Tag: भीम आचार्य

  • भीम आचार्यले पनि दिए सचिवमा उम्मेदवारी

    भीम आचार्यले पनि दिए सचिवमा उम्मेदवारी

    चितवन । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता भीम आचार्यले पनि एमाले सचिवमा उम्मेदवारी दिएका छन् । एमालेको जारी १० औं महाधिवेशनअन्तरगत आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।

    कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

    १० बुँदे सम्झौता गरेर एमालेमै रहेका नेता आचार्य यसअघि पनि सचिवकै जिम्मेवारीमा थिए । सचिवका लागि नेता योगेश भट्टराईले पनि उम्मेदवारी दर्ता गराएका छन् । भट्टराई ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा पनि परेका छन् ।

    एमालेको नयाँ नेतृत्वका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।

  • मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

    मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा

    विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले राजीनामा दिएका छन् । प्रदेशसभा बैठकमा सम्बोधनको क्रममा राजीनामाको घोषणा गरेका आचार्यले प्रदेश १ प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ लाई भेटेर राजीनामा पत्र बुझाएका हुन् ।

    प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले आज राजीनामाको घोषणा गरेका थिए ।

    अंकगणितले मेल नखाएको भन्दै आचार्यले राजीनामा दिएको बताएका छन् । आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो ।

    प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

  • प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा ६८ दिनमै राजीनामा

    प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा ६८ दिनमै राजीनामा

    विराटनगर । प्रदेश १ का मुख्मन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । प्रदेशसभामा राखिएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै आचार्यले राजीनामा दिएका हुन् ।

    राजीनामा दिँदै आचार्यले भने, ‘अंकगणितले मेल नखाएकाले राजीनामाको घोषणा गर्छु । सहयोगका लागि सबैलाई धन्यवाद ।’ जुनसुकै सरकार आए पनि एमालेको रचनात्मक सहयोग हुने उनले बताए । उनले अब प्रदेश प्रमुखसमक्ष गएर राजीनामा पत्र बुझाउने बताए ।

    आचार्य गत भदौ १० मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएपछि नियुक्त भएका थिए । एमालेको तत्कालीन माधव नेपाल समूहतिर रहेका आचार्य अन्तिम समयमा कित्ता परिवर्तन गर्दै मुख्यमन्त्री बनेका थिए । प्रदेश १ मा एमालेको एकल बहुमत भए पनि पार्टीमा विभाजन आएपछि आचार्यले ६८ दिनमै सरकार छाड्नु परेको हो।

    प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी आचार्यविरुद्ध उभिएका छन् । विपक्षी गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

    ९२ सदस्यीय प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् ।

    एक सिट रहेको राप्रपा मौन छ ।

  • राजीनामा दिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य

    राजीनामा दिँदै प्रदेश १ का मुख्यमन्त्री आचार्य

    इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने भएका छन् । एमाले शीर्षस्थ नेताहरुसँगको छलफलपछि आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

    विश्वासको मत नपाउने निश्चित भएपछि आचार्यले राजीनामा रोजेका हुन् ।

    गत भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रुपमा चयन भएका आचार्यले गत कात्तिक ७ मा विश्वासको मत समना गर्ने मिति तोकिएको थियो । तर, कांग्रेस र एमालेले पत्र लेखेर संसद स्थगन गर्न माग गर्न आग्रह गरेपछि आचार्यले विश्वासको मत लिएनन् ।

    हाल प्रदेश १ का ९२ सांसदमा सत्ताधारी एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन ४७ संख्या आवश्यक पर्छ । जुन मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अभाव देखिन्छ । विपक्षी गठबन्धनका ५० सांसदमा नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस)का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक रास्ट्रिय मन्चका १ छन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।

  • प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेले पनि पठायो पत्र

    प्रदेशसभा बैठक स्थगित गर्न सभामुखसमक्ष एमालेले पनि पठायो पत्र

    विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक भएको प्रदेश १ सभाको आजको बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलले माग गरेको छ ।

    एमालेका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारीले सभामुखलाई पत्र लेखेर कात्तिक १५ सम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गरेका हुन् ।

    मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आजको बैठकमा मतदान गर्ने कार्यसूची तय भएको थियो ।

    यसअघि आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले पनि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको थियो ।

    कांग्रेसले प्रदेशसभा बैठक स्थगित गर्न सभामुखलाई पत्र बुझाएपछि एमालेले पनि आफ्नो पार्टीको १०औँ महाधिवेशनअन्तर्गतका कार्यक्रम देखाएर प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको हो ।

  • कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचनापछि प्रदेशसभा बैठक रोक्न माग !

    कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचनापछि प्रदेशसभा बैठक रोक्न माग !

    काठमाडौं । आफ्ना केही सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि नेपाली कांग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ ।

    मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दैछ । यसबीचमा कांग्रेसका केही सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि कांग्रेसले आजको बैठक रोक्न माग गरेको हो ।

    यद्यपि कांग्रेसको निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको छ ।

    ९२ सदस्यीय प्रदेशसभामा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । उनलाई वहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् ।

    राप्रपा र अन्य सानादलसहित कांग्रेसका केही सांसदको समेत समर्थन लिएर आचार्यले सत्ता टिकाउन प्रयास गरेको सूचना विपक्षी गठबन्धनले पाएको छ ।

    विपक्षी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्रीका दाबेदार छन् । सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परमार्श गर्ने भएका छन् ।

  • मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस, आइतबार मतदान हुने

    मुख्यमन्त्री आचार्यद्वारा विश्वासको मतका लागि प्रस्ताव पेस, आइतबार मतदान हुने

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले संसदमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा उनले यस सम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

    लगत्तै सभामुख प्रदीपकुमार भण्डारीले यसमा ७ गते मतदान हुने जानकारी गराउँदै बैठक स्थगित गरेका छन् । एमाले विभाजित भएपछि आचार्य अल्पमतमा परेका छन् ।

    विपक्षी गठबन्धनले एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको छ ।

  • प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव आजै टेबल हुने

    प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव आजै टेबल हुने

    इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने भएका छन् । उनको विश्वासको मतसम्बन्धी प्रस्ताव आजै प्रदेशसभामा टेबल हुने भएको छ ।

    मुख्यमन्त्री आचार्यले २५ असोजमा प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव दर्ता गराएका थिए ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकले केहीबेरमा बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस हुने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभाको बैठकमा प्रस्ताव टेबल हुने एमालेका सांसद लिलम बस्नेतले जानकारी दिए । मतदान कहिले हुने भन्नेमा भने टुंगो नलागिसकेको उनले बताए ।

    बस्नेतले नेपाल प्रेससँग भने, ‘पक्ष विपक्षको मतदान भने कात्तिक ७ वा ११ गते हुने देखिन्छ ।’ गत भदौ १० गते आचार्य मुख्यमन्त्री बनेका थिए ।

    प्रदेश १ मा नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने नेकपा (एस) र माओवादीमा सर्वसम्मत जस्तै छ । केन्द्रीय सत्ता गठबन्धनबीच पनि प्रदेश १ मा नेकपा एसलाई मुख्यमन्त्री दिने सहमति भइसकेको छ । तर, नेपाली कांग्रेसमा भने आफ्नै मुख्यमन्त्री बनाउनुपर्ने माग बढ्दो क्रममा रहेको छ ।

    दसैँको शुभकामना कार्यक्रममा इटहरी आएका रक्षामन्त्री मिनेन्द्र रिजालले कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्री बन्नुपर्ने बताएका थिए । यस्तै शेखर कोइरालालगायतका ‘हेभिवेट’ कांग्रेस नेताहरू प्रदेश १ को मुख्यमन्त्री राजिव कोइराला हुनुपर्ने सार्वजनिक मन्तव्य दिदै आएका छन् ।

  • भीम आचार्यको सरकार असंवैधानिक, सभामुखले साथ दिए : विपक्षी गठबन्धन

    भीम आचार्यको सरकार असंवैधानिक, सभामुखले साथ दिए : विपक्षी गठबन्धन

    विराटनगर । प्रदेश १ का विपक्षी दलहरूले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत नलिएर संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपालगायत दलहरूको संयुक्त बैठकले सरकारले संविधानको उल्लंघन गरेको र त्यसमा सभामुखले साथ दिएको आरोप लगाएका हुन् ।

    ‘नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सरकारले दल विभाजन भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने स्पष्ट हुँदाहुँदै संविधानविपरीत गएकोले सरकारको असंवैधानिक कदमको घोर भर्त्सना गर्दछौं’, बैठकपछि गठबन्धनको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

    सभामुखले असोज २५ गतेका लागि बोलाइसकेको बैठक सूचना टाँस गरेर स्थगित गरेकोमा पनि उनीहरूले आपत्ति जनाएका छन् । गठन हुँदै अल्पमतमा रहेको आचार्य नेतृत्वको प्रदेश १ को सरकारले संवैधानिक हैसियत गुमाइसकेपछि पनि राजनीतिक नियुक्ति, सरुवा, बढुवालगायतका काम गरेकोमा पनि गठबन्धनले ध्यानाकर्षण गरेको छ । त्यस्ता निर्णयहरू नयाँ सरकार गठन भएसंगै खारेज गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।

