Tag: बैंक

  • ब्याजदर बढ्दा पनि बैंकिङ प्रणालीमा किन घट्दैछ निक्षेप ?

    ब्याजदर बढ्दा पनि बैंकिङ प्रणालीमा किन घट्दैछ निक्षेप ?

    काठमाडौं । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार कात्तिक महिना र मंसीरको पहिलो सातामा गरी बाणिज्य बैंकहरुबाट करिब ३४ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

    बाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर बढेर १०.०५ प्रतिशत पुग्दा समेत निक्षेप बढ्नुको सट्टा घट्नुले तरलता अभाव थप चर्किने देखिएको हो । बाणिज्य बैंकको तुलनामा विकास बैंक र वित्त कम्पनीहरुले निक्षेपको ब्याजदर बढी कायम गरेका छन् । अहिले विकास बैंकहरुको मुद्दती निक्षेपको औसत ब्याजदर १०.२५ प्रतिशत र वित्त कम्पनीहकरुको १०.३५ प्रतिशत रहेको छ । अन्य समयमा बाणिज्य बैंकहरुको तुलनामा विकास बैंक र वित्त कम्पनीहरुको व्याजदर बढी हुँदा निक्षेप त्यसतर्फ आकर्षित हुने गरेको थियो । तर, यसपटक ती कम्पनीहरुको पनि निक्षेप घटिरहेको छ ।

    नेपालमा बैंकिङ प्रणालीबाट पैसा बाहिरिएर अनौपचारिक क्षेत्रमा गएको हुनसक्ने पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् ।

    ‘नेपालको अनौपचारिक अर्थतन्त्रको हिस्सा कुल गार्हस्थ्य उत्पादनको करिब ३० प्रतिशत हाराहारी रहेको अनुमान छ । अनौपचारिक अर्थतन्त्रबाट आएको रकम त्यसतर्फ नै गएकाले बैंकिङ प्रणालीबाट निक्षेप घटेको हुनसक्छ,’ भट्टराईले बताए ।

    सुन, चाँदी लगायतका बस्तुहरुको आयातमा विदेशी मुद्राको सटही गरी लगानी भएको हुनसक्ने आशंका उनले गरेका छन् । करिब ४८ खर्ब निक्षेप रहको नेपालको बैंकिङ प्रणालीमा १ प्रतिशतसम्म निक्षेपको घटेमा आत्तिनु नपर्ने उनको भनाइ छ ।

    एनमबी बैंकका अध्यक्ष एवं उद्योगी पवन गोल्यान राजनीतिक दल तथा सर्वोच्च अदालतमा देखिएको न्यायिक एवं राजनीतिक अस्थिरता र न्युनविजकीकरणका कारण पनि निक्षेप घटेको हुनसक्ने बताउँछन् ।

    ‘बैंकिङ प्रणालीबाट रकम घट्नुमा दुई वटा प्रमुख कारणहरु रहेका छन् । पछिल्लो समय बढ्दो राजनीतिक अस्थिरता र वस्तु आयात गर्दा कर छल्नका लागि गरिने न्युनविजकीकरण हो’, उनले भने ।

    बढ्दो राजनीतिक अस्थिरताका कारण लगानीकर्ताहरुमा त्रास बढेकाले पुँजी पलायन हुन थालेको उनको भनाइ छ । नेपालमा लगानी गर्ने उद्देश्यका साथ आएका विदेशी लगानीकर्ताहरु पनि राजनीतिक अस्थिरता र सर्वोच्च अदालतमा देखा परेको न्यायिक संकटका कारण फिर्ता हुन थालेको संकेतको रुपमा बुझ्नुपर्ने गोल्यान बताउँछन् ।

    नेपालमा आयात बढेका कारण कर छलि गर्ने उद्देश्यले आयातकर्ताले बस्तुको मूल्यभन्दा कम विल (न्युनविजकीकरण) निर्माण गरी हुण्डी मार्फत भुक्तानी गर्नेक्रम बढेकाले निक्षेप घटेको हुनसक्ने उनको तर्क छ ।

    नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाको विश्लेषण भने फरक देखिन्छ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको असरले निक्षेप घटेको उनले बताए ।

    ‘नेपालका बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमध्ये ५० प्रतिशतभन्दा बढी संस्थागत छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेकोले आयाल निगमले आफ्नो मुद्दतीको बचत प्रयोग गरेर तेल आयात गर्दा त्यसको असर निक्षेपमा परेको देखिन्छ,’ उनले भने ।

    यसरी नै निक्षेप घट्दै गएमा तरलतामा असर पर्ने हुँदा कर्जा विस्तारमा कमी हुने आर्थिक विकासमा प्रतिकुल असर पर्ने थापा बताउँछन् ।

    बैंकहरुले प्रयोग गरेको स्थायी तरलता सुविधा ‘एसएलएफ’ तथा सापटीको साँवा तथा ब्याज भुक्तानी, बढ्दो आयातका लागि विदेशी मुद्राको सटही र सरकारी खर्च कमी लगायतका कारण बैंकिङ प्रणालीबाट निक्षेप घटेको नेपाल राष्ट्र बैंकको भनाइ छ । नेपालका बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालनको पछिल्लो अवस्था हेर्ने हाे भने निक्षेप घट्नुको कारण प्रस्ट हुने नेपाल राष्ट्र बैंक प्रवक्ता देबकुमार ढकाल बताउँछन् ।

