Tag: भारतीय जनता पार्टी

  • बीजेपी सांसदको अर्को टिप्पणी : ओलीको कदम घरको न घाटको !

    बीजेपी सांसदको अर्को टिप्पणी : ओलीको कदम घरको न घाटको !

    दिल्ली । सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) नेता एवं राज्य सभा सांसद सुव्रमण्यम स्वामीले नेपालको विकसित घटनाक्रमबाट भारतले चीनको प्रभावसँग लड्ने तरिका सिक्नुपर्ने बताएका छन् ।

    विहिबार ट्वीटमार्फत उनले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीको कदम ‘न घर न घाटको भएको’ टिप्पणी समेत गरेका छन् ।

    प्रधानमन्त्री मोदी निकट मानिने भारतको पूर्व केन्द्रिय मन्त्री समेत रहेका स्वामीले चिनियाँ प्रभावबाट जोगिन भारतले सन्तुलन मिलाउनुपर्ने खाँचो औंल्याएका छन् । उनले यसका लागि दक्ष राजनीतिज्ञ जरुरी भएको समेत उल्लेख गरेका छन् ।

    नेपाल चाँडै लोकतन्त्रमा फर्कन सक्ने र संयुक्त सरकार बनाउन सक्ने आशा पनि स्वामी व्यक्त गरेका छन् । संसद विघटन गर्ने ओलीको कदमलाई अदालतले बदर गरेपछि स्वामीले स्वागतयोग्य भन्दै ट्वीट गरेका थिए ।

  • भारतीय गृहमन्त्री भन्छन्– नेपालमा पनि भाजपा विस्तार गर्नुपर्छ

    भारतीय गृहमन्त्री भन्छन्– नेपालमा पनि भाजपा विस्तार गर्नुपर्छ

    काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (भाजपा)ले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी सरकार गठन गर्ने योजनामा रहेको खुलासा गरेका छन् ।

    मुख्यमन्त्री देवका अनुसार भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले शनिबार रविन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टीको कार्यक्रममा छिमेकी देशहरु नेपाल र श्रीलंकामा भाजपा सरकार स्थापित गर्ने योजना बनाएको बताएका हुन् ।

    उत्तर भारतकाे अनलाइन इस्ट माेजाेमा प्रकाशित समाचारअनुसार शाहले त्रिपुरा यात्राका क्रममा राज्यका नेतृत्वहरुसँगको चियापान कार्यक्रमका क्रममा भारतका अधिकांश राज्यमा जित हासिल गरेपछि अब छिमेकी देशहरुमा पनि पाटी स्थापना गर्ने योजनामा रहेको बताएको दावी मुख्यमन्त्री देवले गरेका छन् ।

    ‘हामी राज्यको पाहुनाघरमा कुराकानी गरिरहेका थियौं । जव भाजपाका उत्तर पूर्व जोनल सचिव अजय जाम्बालले भारतका लगभग सबै राज्यमा भाजपाको सरकार बनेको कुरा गरे, जवाफमा शाहले भने, अब श्रीलंका र नेपाल बाँकी छ । हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्छ र सरकार बनाउनका लागि त्यहाँ जित हासिल गर्नुपर्छ,’ अमित शाहको भनाई उदृत गरी देवले भने ।

    भाजपा नेतासमेत रहेका मुख्यमन्त्री देवले कम्युनिस्ट पार्टीलाई पछि पार्दै अमित शाहको नेतृत्वमा भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको दावी पनि गरे । उनले केरलामा कमजोर कम्युनिस्ट सरकार समाप्त गरी भाजपाको नेतृत्वमा सरकार गठन गर्न काम भइरहेको बताए । यस्तै गरी पश्चिम बंगालकी मुख्यमन्त्रीलाई जनताले चाँडै बिदाइ गर्ने, तामिलनाडूसहित देशभरमा ‘कमल’ फुल्ने दावी देवले गरे ।

    त्रिपुराका विपक्षी नेताहरुले मुख्यमन्त्रीको विवादास्पद अभिव्यक्तिको बारेमा भाजपाको केन्द्रीय नेतृत्वसँग जवाफ माग गरेको छ । भारतीय कम्युनिस्ट पाटी (माक्सबादी)का नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रबारे कुनै ज्ञान छैन ।

    मुख्यमन्त्रीको दावी अनुसार यदि अमित शाहले भनेकै हुन् भने पनि हामीलाई अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन ।’
    भारतीय कम्युनिस्ट पार्टीका नेताले गृहमन्त्री अमित शाह ‘नेपालको बिरुद्धमा राज्यको षड्यन्त्र’मा लागेको आरोप समेत लगाए । उनले मुख्यमन्त्रीको भनाइलाई सामान्य रुपमा नलिइ प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेतासँग जवाफ र प्रतिक्रियाको माग गरेका छन् ।

    त्रिपुरा कंग्रेस इकाईका उपाध्यक्ष तापस डे ले पनि अमित शाहको भनाईमा ‘साम्राज्यबाद’को गन्ध आएको बताएका छन्, जसको बिरुद्धमा भारत आफैंले वषौंसम्म संघर्ष गरेको थियो । उनले भनेका छन्, ‘भारतले नेपाल र श्रीलंकको सार्वभौम मामलामा हस्तक्षेप गर्न मिल्दैन ।’