    कुनै पनि निर्णय तथा कार्यान्वयन प्रक्रियामा सहभागी एवं संलग्न नहुन राष्ट्रसेवक कर्मचारीमा गठबन्धनले अनुरोध गरेको छ ।

  • प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)

    प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार, २ मन्त्री र ३ राज्यमन्त्री थपिए (सूचीसहित)

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन् । साविकको ३ सदस्यमा ५ जना नयाँ अनुहार थपेर उनले ८ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

    आज थप भएका मन्त्रीहरू संखुवासभाका तुलसीप्रसाद न्यौपाने आर्थिक मामिला तथा योजना र झापाका हिराकुमार थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    त्यस्तै सोलुखुम्बुका उत्तमकुमार बस्नेत उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री, मोरङका ज्ञानेश्वर राजवंशी भूमि, व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र मोरङकै लिलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका छन् ।

    मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष नयाँ मन्त्री, राज्यमन्त्री र नियुक्ति तथा मन्त्रालयको हेरफेर साथै कार्यविभाजनको जानकारी प्रदेश प्रमुखसमक्ष गराएका छन् । अहिले सपथको तयारी भइरहेको छ ।

  • प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री र राज्यमन्त्री ?

    प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री र राज्यमन्त्री ?

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् । साँझ ५ बजे नयाँ मन्त्रीहरूको सपथग्रहण हुन लागेको बताइएको छ ।

    एमाले स्रोतका अनुसार संखुवासभाबाट निर्वाचित प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपाने र झापाका हिराकुमार थापालाई मन्त्री बनाउने तयारी छ ।

    त्यस्तै मोरङका ज्ञानेश्वर राजवंशी,उदयपुरकी अम्बिका थापा,सोलुखुम्बुका उत्तम बस्नेत, मोरङका लिलाबल्लभ अधिकारीलगायतलाई राज्यमन्त्री बनाउनेबारे छलफल भएको र केहीको नाम टुंगो लाग्दैछ ।

    यसैबीच प्रदेशसभाको अधिवेशन असोज २२ मा बोलाइएको छ ।

  • गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे

    गणितमा भीम आचार्य फेरि फेल- शेरधनले थपे, राजेन्द्रले टपे

    काठमाडौं । भदौ ९ गते बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सामुन्ने प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भीम आचार्यलाई भनेका थिए- ‘अहिले त यो पनि मेरो, त्यो पनि मेरो भन्नुहुन्छ । तर, हिसाबमा तपाईं कमजोर हुनुहुन्छ है कमरेड । तपाईंको हिसाब पहिले पनि फेल भइसकेको छ ।’

    एक साता नपुग्दै शेरधनले भनेजस्तै भयो । मुख्यमन्त्री बन्दै गर्दा भीम आचार्यले ज-जसलाई आफ्नो पक्षमा राख्न सक्ने हिसाब सुनाएका थिए, तीमध्ये अधिकांश प्रदेशसभा सदस्यले नेकपा एसको पक्षमा सनाखत गरेपछि आचार्यको सरकार अल्पमतमा परेको छ ।

    एमालेको एकता बलियो हुने र सरकार पनि पार्टीकै निरन्तर रहने अपेक्षासहित राईले आचार्यका लागि मुख्यमन्त्री पद छाडिदिएका थिए । तर, साढे २ वर्षअघिजस्तै यसपटक पनि भीम आचार्य गणितमा फेल भए ।

    २०७४ सालमा संसदीय दलको निर्वाचन हुँदा आचार्यको हिसाब शेरधनभन्दा ९ सांसद बढी हुने थियो । माधव नेपाल पक्षका नेता आचार्य प्रदेश संयोजक पनि भएकाले समानुपातिकमा आफ्ना निकटस्थलाई सांसद बनाएका थिए।

    प्रत्यक्षतर्फ पनि ओली पक्षभन्दा नेपाल पक्षका सांसद धेरै थिए । आचार्यसँग संसदीय दलको नेतामा चुनाव लड्दा शेरधन अल्पमतमा थिए । तर, आचार्यको गणित फेल भयो र ५१ सांसदमध्ये २६ मत पाएर शेरधन मुख्यमन्त्री बने ।

