Tag: मनाङ

  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य

    लमजुङ । हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरीदेखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए ।

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ ।

  • हिमालपारी मनाङ तीन महिनापछि सडक सञ्जालमा, सांसदले देखाए जनप्रतिनिधिको उदाहरण (फोटो/भिडिओ)

    हिमालपारी मनाङ तीन महिनापछि सडक सञ्जालमा, सांसदले देखाए जनप्रतिनिधिको उदाहरण (फोटो/भिडिओ)

    चामे । हिमालपारीको जिल्ला तीन महिनापछि सडक सञ्जालमा जोडिएको छ । असारमा आएको बाढी र पहिरोले मनाङलाई सडक सम्पर्कबाट विच्छेद गरेको थियो । बाटो खुलाउन सो जिल्लाका सांसद पोल्देन छोपाङ गुरुङले अगुवाइ गरेका हुन् ।

    चामे गाउँपालिका र मनाङ ङिसाङ गाउँपालिका जोड्ने भ्राताङ भीरको सडक मर्मतपछि आइतबारबाट संचालनमा आएको हो । मनाङ सडकखण्ड खुलेको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमबाटै मनाङबासीले आन्तरिक तथा बाह्य पर्यटकलाई निम्तासमेत दिएका छन् ।

    ङिसाङ गाउँपालिका अध्यक्ष कान्छा घलेले प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङको नेतृत्वमा ४५ दिनमै बाटो खुलाउन सकिएको बताए । उनले मनाङबाट अरु सांसद पनि जितेका तर पोल्देन छोपाङको एकल प्रयासले आफूहरुलाई साथ दिएको बताए ।

    बाटो अवरुद्ध हुँदा अत्यावश्यक सामग्री ढुवानीमा समेत कठिनाइ भएको थियो । एमाले सांसद पोल्देनको अगुवाईमा जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकाय र स्थानीयको पहलमा बाटो सुचारु भएको हो ।

    गाउँपालिका अध्यक्ष घलेले मनाङमा सबैले कोरोनाविरुद्धको खोप लगाइसकेकाले भ्रमणका लागि सुरक्षित रहेको बताए ।

    सो कार्यक्रममा सांसद गुरुङले समाजप्रतिको उत्तरदायित्व बहन गर्दै जनप्रतिनिधिको हैसियतमा बाटो खुलाउन नेतृत्व गरेको बताए । उनले भने, ‘यो बाटो मनाङको लाईफलाईन हो । बाटो नखुल्दा उपभोग्य सामग्री र विरामीलाई अस्पताल लैजान पनि समस्या थिपयो । प्रदेश सरकारले बजेट विनियोजन नगरेकाले गाउँपालिका र मेरो बुबा आमाको नाममा रहेको फाउण्डेशनले आर्थिक व्यवस्थापन गरेर बाटो खुलाउन सफल भएका छौं ।’

    विगतमा सोही ठाउँमा बाटो खुलाउन १४ महिना लगाएको टिप्पणी गर्दै भने अहिले ४५ दिनमा नै सम्पन्न भएको बताए ।

    कार्यक्रममा मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सडक खुलेपछि पर्यटकलाई सहज हुने बताए ।

  • जिल्लाबाहिर गएका मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

    जिल्लाबाहिर गएका मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

    मनाङ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिरोका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका छैनन् ।

    आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदा तथा काजमा जिल्ला बाहिर गएका कर्मचारी फर्किन नसकेका हुन् । बाढीपहिरोले बेँसीशहर–चामे सडक अवरुद्ध छ ।

    घरबाट कार्यालय जान हिँडेका मनाङका कर्मचारी आधा बाटोमा नै अलपत्र परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । ‘बाढीपहिरो र आर्थिक वर्षको अन्तिम काम सकाएर घर बिदामा गएका कर्मचारी फर्किनसकेका छैनन् । सबै कर्मचारी घर बिदामा गएका पनि होइनन् । केही कर्मचारी क्रियाकर्म गर्न पनि गएका छन् । मनाङको सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नै सकस भएको छ’, प्रजिअ लामिछानेले भने।

    बेँसीशहर–चामे सडक खण्डको केही भागमा सडकको निसानासमेत बाढीपहिराले बगाएको छ । सडक अवरुद्ध हुँदा कार्यालयसम्म पुग्न नसकेको सिँचाइ तथा खानेपानी डिभिजन कार्यालय मनाङका प्रमुख ढाकाराम आचार्यले बताए ।

