Tag: भरत शाह

  • कोराना कहरमा राहत बोकेर हिड्ने शाह अछाम एमालेमा लोकप्रिय मतसहित विजयी

    कोराना कहरमा राहत बोकेर हिड्ने शाह अछाम एमालेमा लोकप्रिय मतसहित विजयी

    काठमाडौं । नेकपा एमालेको जिल्ला कमिटीमा युवा भरत शाह लोकप्रिय मतसहित विजयी भएका छन् । शाह भुगोलबाट २५६ मतसहित विजयी भएका हुन्।

    शाह सुदूरपश्चिममा समाजसेवीको रुपमापरिचित छन् । उनले कोरोनाको पहिलो लहरका बेला युवाहरुलाई समेटेर राहत अभियान संचालन गरेका थिए । उनको अभियानमा सुदूरपश्चिम प्रदेश सरकारले समेत सहकार्य गरेका थिए ।

    सुदूरपश्चिम फाउण्डेशनको नेतृत्व गरेको शाह युवा माझ लोकप्रिय छन् । उनी यस अघि राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य थिए । उनको बुवा कृष्णबहादुर शाह अछाम कम्युनिष्टका संस्थापक हुन् ।

     

  • लेखा समितिको सभापतिमा एमालेको दावी, भरत शाहलाई गोकुलले दिए यस्तो सुझाव

    लेखा समितिको सभापतिमा एमालेको दावी, भरत शाहलाई गोकुलले दिए यस्तो सुझाव

    काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिको सभापतिमा दावी गरेको छ । लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद गोकुल बास्कोटाले संसारभरको संसदीय परम्परा र नेपालको आफ्नै अभ्यासले पनि लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने बताए ।

    हाल लेखा समितिको सभापति नेपाली कांग्रेसका भरत शाह छन् । नेकपा सत्तामा भएका बेला विपक्षले सभापति पाएको थियो । अहिले सत्तारुढ गठबन्धनले यति लामो समयसम्म पनि लेखा समिति विपक्षका लागि नछाडेको भन्दै बास्कोटाले साहलाई मार्ग प्रशस्त गर्न सुझाएका हुन् ।

    बास्कोटाले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै लेखा समिति विपक्षलाई दिने हो । नेकपा एमाले जहिले सत्तामा छ सधैँ विपक्षलाई दिएको छ । चेक एण्ड ब्यालेन्सको लागि पनि सत्तापक्षले लेखा समितिको सभापति छाड्नुपर्छ ।’

    नेपालको इतिहासमा एकपटक माओवादीका जनार्दन शर्मा मतदानबाट सत्तपक्षकै तर्फबाट लेखा समितिको सभापति भए बाहेक सधैँ विपक्षीले पाएको उदाहरण समेत बास्कोटाले पेस गरे । त्यसबेला विपक्षी एमालेका पशुपति चौलागाई शर्मासँग पराजित भएका थिए ।

    बास्कोटाको भनाइमा एमालेकै अर्का सांसद राजेन्द्र गौतमले पनि समर्थन जनाएपछि सभापति साहले आफूले राजीनामा दिन नमिल्ने भन्दै अरु कुरा आफ्नो हातमा नरहेको जवाफ दिएका थिए ।