    भीम आचार्यलाई मुख्यमन्त्रीको सफल कार्यकालको कामनासहित बधाई दिँदै शेरधन राई ।

    आचार्यले २४ मत पाउँदा अहिले नेकपा एसमा लागेका राजन राईको मत बदर भएको थियो । आचार्यलाई माधव नेपाल समूहकै नेता जीवन घिमिरेलगायतले मत दिएनन् । घिमिरे पछि शेरधनको सरकारमा मन्त्री पनि भए । तर, पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि घिमिरे प्रचण्ड-माधव पक्षमा लागेर राजीनामा दिए ।

    अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।

    तत्कालीन नेकपाको गुटबन्दीदेखि नै अलग धारमा रहेका र नेकपा एमाले ब्युँतिएपछि पनि ६ महिनादेखि सँगै नरहेका आचार्य र राई अहिले एकै ठाउँमा छन् । तर, आचार्य हिसाब बिग्रिदा बिग्रिदै निकै कमजोर बनेर एमालेको मूलधारमा फर्किएका छन् भने राई मुख्यमन्त्री गुमाएर पनि पार्टीभित्र बलियो बनेका छन् ।

    २६ सांसदको समर्थन पाएर मुख्यमन्त्री बनेका राई नेकपा विभाजनपछि तत्कालीन माधव नेपाल पक्षका ६ जना सांसदलाई आफूतिर तानेर थप बलियो बने । उनले माओवादीका प्रदेशसभा सदस्य टंक आङबोहाङलाई समेत आफूतिर ताने ।

    आजको शक्ति सन्तुलन फेरिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५१ सिटसहित एकल बहुमतमा रहेको एमाले अब ४१ सिटसहित अल्पमतमा झरेको छ । हिजो भीम आचार्य र राजेन्द्र राई माधव नेपाल समूहमा हुँदा १९ सांसद उनीहरूसँग थिए ।

    अब राजेन्द्र राईले १० सांसदसहित नेकपा एस रोजेपछि आचार्य र जीवन घिमिरेसहितको तेस्रो धारले ९ सांसदमात्र जोगाउन सकेको छ । आचार्य पक्षको भन्दा एकजना भने पनि बढी सांसद लैजाने राजेन्द्रको योजना सफल भएको छ ।
    १० बुँदे सहमति कार्यन्वयन हुने भएपछि स्थायी कमिटीका १० सदस्य एमालेमा बसेसँगै प्रदेश १ का तत्कालीन माधव नेपाल समूहका ९ सांसदमात्र एमालेमा रोकिएका छन् ।

    मध्यमार्गी धारका रुपमा एमालेमा रहेको समूहबाट भीम आचार्य, जीवन घिमिरे, बलबहादुर साम्सोहाङ, लक्ष्मण तिवारी, सावित्रा जोशी, यशोदा अधिकारी, होमकुमारी साँवा, लीलाबल्लभ अधिकारी एमालेमा रहेका छन् । सभाामुख प्रदीप भण्डारी पनि आचार्यनिकट मानिन्छन् ।

  • प्रदेश १ का नयाँ मुख्यमन्त्री आचार्यले पद सम्हाले

    प्रदेश १ का नयाँ मुख्यमन्त्री आचार्यले पद सम्हाले

    विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद सम्हालेका छन् ।

    प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट पद तथा गोपनीयताको सपथ लिएसँगै आचार्यले पद सम्हालेका हुन् । निवर्तमान मुख्यमन्त्री शेरधन राईले आचार्यलाई सफल कार्यकालको कामनासहित बधाई दिए ।

    एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो । राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएर मुख्यमन्त्री बनेका हुन् ।

  • प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, सपथग्रहण सम्पन्न

    प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री नियुक्त, सपथग्रहण सम्पन्न

    विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    एमाले केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को मुख्यमन्त्री परिवर्तन भएको हो ।

    केही बेरअघि उनले पथ तथा गोपनियताको सपथसमेत लिएका छन् । आजै निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मतरूपमा दलको नेता चयन भएका थिए ।

    आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले पदबाट राजीनामा दिई लचकता देखाएका हुन् ।

    आचार्य यसअघि माधव नेपाल गुटमा थिए । नेपालले पार्टी फुटाएपछि उनको साथ छोड्नेहरूको समूहमा उनी पनि थिए । अहिले यो समूह एमालेमै मर्ज भएको छ ।

    उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।

    २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो ।

  • शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

    शेरधन राईले दिए मुख्यमन्त्रीबाट राजीनामा

    इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राईले राजीनामा बुझाएका हुन् । राई र आचार्य दुवै प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

    राईले राजीनामा दिएसँगै आजै संसदीय दलको नेता चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्दैछन् । आचार्य आजै शेरधन राईको प्रस्तावमा सर्वसम्मत दलका नेता चयन भएका हुन् ।

    आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका बहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

