Tag: मनसुनी

  • देशभर आजदेखि हल्का मध्यम वर्षा हुने

    देशभर आजदेखि हल्का मध्यम वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले बिहीबार र शुक्रबार देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् नीराजन सापकोटाले जानकारी दिए

    उनका अनुसार आगामी आइतबारदेखि मनसुन थप सक्रिय भई देशको पश्चिमी भूभागमा भारी वर्षा तथा अन्य स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ ।

    हाल देशभर सामान्य बदली रही प्रदेश नं एक, वाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकामा ९.५ मिलिमिटर वर्षा भएको छ ।

  • मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने

    मनसुनी वायुको प्रभाव : अझै तीन दिन वर्षा हुने

    काठमाडौं । मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा १, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    काठमाडौँ उपत्यकामा बिहानपख मौसम खुले पनि अहिले आंशिक रुपमा बदली छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा सामान्यदेखि बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति देशका अधिकाश भूभागमा बदली रहनाका साथै प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    बुधबार पनि देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, २, वाग्मती, गण्डकी र लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, २, वाग्मती र गण्डकीका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

    बिहीबार पनि यही मौसमी प्रणाली कायम रहनेछ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम ३० र न्यूनतम तापक्रम २१ डिग्री सेल्सियस छ । विराटनगरमा सबैभन्दा बढी ५८ र काठमाडौँमा २८ मिलिमिटर वर्षामापन गरिएको छ ।