Tag: भाजपा

  • भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ (भिडिओ)

    भाजपा नेताले भने- एउटै मञ्चमा यतिधेरै पूर्वप्रधानमन्त्री पहिलोपटक देखेँ (भिडिओ)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुभकामना दिन आएका भारतीय जनता पार्टीका नेता हर्षवर्द्धनले एउटै मञ्चमा यतिधेरै प्रधानमन्त्री पहिलोपटक देखेको बताएका छन् ।

    नेपाली कांग्रेसलाई शुभकामना दिन सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालतिर इसारा गर्दै उनले आफूले कहिले पनि यस्तो नदेखेको बताए ।

    त्यस्तै उनले एउटा पार्टीको कार्यक्रममा सबै पार्टीका प्रमुख नेताहरू उपस्थित हुनु पनि आफ्ना लागि नयाँ विषय भएको बताए ।

    उनले नेपाल-भारत सम्बन्ध आलौकिक भएको समेत बताए ।

  • किन जाँदैछन् कांग्रेस नेताहरू भारत ?

    किन जाँदैछन् कांग्रेस नेताहरू भारत ?

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरू भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । नेपालमा कांग्रेस नेतृत्वमा सरकार बनेपछि कांग्रेस नेताहरूले औपचारिकरूपमा पहिलो भारत भ्रमण गर्न लागेका हुन् ।

    भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य अजय चौरसिया र पूर्व अर्थ राज्यमन्त्री एवं युवा नेता उदयशमशेर राणा चार दिने भ्रमणमा जान लागेका हुन् ।

    कांग्रेसले भ्रमणलाई ‘अन्तर पार्टी’ भनेको छ । ‘यो दुई पार्टीबीचको आपसी सम्बन्ध सुदृढ बनाउने र अनुभव आदानप्रदान गर्ने भ्रमण हो । यसलाई पार्टी टू पार्टी भिजिट भन्दा हुन्छ’, भ्रमण जाँदै गरेका नेता उदयशमशेर राणाले भने ।

    उनले भ्रमणका दौरान भारतीय विदेश मन्त्री, भारतीय जनता पार्टीका शीर्ष नेताहरु र भारतमा रहेका नेपाली समुदायका अगुवाहरूसँग अन्तरक्रिया हुने जानकारी दिए । भ्रमणका दौरान तीनैजना नेताहरू दिल्ली, बनारस र लखनउमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

    ‘दुई देशको लोकतान्त्रिक पार्टीका बीच आपसी सम्बन्ध सुधारमा यस्ता भ्रमणहरु भइरहन्छ । हामीले बोलाएर विजय चौथाइवाले आउनुभएको थियो । अहिले हामी जाँदैछौ । यो पार्टीगत भ्रमण हो यसमा सरकार जोडिएको छैन’, राणाले नेपाल प्रेससँग भने ।

    भाजपा विदेश विभाग प्रमुख चौथाइवाले डेढ महिनाअघि नेपाल भ्रमणमा आएका थिए । सोही भ्रमणका दौरान उनले कांग्रेसका नेताहरूलाई भारत भ्रमणको निम्तो दिएका थिए ।

  • भारतीय गृहमन्त्री भन्छन्– नेपालमा पनि भाजपा विस्तार गर्नुपर्छ

    भारतीय गृहमन्त्री भन्छन्– नेपालमा पनि भाजपा विस्तार गर्नुपर्छ

    काठमाडौं । भारतको त्रिपुराका मुख्यमन्त्री विप्लव कुमार देवले भारतीय जनता पार्टी (भाजपा)ले नेपाल र श्रीलंकामा पार्टी विस्तार गरी सरकार गठन गर्ने योजनामा रहेको खुलासा गरेका छन् ।

