Tag: मकवानपुर

  • मकवानपुरको तीन वडाको नतिजा आयो, सबैमा कांग्रेस विजयी

    मकवानपुरको तीन वडाको नतिजा आयो, सबैमा कांग्रेस विजयी

    हेटौंडा । मकवानपुरका ११० वडामध्ये हालसम्म तीन वडाको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक सबै वडामा नेपाली काङ्ग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसले इन्द्रसरोबर गाउँपालिका– १, भीमफेदी गाउँपालिका– १ र मनहरी गाउँपालिका– १ मा जित हासिल गरेको हो ।

    जसमा इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका सुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।

    उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरेका छन् ।

    भिमफेदी गाउँपालिका वडा नंबर १ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्ष उम्मेदवार सोमबहादुर स्याङतानले ९१० मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेकी पञ्चमाया स्याङतानले ६५५ ल्याएकी छिन् । वडा नंबर १ मा १६४१ मत खसेको थियो भने ७२ मत बदर भएको छ ।

    मनहरी गाउँपालिका वडा नम्बर १ मा पनि नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका शिव प्रसाद खनाल विजयी भएका हुन्। उनले १ हजार ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भिमसेन अधिकारीले ३ सय ९० मत पाएका थिए भने समाजवादी र माओवादीको गठबन्धनले ३ सय १० मत पाएका थिए ।

  • मकवानपुरमा गठबन्धनको भागबण्डा: खोला र खानी भएका पालिकाजति कांग्रेसको भागमा

    मकवानपुरमा गठबन्धनको भागबण्डा: खोला र खानी भएका पालिकाजति कांग्रेसको भागमा

    हेटौंडा । नदीजन्य पदार्थको उत्पादन र निकासीमा अगाडि रहेको जिल्ला हो, मकवानपुर । यहाँ स्थानीय चुनावमा सत्तागठबन्धबीच भागबण्डा हुँदा खोला र खानी धेरै भएका स्थानीय तहजति कांग्रेसको भागमा परेको छ ।

    सिमेन्ट उद्योगका सञ्चालक तथा ढुंगा गिट्टी व्यवसायी समेत रहेका नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको गृहजिल्ला मकवानपुरमा नियोजितरुपमै खोला र खानी भएका पालिका कांग्रेसको भाग पारेको आरोप छ ।

    जिल्लाको पाँच स्थानीय तहमा प्रमुख पद प्राप्त गरेको कांग्रेसको भागमा बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका तथा मनहरी गाउँपालिका परेको छ। यी पाँच क्षेत्रमा जोडिएको खानी क्षेत्र तथा क्रसर व्यवसायमा बानियाँसँगै कांग्रेसका कतिपय नेताहरु जोडिएका छन् । नेताहरु प्रदेश तहदेखि जिल्ला तथा गाउँपालिकासम्मका छन् ।

    मकवानपुरगढी गाउँपालिका क्षेत्रमा शिवम् सिमेन्ट उद्योगको खानी छ । उक्त खानीमा बानियाँको निर्माण कम्पनीको प्रत्यक्ष संलग्नता छ । यसबाहेक राक्सिराङ र कैलाशमा पर्ने रिद्धिसिद्धि सिमेन्ट खानीको काममा पनि उनको सहभागिता छ । उक्त खानीमा केही नेकपा एमालेका नेताहरुको पनि जोडिएका छन् ।

    पश्चिम मकवानपुरको मनहरीमा रहेको राप्ति, मनहरी नदीलगायतको क्षेत्रमा जिल्लाकै सबैभन्दा धेरै ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् हुन्छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसले विवादबीच गाउँपालिका अध्यक्ष लिएको छ ।

    पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा पनि ढुङ्गा, गिट्टी बालुवाको उत्खनन् हुन थालेको छ । काठमाडौं–तराई द्रुतमार्गको सबैभन्दा धेरै भु–भाग पर्ने उक्त गाउँपालिकामा पर्छ ।

    गठबन्धनको केन्द्रीय नीतिअनुसार नेकपा एमाले विजयी भएको स्थानमा नेकपा एसको लागि कांग्रेस लचक हुने भन्ने थियो । तर कांग्रेसले खानी क्षेत्र रहेको कैलाश तथा मनहरी दुवै क्षेत्र नेकपा एसका लागि छाडेन।

    गठबन्धनलाई भत्काएर भएपनि कांग्रेसले ती स्थानहरुमा अध्यक्षमा उम्मेदवारी दिएर चुनावी अभियानमा होमिएको छ । नेकपा एमालेबाट विजयी भएका कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान नेकपा एसमा प्रवेश गरेका थिए । सोही कारण उक्त गाउँपालिका नेकपा एसले दाबी गरेको थियो । तर उक्त गाउँपालिकामा कांग्रेस बाधक बनेपछि नेकपा एस गठबन्धनबाट बाहिरिन परेको छ ।

    त्यस्तै मनहरी गाउँपालिकामा तत्कालीन निर्वाचनमा नेकपा एमालेबाट विजयी उपाध्यक्ष मनिला विष्ट पनि नेकपा एस प्रवेश गरेही थिइन् । तर उक्त गाउँपालिकामा पनि कांग्रेसले नेकपा एसलाई अध्यक्ष तथा उपाध्यक्ष दुवै पद दिन अस्वीकार गरेपछि एस गठबन्धनबाट बाहिरिएको छ ।

     

  • हतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन

    हतियार बुझाउन मकवानपुर प्रशासनको निर्देशन

    मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको हो ।

    मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको प्रहरी चौकीमा बुझाउन स्थानीय प्रशासनले सबैमा अनुरोध गरेको बताइएको छ ।

    प्राप्त सूचनामा गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् फिर्ता हुने उल्लेख छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको हो ।

  • मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

    मकवानपुरका माओवादी नेता बलराम बल एमालेमा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा तत्कालीन नेकपाका मकवानपुर जिल्ला सचिव बलराम वल एमालेमा प्रवेश गरेका छन् ।

    एमाले वागमती प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको कार्यक्रमका बीच माओवादीका अन्य जिल्लास्तरीय नेता कार्यकर्तासहित उनी पार्टी प्रवेश गरेका हुन् । वललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले माला र खादा लगाएर पार्टी प्रवेश गराएका थिए ।

    तत्कालीन जनमोर्चाको जिल्ला अध्यक्ष हुँदै माओवादीको जिल्ला नेतृत्वमा पुगेका थिए । उनी २०७४ को स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा कांग्रेस माओवादी गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका थिए ।