Tag: भलिबल लिग

  • एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

    एनभीए क्लब भलिबल लिगः एपीएफसँग हार्दै न्यू डायमन्ड उपाधि होडबाट बाहिरियो

    काठमाडौं । साविक विजेता न्यू डायमन्ड स्पोर्टस क्लब एपीएफसँग पराजित हुँदै उपाधि होडबाट बाहिरिएको छ ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप०को कभर्डहलमा शुक्रबार सम्पन्न महिला तर्फको खेलमा एपीएफले न्यू डायमन्डलाई २५–१९, २५–१०, २५–९को सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।

    डायमन्डले कुनै पनि खेलमा जित निकाल्न असफल रहयो । एपीएफले ४ खेलमा तीन जित र एक हारको नतिजा निकाल्दै ९ अंक जोडेको छ ।

    पाँच टिमको सहभागिता भएको प्रतियोगिततामा एपीएफसँगै नेपाल पुलिस क्लबको समान ९ अंक छ । पुलिसको एक खेल बाँकी छ यदी उक्त खेल जिते पुलिसले उपाधि उचाल्नेछ ।

    अन्तिम खेलमा सनिबार पुलिसले विभागिय प्रतिद्वान्दी त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । आर्मीको तीन खेलबाट ६ अंक छ ।

  • आरबीबी-एनभीए भलिबल लिगमा पुलिस, हेल्प नेपाल र बुल्बुले रारा विजयी

    आरबीबी-एनभीए भलिबल लिगमा पुलिस, हेल्प नेपाल र बुल्बुले रारा विजयी

    काठमाडौं । जारी आरबीबी-एनभीए भलिबल लिगमा पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लब, हेल्प नेपाल र बुल्बुले रारा बिजयी भएका छन् ।

    दशरथ रङ्गशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले एपिएफलाई ३-२ को सेटमा पराजित गर्‍यो । पहिलो र दोश्रो सेट २५-२१, २५-२३ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको पुलिसले तेश्रो र चौथो सेट २०-२५, १७- २५ ले एपिएफलाई सुम्पियो । पाँचौ तथा अन्तिम सेटमा १५-१३ अंकले जित हात पार्दै लिग तालिकामा २ अंक जोडयो।

    त्यस्तै दोस्रो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई २५-१७, २५- १९, २५-१६ ले पराजित गर्‍यो । आर्मीलाई ३-० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपालले लिग तालिकामा महत्वपूर्ण ३ अंक जोडेर १५ अंकका साथ शिर्ष स्थानमा यथावत रहेको छ । तेस्रो खेलमा बुल्बुले रारा क्लबले मनिमुकुन्द भलिबल क्लबलाई २५-२१,२५-१८,२५-१६ ले हराएको हो।

    जितसंगै पुलिसले ५ खेल बाट ९ अंक जोडेको छ । पराजित एपीएफको समान खेलबाट १० अंक रहेको छ ।

    प्रतियोगितामा लिगमा शिर्ष दुई स्थानमा रहेका टिम उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितमा विजयी टिमले नगद ३ लाख सहित ट्रफी प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार, तेश्रोले ७५ हजार र चौथोले ३७ हजार ५ सय प्राप्त गर्ने छन् । यसका साथै खेलाडीहरुले मेडल तथा प्रमाण पत्र प्राप्त गर्ने छन् । उत्कृष्ट महिला तथा पुरुष दुई खेलाडीले जनही २५ हजार र विधागतमा उत्कृष्ट खेलाडीले नगद १० हजार प्राप्त गर्नेछन्।