Tag: भक्तपुर

  • भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुरमा उम्मेदवार घोषणा गर्दै नेकपा एस, कहाँबाट को सिफारिस ?

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) ले भक्तपुरमा आज उम्मेदवारी घोषणा गर्ने भएको छ । स्थानीय तह निर्वाचनमा नेकपा एसले बुधवार तीन बजे पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्न लागेको हो ।

    जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, स्थानीय स्तरमा प्रभुत्व जमाउँदै आएको नेपाल मजदुर किसान पार्टीलगायत कुनै पनि दलले उम्मेदवारी घोषणा गरेका छैनन् । नेपाली कांग्रेस, नेकपा ९एमाले०लगायतका दलहरूले उम्मेदवार हुन चाहनेका सूची सङ्कलन गरी केन्द्रमा पठाएका छन् ।

    जिल्लामा रहेका चार नगरपालिकाको मेयरको उमेदवार घोषणा गर्न लागेको हो ।  चाँगुनारायण नगरपालिका रामप्रसाद न्यौपाने, मध्यपुर थिमी नगरपालिकामा भवानी खड्का, प्रेमनन्द लाल  श्रेष्ठ,  दुर्गा मोहन श्रेष्ठ र पुण्यरत्न रञ्जितको नाम सिफारिस भएको छ ।

    यस्तै गरी भक्तपुर नगरपालिकामा रीता आवल र ओम चरण अमात्यको उमेदवारी घोषाणा गर्न लागेको छ भने  सूर्यविनायक नगरपालिकामा श्याम बस्नेत, अर्जुन बस्नेत र मधुकर थापा मेयर पदमा सिफारिस भएका छन् ।

    यता नेपाल मजदुर किसान पार्टीले भने अरू दलको उम्मेदवार तोकेपछि मात्रै अन्तिममा उम्मेदवारी घोषणा गर्ने जनाएको छ ।

    चार नगरपालिका रहेको भक्तपुरमा पछिल्लो स्थानीय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकामा नेकपा ९एमाले०का मेयर सोमपसाद मिश्रले आठ हजार पाँच सय १२ मत र उम मेयर बिना बास्तोलाले आठ हजार सात सय ७९ मत ल्याएका थिए  भने भक्तपुर नगरपालिकामा एमालेका मेयर विष्णुप्रसाद सुवालले चार हजार दुई सय १८, उपमेयर कृष्णमाया त्वानाबासुले चार हजार ६ सय ३१ मत प्राप्त गरेका थिए ।

    यसै गरी सूर्यविनायक नगरपालिकामा नेकपा एमालेका मेयर बासुदेव थापाले १२ हजार एक सय ३५, उपमेयर जुना बस्नेतले १२ हजार आठ सय ३२ र मध्यपुर थिमिमा नेकपा एमालेका मेयर मदनसुन्दर श्रेष्ठले १४ हजार मत पाएका थिए ।

    मध्यपुरमा एमालेले त्यो बेला नेपाल मजदुर किसान पार्टीसँग मिलेर चुनाव लडेका कारण उपमेयरमा नेपाल मजदुर किसान पार्टीको भागमा परेको थियो ।

    एमालेबाट नै फुटेर नेकपा एस बनेकाले अहिले त्यही एमालेको भोट काट्ने अनुमान गरिएको छ । एमालेको भोट काटेर एमाले हराउने अभियानमा नेकपा एस लागेको बताइन्छ ।

     

  • भक्तपुरमा फोहाेर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु

    भक्तपुरमा फोहाेर पानी प्रशोधन केन्द्र निर्माण कार्य सुरु

    भक्तपुर । भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहाेर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडाैँ उपत्यका फोहाेर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो ।

    प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको बताए ।

    हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने उनले बताए । उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए ।

    आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एमएलडी क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराए । उनले अनुमानघाटस्थित पुरानो फोहाेर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए ।

    कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहाेर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गरे ।

    प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै उनले आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरिवेक्षण हुन जरुरी रहेको बताए ।

  • महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला

    महिलामय भक्तपुर जिप्रका, सीडीओसहित ‘टप फाइभ’ वरीयतामा महिला

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा नायव सुब्बादेखि सीडीओसम्म गरी पाँचजना महिलाले जिम्मेवारी सम्हालिरहेका छन् । आफूमातहत चारजना महिला नै भएका कारण काम गर्न सहज भएको सीडीओ रुद्रादेवी शर्मा बताउँछिन् ।

    २०७८ भदौ ३० गते सहसचिव शर्माले भक्तपुर सीडीओको नियुक्ति पाएकी थिइन् । शर्मा त्यसअघि गुल्मीको सीडीओ थिइन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये महिलाले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्ने उनी एक्लो महिला हुन् ।

    यस्तै गृह मन्त्रालयले असोज २० गतेबाट सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि महिलालाई नै दिएको छ । यसअघि मन्त्रालयमा काजमा रहेकी उपसचिव सीता परियारलाई मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । उनी नेपालकै पहिलो दलित महिला सहायक प्रमुख जिल्ला अधिकारीसमेत हुन् ।

    गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारीपछिको तेस्रो वरीयतामा पनि महिलालाई नै जिम्मेवारी दिएको छ । कात्तिक एक गतेदेखि तेस्रो वरीयतामा  प्रशासकीय अधिकृतको जिम्मेवारी शाखा अधिकृत उर्मिला खतिवडाले सम्हाल्दै आएकी छन् । उनी जिल्ला प्रशासन कार्यालयमा नागरिकता शाखा प्रमुखको जिम्मेवारीमा पनि छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका– ५ की स्थायी बासिन्दा खतिवडा यसअघि सोलुखुम्बु जिल्लाको सहायक प्रमख जिल्ला अधिकारी थिइन् ।

    यस्तै कार्यालयको चौथो वरीयता अर्थात् प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारीमा पनि महिला नै छन् । राहदानी तथा मुद्धा शाखाको प्रमुखसमेत रहेकी प्रशासकीय अधिकृत लुमा श्रेष्ठ ६ वर्षदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत छन् । उनी २०७२ चैत एक गतेबाट कार्यरत छन् ।

    यस्तै कार्यालयको पाँचौ वरीयतामा पनि महिला नै रहेकी छन् । प्रशासन शाखाको प्रमुख जिम्मेवारीमा रहेकी नायव सुब्बा कमलादेवी कार्की एक वर्षभन्दा पहिले अर्थात् २०७७ साउन २२ गतेदेखि यस कार्यालयमा कार्यरत छन् ।

    जिल्ला प्रशासनमा मात्र हाेइन भक्तपुरमा जिल्ला अदालत पनि महिलाकाे नेतृत्वमा छ । न्यायाधीश कमला पौडेलले जिल्ला अदालतकाे नेतृत्व लिएकी छन् । उनले एकै दिन २४३ मुद्दा फैसला गरी रेकर्ड राखेकी थिइन् ।

    महिला नेतृत्वसँग काम गर्न सहज भएको छः सीडीओ शर्मा

    जिल्ला प्रशासन कार्यालयका प्रमुख पाँच ओहोदामै महिला भएका कारण काम गर्न सहज भएको बताउँछिन्, प्रमुख जिल्ला अधिकारी शर्मा । शर्माले भनिन्, ‘काम गर्ने र र गराउने भनेको पदले हो । महिला र पुरुषले गर्ने गराउने भन्ने होइन । तर पनि तुलनात्मक रुपमा सहज अनुभूत भएको छ ।’

    ललितपुरमा प्रमुख जिल्ला अधिकारीदेखि प्रमुख प्रशासकीय अधिकृतसम्म पाँच जनामध्ये कृष्णाकुमारी गौली मात्रै महिला छिन् । गौली प्रमुख प्रशासकीय अधिकृत हुन् । त्यस्तै काठमाडौंमा तीन जना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये सुप्रभा खनाल मात्रै महिला छिन् ।

  • चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

    चाँगुनारायणका मेयर मिश्र माधव पक्षको समानान्तर कमिटीबाट अलग

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले माधव नेपाल पक्षको समानान्तर कमिटीमा बस्न अस्वीकार गरेका छन् ।

    नवौं महाधिवेशनमा माधव नेपाल प्यानलबाटै चुनाव जितेका र पछिल्लो पार्टी विवादमा पनि प्रचण्ड-माधव पक्षमा उभिँदै आएका मिश्रलाई नेपाल पक्षले वागमती प्रदेश कमिटी तथा भक्तपुर जिल्ला इन्चार्जको जिम्मा दिएको थियो ।

    मिश्रले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री तथा संगठन विभाग प्रमुख बिष्णु पौडेल र केन्द्रीय सदस्य महेश बस्नेत लगायतका नेताहरुसँग छलफलपछि समानान्तर कमिटी बनाउने माधव नेपाल पक्षको साथ छाड्ने निर्णय गरेका हुन् ।

    मिश्रले आफू समानान्तर कमिटीहरु गठन गरेर पार्टी विभाजनको पक्षमा उभिन नसकेको प्रतिक्रिया दिए । मिश्र पार्टी एकीकरणअघि पनि तत्कालीन एमालेको भक्तपुर जिल्ला इन्चार्ज थिए ।

    भक्तपुरका अधिकांश नेता कार्यकर्ता महेश बस्नेतको पक्षमा उभिएकाले पनि मिश्रलाई एक्लै अघि बढ्न अप्ठेरो परेको थियो । उनले आगामी चुनावलाई समेत मध्यनजर गर्दै संस्थापन पक्षलाई साथ दिने निर्णय गरेका हुन् ।

    भक्तपुरका चार नगरपालिकामध्ये तीनवटामा एमालेले जितेको थियो । तीमध्ये मध्यपुरका मेयर मदनसुन्दर श्रेष्ठ र सुर्यविनायकका बासुदेव थापा बस्नेतसँगै थिए ।

    यसअघि बुधवारमात्रै धादिङका प्रदेशसभा सदस्य डा.रामहरी अधिकारी र संविधानसभा सदस्य धनवहादुर घलेले नेपाल पक्षको समानान्तर कमिटीबाट अलग रहेको विज्ञप्ति निकालेका थिए ।

  • भक्तपुरमा औद्योगिक तथा व्यापार मेला आयोजना

    भक्तपुरमा औद्योगिक तथा व्यापार मेला आयोजना

    काठमााडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/७८’को आयोजना हुने भएको छ ।

    नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले बृहत् औद्योगिक मेलाको आयोजना गर्ने भएको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दीप महतले जानकारी दिए ।

    उनका अनुसार मेला आगामी चैत २७ देखि वैशाख ७ गतेसम्म १२ दिनसम्म हुनेछ । उनले सबै उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार मेला आयोजना हुने मेलामा १५० भन्दा बढी स्टल रहने बताए।

    मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, भाँडाकुँडाका सामग्री, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहने छन् ।

    मेलाका संयोजक दीपक थापाले मेलामा खुला भलिबल प्रतियोगिताको समेत आयोजना गर्ने जानकारी दिए । मेलामा अटोमोबाइल, अन्तर्राष्ट्रिय स्टल, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहने छन् ।

    मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै उहाँले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने जानकारी दिए ।

    करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने अनुमान गरिएको संयोजक थापाले जानकारी दिए । मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने आयोजक मध्यपुर ब्वाइज ब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए ।

    विगत वर्षमा झँै यस वर्ष पनि क्यान्सर र मिर्गौलापीडित बिरामीलाई आर्थिक सहयोग गरिने छ । मेलामा बाल उद्यान, रोटीपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडियाघर, बालबालिकाका खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हाँस्यव्यङ्ग्यसहितका मनोरञ्जनात्मक प्रस्तुति रहने बज्राचार्यको भनाइ छ ।

    मेलामा भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।