Tag: मदिरा बिक्री

  • काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा पूर्णप्रतिबन्ध

    काठमाडौं र ललितपुरमा आज रातिदेखि मदिरा बिक्रीमा पूर्णप्रतिबन्ध

    काठमाडौं । काठमाडौं र ललितपुरमा आज मंगलबार राति १२ बजेदेखि मदिरा बिक्री र सेवन गर्न नपाइने भएको छ ।

    मौन अवधिदेखि ३० वैशाख अर्थात मतदान नसकिएसम्मका लागि जमदिराजन्य पदार्थ बिक्री वितरण बन्द गरिएको काठमाडौं र ललितपुर जिल्ला प्रशासन कार्यालयले जारी गरेको छुट्टाछुट्टै सूचनामा उल्लेख छ ।

    स्थानीय तहको निर्वाचनलाई लक्षित गरी जिल्लामा मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो । जाँडरक्सीलगायत मदिराजन्य पदार्थ सेवन गरेर शान्ति सुव्यवस्थामा खलल पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लामा मदिरा सेवन तथा बिक्रीवितरणमा पूर्णप्रतिबन्ध लगाएका हुन् ।

    उपत्यकाबाहेकका केही जिल्ला प्रशासन कार्यालयले गत शुक्रबारबाट नै मदिरा बिक्रीमा रोक लगाइसकेका छन् ।

    मतदानको दिन अत्यावश्यक र अनुमति लिएका सवारीबाहेकका सवारीसाधन बिहान ६ बजेदेखि मतदान सम्पन्न नभएसम्म सञ्चालन नगर्न समेत भनेको छ। सूचनाविपरीतका गतिविधि गरेको पाइएमा कारबाही गर्ने चेतावनीसमेत प्रशासनले दिएको छ । ​

  • बैतडीमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण र सेवनमा रोक

    बैतडीमा मत परिणाम नआउँदासम्म मदिरा बिक्री वितरण र सेवनमा रोक

    कैलाली । बैतडीमा आइतबारबाट मत परिणाम नआउँदा सम्म मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय बैतडीमा भएको सर्वपक्षीय बैठकले आगामी आइतबारबाट निर्वाचनको मत परिणाम नआउन्जेलसम्म मदिरा बिक्रिवितरण तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयको संयोजकत्वमा बसेको सर्वपक्षीय बैठकमा सुरक्षा निकायका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, व्यापारीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पनि मदिरा बिक्री वितरण तथा सेवनमा रोग लगाउनु पर्ने बताएका थिए ।

    निर्वाचन आचारसंहितामा पनि २७ गते देखि मदिरा बिक्रिबितरण तथा सेवनमा रोक लगाउने कुरा उल्लेख गरिएको छ । बैतडीमा एक दिन अघिबाटै रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।