Tag: ब्राण्ड एम्बासडर

  • नेपालको पर्यटन विकासको ब्राण्ड एम्बासडर बन्न बाबा रामदेवलाई पर्यटनमन्त्री आलेको आग्रह (भिडिओ)

    नेपालको पर्यटन विकासको ब्राण्ड एम्बासडर बन्न बाबा रामदेवलाई पर्यटनमन्त्री आलेको आग्रह (भिडिओ)

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवद्र्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ ।

    आइतबार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवद्र्धन गर्नका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन् ।

    मन्त्री आलेले बाबा रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र दिए । नेपाल वुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए ।

    योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरै भन्दा धेरै पर्यटक आउनेमा उनले विश्वास व्यक्त गरे । कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरे ।

    उनले भने, ‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोशन गर्नका लागि ब्राण्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहान्छु । यहाँ चारदिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेजपनि गएको छ विश्वभरमा प्रचार–प्रसार पनि भएको छ । नेपाल बुद्ध र सगरमाथाको देश भनेर पनि चिनिन्छ । हामीले मन्त्रालयको तर्फबाट जुन ब्राण्ड एम्बेस्डरका लागि अनुरोध गरेका छौँ । धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन् । हामीहरु स्वागत गर्छौ । यहाँ कोभिड धेरै कम छ । सबैले खोप लगाएका छन् । त्यसैले यहाँको पर्यटन क्षेत्रको प्रमोशन गरिदिनुहोला । आगामी दिनमा पनि यहाँलाई स्वागत गर्न पाईयोस् ।’

    सो अबसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए । उनले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने समेत बताए । नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागु गर्ने दावी समेत गरे ।

    रामदेवले भने,‘नेपालको संस्कृतिलाई पुरा दुनियाँमा लिएर जान्छु, यहाँको मानिसलाई गौरव हुन्छकी यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढीरहेको छ । हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निर्णय गर्छौ । नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपिठले जे योगदान गर्न सक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौँ ।’

    योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरु साझा रहेको धारणा पनि व्यक्त गरे ।

  • डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित

    डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित

    काठमाडाै‌ । मानिसको सौन्दर्य सम्बन्धी अन्तराष्ट्रियस्तरबाट काम गर्ने डिकस्मो नेपालको ब्राण्ड एम्बासडरमा गायिका इन्दिरा जोशी अनुबन्धित भएकी छन् । मानिसको सौन्दर्य र छालासम्बन्धी उपचारका लागि डिकस्मो नेपाल अमेरिकन एस्थेटिकमा गायिका जोशीलाई नारी दिवसको अवसरमा ब्राण्ड एम्बासडर नियुक्त गरिएको हो ।

    डिकस्मो नेपालकी संचालिका संगीता पुरी र गायिका जोशीले ललितपुरको हिमालय होटलमा आयोजित विशेष समारोहमा समझादारी पत्रमा हस्ताक्षर गरेका छन् । अव गायिका जोशीले डिकस्मो नेपालको प्रमोशन तथा प्रवद्र्धनका लागि काम गर्ने छन् ।

    अमेरिकन सौन्दर्यको उत्कृष्ट डिकोस्मो नेपालले छालासँग सम्बन्धित सम्पूर्ण समस्याको समाधान एउटै छानामुनि गर्ने प्रवन्ध निर्देशक आलोक क्षेत्रीले जानकारी दिए । डिकोस्मो नेपालले पूर्ण सावधानी अपनाएर गुणस्तरीय सेवा प्रदान गर्ने जनाइएको छ ।

    डिकोस्मो नेपालमा छालाको रङको उपचार, कोठीको उपचार, चायाँपोतोको उपचार, दाँत टल्काउने, घामले डढ्नबाट केयर, छालाको दागहरुको उपचार, डन्डिफोर र घाउका दागको उपचार हुन्छ । त्यसैगरी डिकस्मो छालाको हेरचाह, फुस्रोपना र चाउरिपनालगायतका समस्या समाधान गरिने जनाइएको छ ।

    ‘कम्पनीको लक्ष्य अन्र्तराष्ट्रिय ब्राण्ड तथा गुणस्तर प्रयोग गरेर सम्पुर्ण छालासँग सम्बन्धित समस्याहरुको समाधान गर्नु हो’ संचालिका पुरीले जानकारी दिइन् । पुरी नेपालको स्किन केयर क्षेत्रको प्रख्यात नाम हो । नेपालीका लागि डिकस्मो नेपालले अझ उत्कृष्ट र खुशीका सन्देश लिएर आउने पुरीले बताइन् ।

    मिस युनिभर्सको अफिसियल स्किन केयरका रुपमा रहेको डिकस्मो नेपाली बजारमा आउनु आम नेपालीका लागि राम्रो अवसर हो ।