाख ३० गते यी दुई बैंक मर्जरसम्बन्धी सम्झौतापत्र ‘एमओयू’ मा हस्ताक्षर गरेका थिए । सम्झौतापत्रमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र हिमालय बैंकका अध्यक्ष तुल्सीप्रसाद गौतमले हस्ताक्षर गरेका थिए ।

    सम्झौतापत्रमा बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भएको थियो । मर्जरपश्चात पृथ्वीबहादुर पाण्डे बैंकको सञ्चालक समितिको अध्यक्ष रहने तथा बैंकको प्रमुख कार्यकारी अधिकृतमा हिमालयन बैंकका सीईओ अशोकशम्सेर जवरा रहने सहमति भएको छ ।

    अशोक पृथ्वीबहादुरका सालो हुन् । यसैगरी डिपुटी कार्यकारी अधिकृतमा पृथ्वीबहादुर पाण्डेका भाइ तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सीईओ ज्योति पाण्डे रहने प्रारम्भिक सहमति भएको थियो । अशोक शम्सेरपछि उक्त बैंकको सीईओ ज्योति पाण्डेलाई बनाउने समेत सहमति गरिएको छ ।

    त्यस्तै दुवै बैंकको सेयर बाँडफाँडको अनुपातअर्थात स्वाप रेसियो १ बराबर १ रहने सहमति भइसकेको छ ।

    एमओयूमा हस्ताक्षर भएपश्चात दुवै बैंकको संयुक्त पत्रमार्फत वैशाख ३१ देखि नै नेपाल स्टक एक्सेचन्ज नेप्सेले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको छ ।

  • हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्जर सम्झौता

    हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच भयो मर्जर सम्झौता

    काठमाडौं । हिमालय बैंक र नेपाल इन्भेष्टमेण्टबीच मर्जसम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

    इन्भेष्टमेण्ट बैंक तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पाँडे हिमालयन बैंकको तर्फबाट अध्यक्ष तुल्सीराम गौतमले हस्ताक्षर गरेका छन् ।

    यी बैंकहरू एकआपसमा गाभिएसँगै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेका छन् । मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.’ हुने र संचालक समितिको अध्यक्षको रूपमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोकशमसेर राणा रहने सहमति भएको छ ।

    त्यसैगरी मर्जरपछि बन्ने बैंकको संचालक समितिमा दुवै बैंकको तर्फबाट ३/३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले एक स्वतन्त्र संचालकको नियुक्ति गरी ७ जनाको संचालक समिति निर्माण गर्ने सहमति भएको छ ।

    इन्भेष्टमेण्ट चुक्ता पुँजी १६ अर्ब २६ करोड तथा हिमालयन बैंकको चुक्ता पुँजी १० अर्ब ६८ गरी मर्जपश्चात बैंकको चुक्ता पुँजी २६ अर्ब ९४ करोड कायम भई सबैभन्दा बढी पुँजी भएको बैंक बन्ने छ । त्यसैगरी इन्भेष्टमेण्ट बैंकको जगेडा कोष १४ अर्ब १० करोड र हिमालयन बैंक कफ ७ अर्ब ६७ करोड रूपैयाँ रहेको छ ।

    कर्जा लगानीतर्फ इन्भेष्टमेण्ट बैंक १ खर्ब ६० अर्ब ९८ करोड र हिमालयन बैंकको १ खर्ब २७ अर्ब १४ करोड र निक्षेप नेपाल इन्भेष्टमेण्ट बैंकको १ खर्ब ६८अरब र हिमालयन बैंक १ खर्ब ४३.७० अर्ब रहने बताइएको छ ।