    २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ काविरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

  • शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

    शेरधनको प्रस्तावमा भीम आचार्य एमाले संसदीय दलको नेता चयन

    विराटनगर । नेकपा एमाले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । मुख्मन्त्री शेरधन राईको प्रस्तावमा आचार्य दलको नेतामा सर्वसम्मत चयन भएका हुन् ।

    आजै आचार्यलाई नयाँ मुख्यमन्त्री बनाउने एमालेको तयारी छ ।

    काठमाडौंमा रहेका मुख्यमन्त्री राई आचार्यका लागि मार्ग प्रशस्त गर्न आज बिहानै जहाजबाट विराटनगर आएका थिए ।
    आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ राईले लचकता देखाएका हुन् ।

    उनले अबको आफ्नो ध्यान पार्टी निर्माणमा केन्द्रित हुने भन्दै त्यसका लागि सत्ता छाड्न तयार रहेको बताउँदै आएका थिए ।

    २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए । खोटाङका सांसद राजन राईको मत बदर भएको थियो । साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

  • शेरधनको प्रस्तावमा भीम आचार्य प्रदेश-१ को मुख्यमन्त्री बन्दै, आजै सपथ

    शेरधनको प्रस्तावमा भीम आचार्य प्रदेश-१ को मुख्यमन्त्री बन्दै, आजै सपथ

    इटहरी । नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश-१ सरकारमा मुख्यमन्त्री परिवर्तन हुने भएको छ । वर्तमान मुख्यमन्त्री शेरधन राईकै प्रस्तावमा भीम आचार्यलाई आजै मुख्यमन्त्री नियुक्त गरी सपथ गराउने तयारी भइरहेको छ ।

    आचार्यलाई दलको नेता चयन गर्न आज ११ बजे एमाले प्रदेश-१ संसदीय दलको बैठक बस्दैछ । बैठक बारेमा साम्सदहरुले सार्वजनिक नबोले पनि ११ बजे फाइनल भएको र नयाँ संसदीय दलको नेता चयन हुने उनीहरुको भनाइ छ।

    नाम नबताउने सर्तमा मोरङका एक साम्सद भन्छन्, ‘बैठकले संसदीय दलको नेतामा भीम आचार्य चयन हुने र ३ बजेभित्रै मुख्यमन्त्रीको सपथ लिने सम्भावना छ।’

    आचार्यलाई मुख्यमन्त्री र संसदीय दलको नेता बनाउँदा प्रदेशभरका वहुसंख्यक माधवपक्षीय सदस्यहरु एमालेमै बस्ने र सरकारको नेतृत्व पनि एमालेमै रहने बुझाइका साथ मुख्यमन्त्री शेरधन राईले लचकता देखाउन लागेका हुन् ।

    ‘अब गुट भन्दा पार्टी महत्त्वपूर्ण भएकोले जे गर्दा एमाले पार्टी र सरकार जोगिन्छ त्यही गर्न मुख्यमन्त्री तयार हुनुनुन्छ,’ स्रोत भन्छ ।

    २०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन २६ का विरुद्ध २४ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए। खोटाङका साम्सद राजन राईको मत बदर भएको थियो। साढे तीन वर्ष अगाडि गुटको लाइनमा चुनाव लढेका राई र आचार्य एमाले जोगाउने मुद्दामा भने एक भएका छन् ।

    २०७४ फागुन २ मा मुख्यमन्त्री भएका राई २०७८ भदौ १० मा आएर त्याग गर्न तयार भएका छन् । ९३ सदस्यीय प्रदेश-१ को प्रदेशसभामा एमालेका ५१ सदस्य छन् । ४७ सदस्यले मुख्यमन्त्री बन्ने मत पुग्ने भएकोले जतिसक्दो जोगाउन कुनै समयका प्रतिस्पर्धी राई र आचार्य एकै कित्ता भएका छन् ।

    अहिले प्रदेश-१ मा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई र पाँचथरका गणेशकुमार कम्बाङ मात्रै एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत समाजबादीमा गएका छन् ।

    नयाँ संसदीय दलको नेता र सरकार बनाउने कुरामा मात्रै होइन चालू आर्थिक वर्षको प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट पास गर्ने मुद्दामा पनि मुख्यमन्त्री राई र नेता आचार्य एक भएका थिए।

  • एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य

    एमाले एकताको पक्षमा लागेका नेतालाई बदनाम गराउन खोजिँदैछ : भीम आचार्य

    काठमाडौं । नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी एकताको कुरा गर्नेहरूमाथि आक्रमण गर्ने र अनेक आरोप लगाएर बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् ।

