Tag: मदन भण्डारी विश्वविद्यालय

  • मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

    मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

    काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्षदेखि सञ्चालनमा आउने भएको छ ।

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा सरकारले उक्त विश्वविद्यालय अर्को वर्षदेखि सञ्चालनमा ल्याउने जानकारी दिएका हुन् ।

    ‘विज्ञान तथा प्रविधिको क्षेत्रमा विश्वस्तरको जनशक्ति उत्पादन गर्न स्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष सञ्चालनमा ल्याइने छ,’ मन्त्री पौडेलले भने ।