Tag: भरतपुर

  • भरतपुरमा १५ मतले विजयको लिड

    भरतपुरमा १५ मतले विजयको लिड

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदी र गठबन्धनकी रेनु दाहालबीच कडा टक्कर भइरहेको छ । अपडेट अनुसार सुवेदीले ३३४२ मत पाएका छन् भने दाहालले ३३२७ मत पाएकी छन् । उनीहरुबीच १५ मतको अन्तर छ ।

    गठबन्धनबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १२०४ मत ल्याएका छन् ।

    उपमेयरमा गठबन्धनका चित्रसेन अधिकारीले ३७१६ र राप्रपाकी हिमला गुरुङले २६६५ मत ल्याएकी छन् । यहाँ एमाले र राप्रपाबीच चुनावी तालमेल छ ।

    वडा नम्बर तीनमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका विकास थापाले ६७७ मत ल्याएका छन् भने कांग्रेसका भरत लामिछानेले ४२९ मत ल्याएका छन् ।

  • भरतपुरमा करिब सय मतले रेनु अगाडि

    भरतपुरमा करिब सय मतले रेनु अगाडि

    काठमाडौं । चितवनको भरतपुर महानगरको पछिल्लो मतपरिणाम–

    गणना–२ हजार ५ सय ८१ मत गणना हुँदा
    रेनु दाहाल– ९ सय ८०
    विजय सुवेदी– ८ सय ७१ मत
    जगन्नाथ पौडेल– ३ सय २६ मत ।

  • भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

    भरतपुरमा १२ मत गन्दा चार बदर, एमालेका विजय सुवेदीको अग्रता

    काठमाडौं । चितवनको चर्चित भरतपुर महानगरपालिकाको प्रारम्भिक मतपरिणाम आएको छ । परिणामअनुसार १२ मत गन्दा एमालेका विजय सुवेदीले पाँच मत पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ मत पाएकी छन् ।

    जसमा चार मत बदर भएको छ ।

  • तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    तालमेल नटुंगिदै भरतपुरको मेयरमा कांग्रेसको दरखास्त खुल्यो, पहिलो दिनमै १३ जनाको दाबेदारी

    भरतपुर । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख (मेयर) पदको उम्मेदवार बन्न नेपाली कांग्रेसबाट १ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् ।

    सत्तारुढ गठबन्धनभित्र भरतपुर महानगरपालिकाको नेतृत्व कसले लिने भन्ने टुंगो नलागेपनि कांग्रेसले प्रत्याशीहरूको ‘रोष्टर’ तयार गर्न इच्छुक उम्मेदवारहरूको निवेदन संकलन गरेको हो ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिले आज र भोलि २ दिनसम्म महानगरको प्रमुख र उपप्रमुखमा उम्मेदवार बन्न इच्छुक नेताहरूलाई निवेदन दिन समय दिएको छ । आज दिनभरमा प्रमुख र उपप्रमुखतर्फ १३-१३ जनाले निवदेन बुझाएका छन् ।

    भरतपुरको मेयरका लागि भरत अधिकारी, शंकरप्रसाद कडेंल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरीकुमारी श्रेष्ठ रहेका छन् ।

    उपमेयरका लागि तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देवेन्द्र गुरुङ, टंकनाथ पौडेल, पूर्णबहादुर गुरुङ र राजीव न्यौपानेले निवेदन दिएका छन् ।

    चितवन कांग्रेसले स्थानीय तहका उम्मेदवार सिफारिसका लागि सहज होस् भन्ने उद्देश्यका साथ दाबेदारहरूसँग निवेदन मागेको हो । चितवनमा कांग्रेसले मेयर पाउने निश्चित भइसकेको छैन ।

  • भरतपुरमा प्रचण्डले भने- छोरीको प्रशंसा गर्‍यो भनिएला, तर यस्तो मेयर सहजै पाइँदैन

    भरतपुरमा प्रचण्डले भने- छोरीको प्रशंसा गर्‍यो भनिएला, तर यस्तो मेयर सहजै पाइँदैन

    चितवन । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुरकी मेयर आफ्नी छोरी रेणु दाहालको प्रशंसा गरेका छन् ।

    भरतपुरमा आयोजित एक कार्यक्रममा छोरी रेणु दाहाललक्षित गर्दै प्रचण्डले भने, ‘यस्तो महिला नेतृत्व भरतपुरले पाउनु, सजिलै पाउने चिज हो भन्ने मलाई लाग्दैन, छोरीको प्रशंसा गर्‍यो भन्ने पनि आलोचना होला कतिपय कोणबाट, तर यो यथार्थ हो । समृद्धिको यात्रा जसरी सुरू गरेको छ, त्यो भत्किन नपाओस् । त्यसको रक्षा गरियोस् ।’ उनले गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्यलाई अघि बढाउनै पर्ने बताएका छन् ।

    चितवनमा केही लुकेको प्रचण्डले बताएका छन् । उनले भने, ‘सबैले चितवन रोज्नुको पछाडि समथिङ इज हिडन, केही कुरा त लुकेको छ नि चितवनभित्र । यो सबैका लागि गौरवकै कुरा हो । हाम्रा मित्र हुन् या आलोचक हुन्, या विरोधी सबैका लागि चितवन भन्ने भएको छ ।’

    उनले आफू जुन जिल्लामा जाँदा समेत चितवनमा अब के हुन्छ भन्दै सोध्ने गरेको बताए । ‘धेरै राजनीति दलहरूले यहीँ कार्यक्रम गर्न थाले, सेन्टर परेर पनि होला । त्यसले तपाईं-हाम्रो सबैको जिम्मेवारी बढाएको छ ।’

    देशभरका जनताको केन्द्रिकरण भएको जनताको सहकार्य र अन्तक्रिया भएको जिल्ला भएकाले राष्ट्रको समग्र विकास र समाजवादी आन्दोलनमा चितवनले खेल्नुपर्ने भूमिका धेरै रहेको बताए । प्रचण्डले घुमाउँरो शैलीमा आगामी चुनावमा आफूलाई जिताउन आग्रह गरे । ‘सबैले चाहेर त्यस्तो भूमिका खेल्न सक्दैनन् । राजनैतिक स्थायित्व दिन जरुरी छ । यदि विकास, समृद्धि र समाजवादको कुरा गर्छौं भने । यहाँ अस्थिरता कायम गर्ने कोशिस भयो भने समाजवाद निर्माणकोको यात्राको प्रारम्भमै डिरेल हुने खतरा हुन्छ ।”

  • चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवनमा ओलीले भने- झुक्किएर प्रचण्डका लागि दुई-दुई पटक भोट माग्न आएँ, अब गल्ती गरिन्नँ

    चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो नभएको बताएका छन् । सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यहाँ महाधिवेशन गरे पनि, नगरे पनि जित्ने दाबी गरे।

    ‘चितवनमा महाधिवेशन गर्ने कुन्‌सा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भने, ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

    ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताए । ‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भने, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन । जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’

    रेणु दाहाललाई लक्षित गर्दै उनले भने, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’

  • क्यान्सर अस्पतालले १४० वेडको कोभिड वार्ड सञ्चालनमा ल्याउने

    क्यान्सर अस्पतालले १४० वेडको कोभिड वार्ड सञ्चालनमा ल्याउने