    माधव नेपाल समूहबाटै वार्ताकार नेताहरूका नियतमाथि प्रश्न उठाएर केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लागिरहेका बेला आचार्यले त्यस्ता आक्रमण र बदनामी गराउने प्रयासबाट हतोत्साहित नहुने बताएका छन् ।

    आचार्यले एमाले एकताको पक्षमा ८ बुँदे अपिल जारी गर्दै असार २७ गते भएको १० बुँदे सहमति सम्माजनक पार्टी एकताको मुख्य आधार हो भनेका छन् । उनले छलछाम र जालझेल नगरी १० बुँदे सहमतिलाई टेकेर समस्या हल गर्न सकिने बताएका छन् ।

    आचार्यले एमालेका दुवै पक्षमा एकताविरोधी तत्व रहेको भन्दै देशी विदेशी प्रतिक्रियावादी, एमाले फुटाएर सत्तामा जान लालायित भएका प्रतिस्पर्धी शक्तिहरूले एमाले फुटाउने प्रयत्न गरिरहेको आरोप लगाएका छन् ।

    आचार्यले फागुन २८ बाट शुरू भएको ओली पक्षको गतिविधि र त्यसको विरुद्ध माधव नेपाल पक्षले गरेका काम कारवाही, सर्त, माग र गतिविधिहरू विभाजनकै पक्षमा प्रकट भइरहेको आशंका गरेका छन् ।

  • माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)

    माधव निवासमा उभिएर भीम आचार्यले भने- एमाले फुटाउने नियतले आजै विश्वासको मत लिन खोजियो (भिडियो)

    काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमाले फुटाउने नियतले प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताएका छन् ।

    माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदा हुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको बताए ।

    आचार्यले भने, ‘एमालेलाई विभजित गर्ने कुत्सित षड्यन्त्र अनुसार यो काम हुँदैछ । दश बुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्र बाहेक अरु केही होइन ।

    सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिहेको बताए । उनले भने, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन,पार्टीले निर्णय गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगत रूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’

     

  • भीम आचार्य भन्छन्- म एमाले फुटाउने पक्षमा जान्न, झलनाथको विज्ञप्ति आधिकारिक हो

    भीम आचार्य भन्छन्- म एमाले फुटाउने पक्षमा जान्न, झलनाथको विज्ञप्ति आधिकारिक हो

    नवौं महाधिवेशनदेखि पछिल्लो अवस्थासम्मको एमाले समीकरणमा भीम आचार्य माधव नेपाल समूहका एक प्रमुख नेता हुन् । नवौं महाधिवेशनबाट निर्वाचित एमाले सचिव आचार्य पछिल्लो कार्य विभाजनमा दशौं महाधिवेशन आयोजक कमिटी सदस्यमात्र छन् ।

    माधव पक्षका नेताहरूले पार्टीमा फर्केर क्रियाशीलता नजनाएकाले उनीहरूले कुनै जिम्मेवारी पाएका छैनन् ।

    पछिल्लो समय नेकपा (एमाले) का फुट नजिक पुगेका दुई धारबाट मध्यमार्गी धारमा देखिएका आचार्यले यसबीचमा एकताको लागि पहल गरिरहेका छन् । आचार्यको मध्यमार्गी धारकै कारण प्रदेश १ सकारलले ल्याएको नीति तथा कार्यक्रम सहज पास भएको र बजेट आउन सहज भएको धेरैको तर्क छ ।

    आचार्य अहिले फेरि चर्चामा छन्,झलनाथ खनालको वक्तव्य मस्यौदाकारका रुपमा, जुन वक्तव्यप्रति माधव समूहकै केही नेताले सार्वजनिक रुपमै आपत्ति जनाएका छन् ।

    पुर्व पर्यटनमन्त्री आचार्यसँग नेपाल प्रेसकर्मी विराट अनुपमले एमाले पार्टी एकता, प्रदेश १ को प्रदेशसभामा भएको एकढिक्का एमालेदेखि अबको सम्भावित फुटका असरहरुका बारेमा गरेको कुराकानी प्रस्तुत छ, नेपाल टकमा ।

    केन्द्रमा एमाले विभाजनको डिलमा पुग्दा प्रदेश १ मा भने दुवै पक्ष एक भएर नीति तथा कार्यक्रम पारित भयो,बजेट आयो । यो कसरी सम्भव भयो ?