    ‘घर बिदा र कामले जिल्ला बाहिर गएका मनाङका कर्मचारी बाटोका कारण फर्किन नसकेर आधा बाटोमा अलपत्र परेका छन्’, आचार्यले भने। मनाङका कार्यालय तथा चार पालिकाका कर्मचारी कार्यालयमा फर्किन मुस्किल भएको मनाङ ङिस्याङ गाउँपालिका शिक्षा शाखा प्रमुख बाबुराम गैह्रेले बताए ।

    ‘कार्यालयमा आउन नसक्दा न त कार्यालयले सेवा प्रवाह गर्न सकेको छ । नत पालिकाको सेवा सहज रुपमा प्रवाह गर्न सकिएको छ । हिँडेरै आउनसमेत सक्ने अवस्था छैन’, गैह्रेले भने । कार्यालयमा प्रमुख र कर्मचारी पुग्न नसक्दा स्थानीयवासीले सेवा उपभोग गर्न सकेका छैनन् । कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही फर्कन बाध्य भएका छन् । केही लमजुङको बेसीशहर आएर बसेपनि माथि जान नसकेको बताएका छन् ।

    बाढीपहिरोका कारण मनाङमा विद्युतु आपूर्ति पूर्ण रुपमा अवरुद्ध छ । राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको केही महिनामा नै बाढीपहिराले विद्युत्का पोल, तार, ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ । बाढीपहिराेले विद्युत् आपूर्ति गर्नका लागि मन्त्रालयलगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्यका लागि जिल्लाबाट बाहिर आएको भए पनि फर्कन नसकेर बीचमै रोकिएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले बताए।

    जिल्लाका दैनिक कार्य हुने मालपोत, नापी, घरेलु, वन, खानेपानीलगायतका कार्यालयमा पुग्न सकेका छैनन् । त्यसैगरी जिल्लाका पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालसम्म पुग्न सकेका छैनन् । रासस

  • दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

    दुई महिनादेखि अवरुद्ध मनाङको विद्युत् मर्मत सुरु

    मनाङ । गत असार १ गते आएको बाढीपहिराले दुई महिनादेखि यहाँका जनता विद्युत् सेवाबाट वञ्चित भएका छन् । लघु जलविद्युतमा निर्भर रहेको जिल्लामा राष्ट्रिय प्रसारण लाइन मर्मतको प्रक्रिया थालिएको छ ।

    राष्ट्रिय प्रसारण लाइनमा बाढीले क्षति पुर्‍याएपछि दुई महिनादेखि विद्युत्विहीन बनेको छ । अहिले सरकारी कार्यालयसहित बैंक तथा वित्तीय संस्थाको काम सौर्य ऊर्जाबाट मात्रै चलिरहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने बताउनुभयो । उनका अनुसार सौर्य ऊर्जाले चलाइरहेकाले राष्ट्रिय प्रसारण लाइन मर्मत गरी विद्युत् आपूर्ति गर्न मर्मतको काम थालिएको छ ।

    सदरमुकाम चामेदेखि भ्राताङसम्म २०७७ माघमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् आपूर्ति भएको थियो । जिल्लामा लमजुङको मस्याङ्दी-५ घेर्मुस्थित राधी साना जलविद्युत् आयोजनामा निर्मित सवस्टेसनबाट २९ किलोमिटर तार टाँगेर ३३ केभी विद्युत् प्रसारण लाइन चामेको स्यार्कुस्थित सवस्टेसनमा जडान गरिएको थियो ।

    नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख इञ्जिनियर मिलन सुवेदीले लगातारको वर्षासँगै आएको बाढीपहिराले प्रसारण लाइन मर्मत कार्य थालिएको बताउनुभयो । उनका अनुसार बाढीपहिराले प्रसारणमा एक करोड ७० लाख बराबरको क्षति पुगेको छ । बाढीले यहाँ जोड्ने राधी हाइड्रो-स्यार्कु ३३ केभी प्रसारण लाइनसहित स्याक्य्रु-चामे ११ केभी र भित्री भागमा ४०० भोल्टका पोल तथा तारमा समेत क्षति पुगेको सुवेदीले जानकारी दिए ।

    बाढीपहिराले ३३ केभी लाइनको ८.४ किलोमिटरका ११६ खम्बा र ५.६ किलोमिटरको ११ केभी लाइनका ८८ खम्बामा क्षति पुर्‍याएकोे छ । चार सय भोल्टका ५१ खम्बामा क्षति पुगेको सुवेदीले बताए । बाढीपहिराका कारण विभिन्न ठाउँमा सडक बगाएकाले खम्बा गाड्ने मार्गको पहिचान गर्न सकिएको छैन ।

