Tag: बैतडी जिप दुर्घटना

  • बैतडी जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

    बैतडी जीप दुर्घटना : मृतकको सङ्ख्या ६ पुग्यो

    कैलाली । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ४ जनाको घटना स्थलमा र २ जनाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको हो ।

    पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका खेमसिंह भण्डारीको मृत्यु भएसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको हो । दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षका तेज बहादुर बोहरा, पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षका जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको हाे ।

    सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से १ ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा ४ जना घाइते समेत भएका छन् । उनीहरूको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख, प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिशरण भट्टले जानकारी दिए ।

     

    शव बोकेको जीप दुर्घटना हुँदा बैतडीमा ४ जनाको मृत्यु

  • बैतडी जिप दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

    बैतडी जिप दुर्घटना अपडेटः मृतकको संख्या ५ पुग्यो

    कैलाली । बैतडीको पञ्चेश्वरमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

    दुर्घटनामा गम्भीर घाइते रहेको जिप चालक दशरथ चन्द नगरपालिका–४ का ४५ वर्षीय तेज बहादुर बोहराको पनि मृत्यु भएको छ ।

    उनको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले बताए ।

    दुर्घटनामा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको थियो ।

    सोमबार चट्याङ लागेर मृत्यु भएका पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोस्टमार्टमका लागि ल्याउँदै गरेको से१ज १२३ नम्बरको बोलेरो जिप मङ्गलवार दिउसो पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा ५ जना घाइते भएका छन् ।