Tag: बोनस

  • सिभिल बैंकले घोषणा गर्‍यो लाभांश

    सिभिल बैंकले घोषणा गर्‍यो लाभांश

    काठमाडौं । सिभिल बैंकले ५.२६ लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले लाभांश घोषणा गरेको हो ।

    बैंकको संचालक समितिको बैठकले चुक्ता पुँजीको ०.२६ प्रतिशत कर प्रयोजन र ५ सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
    हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड छ ।

    प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिएपछि बैंकको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले लाभांश पाउने छन् ।

  • सेञ्चुरी बैंकको लाभांश घोषणा

    सेञ्चुरी बैंकको लाभांश घोषणा

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ६.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

    २०७८ पौष २ गते बसेको बैंक सञ्चालक समितिको ३५२औं बैठकले चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी ९ अर्ब ३ करोड ४४ लाख १९ हजार ५ सय २ रुपैयाँको ५.७५ प्रतिशतले हुन आउने रकम ५१ करोड ९४ लाख १९ हजार ६ सय ९६ रुपैयाँ बोनस सेयर वितरण गर्ने गर्ने भएको छ ।

    कर प्रयोजनको लागि चुक्ता पूँजीको २ करोड ७३ लाख ४१ हजार६३ रुपैयाँ बराबरको नगद लाभाशं वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी ११औं वार्षिक साधारणसभाबाट पारित गरिनेछ ।

  • नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    नेपाल बंगलादेश बैंकले बोलायो साधारणसभा, लाभांशदेखि सञ्चालक नियुक्तिसम्मका एजेण्डा

    काठमाडौं । नेपाल बंगलादेश बैंकले मंसिर २ गतेका लागि साधारणसभा आव्हान गरेको छ । भर्चुअल माध्यमबाट गरिने साधारणसभाले १५.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरिसकेको छ ।

    साधारणसभाले ६ नयाँ संचालक सदस्यको निर्वाचन गर्ने बताइएको छ । जसमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना रहने छन् ।

    साधारणसभामा उपस्थिति तथा लाभांश वितरणको प्रयोजनका लागि बैंकले बुकक्लोजको मिति कात्तिक १५ गते तोकेको छ । कात्तिक १४ गतेसम्म नेप्समा कारोबार भइ कायम सेयरधनीले बैंकको लाभांश प्राप्त गर्ने तथा साधारणसभामा सहभागिता जनाउन पाउँनेछन् ।

  • नेपाल बंगलादेश बैंकद्वारा १५.५ प्रतिशत लाभांश घोषणा

    नेपाल बंगलादेश बैंकद्वारा १५.५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । नेपाल बंगलादेश बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि १५.५ लाभांश घोषणा गरेको छ ।

    ३७५ औं संचालक समितिको बैठकले १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको सहमति र बैंकको साधारणसभाले प्रस्ताव स्वीकृत गरेपछि सेयरधनीलाई लाभांश वितरण गरिनेछ ।

  • कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश घोषणा

    कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश घोषणा

    काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । असोज ११ को संचालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

    यस बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा पारित भएपछि बैंकले लाभांश बितरणका लागि अनुमति प्राप्त गर्नेछ ।

    बैंकले अघिल्लो आर्थिक वर्ष १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । मौद्रिक नीति ढिलो सार्वजनिक हुँदा बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण पनि अबेर भएको हो ।

  • सिटिजन्स बैंकले २ अर्ब १ करोड लाभांश वितरण गर्दै

    सिटिजन्स बैंकले २ अर्ब १ करोड लाभांश वितरण गर्दै

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ३.०८७ नगद र १२.९१३ बोनस सेयर स्वीकृत गरेको छ ।

    असोज ८ को संचालक समितिको बैठकले प्रस्ताव गरे अनुसार १ अर्ब ६२ करोड ४,० लाख ५० हजार ८९१ बराबरको बोनस सेयर र ३८ करोड ८२ लाख ५६ हजार ८०७ बराबरको नगद लाभांश (लाभांश कर समेत) गरी बैंकले २ अर्ब १ करोड २३ लाख ७ हजार ६९८ वितरण गरिने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ५७ करोड छ ।

    बैंकका अनुसार नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लाभांश वितरण गरिनेछ ।

  • निफ्राद्वारा नगद लाभांश घोषणा

    निफ्राद्वारा नगद लाभांश घोषणा

    काठमाडौं । नेपाल पूर्वधार विकास बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि ८.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