    ‘नेपालका बैंकहरुले स्थायी तरलता सापटीको साँवा र ब्याज भुक्तानी गरेका कारण निक्षेप घटेको हुनसक्छ । यसैगरी घट्दो रेमिटान्स र बढ्दो ब्यापार घाटाले गर्दा विदेशी मुद्राको सटही बढेर नेपाली मुद्रा नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ । साथै, सरकारीले खर्च गर्न नसक्दा सरकारको राष्ट्र बैंकको खातामा रकम जम्मा भएर बसेको लगायतका कारणले निक्षेप घटेको हुनसक्छ,’ ढकालले भने ।

    नेपाल सरकारले पछिल्लो समय लक्ष्यको ३० प्रतिशत अर्थात ३ खर्ब ७३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । तर, सरकारले बजेट खर्चको लक्ष्य १६ खर्ब ३२ अर्बमध्ये १८.४४ प्रतिशत ३ खर्ब १ करोड मात्रै खर्च गरेको छ । जसमध्ये २ खर्ब ४३ अर्ब चालुतर्फ खर्च भएको छ भने ऋणको सावा ब्याज भुक्तानीका लागि प्रयोग हुने वित्तीय खर्चमा ३५ अर्ब ८४ करोड रुपैयाँ मात्रै खर्च भएको छ । विकास निर्माणमा हुने पुँजीगत खर्च २१ अर्ब ५२ करोड रुपैयाँ मात्रै खर्च भएको छ । पुँजीगत खर्च नबढेकाले वैदेशिक अनुदान तथा ऋणको उपयोग हुनसकेको छैन । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वैदेशिक अनुदान १ रुपैयाँ पनि आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ ।

    न्यून पुँजीगत खर्चले गर्दा पनि तरलतामा चाप परेको हो । यसैगरी बैंकहरुले अल्पकालीन स्रोतका आधारमा दिर्घकालीन कर्जा लगानी गर्दा बैंकिङ प्रणालीमा तरलताको समस्या भएको बुझाई नेपाल राष्ट्र बैंकको रहेको छ । बैंकहरुले विगतका वर्षहरुमा प्रवाह गरेको कर्जाको ‘रिकभरी दर’ समेत समेत कम रहेको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाबले तरलताको समस्या थप बढाएको छ ।

    ब्यापारघाटामा भएको बृद्धि, रेमिट्यान्समा आएको गिरावट र पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको असर बैंकिङ प्रणालीको तरलतासँग आएर जोडिएको छ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउन खोजे पनि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकको हस्तक्षेपको बाबजुत पनि निक्षेपको ब्याजदर दोहोरो अंकले बढेको छ भने कर्जाको ब्याजदर बढ्ने क्रममा रहेको छ ।

  • मुद्दती खाताको ब्याजदर १०.०५ प्रतिशत, कुन बैंकको ब्याज कति ?

    मुद्दती खाताको ब्याजदर १०.०५ प्रतिशत, कुन बैंकको ब्याज कति ?

    काठमाडौं । अधिकांश बैंकहरू मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन । अधिकांशको ब्याजदर राष्ट्र बैंकको सीमाभित्र छ ।

    ब्याजदर बृद्धिसँगै मुद्दतीको ब्याजदर दोहोरो अंकमा पुगेको छ । ग्लोबल आईएमई बैंक, एनआईसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक, नविल बैंक, सनराइज बैंक, प्राइम कर्सियल बैंक, सिभिल बैंक, कुमारी बैंक, सेन्चुरी बैंक, नेपाल बैंक लिमिटेड, एनएमबी बैंक, सानिमा बैंक, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक, एनसीसी बैंक, माछापुच्छ्र बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डूलगायतले व्यक्तिगत मुद्दतीमा दिने ब्याजदर १०.०५ प्रतिशत कायम गरेका छन् ।

    संस्थागत मुद्दतीको ब्याजदर भने नेपाल राष्ट्र बैंकको निर्देशननुसार व्यक्तिगत निक्षेपभन्दा १ प्रतिशतले कम ९.०५ प्रतिशत कामय गरेका छन् ।

    हालसम्म प्रकाशित वाणिज्य बैंकहरूको ब्याजदरसम्बन्धी विवरणका आधारमा राष्ट्रिय वाणिज्य बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक र मेगा बैंकले ब्याजदरलाई सिंगल डिजिटभित्र राख्ने प्रयास गरेका छन् । स्टाण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दतीको ब्याजदर अधिकतम ९.५० प्रतिशत कायम गरेको छ ।

    यसैगरी मेगा बैंकले ९.९६ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकले ९.११ प्रतिशत ब्याजदर निर्धारण गरी नयाँ ब्याजदर निर्धारण गरेका छन । यी तीन बैंकहरूले संस्थागत निक्षेपको ब्याजदर सर्वसाधारणलाई दिने मुद्दतीको ब्याजदरभन्दा १ प्रतिशत कम नै राखेर नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

    नेपालका बैंक वित्तीय संस्था तरलता अभाव भएको भन्दै अस्वस्थ प्रतिसपर्धामा उत्रिएपछि नेपाल राष्ट्र बैंकले ३ बुँदे कार्यविधि जारी गर्दै ब्याजदर वृद्धिमा अंकुश लगाएको थियो । आइतबार फेरि उसले कात्तिक २ गते जारी गरेको आफ्नै निर्देशनलाई परिवर्तन गर्दै ब्याजदरसम्बन्धी नयाँ निर्देशन कार्यान्वयनमा ल्याएको छ । मंसिरमा ब्याजदर बढाउने तयारीमा रहेका बैंकहरूलाई थप कस्ने उद्देश्यसहित राष्ट्र बैंकले नयाँ निर्देशन जारी गर्दै एकिकृत निर्देशन २०७८ को अंग बनाएको छ ।

