Tag: भवन उद्घाटन

  • प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन (तस्वीरहरु)

    प्रधानमन्त्री देउवाद्वारा ज्यापु समाज जेष्ठ नागरिक भवनको उद्घाटन (तस्वीरहरु)

    ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले भवनको उद्घाटन गरेका हुन् ।

    जेष्ठ नागरिकको उचित हेरचाहका लागि आधुनिक, अपाङ्गमैत्री संरचनाहरुको सुविधासहित भवन निर्माण गरिएको ज्यापु समाजले जनाएको छ । यस भवनमा ११० वटा बेडका साथै स्वास्थ्य परीक्षण कक्ष, भान्छा कोठा, अत्यावश्यक फर्निचर र अन्य उपकरणहरु रहेका छन्।

    भारत र नेपाल सरकारबीचको सम्झौता अनुरुप यस भवनको निर्माण भारत सरकारको ५ करोड आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा गरिएको हो।

  • यस्तो बन्यो पाटन माविको नयाँ भवन (तस्वीरहरुसहित)

    यस्तो बन्यो पाटन माविको नयाँ भवन (तस्वीरहरुसहित)

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकामा रहेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।

    २०७२ को भूकम्पपछि क्षतिग्रस्त बनेको पाटन माध्यामिक विद्यालयको नवनिर्मित भवन प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् ।

    उक्त भवन जापान सरकारको ऋण सहयोगमा नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) ले निर्माण गरेको हो ।

    भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पाटन माध्यामिक विद्यालय नेपालको इतिहास र व्यवस्थासँग जोडिएको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘यो भवन नेपालको इतिहाससँग जोडिएको छ । बिभिन्न प्रणालीहरुसँग जोडिएको छ । एउटा युग र अर्को युग, एउटा शताब्दी र अर्को शताब्दीसँग जोडिएको छ । यसले पुलको काम गरेको छ शताब्दीहरुकोबीचमा । शासनहरुकोबीचमा । प्रणालीहरुकोबीचमा पुलको काम गरेको छ ।’

    ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपालका ८० प्रतिशत बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने गरेको भएपनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकेको बताए । उनले पाटन माध्यामिक विद्यालयले आगामी दिनमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास पनि व्यक्त गरे ।

    मेयर महर्जनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सन्दर्भमा महानगरपालिकाले आवश्यक सहयोग गर्ने समेत बताए ।