Tag: मदन–आश्रित

  • हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ?

    हेटौंडामा कसले उखेल्यो मदन-आश्रितको शालिक ?

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका– ९ मा निर्माण हुँदै गरेको दिब्य बाल उद्यानमा तोडफोड भएको छ । गयराति अज्ञात समूहले पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड गरेको हो ।

    बिहान पार्कमा मर्निङवाक गर्न आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

    स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको हेटौंडा– ९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले आरोप लगाए ।

    मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए ।

    पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको उनले बताए । त्यहाँ रहेका गमला, बत्ती केही नगरिनु र शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु मदनको विचारसँग पनि असमर्थ रहेकाले नियोजित रुपमा गरिएको अपराधिक कार्य भएको भण्डारी बताउँछन् ।

    इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुगमन गरिरहेको छ ।

  • आज मदन-आश्रित स्मृति दिवस,  श्रद्धान्जली कार्यक्रमका लागि प्रधानमन्त्री बल्खु जाँदै

    आज मदन-आश्रित स्मृति दिवस, श्रद्धान्जली कार्यक्रमका लागि प्रधानमन्त्री बल्खु जाँदै

    काठमाडौं । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस आज कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ ।

    एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी मुख्यालय पुगेर त्यहाँ रहेको मदन–आश्रित शालिकमाथि माल्यापर्ण गर्नेछन्।

    एमालेका कार्यलय सचिव शेरबहादुर तामाङले बिहान साढे सात बजे प्रधामन्त्री ओली बुल्खु पुगेर श्रद्धाञ्जली मदन–आश्रिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको जानकारी दिए।

    भण्डारीलाई नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक मानिन्छ। लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनमा कटिवद्ध रहेका मानिने भण्डारीले जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेका थिए।

    छोटै समयमा सर्वाधिक लोकप्रिय बनेका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको थियो। आश्रितको मृत अवस्थामै गाडीमै शव भेटिएको थियो भने भण्डारीको शव घटनास्थलदेखि धेरै तल नारायणी नदी किनारमा तिन दिन पछि भेटिएको थियो।

    ‘दासढुंगामा घटना’को छानबिन गर्न धेरै आयोग बने पनि अहिलेसम्म वास्तविकता बाहिर आउन सकेको छैन ।