    उक्त निर्देशनले मुद्दतीको ब्याजदर सम्पूर्ण बैंक वित्तीय संस्थाको औसत ब्याजदरका आधारमा १० प्रतिशतमात्रै बढाउने व्यवस्था गरेको छ । कात्तिक २ गतेको निर्देशनमा अघिल्लो महिना बैंक वित्तीय संस्थाले कायम गरेको ब्याजदरका आधारमा १० प्रतिशतसम्म बढाउन पाउने व्यवस्था गरेको थियो । यसैगरी संस्थागत मुद्दतीको निक्षेपभन्दा व्यक्तिगत मुद्दतीको निक्षेपको ब्याजदर १ प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरेको थियो । तर, नयाँ निर्देशनले सबै वाणिज्य बैंकहरूको औसत ब्याजदर गणना गरी त्यसमा १० प्रतिशत थप गरेरमात्रै ब्याजदर बढाउन पाउने व्यवस्था गरेको छ ।

    अर्थमन्त्रालयको चासो र नेपाल राष्ट्र बैंकको ब्याजदर बढ्न नदिने नीति बुझेका नेपाल बैंकर्स संघका सदस्यहरूले ब्याजदर एकल बिन्दुमा कायम राख्नका लागि भद्र सहमति गर्ने प्रयास गरे पनि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिएपछि सहमति कायम हुन सकेन ।

    नयाँ निर्देशनका अनुसार २७ वटै वाणिज्य बैंकहरूले अघिल्लो महिना मुद्दतीमा दिँदै आएको ब्याजदरलाई जोडेर २७ ले भाग गरी आउने भागफलमा अधिकतम १० प्रतिशतले मात्रै ब्याजदर बढाउँन पाउँनेछ ।

    कात्तिक महिनाम १७ वाणिज्य बैंकले भद्र सहमित गर्दै ९.३६ प्रतिशत दिने निर्णय गरेका थिए भने अन्य वाणिज्य बैंकहरूले ८ देखि ९.३६ प्रतिशतको बीचमा रहेर ब्याजदर कायम गरेका थिए । कात्तिकमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ९.१३ प्रतिशत हुन आउँछ । राष्ट्र बैंकको निर्देशनअनुसार उक्त व्याजदरमा १० प्रतिशत थप गर्दा नयाँ ब्याजदर १०.०५ प्रतिशत कामय हुने भएकाले सोही आधारमा वाणिज्य बैंकहरूले ब्याजदर बढाएका हुन् ।

    कात्तिक २ गतेको निर्देशनमा नै वाणिज्य बैंकहरूलाई ब्याजदर निर्धारण गर्न छाडिएको भए मंसिरमा मुद्दतीको ब्याजदर १०.३० प्रतिशतसम्म पुग्ने निश्चित नै थियो । नेपाल राष्ट्र बैंकको उक्त नीतिका कारण कात्तिक महिनामा कम ब्याजदर निर्धारण गरेका बैंक वित्तीय संस्थालाई भने फाइदा भएको छ । उनीहरूले एकैपटकमा १०.०५ प्रतिशतसम्म ब्याजदर बढाउन पाएका छन् ।

    नेपाल राष्ट्र बैंकले ब्याजदर बढ्न नदिनका लागि घुमाउरो पाराले पछिल्लो नीति परिवर्तन गरेको हो । नेपालका बैंक वित्तीय संस्थाले जथाभावी कर्जा विस्तार गरेको, कर्जाको रिकभरी रेट नबढेको र यसले समर्ग अर्थतन्त्रको उत्पादकत्व बढाउन नसकेको भन्दै कर्जा नीतिमा नेपाल राष्ट्र बैंकले कडाइ गरिरहेको छ । जसका कारण बैंकिङ प्रणालीमा तरलता अभावको समस्या देखिएको हो । तरलता अभाव र ब्याजदर वृद्धिका सम्बन्धमा अर्थमन्त्रालयले देखाएको चासोलाई समेत नेपाल राष्ट्र बैंकले संम्वोधन गर्दै ब्याजदर बृद्धिमा अंकुश लगाएको छ ।

    बढ्दो आयातका कारण नेपालको शोधान्तरघाटा बढिरहेकाले ब्याजदर वृद्धिमा नेपाल राष्ट्र बैंकले हस्तक्षेप गर्न हुँदैन भन्ने मत पनि त्यति नै सशक्तरूपमा उठिरहेको छ । अर्थतन्त्रमा बढ्दो मागलाई घटाएर भएपनि शोधान्तर घाटा कम गर्दै विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् ।

    तर, बढ्दो ब्याजदरका कारण सेयर बजार घटेका कारण पनि ब्याजदर हस्तक्षेप गर्नुपर्ने दबाब राष्ट्र बैंकमा परेको छ । यसैगरी नेपाल राष्ट्र बैंकले सेयर कर्जामा कडाइ गर्दै ४-१२ सीमा लगाएपछि लगानीकर्ताहरू नेपाल राष्ट्र बैंक र गभर्नरप्रति रुष्ट बन्दै अर्थमन्त्रीलाई उक्त सीमा हटाउनका लागि दबाब दिइरहेका छन । राष्ट्र बैंकको नीतिगत हस्तक्षेपका कारण घटेको बजारलाई घट्नबाट रोक्नका लागि पनि नेपाल राष्ट्र बैंकले ब्याजदरमा पटक-पटक हस्तक्षेप गर्दै आइरहेको छ ।

    पछिल्लो तरलताको अभावबारे अर्थमन्त्री जनार्दन शर्माले समेत चासो व्यक्त गर्दै गभर्नर महाप्रसाद अधिकारी र २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई अर्थमन्त्रालयमा डाकेर छलफल गरिसकेका छन् ।

