Tag: ब्लास्टिङ्ग

  • हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु

    हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु

    म्याग्दी । म्याग्दीको अन्नपुर्ण गाउँपालिका -४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा एकको मृत्यस भएको छ ।

    मृत्यु हुनेमा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगर रहेका छन् ।

    सोमबार बेलुका ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।