    अहिले बेंसीशहरदेखि तालसम्मको बाटो खुलेसँगै नेपाल विद्युत् प्राधिकरण जिल्ला शाखाले खम्बा, तार र अन्य निर्माण सामग्री व्यवस्थापन गरी निर्माणस्थलसम्म ढुवानीको प्रक्रिया थालेको प्रमुख सुवेदीले बताए । उनले लाइनमा प्रयोग हुने इन्सुलेटरलगायत अन्य सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

    लाइन मर्मत कार्य सुरु भइसकेकाले अबको एक महिनामा सम्पन्न भई जिल्लामा विद्युत् आपूर्ति गरी बिजुली बल्ने उनले बताए । नासों गाउँपालिका-१ तालगाउँबाट मर्मत सुरु गरेर स्याक्यू, चामे हुँदै भ्राताङसम्म लाइन मर्मत गरिने प्राधिकरणले जनाएको छ ।

    रासस

  • ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार

    ट्युसन पढ्न आएका शिशु कक्षाका बालिकाहरुमाथि शिक्षकद्वारा यौन दुर्व्यवहार

    काठमाडौं । मनाङमा एक शिक्षकले ट्यूसन बढ्न आएका विद्यार्थीहरुमाथि निरन्तर यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ । युकेजी र प्ले ग्रुपमा पढ्ने बालिकाहरुमाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ परेका छन् ।

    मनाङको नार्पाभूमी गाउँपालिका-१ नार गाँउस्थित नार आधारभूत विद्यालयका शिक्षकले विद्यार्थीमाथि निम्नस्तरको हर्कत गरेका हुन् । नासो गाउँपालिका-७ तिल्चे घर भएका ४३ वर्षीय शिक्षक अजयराम गुरुङविरुद्ध ४ जना अभिभावकल प्रहरीमा उजुरी गरेका थिए ।

    ट्युसन पढाउने क्रममा गुरुङले बालिकाहरुलाई काखमा राखेर संम्वेदनशील अंगमा हात पुर्याउने गरेको बालिकाहरुले बताएका छन् । आफ्ना बच्चाहरु ट्युसन पढ्न जानै डराउन थालेपछि अभिभावकले फकाएर सोधेका थिए ।

    नार्पाभूमी गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाका अनुसार विगतमा पनि विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गर्ने गरिएको सुनिएको थियो । उजुरी भने पहिलोपटक परेको हो ।

    गाउँपालिका अध्यक्ष लामाले भने, ‘पहिले उजुरी नगरेपछि शिक्षकको मनोवल बढेको हुन सक्छ । यस विषयमा थप बुझदैछु ।’

    नार आधारभूत विद्यालयमा ५ कक्षासम्म पढाइ हुन्छ । हाल निषेधाज्ञाका कारण विद्यालय बन्द भएपछि शिक्षकले ट्युसन पढाउने गरेका थिए । तर, ४ अभिभावकको उजुरी पश्चात शिक्षक गुरुङलाई हिजो नै पक्राउ गरिएको प्रहरी चौकी मेहेताले जनाएको छ ।

    आरोपीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मनाङमा ल्याउन नसकिएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीले बताए ।

    उनले नेपाल प्रेसलाई भने, ‘हामीले सामान्य जानकारी मात्रै पाएका छौं । एक-दुईदिनमा यहाँ ल्याइपुग्छ होला ।’

    मुद्दा जिल्ला प्रहरी कार्यालयमा आइसकेपछि मात्रै थप अनुसन्धान हुने अधिकारीले बताए । मनाङमा बाढी पहिरो गएका कारण सडक सम्पर्क टुटेकाले सदरमुकाम ल्याउन समस्या भएको हो । बाढीले विजुलीका संरचना समेत बगाएकाले प्रहरी चौकी मेहेतासँग सम्पर्क हुन नसकेको हुँदा अनुसन्धान गर्न अझै केही दिन लाग्ने उनी बताउँछन् ।

    ‘टेलिफोन सम्पर्क टुटेको छ । जानकारी पनि राम्रोसँग आइनसकेकाले केही भन्न सक्ने अवस्था छैन । चौकी इन्चार्जसँग सम्पर्कका लागि प्रयास भए पनि हुन सकेको छैन,’ उनले भने ।