    बैंकर्ससँग छलफलपछि पनि आइतबार गभर्नर अधिकारीलाई अर्थमन्त्रालयमा बोलाएर ब्याजदर बढ्नबाट रोक्नका लागि अर्थमन्त्रीलाई आग्रह गरेको बताइएको छ । यसैगरी तरलता अभाव कृतिम भएको भन्दै यसको समस्या समाधानमा ध्यान दिन अधिकारीलाई आग्रह गरेका थिए । अर्थमन्त्रालयले तालिका बनाएर नै कात्तिक महिनादेखि १० प्रतिशत पुँजीगत खर्च नगर्ने भन्दै बढ्दो लगानीको मागलाई नरोक्न आग्रह गरेका थिए ।

    कुनै एक बैंकले बढाउने नीति अख्तियार गर्नसाथ अन्य बैंकहरूले पनि ब्याजदर बढाउनुपर्ने हुन्थ्यो । सहमति नभएपश्चात ब्याजदर एकल बिन्दुमा राख्ने प्रयास असफल भएको छ ।

    उनले गरिबले समेत कर्जा पाउने गरी धितो मूल्यांकनसम्बन्धी नीति परिवर्तन गर्न भनेका थिए । यसैगरी सरकारले वैदेशिक अनुदान तथा ऋण परिचालनमा तिब्रता दिने सोच बनाइरहेकाले तरलता अभावको समस्या धेरै दिन नरहने भन्दै गभर्नर अधिकारीलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो समीक्षामार्फत समस्या समाधानका लागि आग्रह गरेको अर्थमन्त्रालयले स्रोतले बतायो ।

    अर्थमन्त्रालयको चासो र नेपाल राष्ट्र बैंकको ब्याजदर बढ्न नदिने नीति बुझेका नेपाल बैंकर्स संघका सदस्यहरूले ब्याजदर एकल बिन्दुमा कायम राख्नका लागि भद्र सहमति गर्ने प्रयास गरे पनि बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्याय ब्याजदर बढाउने पक्षमा देखिएपछि सहमति कायम हुन सकेन ।

    उनले राष्ट्र बैंकको निर्देशनभित्र रहेर वाणिज्य बैंकहरुलाई ब्याजदर बढाउन दिनपर्ने अडान राखेको बुझिएको छ । उनलाई नबिल बैंकका सीईओ अनिलकेशरी शाहले साथ दिएको एक बैंकरले बताए । ब्याजदर बढाएपनि पछिल्लो समय निक्षेप बढ्न नसकिरहेको भन्दै अधिकांश बैंकरहरूले कात्तिकको ब्याजदरलाई नै निरन्तरता दिन चाहेका थिए । कात्तिककै ब्याजदरले मंसिरमा निरन्तरता पाएको भए नेपाल राष्ट्र बैंकको ब्याजदर नबढाउने चाहाना पनि पूरा हुने, निक्षेप खोसाखोसको अवस्थाको अन्त्य हुने र ब्याजदर दोहोरो अंकले बढ्ने अवस्था रहने थिएन । यसका लागि सबै प्रतिस्पर्धी बैंकहरूले ब्याजदर बढाउन पाउने थिएनन् ।

    कुनै एक बैंकले बढाउने नीति अख्तियार गर्नसाथ अन्य बैंकहरूले पनि ब्याजदर बढाउनुपर्ने हुन्थ्यो । सहमति नभएपश्चात ब्याजदर एकल बिन्दुमा राख्ने प्रयास असफल भएको छ ।

  • यी बैंकहरू दसैँमा पनि खुल्ने, कुन शाखा कति बेला खुल्छ ? (सूचीसहित)

    यी बैंकहरू दसैँमा पनि खुल्ने, कुन शाखा कति बेला खुल्छ ? (सूचीसहित)

    काठमाडौं । दसैँमा पनि बैंकहरूले सेवालाई निरन्तरता दिएका छन् । बैंकहरुले निश्चित स्थानका शाखाहरूमा समयसीमा तोकेर बैंकिङ सेवा दिने जनाएका छन् ।

    चाडबाडको बेला सेवाग्राहीको सहजताका लागि बैंकिङ कारोबारलाई निरन्तरता दिइएको सम्बन्धित बैंकहरूले बताएका छन् ।

    बैंकहरू खुल्ने दिन र समयतालिका यस प्रकार छ:

    एनआइसी एशिया बैंक

    वागमती प्रदेशः बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी
    बागबजार, भक्तपुर (सूर्यविनायक), ग्वार्को कलंकी, महाराजगंज, नारायणगढ

    अष्टमी
    कर्पोरेट शाखा, पेप्सीकोला, सातदोबाटो, बौद्ध सामाखुसी, हेटौंडा

    नवमी

    पुल्चोक, बनेपा, सुकेधारा, थानकोट, न्यूरोड खिचापोखरी, हाकिम चोक

    एकादशी

    हेटौंडा, नारायणगढ सतुङ्गल, सितापाईला, न्यूरोड विशाल बजार, डिल्लीबजार, महाराजगञ्ज, कीर्तिपुर बालाजु बौद्ध, लाजिम्पाट, कौशलटार, जावलाखेल, ठमेल,

    भक्तपुर (सूर्यविनायक), गोंगवु

    प्रदेश १

    बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी – विराटनगर

    अष्टमी – इटहरी

    नवमी- बिर्तामोड, दमक, धरान, पुष्पलाल चोक

    एकादशी – बिर्तामोड, चन्द्रगढी, इलाम बुधबारे, दमक, उर्लाबारी सुरुद्रा, पथरी, धरान, गाईघाट, मुम्का, हिले, ओखलढुङ्गा, विराटनगर, इटहरी, विराटचोक, पुष्पलाल चोक