    हिजोको सञ्चालक समिति बैठकले नगद लाभांश वितरणको घोषणा गरेको हो । चुक्ता पुँजी २० अर्ब रहेको यस बैंकले चौथो क्वार्टरसम्म १ खर्ब ३३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ ।

    अघिल्लो आर्थिक वर्ष यस बैंकले ८४ करोड ७१ लाख नाफा कमाएकोमा चालु आर्थिक वर्ष यो रकम ८३ करोड ६४ रूपैयाँ छ ।
    निफ्राको प्रतिसेयर आम्दानी ४.१८ र नेटवर्थ ११२ रहेको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

  • एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

    एक हजारको रिचार्जमा ४ हजार रुपैयाँ बोनस दिँदै स्मार्टसेल

    काठमाडौं । स्मार्टसेलले ग्राहकका लागि रिचार्जमा आकर्षक बोनस दिने भएको छ । फोरजी ग्राहकलाई लक्षित गरी ल्याइएको यो योजनामा चार गुणासम्म बोनस दिने कम्पनीले जनाएको छ ।

    यो योजनाअन्तर्गत ५० रुपैयाँको रिचार्जमा १५० रुपैयाँ बोनस पाउन सकिन्छ । त्यस्तै १ सयको रिचार्जमा ३ सय रुपैयाँ, २ सयको रिचार्जमा ६ सय रूपैयाँ, ५ सयको रिचार्जमा १६ सय र एक हजारको रिचार्जमा ४ हजार बोनस दिने भएको छ ।

  • प्राधिकरणका कर्मचारीको गुनासो बोनस बाड्ने अदालतको फैसला कार्यान्वयन भएन

    प्राधिकरणका कर्मचारीको गुनासो बोनस बाड्ने अदालतको फैसला कार्यान्वयन भएन

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले पाउनु पर्ने बोनस रकम तुरुन्त वितरण गर्दिनु भनेको चार महिना वितिसक्दा पनि अझै रकम वितरण हुन सकेको छैन ।

    प्राधिकरणका कर्मचारीले पाउनु पर्ने कर बाहेक १९ करोड रुपैयाँ अझै वितरण हुन नसकेको बताउँछन् प्राधिकरणका अधिकृत लक्ष्मि गिरी ।

    उनका अनुसार सर्वोच्च अदालतले गत मंसिर २१ गते नागरिक उड्ययन प्राधिकरणका कर्मचारीले पाउनु पर्ने सात वर्षको बोनस रकम तुरुन्त वितरण गर्दिनु भन्ने फैसला गरेको थियो ।

    सो फैसला अनुरुप आर्थिक वर्ष ०६७/६८ देखि ०७४/७५ सम्म प्राधिकरणले नाफा गरेबापत छुट्याएको बोनस रकम वितरण हुन नसकेको हो ।

    प्राधिकरणका अधिकृत गिरीका अनुसार मंसिरमा सर्वोच्च अदालतले गरेको फैसला प्राधिकरणको संचालक समिति, पर्यटन मन्त्रालयहुँदै भर्खर अर्थमन्त्रालय पुगेको बताए ।

    कर्मचारीले पाउनु पर्ने बोनस रकम कार्यन्वयन किन ढिलाइ भइरहेको छ आफूहरुले पनि बुझ्न नसकेका उनी बताउँछन् । ‘मन्त्रालयको यस्तै रबैया रहिरह्यो भने अब पुन उच्च अदालत जानुको विकल्प छैन,’ उनले भने । उनका अनुसार प्राधिकरणका सो समयमा रहेका कर्मचारीले बोनस प्राप्त गर्ने छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राधिकरणका कर्मचारीलाई बोनस वितर गर्न नपाउने भन्दै रोकिएको थियो ।

    तर, प्राधिकरणका केही कर्मचारीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन प्राधिकरण, उड्ययन प्राधिरणको सञ्चालक समिति, अर्थमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।

    बोनस वितरण चाँढै हुने बताउँछन् प्राधिकरणका प्रवत्ता राजकुमार क्षेत्री । उनका अनुसार अहिले बोनसको फाइल अर्थमन्त्रालय पुगेको छ । केही दिनमा अर्थको काम सकिने उनले बताए । ‘प्रक्रिया सकिनसाथ बोनस बाढिने छ’, उनले भने ‘अब बोनस बाढ्न धेरै समय लाग्दैन ।’