Tag: भेटवार्ता

  • शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग भेटवार्ता

    शिक्षामन्त्री पौडेल र स्वीस राजदूत क्यापलरसँग भेटवार्ता

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरसँग शिष्टाचार भेटवार्ता भएको छ । नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा मंगलबार सिंहदरबारमा कुराकानी भएको हो ।

    भेटवार्तामा मन्त्री पौडेलले प्राविधिक शिक्षाको विस्तार, स्तरन्नोति र सवलीकरणको लागि सहयोग गर्न स्वीस सरकारलाई आग्रह गरेका छन् । देशका ७ सय ५३ स्थानीय तहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षालय पु¥याउने सरकारको योजना रहेको बताउँदै शिक्षामन्त्री पौडेलले स्वीस सरकारलाई थप सहयोग गर्न आग्रह गरेको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ ।

    यस्तै राजदूत क्यापलरलले स्वीस सरकारले गर्दै आएको सहयोगलाई निरन्तरता दिने र मन्त्रालयले प्राविधिक र व्यावसायीक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रदेश र स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए ।

  • टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    टिम छाड्न लागेका निधि र शर्मासंग देउवाको छुट्टाछुट्टै छलफल

    काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि र प्रवक्ता विश्वप्रकाश शर्मासंग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । शुक्रबार साँझ देउवाले निधि र शर्मासंग छुट्टाछुट्टै भेट गरेका हुन् ।

    देउवाले नै निधिलाई उपसभापति र शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । १४ औं महाधिवेशनमा सभापतिमा आफूलाई सघाउन देउवाले यसअघि नै निधिसंग भनिसकेका छन् । निधिले भने आफू सभापतिको उम्मेदवारीबाट पछाडि नहट्ने बताउँदै आएका छन् ।

    शर्माले पनि भदौ २४ गते महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । उपसभापति निधिले देउवासंगको भेटमा जनकपुर–जयनगर रेल तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेको जनाएका छन् ।

    ‘आजको भेटमा मुख्यतः जनकपुर–जयनगर रेलसेवा तत्काल सञ्चालनमा ल्याउनेबारे कुरा भयो । प्रधानमन्त्रीले रेलसेवा सुरु गर्ने विषयमा आवश्यक कदम चाल्ने बताउनुभएको छ’, भेटबारे निधिको सचिवालयले बताएको छ ।

    भेटमा पार्टीको १४ औं महाधिवेशन र सरकार विस्तारको विषयमा पनि छलफल भएको बताइएको छ । त्यस्तै प्रवक्ता शर्माले प्रधानमन्त्रीसंगको भेटमा १४ औं महाधिवेशन, सरकारका कामकारवाही र कमजोरीबारे लामो संवाद भएको जनाएका छन् ।

    सो क्रममा शर्माले पार्टीको प्रचार विभागले ‘चिन्तन चौधौ महाधिवेशन’ कार्यक्रम आयोजना गर्न लागेको बारे सभापति देउवालाई अवगत गराएका थिए । सभापति र महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका निधि र शर्माबीच महाधिवेशनमा सहकार्यको चर्चा कांग्रेसवृत्तमा चुलिदो छ ।

    आसन्न महाधिवेशनमा आफ्नो समूहमा नरहने निश्चित भएका नेतासंग देउवाले भेट गर्नुलाई अर्थपूर्ण मानिएको छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं सभापति देउवाले दुवै नेतालाई समेटेर लैजान आफू तयार भएकोले एकपटक सभापतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

  • कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    कार्यवाहक भारतीय राजदूत र महान्यायाधीवक्ताबीच भेटवार्ता

    काठमाडौं । महान्यायाधीवक्ता खम्मबहादुर खाती र कार्यवाहक भारतीय राजदूत नाम्गे खम्पाबीच द्धिपक्षीय सहायता आदानप्रदानबारे भेटवार्ता भएको छ ।

    भारतीय दूतावासका अनुसार कानूनी क्षेत्रमा द्धिपक्षीय सहायतालाई अघि बढाउनेबारे छलफल भएको थियो ।

  • रक्षासचिव पौड्याल र कायममुकायम प्रधान सेनापति शार्माबीच भेटवार्ता

    रक्षासचिव पौड्याल र कायममुकायम प्रधान सेनापति शार्माबीच भेटवार्ता

    काठमाडौं । नवनियुक्त रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल र कायममुकायम प्रधान सेनापति प्रभुराम शर्माबीच भेटवार्ता भएको छ । नेपाली सेनाको जंङ्गी अड्डामा उनिहरुविच बिहीबार भेटवार्ता भएको हो ।

    भेटवार्तापछि जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयबाट रक्षा सचिव समक्ष काठमाण्डौ तराई र मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्धारा संचालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धि विविध पक्षमा प्रस्तुतिकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । उक्त अन्तरक्रिया कार्यक्रममा रक्षा मन्त्रालयका सहसचिव तथा नेपाली सेनाका रथीकोसमेत सहभागिता रहेको थियो ।

     

  • जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    जसपा अध्यक्ष भट्टराई र विप्लवबीच भेटवार्ता

    काठमाडौं । राजनीतिक भेटघाटलाई तीव्र बनाइरहेका नेकपा अध्यक्ष नेत्रविक्रम चन्द विप्लवले आज विहान पूर्व सहयोद्धा तथा जसपा अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।