    प्रदेश २

    बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजे सम्म

    सप्तमी – वीरगञ्ज, गौर जितपुर लंगडी वागमती, हरिवन, मलंगवा, बर्दीबास, कविलासी, लाहान जनकपुर

    अष्टमी – लिङ्गरोड, चन्द्रनिगाहपुर कलैया, लंगडी, लालबन्दी, गौशाला (महोत्तरी), सम्सी, बरहथवा मिर्चेया, पिडारी चोक

    नवमी – पावरहाउस चोक वीरगञ्ज, और निजगढ, हरिवन, मलंगवा, हरिपुर्वा, बर्दिवास, लाहान, जनकपुर

    एकादशी – वीरगञ्ज, लंड्डी, कलैया, जितपुर निजगढ़, चन्द्रनिगाहपुर, गौर, हरिवन, मलंगवा, लालबन्दी, बेलवास, सम्सी, गौशाला, बर्दिवास, जनकपुर, पिडारी चोक, महेन्द्रनगर, धनुषा निर्देशा, सिराहा गोलबजार लाहान, राजविराज

    गण्डकी

    बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी – कावासोती बागलुख, दमौली, न्यूरोड पोखरा, बगर, पावरहाउस चौक

    अष्टमी – कुस्मा, दुलेगौंडा, दलदले पोखरा महेन्द्रपुल, बाझापाटन, बुढीबजार

    नवमी – गैडाकोट, बेनी, लेकसाईड लेखनाथ अमरसिंह चोक

    एकादशी – दलदले, कावासोती, गैडाकोट, दमौली, कुस्मा, बागलुङ, न्यूरोड पोखरा लेखनाथ, बिरौटा, पोखरा महेन्द्रपुल

    लुम्बिनी

    बैंक खुल्ने– बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी – भैरहवा, राजमार्ग चौराहा बुद्धचोक (भैरहवा), धकधही मणिग्राम, बुटवल, तानसेन, नेपालगन्ज, तुलसीपुर घोराही, कोहलपुर

    अष्टमी – बुद्धचोक (भैरहवा), राममन्दिर लाईन, तुलसीपुर

    नवमी- देविनगर, कोहलपुर

    एकादशी – जितपुर ४ नम्बर, मणिग्राम, राजमार्ग चौराहा, तौलिहवा, बर्दघाट, बुटवल, परासी, तानसेन, घोराही तुल्सीपुर, नेपालगञ्ज

    कर्णाली

    बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी – जुम्ला रोड

    अष्टमी – जुम्ला रोड

    नवमी – जुम्ला रोड

    एकादशी – जुम्ला रोड

    सुदूरपश्चिम

    बैंक खुल्ने- बिहान ११ देखि दिउँसो २ बजेसम्म

    सप्तमी – धनगढी चौराहा, महेन्द्रनगर, बौलिया, टीकापुर, दार्चुला, डडेलधुरा

    अष्टमी – धनगढी (हस्पिटल लाइन), महेन्द्रनगर अतरिया लम्की, जोशीपुर,

    नवमी – धनगढी चौराहा, बेदकोट धनगढी (हस्पिटल लाइन)

    एकादशी – धनगढी चौराहा, धनगढी (हस्पिटल लाइन), अतरिया, महेन्द्रनगर, बेदकोट, चौमाला, बौनिया, टिकापुर, जोशीपुर, हसुलिया, लम्की करदाता विस्तारित काउन्टर, साफेबगर, डडेलधुरा

    राष्ट्रिय वाणिज्य बैंक

    प्रदेश १ : कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    देवकोटाचोक

    असोज २७ बुधवार

    बिराटनगर

    प्रदेश नं. २ः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    वीरगञ्ज, जनकपुर, कलैया, गौर, सिराहा, राजविराज, जलेश्वर

    असोज २७ बुधबार

    श्रीपुर, पिडारीचोक

    बागमतीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    भोटाहिटी, ललितपुर, सुर्यविनायक, बालाजु, बानेश्वर, टेकु, थापाथली

    असोज २७ बुधबार

    मुख्य शाखा कार्यालय बिशालबजार, महाराजगञ्ज, ठमेल,कलंकी, थापाथली, गौशाला

    असोज २८ बिहीबार

    दरवारमार्ग, पुल्चोक, ठिमी, बौद्ध, नक्साल, पुतलीसडक

    गण्डकीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    पार्दी

    असोज २७ बुधबार

    पृथ्वीचोक

    असोज २८ बिहीबार

    महेन्द्रपुल

    लुम्बिनीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    भैरहवा

    असोज २७ बुधबार

    नेपालगञ्ज, बुटवल

    असोज २८ बिहीबार

    तुल्सीपुर

    कर्णालीः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार
    सुर्खेत

    असोज २७ बुधबार

    वीरेन्द्रनगर

    सुदूरपश्चिमः कारोबार समय १० बजेदेखि १ बजेसम्म मात्र

    असोज २६ मंगलबार

    महेन्द्रनगर

    असोज २७ बुधबार

    धनगढी

    असोज २८ बिहीबार

    क्याम्पस रोड

    न्यूज कारखाना

  • मुक्तिनाथ बैंकले बढायो मुद्दती निक्षेपको व्याज

    मुक्तिनाथ बैंकले बढायो मुद्दती निक्षेपको व्याज

    काठमाडौ । मुक्तिनाथ विकास बैंकले व्यक्तिगत मुद्दती निक्षेपको व्याजदर बढाएको छ ।

    बैंकले ३ महिने मुद्दतीमा हालसम्मकै सर्वाधिक १० प्रतिशत वार्षिक तथा मासिक व्याज भुक्तानी हुने गरी असोज १ देखि लागू हुने गरी निर्धारण गरेको हो ।