    मुख्यमन्त्री देवका अनुसार भाजपाका पूर्व अध्यक्ष तथा वर्तमान गृहमन्त्री अमित शाहले शनिबार रविन्द्र शतवार्षिकी भवनमा आयोजित पार्टीको कार्यक्रममा छिमेकी देशहरु नेपाल र श्रीलंकामा भाजपा सरकार स्थापित गर्ने योजना बनाएको बताएका हुन् ।

    उत्तर भारतकाे अनलाइन इस्ट माेजाेमा प्रकाशित समाचारअनुसार शाहले त्रिपुरा यात्राका क्रममा राज्यका नेतृत्वहरुसँगको चियापान कार्यक्रमका क्रममा भारतका अधिकांश राज्यमा जित हासिल गरेपछि अब छिमेकी देशहरुमा पनि पाटी स्थापना गर्ने योजनामा रहेको बताएको दावी मुख्यमन्त्री देवले गरेका छन् ।

    ‘हामी राज्यको पाहुनाघरमा कुराकानी गरिरहेका थियौं । जव भाजपाका उत्तर पूर्व जोनल सचिव अजय जाम्बालले भारतका लगभग सबै राज्यमा भाजपाको सरकार बनेको कुरा गरे, जवाफमा शाहले भने, अब श्रीलंका र नेपाल बाँकी छ । हामीले श्रीलंका र नेपालमा पार्टीको विस्तार गर्नुपर्छ र सरकार बनाउनका लागि त्यहाँ जित हासिल गर्नुपर्छ,’ अमित शाहको भनाई उदृत गरी देवले भने ।

    भाजपा नेतासमेत रहेका मुख्यमन्त्री देवले कम्युनिस्ट पार्टीलाई पछि पार्दै अमित शाहको नेतृत्वमा भाजपा विश्वकै सबैभन्दा ठूलो पार्टी बनेको दावी पनि गरे । उनले केरलामा कमजोर कम्युनिस्ट सरकार समाप्त गरी भाजपाको नेतृत्वमा सरकार गठन गर्न काम भइरहेको बताए । यस्तै गरी पश्चिम बंगालकी मुख्यमन्त्रीलाई जनताले चाँडै बिदाइ गर्ने, तामिलनाडूसहित देशभरमा ‘कमल’ फुल्ने दावी देवले गरे ।

    त्रिपुराका विपक्षी नेताहरुले मुख्यमन्त्रीको विवादास्पद अभिव्यक्तिको बारेमा भाजपाको केन्द्रीय नेतृत्वसँग जवाफ माग गरेको छ । भारतीय कम्युनिस्ट पाटी (माक्सबादी)का नेता तथा पूर्व मुख्यमन्त्री जितेन्द्र चौधरीले भने, ‘मुख्यमन्त्रीलाई संविधान र लोकतन्त्रबारे कुनै ज्ञान छैन ।

    मुख्यमन्त्रीको दावी अनुसार यदि अमित शाहले भनेकै हुन् भने पनि हामीलाई अर्को देशको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन ।’
    भारतीय कम्युनिस्ट पार्टीका नेताले गृहमन्त्री अमित शाह ‘नेपालको बिरुद्धमा राज्यको षड्यन्त्र’मा लागेको आरोप समेत लगाए । उनले मुख्यमन्त्रीको भनाइलाई सामान्य रुपमा नलिइ प्रधानमन्त्री नरेन्द्र मोदीसहित भाजपाका शीर्ष नेतासँग जवाफ र प्रतिक्रियाको माग गरेका छन् ।

    त्रिपुरा कंग्रेस इकाईका उपाध्यक्ष तापस डे ले पनि अमित शाहको भनाईमा ‘साम्राज्यबाद’को गन्ध आएको बताएका छन्, जसको बिरुद्धमा भारत आफैंले वषौंसम्म संघर्ष गरेको थियो । उनले भनेका छन्, ‘भारतले नेपाल र श्रीलंकको सार्वभौम मामलामा हस्तक्षेप गर्न मिल्दैन ।’