    अर्का नेता धर्मेन्द्र बास्तोलासहित भट्टराई निवास पुगेका विप्लवले हिसिला यमीसहितको छलफलमा पछिल्ला राजनीतिक घटनाक्रमबारे कुराकानी गरेका थिए ।

    अघिल्लाे सरकारसँग भएका तीन बूँदे सहमति कार्यान्वयनका लागि विप्लवले सत्ता साझेदार दलका नेताहरुसँगको भेटवार्ता बाक्लो बनाएका छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा पुगेर भेटवार्ता गरेका थिए ।

     

  • सत्ता सम्हालेपछि पुटिनसँग वाइडेनको भेटवार्ता : दुबै नेताले गरे एकअर्काको प्रशंसा तर, सहमति जुटेन

    सत्ता सम्हालेपछि पुटिनसँग वाइडेनको भेटवार्ता : दुबै नेताले गरे एकअर्काको प्रशंसा तर, सहमति जुटेन

    जेनेभा । सत्ता सम्हालेपछि पहिलोपटक अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी समकक्षी भ्लादमिर पुटिनबीच बुधबार भेटवार्ता भएको छ । वार्तापछि दुबै नेताले एकअर्काको प्रशंसा गरेपनि ठोस निष्कर्ष भने ननिस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

    बाइडेनले पुटिनसँगको वार्तामा आफूले मतभेदका विषयहरुलाई शान्तपूर्वक प्रस्तुत गरेको र रुसले पनि अमेरिकसँग शीतयुद्ध नचाहेको बताएका छन् । पुटिनले पनि बाइडेन अनुभवी राजनेता भएको र आफूहरुले उस्तै भाषा प्रयोग गरेर बोलेको भन्दै प्रशंसा गरेका थिए ।

    वार्ता पूर्वनिर्धारित तालिकाभन्दा तीनघण्टासम्म चलेको थियो । वार्ताका लागि आफूहरुले थप समय नचाहेको बताउँदै बाइडेनले रुससँगको सम्बन्ध सुधार्न इमान्दार प्रयत्न भैरहेको समेत बाइडेनले बताए ।

    बाइडेनले आफूलाई मनपर्ने चस्मा एभिएटर लिएर वार्तास्थल पुगेका थिए । तर, उनले पुटिनलाई उपहार दिए वा दिएनन् भन्ने बाहिरिएको छैन । दुबै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल गर्न आरम्भ गर्ने सहमति जनाएका छन् ।

    एकअर्काको देशमा राजदूत पठाउने निर्णय पनि भएको छ । सन् २०२० को अमेरिकाको राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षेप गरेको भन्दै चलेको आरोप प्रत्यारोपपछि दुबैले राजदूत फिर्ता गरेका थिए ।

    साइवर सुरक्षा, युक्रेन र अढाइ वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्से नाभाल्नीको भविष्यजस्ता विषयमा भने कुनै सहमति भएको छैन ।

  • एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता

    एमाले महासचिव पोखरेल र स्वीस राजदूतबीच भेटवार्ता

    काठमाडौं । नेकपा (एमाले)का महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापिलरबीच आज भेटवार्ता भएको छ ।

    एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीटजरल्याण्ड सरकारलाई धन्यवाद दिएका छन् ।

    आफू उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । सो अवसरमा राजदूत क्यापिलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताए ।

  • बेलायती महारानी र बाइडेनबीच भेटवार्ता हुँदै : लन्डन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति

    बेलायती महारानी र बाइडेनबीच भेटवार्ता हुँदै : लन्डन भ्रमणमा जाँदै अमेरिकी राष्ट्रपति

    लन्डन । अमेरिकी राष्ट्रपति जो वाइडेनले बेलायतकी महारानी एलिजावेथ द्वितीयलाई भेट्ने भएका छन् ।

    उनीहरुका बीचमा आगामी जुन १३ तारिखमा महारानीको दरबार बकिङहममा भेटवार्ता हुने तय भएको अधिकारीहरुले जनाएका छन् ।

    बेलायती राजदरबारले सामाजिक सञ्जाल ट्वीटरमा लेखेको छ, ‘महारानी एलिजावेथले अमेरिकी राष्ट्रपति जो वाइडेनलाई भेट गर्नुहुने भएको छ । भेटका क्रममा अमेरिकी प्रथम महिला जिल वाइडेन समेत सहभागी हुनुहुने छ ।’

    अमेरिकी राष्ट्रपति वाइडेन केही हप्तापछि हुने जी ७ को सम्मेलनमा सहभागी हुन बेलायत आउने कार्यक्रम रहेको छ । सोही अवसरमा उनले बेलायती महारानीलाई भेट्ने भएका हुन् ।

    राष्ट्रपतिमा निर्वाचित भएपछि वाइेडन दम्पत्तिको यो पहिले विदेश भ्रमण हुने राष्ट्रपति कार्यालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

    विश्व राजनीति र अर्थतन्त्रमा निकै महत्वपूर्ण मानिने जी–७ को सम्मेलन यही जुन ११ देखि १३ सम्म हुने तय भएको छ ।

    सम्मेलनमा अन्य देशका पनि शीर्ष नेताहरु सहभागी हुने सुनिश्चित भइसकेको सम्मेलनका व्यवस्थापकहरुले जनाएका छन् ।

  • प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध

    प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

    सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।

    प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ओलीले अहिलेसम्ममको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।