    यसैगरी ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक व्याजदर तथा मासिक व्याज भुक्तानी हुने गरी व्याजदर प्रकाशित गरेको छ ।

    ३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैंकहरूले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित व्याजदरमध्ये सो व्यक्तिगत तथा संस्थागत व्याजदर उच्च रहेको बैंकको भनाइ छ ।

  • ७५० स्थानीय तहमा बैंकका शाखा, ३ करोड ६३ लाखले खोले खाता

    ७५० स्थानीय तहमा बैंकका शाखा, ३ करोड ६३ लाखले खोले खाता

    काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय पहुँचसम्वन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा स्थानीय तहमा पुगेका बैंकका शाखाको संख्या, बैंक खाताको संख्या, डिजिटल भुक्तानी प्रणाली मध्ये ग्राहकले सबैभन्दा बढी रुची भएको भुक्तानीको माध्यम, संक्रिय रहेका खाताको संख्या लगायतका विषय वस्तुहरूलाई समेट्न खोजिएको छ ।

    ७५३ मध्ये वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूको शाखा ७५० स्थानीय तहमा पुगेको प्रतिवेदनमा उल्लेख छ । २०७८ चैत मसान्तसम्मको तथ्याङ्कलाई आधार बनाएर सार्वजनिक गरिएको उक्त प्रतिवेदनुसार स्थानीय तहमा ५ हजार ७७८ बैंकका शाखा पुगेका छन् ।

    कर्जा लिनेको संख्या करिब १७ लाख

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा बैंकमा खाता खोल्ने संख्याको तुलनामा कर्जा लिनका लागि खाता खोल्नेको संख्या ४.६२ प्रतिशतमात्रै रहेको देखाइएको छ । प्रतिवेदनले नेपालका बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्त गर्ने संख्या न्यून रहेको देखाएको छ ।

    कर्जा प्राप्त गर्ने परम्परागत प्रणाली ‘सम्पत्ति धितो’ राख्नुपर्ने कारणले पनि कर्जा लिनेको संख्या कम भएको देखिन्छ । यसका साथै कर्जा लिनका लागि बैंक तथा वित्तीय संस्थामा व्यहोर्नुपर्ने प्रकृयागत झन्झटका कारण पनि कर्जा लिने संख्या कम देखिएको हो ।

    प्रतिवेदनुसार बैंकहरूमा निक्षेप खाता खोल्नेको संख्या ३ करोड ६३ लाख ६६ हजार रहेको छ भने बैंकबाट कर्जा लिनका लागि खाता खोल्नेको संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

    २०७७ जेठ मसान्तसम्ममा बैंकमा खाताको संख्या ३ करोड १८ लाख ८६ हजार रहेको थियो । जसमध्ये प्राकृतिक व्यक्तिको खाता २ करोढ ९९ लाख ९८ हजार रहेको छ ।

    २०७७ जेठ मसान्तसम्ममा ६७.३४ प्रतिशत प्राकृतिक व्यक्तिको एकमात्र बैंकमा निक्षेप खाता रहेको छ । २०७६ साल असार मसान्तसम्ममा ६०.९ प्रतिशत नागरिक एकमात्र बैंकमा खाता रहेको थियो ।

    कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको हिस्सा ९३.९८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    कर्णाली सबैभन्दा कम

    प्रति हजार खाता खोल्नेमा पुरुषको संख्या निकै उच्च रहेको छ भने महिलाको संख्या कम रहेको छ । यसैगरी वागमती प्रदेशमा सबैभन्दा बढी बैंक खाता खुलेका छन भने कर्णाली प्रदेशमा खाता खोल्नेको संख्या निकै कम रहेको छ ।

    प्रति हजार व्यक्तिमध्ये ९९८ जनाको बैंकमा खाता रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिहजार पुरुषको १३१४ बैंक खाता रहेको छ भने प्रति हजार महिला मध्ये ६८७ महिलाको मात्रै खाता रहेको देखिएको छ ।

    सबैभन्दा धेरै बागमती प्रदेशमा प्रतिहजार १८०२ जना बैंक खाता खुलेका छन भने सबैभन्दा कम कर्णाली प्रदेशमा प्रतिहजार ४५८ व्यक्तिको मात्रै खाता रहेको छ ।

    महिलाको खाता पुरुषको तुलनामा बढी सक्रिय

    कुल खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन । नेपाल राष्ट्र बैंकको प्रतिवेदनुसार पुरुषको खाता भन्दा महिलाको खाता बढी सक्रिय रहेको देखिएको छ । पुरुषको खाता ६५.२ प्रतिशत खाता र महिलाको ७२.३ प्रतिशत खाता सक्रिय रहेको छ ।

    ग्रामिण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका खाता मध्ये निक्षेप खाताको संख्या सबैभन्दा बढी ९०.६ प्रतिशत र मुद्दती खाता ३.१ प्रतिशत मात्रै रहेको छ ।

    कुल व्यक्तिगत खाता मध्ये ९६.१५ प्रतिशत खाताको हिस्सा वयस्क व्यक्ति (१५ वर्ष भन्दा माथि) को रहेको केन्द्रीय बैंकले जनाएको छ । प्रति १ लाख जनसंख्याबराबर करिब १९ प्रतिशत बैंकका शाखा उपलब्ध रहेको छ । उक्त संख्या गण्डकी प्रदेशमा सबैभन्दा धेरै ३०.५ प्रतिशत र सबैभन्दा कम प्रदेश २ मा ९.७३ प्रतिशत रहेको छ ।

