Tag: भागरथी

  • बयान फेरेका अभियुक्तसँग मिल्यो भागरथीको स्वाबको डीएनए

    बयान फेरेका अभियुक्तसँग मिल्यो भागरथीको स्वाबको डीएनए

    कैलाली । बैतडीमा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्ट र हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए मिलेको छ ।

    आरोपित भट्टको डीएनए मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनएसँग मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।

    दिनेशले आफूले बलात्कारपछि हत्या गरेको शुरूमा स्वीकारेका थिए । तर, केही दिनअघि एक कर्मचारी र अर्का एक व्यक्तिको संलग्नता रहेको भन्दै बयान फेरेका थिए ।

    केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला, सामाखुशीमा गरिएको परीक्षणबाट डीएनए मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख नारायणप्रसाद अधिकारीले नेपाल प्रेसलाई बताए ।

    बैतडीको दोगडाकेदार गाउँपालिका-७, चडेपानीकी भागरथीको माघ २१ मा बलात्कारपछि हत्या गरिएको थियो । प्रहरीले घटनामा संलग्नताको आरोपमा फागुन ४ गते दिनेश भट्टलाई पक्राउ गरेको थियो ।

    आरोपीसँग मृतकको डीएनए मिलेपछि भट्टकै संलग्नता रहेको आधार बलियो भएको प्रहरी अधिकारीहरू बताउँछन् ।

  • भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू)

    भागरथीको न्याय माग्दै प्रदर्शन (तस्बिरहरू)

    काठमाडौं । भागरथीलाई न्यायको माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

    नेपाली कांग्रेस सुनसरी-काठमाडौं सम्पर्क समितिले बानेश्वरमा प्रदर्शन गरेको हो ।

    बैतडीमा बलात्कारपछि हत्या भएको एक साता बित्दासम्म दोषीलाई पक्राउ नगरिएको, पीडित परिवारले न्याय नपाएको भन्दै प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानर बोकेका थिए ।

  • भागरथी हत्या प्रकरण : दोषीनजिक पुग्यो प्रहरी

    भागरथी हत्या प्रकरण : दोषीनजिक पुग्यो प्रहरी

    कैलाली । बैतडी दोगडा केदार गाउँपालिका- ७ की १७ वर्षीया भागरथी भट्टको हत्या घटनामा दोषीनजिक पुगेको प्रहरीले बताएको छ ।

    घटना भएको ८ दिन भएको छ । दोषी पहिचान गर्ने चरणमा अनुसन्धान पुगेको प्रहरीले जनाएको छ ।

    ‘दर्जनौँ व्यक्तिसँग सोधपुछ गरेका छौँ’ उच्च प्रहरी अधिकारीले भने, ‘उनीहरूमध्येकै केही शंकास्पद देखिएका छन् । निगरानी बढाएका छौं ।’

    ‘घटनास्थलमा भेटिएका प्रमाणहरूमा आधारमा केही व्यक्ति निगरानीमा छन’ उच्च अधिकृत भन्छन् ‘अनुसन्धान सकारात्मक दिशातर्फ गइरहेको छ । अनुसन्धानको घेरा साँघुरो बन्दै गइरहेको छ ।’

    २१ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा बेपत्ता भएकी किशोरीको २२ गते स्थानीय लबदेव सामुदायिक बनमा शव फेला परेको थियो ।

    अहिले प्रहरीले किशोरी अध्ययन गर्ने विद्यालयका साथी, शिक्षक, परिवारका सदस्य, गाउँका आफन्त, नजिकका चिनेजानेकाहरु गरी दर्जनौँ व्यक्तिसँग सोधपुछ गरिरहेको छ । घटनालाई सुक्ष्म ढङ्गले अनुसन्धान भइरहेको प्रहरीको दाबी छ ।

    घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा प्रहरीले अनुसन्धानको दायरा साँघुरो पारेको प्रहरीको भनाइ छ ।

    भागरथीको मोबाइल लोकेसन भने लबदेवे वन नै पाइएको प्रहरी स्रोतले जनाएको छ । ‘उनको लोकेसन लबदेव वन नै देखिएको छ। त्यसैले हत्या वनमै भएको तथ्यले देखाएको छ’, प्रहरी स्रोतले भन्यो ।

    प्रहरीले हरेक ढंगबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । अहिले नजिकका व्यक्तिहरू बढी निगरानीमा रहेका छन् ।

    ‘यस्ता घटनाहरू नजिकका व्यक्तिहरूबाट पनि हुने गरेको पाइएको छ’ प्रहरी अधिकारी भन्छन् ‘बलात्कार पछि मान्छे चिन्ने डरले हत्या हुने गरेको छ । यो घटनालाई पनि हामी हरेक कोणबाट हेरिरहेका छौँ ।’

    भट्टले भारतीय नम्बरको सिम रहेको मोबाइल बोक्ने गरेकी थिइन् । उनका आफन्तहरू भारतमा रहेको र गाउँमा भारतीय नेटवर्कले मात्रै काम गर्ने भएकाले उनले भारतीय नम्बर प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

    अहिले प्रहरीले मोबाइलमा रहेका म्यासेज र नम्बरहरूलाई पनि विश्लेषण गरिरहेको छ ।

    घटना भएको भोलि पल्टनै बैतडीका जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीसहितको टोली घटनास्थलमा खटिएको थियो । उक्त टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो ।

    किशोरीको टाउकोमा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनांगबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।

    अहिले पनि एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली घटना स्थलमा खटिएको छ । डिआइजी उत्तम सुवेदी आइतबार देखि घटना स्थलमा छन् । घटनाको अनुसन्धानबालगि धनगढीबाट थप प्रहरी परिचालन गरिएको छ ।

    शव बुझ्न अस्वीकार

    भागरथीका आफन्तले शव बुझ्न अस्वीकार गरिरहेका छन् । भट्टको शनिवार साँझ पोस्टमार्टम गरिएको थियो। हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने आफन्तहरूले बताएका छन् । उनको शव जिल्ला अस्पतालमा राखिएको छ।