    प्रदेश १ को लागि मात्रै हैन पार्टी एकताको लागि यो एक गुडविल जेस्चर हो । प्रदेश सरकारको कुरामा हामीले विवाद गरेनौँ । पार्टी विभाजन नहोस् भन्नको लागी गरेका हौँ । हामीले कार्यकर्ता ,नेता र सिंगो पार्टीलाई एउटा म्यासेज दिएका हौँ ।

    अहिले दुई पार्टी जस्तै भएको एमालेको प्याकेज मिलन विन्दु चाहिँ के हुनसक्छ ?

    पार्टीको महाधिवेशनबाट निर्वाचित भएर आएको पार्टी कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी, आ-आफ्ना प्रकृयाबाट आएका सबै जनसंगठनहरू वडा, गाँउ, नगरदेखि प्रदेशका सबै कमिटीहरू पुनःस्थापना गर्ने हो भने मिलन विन्दु हुनसक्छ ।

    पहिले पनि यिनै पार्टी कमिटी नहुँदा असहज स्थिति आयो । फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले छुट्याइदिएपछि स्वतः साविक एमाले भइहाल्नुपर्ने थियो । त्यहाँ नगएर एउटा गुटलाई एमाले मान्न थालेपछि समस्या उत्पन्न भएको हो । गुट छाडेर आधिकारिक कमिटी स्थापना भएपछि मिलनविन्दु आउँछ ।

    हिजो झलनाथ खनाल दिल्ली उपचारमा जानु अगाडि एकताको पक्षमा विज्ञप्ति जारी गर्नुभयो । विज्ञप्ति तपाईंले ड्राफ्ट गरेको कुराहरू आए । खास कुरा के हो ?

    झलनाथ खनालले निकालेको विज्ञप्तिलाई मैले किन ड्राफ्ट गर्नु र ? उहाँले नै निकाल्नु भएको हो ।

    फागुन २३ गते सर्वोच्च अदालतको फैसलाले माओवादी र एमाले छुट्याइदिएपछि स्वतः साविक एमाले भइहाल्नुपर्ने थियो । त्यहाँ नगएर एउटा गुटलाई एमाले मान्न थालेपछि समस्या उत्पन्न भएको हो । गुट छाडेर आधिकारिक कमिटी स्थापना भएपछि मिलनविन्दु आउँछ ।

    कतिपय माधव नेपाल पक्षका नेताहरूले विज्ञप्तिलाई फेक भएको भनेर प्रचार गरे । केही अनलाइनले त्यही कुरा लेखे । फेकै हो त्यो विज्ञप्ति ?

    फेक भएको भए झलनाथ खनालको सचिवालयले खन्डन गर्थ्यो । त्यो विज्ञप्ति उहाँ आफैंले निकाल्नुभएको हो । उहाँले पार्टी एकताको लागि विज्ञप्ति जारी गर्नुभएको हो । गुटका कमिटीलाई हैन आधिकारिक कमिटीलाई मान्यता दिएर पार्टी जोगाउन उहाँको विज्ञप्ति आएको हो ।

    अदालतले नेकपा (एमाले) को दशौँ महाधिवेशन आयोजक कमिटीको कारवाहीलाई मान्यता दिएन । अब आधिकारिक कमिटी बनेर समयमै महाधिवेशन हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

    अस्तिको महाधिवेशन कमिटी एमालेको थिएन । गुटको थियो । अब समय आएपछि नवौँ महाधिवेशनबाट आएको आधिकारिक मान्छेबाट महाधिवेशन कमिटी बन्छ । महाधिवेशन हुन्छ ।

    दशौँ महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपाल एकै ठाँउमा आउने सम्भावना छ ?

    त्यो त हुनुपर्छ नि । एक खालको ‘कमन अन्डरस्ट्यान्डिङ ’ कहाँ हुन्छ भनेर तय भएपछि हुनुपर्छ । एमाले जोगिन्छ, इतिहासको लिगेसी कायम हुन्छ भने त केपी ओली, माधव नेपाल, झलनाथ खनाल एकै ठाउँमा हुनुपर्छ ।

    मानिलिउँ माधव नेपाल पक्षका हार्डलाइनरहरूले ओलीसँग बस्दै नबस्ने भने र ओली पक्षले पनि माधव नेपालसँग मिल्न चाहेन भने तपाईंको पोजिसन के हुन्छ ?

    म फुटको पक्षमा हुन्न । मैले त्यसको परिकल्पना गरेको छैन । एमाले फुट्यो भने पश्चिम बंगालको कम्युनिष्ट पार्टीजस्तै हुन्छ । अब दुई पार्टी हुन्छ भनेर पहिले जस्तो भन्ने अवस्था छैन । एमाले फुट्दा धेरै नराम्रो असर हुन्छ । कम्युनिष्ट पार्टी सिद्धिन्छ । अहिले सरकार र पार्टी दुवै अलोकप्रिय भएको छ । यस्तो समयमा फुटले झनै ठूलो असर गर्छ ।

    अब एमाले फुटिहालेमा २०५४ सालको फुट र अबको फुटमा के फरक र के समानता हुन्छ ?