    मोवाइल बैंकिङको प्रयोग बढी

    नेपाल राष्ट्र बैंकको यस प्रतिवदेनमा युवा पुस्ताहरुमा डिजिटल भुक्तानी प्रणालीको क्रेज बढ्दै गएको देखाइएको छ । २० वर्षभन्दा माथिका युवा पुस्ताहरूले डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढ्दै गएकाले भविष्यमा प्रविधिको माग उच्चरूपमा बढ्ने प्रक्षेपण गरिएको छ ।

    डिजिटल भुक्तानी प्रणालीमध्ये सबैभन्दा लोक्रप्रिय मोवाइल बैंकिङ प्रणाली र त्यसपछी एटीएम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम बैंकिङमध्ये सबैभन्दा कम लोकप्रिय इन्टरनेट बैंकिङ रहेको छ ।

    केन्द्रीय बैंकको प्रतिवेदनअनुसार प्रतिखाता एटीएम प्रयोगकर्ताको संख्या २०.३५ प्रतिशत, मोवाइल बैकिङ प्रयोगकर्ता प्रतिखाता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता प्रतिखाता ३.८६ प्रतिशत रहेको छ । प्रतिखाता एटीएम, मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या सबेभन्दा धेरै राजधानी प्रदेश वागमतीमा क्रमश २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिएटीएम प्रयोगकर्ता सबैभन्दा कम गण्डकी प्रदेशमा १४.५ प्रतिशत, प्रतिखाता सबैभन्दा मोवाइल बैंकिङ प्रयोगकर्ता प्रदेश २ मा २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा ०.५२ प्रतिशत छन् । महानगरहरूमा एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत, इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेको छ ।

    गाउँपालिकाहरूमा प्रतिशाखा एटीएम प्रयोगकर्ताको संख्या क्रमश: १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ १.०८ प्रतिशत रहेको छ । प्रतिखाता मोवाइल बैंकिङको प्रयोगकर्ता सबैभन्दा धेरै गाउँपालिकामा ३३.३६ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

  • राष्ट्र बैंकले हटायो बैंकहरुलाई तोकेको कोटा, आवश्यकता हेरेर खोल्न पाइने

    राष्ट्र बैंकले हटायो बैंकहरुलाई तोकेको कोटा, आवश्यकता हेरेर खोल्न पाइने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बैंकका शाखाहरु खोल्न गरिएको कडाइलाई केही खुकुलो तुल्याएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जेठ १० गतेका सूचनालाई संसोधन गर्दै बैंक शाखा सञ्चालनमा लचकता अपनाएको हो ।

    अघिल्लो सूचनामा काठमाडौं उपत्यकाका बैंक तथा वित्तिय संस्थाहरुलाई आलोपालो गरेर सञ्चालन गर्न भनिएको थियो । त्यसअनुसार वाणिज्य बैंकले दैनिक ३ वटा, विकास बैंकले २ वटा र वित्त कम्पनीले १–१ वटा एक–एक वटा मात्रै शाखा खोल्न सक्थे । अब त्यो कोटा हटाइएको छ ।

    आवश्यकताका आधारमा सिमित शाखाहरु सञ्चालन गर्न अनुमति दिइएका राष्ट्र बंैकका प्रवक्ता देवकुमार ढकालले बताए ।

    ‘अरु कुराहरु पुरानै हुन्, तर अब पहिले गरिएको संख्या निर्धारण चाहिँ खारेज भएको छ,’ उनले भने ।

    बैंकका शाखामा हुने भिडभाडलाई मध्यनजर गर्दै २० प्रतिशत जनशक्ति व्यवस्थापन गरी शाखा सञ्चालन गर्न पनि राष्ट्र बैंकले भनेको छ ।

    कोभिड १९ संक्रमणको जोखिम अझै पनि कम भइनसकेको भन्दै केन्द्रीय बैंकले डिजिटल बैंकिङ प्रणाली सञ्चालनमा जोड दिएको छ । ‘वर्क फरम होम’ र ‘रिमोट एक्सेस’ लाई निरन्तरता दिन यसले जोड दिएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गर्ने आदेशलाई ध्यानमा राखी आवश्यक समन्वय गरेर सेवा प्रवाह गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

  • निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

    निषेधाज्ञाभर मुद्दती खाता नवीकरण इमेलबाटै हुने

    काठमाडौं । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले निषेधाज्ञाभर इमेलबाटै मुद्दती खाता नवीकरण गर्न सकिने जनाएको छ। इमेल गर्न नसकेको ग्राहकहरूले निषेधाज्ञा हटेको ७ दिनभित्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।

    निषेधाज्ञामा परिपक्व भएका मुद्दती खाता निषेधाज्ञा हटेपछि पनि परिपक्व भएकै मितिलाई आधार गणना गरेर नवीकरण गर्न सकिने छ ।

    कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर बैंकर्स संघले मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत कारोबार गर्न आग्रह गरेको छ । मोवाइल बैंकिङमार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाताको व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानी लगायतका कार्य गर्न सकिन्छ ।

    सामान खरिद गर्दा उपलब्ध भएसम्मका कार्डको प्रयोग तथा क्यू आर कोड मार्फत भुक्तानी गरी नगद प्रयोग कम गर्न आग्रह गरिएको छ ।

  • थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

    थोरै कर्मचारीबाट काम गराउन राष्ट्र बैंकको निर्देशन

    काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना महामारीको जोखिमलाई ध्यान दिँदै सचेत भएर सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