    प्रहरी चौकी मेहेताबाट जिल्ला प्रहरी कार्यालय पुग्न एक दिन लाग्छ । प्रहरीको टोली बाढीपिडितहरुको उद्धारमा खटिनुपरेकाले सदरमुकाम ल्याउन समस्या भएको हो ।

  • मनाङ जिल्लामा यार्सागुम्बा सङ्कलन खुला

    मनाङ जिल्लामा यार्सागुम्बा सङ्कलन खुला

    मनाङ । आर्थिक सङ्कट टार्न हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन शुरुवात हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ ।

    यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट्याएको छ । नाम्के खर्कका लागि २० हजार रुपैया, ङिस्याङ २० हजार रुपैया र नार फु भ्यालीका लागि ३० हजार रुपैया छुट पूर्जी रकम उल्लेख गरिएको छ ।

    गत वर्ष कोरोनाले बन्दाबन्दी भएकाले यस क्षेत्रले जडिबुटी सङ्कलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्नेका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने बन्देज लगाइएको उनले जानकारी दिए ।

    जिल्लामा रहेका ४ स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयलगायत स्थानीय डीसीएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा सङ्कलन पूर्जी खोलिएको ताचैका अध्यक्ष याद घलेले जानकारी दिए ।

    उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयवासीको आर्थिक अवस्था आएको सङ्कट टार्नका लागि पनि सङ्कलन आवश्यक रहेको हो । जडिबुटी र पर्यटन व्यवसायमा निर्भर यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै याममा यार्सा सङ्कलन गरेर जीविका चलाउन सकिने बताउँछन् ।

    जडिबुटी सङ्कलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिल्ला प्रशासन कार्यलयले अनुरोध गरेको छ । महामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए ।

    उनले सङ्कलित जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिल्ला प्रशासन कार्यलयले आवश्यकतानुसार जिल्लाका सबै सुरक्षा निकाय प्रयोग गरिने बताए ।

    जिल्लाबासीबाहेक बाहिरी जिल्लाका मानिसलाई सङ्कलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए । सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनुपर्ने जनाइएको छ ।

    समयमा सङ्कलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । यसैले पनि यार्सा सङ्कलन गर्नु जरुरी भएको मनाङका अध्यक्ष सगर गुरुङले जानकारी दिए ।

    हाल नाम्के खर्कमा सङ्कलन शुरु भएको ताचैका अध्यक्ष याद घलेले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि सङ्कलन भने हुदैन। यो खर्क यामको पहिलो शुरु हुने खर्क हो भने नारफु खर्क यामको अन्तिम भएको उनले बताए ।

    यही वैशाखको दोस्रो सातादेखि शुरु भएको सङ्कलन असार मसान्तसम्म रहने जनाइएको छ । यस अवस्थामा आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । ४ गाउँपालिका रहेको जिल्लामा चामे गाउँपालिकाबाहेक अरु गाउँपालिकामा यार्सागुम्बा सङ्कलन गर्ने खर्क छन् ।

  • मनाङ ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

    मनाङ ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

    मनाङमा शनिबार अपराह्न भएको ट्रक दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ ।

    लमजुङको बेसीशहरबाट मनाङको चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको सिमेन्ट बोकेको ट्रक मनाङको नासों गाउँपालिका ४ खोत्रोको उकालोमा दुर्घटनामा परेको थियो ।

    सडकबाट करिव ५० मिटर तल मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त भएपछि तीनजनाको घटनास्थलमै र दुई जनाको बेसीशहर ल्याउँदा बाटोमै मृत्यु भएको थियो ।

    दुर्घटनाका घाइते ४ वर्षीय थियोन गुरुङलाई उपचारका लागि चितवन लाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरीका कार्यालय लमजुङले जानकारी दिएको छ । कार्यालयका अनुसार अन्य दुई घाइतेहरु ट्रक चालक सुमन तामाङ र अर्का ६ वर्षीय निहल गुरुङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    दुर्घटनामा नासों गाउँपालिका ४ ओडारकी मनिषा गुरुङ, उनका डेढ वर्षीय छोरा लियोन गुरुङ र बहिनी जलकाशी गुरुङको घटनास्थलमै निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ट्रकका सहचालक लक्ष्मण नेपाली र चामेका धनमान विकको बेसीशहर ल्याउने क्रममा बाटोमा निधन भएको हो ।