Tag: भेरोसेल खोप

  • काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)

    काठमाडौंमा आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु (तस्विर र भिडिओ)

    काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका १८ वर्षभन्दा माथिका विद्यार्थी र ४० वर्षभन्दा माथिका नागरिकलाई महानगरको ३२ वडाबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

    आइतबारसम्म खोपलगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौंका खोपकेन्द्रहरुमा बिहान देखि खोप लगाउनेको भीड देखिएको छ । (तस्विरहरु)

    
     
     
    
       
    
    
  • होटलमा कोरोना खोप राख्ने कर्मचारीलाई कारबाही गर्न पत्राचार

    होटलमा कोरोना खोप राख्ने कर्मचारीलाई कारबाही गर्न पत्राचार

    झापा । बिर्तामोडको एक होटलमा भेरोसेल खोपसहित नगरपालिकाका कोभिड फोकल पर्सन ओमबहादुर खड्का फेला परेको घटनाको छानबिन गर्न गठित समितिले होटलमा खोप लुकाउने नियत नदेखिए पनि खोप बुझाउने र बुझ्ने प्रक्रियामा चरम लापरवाही भएको ठहर गरेको छ ।

    जिल्ला कोभिड खोप व्यवस्थापन केन्द्रले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । समितिले सोमबार प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनालाई बुझाएको छ ।

    खोपजस्तो मानिसलाई मृत्युको मुखबाट बचाउने संवेदनशील वस्तु होटलजस्तो असम्बन्धित ठाउँमा सरकारी गाडीबाट ढुवानी गरेर पुर्‍याउनु, तत्काल खोपलाई नगरपालिका पुर्‍याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरवाही भएको प्रतिवेदनमा उल्लेख छ ।

    छानबिन समितिका संयोजक रिमालले खोप बुझ्ने स्थल र प्रक्रियामा गम्भीर त्रुटि देखिएको हुँदा खोप बुझाउने र बुझ्ने दुवै पक्षका कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गर्न राय दिइएको बताए ।

    स्वास्थ्य कार्यालय झापाले गत साउन १५ गते भेरोसेल खोपको १०३ भाइल बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखालाई पठाएको तर सो खोप बिर्तामोडका कोभिड फोकलपर्सन खड्काले होटलमै बुझेका थिए । होटलमा खोप लुकाउन खोजेको भनेर विवाद भएपछि छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिले तीन हप्ता छानबिन गरेर प्रतिवेदन बुझाएको हो ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले प्रतिवेदन बुझ्दै आज हुने कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकमा छलफल गरिने र आवश्यक कारबाहीका लागि प्रदेश नं १ को सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पठाइने बताए।

  • ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई अनुरोध

    काठमाडौं । नेपाल पत्रकार महासघं ललितपुर शाखाले भेरोसेल खोपको दोस्रो मात्रा लगाउन पत्रकारलाई बुधबार आउन अनुरोध गरेको छ ।

    महासघं ललितपुर शाखाका सचिव रामहरि कार्कीले आज जारी गरेको सूचनामा स्वास्थ्य कार्यालय ललितपुरमा कोभिड–१९ विरुद्धको सो खोप बुधबार पत्रकारलाई दिइने उल्लेख गरिएको छ ।

    उक्त पत्रमा भेरोसेल खोपको पहिलो मात्रा लगाएका पत्रकारले सो कार्ड वा सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर आउनसमेत आग्रह गरिएको छ ।

    यसअघि भेरोसेल खोपको पहिलो मात्रा पत्रकारले गत असार ६ गते महासङ्घको संयोजन तथा स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा लगाएका थिए ।

  • चीनबाट तीन सातामा ३० लाख डोज भेरोसेल खोप आउँदै

    चीनबाट तीन सातामा ३० लाख डोज भेरोसेल खोप आउँदै

    काठमाडौं । चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

    निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग सम्झौता गरेको थियो । मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ ।

    नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले अहिलेलाई ३ उडान तय गरिएको साथै थप उडानका लागि तयारी भइरहेको नेपाल प्रेसलाई बताए ।

  • काठमाडौंमा भेरोसेल खोप लगाउने अन्तिम दिन भोलि

    काठमाडौंमा भेरोसेल खोप लगाउने अन्तिम दिन भोलि

    काठमाडौं । वागमती प्रदेशमा जेठ २ गतेदेखि सुरु भएको कोरोनाभाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउने कार्य मंगलबार देखि सकिदै छ ।

    पहिलो डोज खोप लगाएकाहरुलाई विभिन्न मितिमा दोस्रो डोज लिनलाई बोलाइएको थियो । नेपाललाई चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

    काठमाडौंमा भेरोसेल (चिनियाँ)खोप लगाउने अन्तिम दिन भोलि रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नेपाल प्रेसलाई जानकारी दिए । ललितपुर लगायत कतिपय स्थानीय तहमा ढिलो खोप शुरु भएकाले नियमित तालिका अनुसार हुने बताइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओेलीले आईतबार पत्रकारहरुसंगको अन्र्तक्रियामा चुनाव अगाडी नै सबै नागरिकलाई खोप लगाइ सक्ने घोषणा गरेका थिए ।

     

     

  • ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने

    ललितपुरमा जेठ ६ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने

    ललितपुर महानगरमा जेठ ६ गतेदेखि भेरोसेलको दोस्रो डोज खोप लगाउन सुरू गरिने भएको छ। वडाभित्र २९ ठाउँमा खोप केन्द्र सञ्चालन गरिने बताएको छ ।

    प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले भने आफुलाई सहज हुँने ठाउँमा गएर खोप लगाउन सकिन्छ । पहिलो डोज खोप लगाएकाहरुले भने खोपकार्ड लिएर जानुपर्ने छ । 

    हेर्नुस् कहाँ–कहाँ छ खोप केन्द्र :

  • यस्ता व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज नदिइने

    यस्ता व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज नदिइने

    काठमाडौं । कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेका व्यक्तिहरुमा पुनः लक्षण देखिन थालेकालाई चिनियाँ खोप भेरोसेलको दोस्रो डोज तत्काल नदिइने भएको छ ।

    शुक्रबार जनस्वास्थ्य विभागले वडा क्लिनिक इन्चार्जहरुसँग अनलाईन बैठक गर्दै त्यस्ता व्यक्तिहरुको बिषयमा अर्को निर्णय हुने बताएको छ ।

    ‘पहिलो डोज लगाएका र त्यसपछि संक्रमण नभएका व्यक्तिहरुका लागि मात्र हो, लक्षण देखिएका व्यक्तिलार्ई भने दोस्रो खोप दिइने छैन’ विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘माथिल्लो निकायबाट प्राप्त निर्देशनबमोजिम हामी खोप सञ्चालन गछौं । यसबीच केहि निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौं ।’

    कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ देखि ११ गतेसम्म सञ्चालन गर्ने काठमाडौं महानगरपालिकाले एउटा वडा एउटा खोप केन्द्र तोकिसकेको छ ।