    मैले एमालेको फुटको परिकल्पना गरेकै छैन । यस्तो हुनुहुन्न ।

    तपाईंले सरकार र पार्टी अलोकप्रिय भएको भन्नु भयो । अब आउने चुनावमा एमालेको संघ, प्रदेश र स्थानीय तहको पोजिसन के होला ?

    एमाले एक भयो भने पहिलो पार्टी हुन्छ । मन, वचन र कर्ममा एक हुँदा पार्टी पहिलो नै हुन्छ ।

    कतिपय माधव नेपाल पक्षका हार्डलाइनर नेताहरूले अनौपचारिक कुराकानीमा प्रदेश १ को मुख्यमन्त्री पाउने सर्तमा तपाईं नरम भएको भन्छन् । यस बारेमा तपाईंको आधिकारिक धारणा के हो ?

    त्यस्तो केही पनि हैन । म पार्टी एकता र नवौँ महाधिवेशनबाट आएको टीमले नै दशौँ महाधिवेशन गर्नुपर्ने पक्षमा छु ।

    तपाईं सुनसरीको हेभिवेट नेता हो । तपाईंकै जिल्लामा दुई समानान्तर कमिटी सबैतिर छन् । यसलाई एक बनाउन जिल्ला तहबाट केही व्याक्तिगत पहल गर्नु भएको छ ?

    यो सिंगो पार्टीको समस्या भएकोले जिल्लाबाट मिल्ने कुरा हैन । सिंगो पार्टी र माथिबाट मिल्नुपर्छ ।

  • भीम आचार्यले भने – ओली बाहेकको वाम सरकार बनाउन सकिन्छ

    भीम आचार्यले भने – ओली बाहेकको वाम सरकार बनाउन सकिन्छ

    काठमाडौं । प्रचण्ड-माधव पक्षका नेता भीम आचार्यले केपी शर्मा ओलीबाहेकको वाम सरकार बनाउन सकिने बताएका छन् ।

    खारेजीमा परेको नेकपा प्रचण्ड-माधव पक्षका नेतासमेत रहेका आचार्यले एमालेमै रहेर पनि संघर्ष गर्न सकिने संकेत गरे ।

    ‘अदालतले गरेको निर्णयको विकल्प छैन । हिजो पनि हामी त विपक्षी थिएनौं । वैधानिक विभाजन नभएको अवस्थामा नेकपामै थियौं । बहस र छलफल गरेर अघि बढ्छौं ।’

    माधवनिकटका नेता आचार्यले ओलीले तयारी गरेको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने बारे सल्लाह गरेर मात्र भन्न सकिने बताए ।

  • ‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ

    ‘प्रस्तावित मुख्यमन्त्री’ आचार्य भन्छन्ः कांग्रेस, जसपासित मिलेर मिलेर सरकार बनाउँछौ

    विराटनगर । प्रचण्ड–माधव नेपाल पक्षीय समूहले पदेश १ को मुख्यमन्त्री प्रस्ताव गरेका नेता भीम आचार्यले कांग्रेस, जसपालगायतका दलसित मिलेर सरकार बनाउने बताएका छन् । विराटनगरको तीनपैनीमा पत्रकार सम्मेलन गर्दै आचार्यले भने, ‘सबै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर सरकार बनाउछैं ।’

    आइतबार ३७ सांसदले मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्तावमा मुख्यमन्त्री प्रस्ताव गरिएका आचार्यले आफ्नै पार्टीसँग सरकार बनाउँन आवश्यक सांसद भए पनि अरु दलहरुसँग पनि मिलेर जाने बताए। प्रदेशका नेकपा नेताहरू टंक आङबुहाङ, इन्द्र आङ्बो र तुल्सी न्यौपानेसँगै बसेर गरेको पत्रकार सम्मेलनमा आचार्यले प्रदेश सरकारको आलोचना गरे ।

    जनताको काम गर्न नसेकेको, कानुन निर्माणमा ढिलाइ गरेको, आर्थिक अनुशासन कायम नगरेको भन्दै आचार्यले सरकारको विरोध गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेर लोकतान्त्रिक गणतन्त्र नै धरापमा पारेको आचार्यले आरोप लाए । ओलीले घोषणा गरेको बैशाखमा चुनाव नहुने र ओली नेतृत्वमा भएको चुनाव दलहरुले अस्वीकार गर्ने आचार्यले बताए ।