Tag: मणिपाल कलेज

  • मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

    मनपरी शुल्क असुलीविरुद्ध मणिपाल कलेजअघि अनेरास्ववियुको प्रदर्शन

    पोखरा । पोखराको मणिपाल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएपछि आन्दोलन गरिरहेको नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले आज कलेजअगाडि प्रदर्शन गरेको छ ।

    प्रदर्शनको क्रममा अखिल नेताहरूले अन्यायमा परेका विद्यार्थीलाई बाहिर निस्किएर क्याम्पस प्रशासनलाई दबाब दिन आह्वान गरेका छन् । अखिलले मंसिर २० गतेबाट कलेजमा तालाबन्दीसमेत गरेको छ ।

    अध्ययन गर्न आएका विद्यार्थीलाई शुल्कबारे बाहिर नबोल्न कलेजले धम्की दिइरहेकोप्रति अनेरास्ववियु प्रदेश संयोजक प्रकाश पौडेलले आपत्ति जनाए ।

    नेकपा एमाले पोखरा महानगर-१६ का अध्यक्ष राजेश गुरुङले ऐक्यबद्धता जनाउँदै आफ्नो वडामा रहेको मणिपालले विद्यार्थीलाई ज्यादती गरेकोले त्यसको विरुद्धमा सम्पुर्ण समुदाय रहेको बताए । एनएमएसए का गण्डकी संयोजक प्रेम जोशी सह-संयोजक तथा अनेरास्ववियु केन्द्रीय सदस्य अनित सिन्हाले आफूहरुले गण्डकी मेडिकल कलेजमा लामो समय गरेको आन्दोलनले नै त्यहाँको समस्या समाधान भएकोले विद्यार्थीलाई चुप लागेर नबस्न आग्रह गरे ।

    अखिलका प्रदेश सचिव आरके पोखरेलले थप आन्दोलनको कार्यक्रम ल्याउने बताए । अनेरास्ववियुले संयुक्त विद्यार्थी संगठनको तर्फबाट मणिपालमा भएको मनोमानीबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइसकेको छ ।

    विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन संघर्ष गरिएको संयोजक पौडेलले बताए ।

  • विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    विद्यार्थीबाट बढी रकम असुलेको आरोपमा अनेरास्ववियुद्वारा मणिपाल कलेजमा तालाबन्दी

    काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको आरोपमा नेकपा एमालेनिकट अनेरास्ववियु गण्डकीले मणिपाल कलेजमा तालाबन्दी गरेको छ ।

    संगठनका गण्डकी प्रदेश संयोजक प्रकाश पौडेलले मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिएकाले कलेज प्रशासनमा तालाबन्दी गरेको वताए ।

    विद्यार्थीलाई मर्का पार्नेगरी कलेजले विभिन्न शीर्षकमा ६ लाखको हाराहारीमा रकम मागेको आरोप अनेरास्ववियुले लगाएको छ । सो रकम घटाउन माग गर्दै आइतबार २४ घण्टे अल्टिमेटम दिएको अनेरास्ववियुले आफ्ना माग पूरा नगरेको भन्दै सोमबारदेखि कलेजको प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गरेको गण्डकी संयोजक पौडेलले वताए ।