Tag: भारतीय फुटबल टोली

  • ‘ए’ डिभिजन फुटसल लिगलाई भारतीय कप्तान सुनिलको शुभकामना

    ‘ए’ डिभिजन फुटसल लिगलाई भारतीय कप्तान सुनिलको शुभकामना

    काठमाडौं । आगमी सोमबारदेखि पोखरामा सुरु हुने ‘ए’ डिभिजन फुटसल लिगको सफलताका लागि भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले शुभकामना दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सोमबारदेखि हुने प्रतियोागिता पोखरामा हुनेछ ।

    ‘नयाँ फुटसल प्रतियोगिताका लागि नेपाल फुटबल संघलाई धेरै शुभकामना छ, म र मेरो सम्पूर्ण टोलीको तर्फबाट,’ भिडियो सन्देप पठाउँदै सुनिलले भनेका छन्, ‘आशा गर्छु यसमा सहभागी हुने सबैले आनन्द लिनुहुनेछ । यो पनि आशा गर्छु, सबै जना सुरक्षित रहनु हुनेछ ।’

    नेपालका भान्जासमेत रहेका सुनिलले नेपाली भाषामै शुभकामना दिँदै भनेका छन्, ‘म विश्वस्त छु यो तपाईहरू सबैका लागि एउटा उत्कृष्ट यात्राको सुरुआत हो । इन्जोए गर्नुहोस्, राम्ररी खेल्नु होस् । हेर्ने मान्छेले पनि राम्ररी हेरेर इन्जोए गर्नुहोस् । सुरक्षित रहनुहोस् ।’

    पोखरामा हुने प्रतियोगितामा ६ प्रदेशबाट १० टोलीले सहभागिता जनाउँदैछन् । अक्टोबर ८ सम्म (२० दिनसम्म) चल्ने प्रतियोगिताको विजेता टोलीले १० लाख रूपैयाँ तथा उपविजेताले ५ लाख रूपैयाँ प्राप्त गर्नेछ ।

    त्यस्तै, विधागत उत्कृष्ट गोलकिपर, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले जनही २५ हजार रूपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ ।

  • नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा (तस्बिरहरू)

    नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा (तस्बिरहरू)

    काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ ।

    भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो ।

    दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।

    यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

    अहिलेसम्म नेपाल-भारत टिम १९ खेलमा आमने-सामने भएका छन् । त्यसमध्ये भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक जितेको छ । नेपालले अन्तिमपटक काठमाडौंमा भएको २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २-१ गोलले पराजित गरेको थियो ।

    नेपाली टोलीमा भने रोहित चन्द अनुपस्थित हुने भएका छन् ।

     
     
     

    तस्बिरहरू : सरोज बैजु ।