Tag: भागरथी भट्ट

  • मृत्यु भएको १७औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

    मृत्यु भएको १७औं दिनमा भागरथीको अन्तिम संस्कार गरिँदै

    रासस । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । भागरथीको मृत्यु भएको १७ औं दिनमा दाहसंस्कार गर्न लागिएको हो ।

    यसअघि भागरथीका घरपरिवारले दोषी पत्ता लगाउनुपर्ने र आवश्यक कानुनी कारवाही गर्नुपर्ने माग गर्दै आएको थियो । प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपित भन्दै सार्वजनिक गरेको थियो ।

    सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए तर शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो । त्यसपछि पनि भागरथीका घरपरिवारले भने बलात्कार गर्ने व्यक्तिको पनि खोजी गर्नुपर्ने भन्दै बिहीबारसम्म शव बुझ्न मानेको थिएन ।

    याे पनि पढ्नुस्
    अभियुक्तका बावुको बकपत्र- मैले नै गरेको हुँ भन्यो, नपत्याएर के गर्नु ? (अडियोसहित )

    बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

    जिल्ला अस्पतालमा रहेको शवलाई बिहान १० बजे बुझ्ने जानकारी आएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

    गोठलापानीबाट बिहान ११ बजे शवयात्रा शुरु हुने भागरथीका काका शिवराज भट्टले जानकारी दिए । गोठलापानीबाट सेरासम्म शवयात्रा हुने र सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको हो ।

    गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो ।

  • भागरथी र निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

    भागरथी र निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै अखिल क्रान्तिकारीद्वारा प्रदर्शन

    काठमाठौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल (क्रान्तिकारी) ले बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई कारवाहीको माग गर्दै नेपालगञ्जमा बिरोध प्रदर्शन गरेको छ ।

    अखिल क्रान्तिकारी भेरी कर्णाली क्षेत्रीय समन्वय समितिको आयोजनामा निर्मला पन्त, भागरथी भट्ट र सम्झना विकलगायतको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै बाँकेको नेपालगञ्जमा प्रदर्शन भएको हो ।

    जुलुसमा ४ हजार भन्दा बढी विद्यार्थी सहभागि भएका संगठनका भेरी कर्णाली ब्यूरो संयोजक समेत रहेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हर्क विकले जानकारी दिए । क्रान्तिकारीका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट र मध्यपश्चिम विश्वविद्यालयका सवै इकाईका विद्यार्थी नेता तथा कार्यकर्ता प्रदर्शनमा सहभागि भएका थिए ।

    बलात्कारी र हत्यारालाई फासीको सजाय हुनुपर्ने भन्दै प्रदर्शनमा सहभागि विद्यार्थीले नाराबाजी गर्नुका साथै सरकारलाई कानुन बनाएर फासी दिने व्यवस्था गर्न माग गरेका छन् ।

    नेपालगञ्जका विभिन्न चोकमा प्रदर्शन गरेपछि जुलुश सभामा परिणत भएको थियो । उक्त सभामा विद्यार्थी संगठनका नेताले सम्बोधन गरेका छन् । सम्बोधन गर्ने सबै जसो नेताले हत्या र बलात्कार जस्ता जघन्य अपराधमा संलग्नलाई फासीको सजाय हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

  • भागरथीको घाँटी थिचेर मारेको र प्यान्ट घुँडासम्म खोलेको देखियो : डीआईजी सुवेदी (भिडियो)

    भागरथीको घाँटी थिचेर मारेको र प्यान्ट घुँडासम्म खोलेको देखियो : डीआईजी सुवेदी (भिडियो)

    काठमाडौं । प्रहरीले बैतडीकी चेली भागरथी भट्टको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार भट्टले घाँटी रेटेर हत्या गरेको र त्यसपछि बलात्कार प्रयास गरेको बयान दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

    ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने ।

    १६ वर्षको किशोरले १७ वर्षकी किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त ? भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

  • दिनेशले भागरथी हत्याको आरोप स्वीकारिसके: प्रहरी

    दिनेशले भागरथी हत्याको आरोप स्वीकारिसके: प्रहरी

    काठमाडौं । बैतडीकी चेली भागरथी भट्टको हत्याकाे आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।

    दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ ।

    ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायत अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौं’ उनले भने ।

    १६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबजस्ती बलात्कार र हत्या गर्न सम्भव छ त भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्न सक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’

    घटनास्थल जाँच सोधपुछको क्रममा निजले दिएको बयान, निजको टेक्निकल अनुसन्धान गर्दा देखिएको लोकेसन सबैको आधारमा साविती कुराहरु छन् ।