    नयाँ भेरियन्टको कोरोना भाइरसको जोखिम उच्च रहेकोले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सम्वन्धी मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपलव्ध सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै ‘वर्क फ्रम होम’ र ‘रिमोट एक्सेस’ को प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन भनेको छ ।

    त्यस्तै निषेधाज्ञा रहेका स्थानका कार्यालयका हकमा २० प्रतिशतभन्दा कम कर्मचारी उपस्थित भई कार्यसम्पादन गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । आफ्नो व्यवसायीका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्यालयमा उपस्थित नभई नहुने कामका लागि मात्रै कर्मचारी खटाउन भनिएको छ ।

    बिभिन्न निकायबाट जारी हुने निषेधाज्ञाको पालनाका लागि स्थानीय निकायसँगको समन्वयमा सेवा सञ्चालन गर्न समेत केन्द्रीय बैंकले निर्देशन दिएको छ ।

  • कोरोना नियन्त्रणका लागि वित्तीय संस्थाहरूलाई ९ बुँदे मापदण्ड (निर्देशनसहित)

    कोरोना नियन्त्रणका लागि वित्तीय संस्थाहरूलाई ९ बुँदे मापदण्ड (निर्देशनसहित)

    काठमाडौं । कोरोना महामारीको दोस्रो लहर बढ्दै जान थालेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ९ बुँदे स्वास्थ्य प्रोटोकल कडाइका साथ लागू गर्न निर्देशन जारी गरेको छ ।

    विश्व स्वास्थ्य संगठनको मापदण्डको पालना गर्दै सेवा प्रवाह गर्न केन्द्रीय बैंकले निर्देशन गरेको हो । बैंकमा ग्राहकको भौतिक उपस्थिति कम गराउन डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भनिएको छ ।

    कोरोना संक्रमण फैलिन सक्ने भन्दै एटीएम बुथमा सेनिटाइजर र टिस्यूपेपर अनिवार्य राख्न भनिएको छ । गोष्ठी समिनारहरू भर्चुअल रूपमा गर्न सूचित गरिएको छ ।

    बैंकका कर्मचारीहरुमा कोभिड संक्रमण भएको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गरी संक्रमण देखिएका कर्मचारीलाई आइसोलेसन र ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका कर्मचारीलाई क्वारेन्टिनको ब्यवस्था गर्न समेत राष्ट्र बैंकको आग्रह छ।

  • ‘क’ वर्गका ८ बैंकको सञ्चालक समिति महिलाविहीन

    ‘क’ वर्गका ८ बैंकको सञ्चालक समिति महिलाविहीन

    काठमाडौं । कम्पनी ऐनले कुनै पनि पब्लिक कम्पनीको सञ्चालक समितिमा कम्तिमा एकजना महिला अनिवार्य गरेको छ । जसअनुसार नेपालका वाणिज्य बैंकहरूको सञ्चालक समितिमा पनि कम्तिमा एक एकजना महिला हुनुपर्ने हो । तर, नेपालका ‘क’ वर्गका २७ बैंकमध्ये १९ वटा बैंकको सञ्चालक समितिमा मात्रै महिला छन् । ८ वटा बैंकको सञ्चालक समिति अझै महिलाविहीन छ ।

    ग्लोबल आईएमई बैंकको ६ जना सञ्चालक समितिमा एक जना पनि महिला छैनन । एनएमबी बैंकले पनि सञ्चालक समितिमा महिला राखेको छैन । एनआईसी एसिया, सिद्धार्थ र नेपाल बंगलादेश बैंकको सञ्चालक समितिमा महिला छैनन् ।

    ‘ऐनले सञ्चालक समितिमा महिला अनिवार्य भनेको छ । र, हामी पनि त्यसका लागि गृहकार्य गरिरहेको छौं,’ ग्लोबल आईएमई बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीले भने ।

    महिलामैत्री कम्पनी ऐन आउनुअघि भन्दा बैंक संचालक समितिसँगै बैंकमा महिला कर्मचारीको सङ्ख्या बढेको छ ।

    कुन बैंकको सञ्चालक समितिमा को महिला छन् ?

    नेपाल इन्भेष्टमेण्ट बैंकमा मञ्जु

    मञ्जु बस्नेतको बैंकिङ क्षेत्रमा ३१ वर्षको अनुभव छ । उनले एमबीएमा डिग्री गरेकी छन् । उनी हाल नेपाल इन्भेष्टमेण्ट बैंकको सञ्चालक समितिमा निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

    नबिल बैंकमा आशा

    आशा राना अधिकारी नबिल बैंकको सञ्चालक समितिमा निर्देशकको जिम्मेवारी सम्हालिरहेकी छन् । उनले विभिन्न वित्तीय क्षेत्रमा ३२ वर्षको अनुभव हासिल गरेकी छन् ।

    राष्ट्रिय वाणिज्य बैंकमा रोमिला

    रोमिला ढकाल उप्रेती राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा छिन् । उनले व्यवस्थापनमा स्नाकोत्तर गरेकी छन् । उप्रेतीसँग यसअघि एभरेष्ट बैंकमा २० वर्षभन्दा उच्च तहमा काम गरेको अनुभव छ ।

    प्रभु बैंकमा अन्जु

    अन्जु अधिकारीसँग नेपाल राष्ट्र बैंकको विभिन्न तहमा ३० वर्ष सेवा गरेको अनुभव छ । उनी प्रभु बैंकमा दुई वर्षदेखि सञ्चालक समितिमा निर्देशकका रुपमा कार्यरत छिन् ।

    एसबीआई बैंकमा विमला

    विमला सुवेदी एसबीआई बैंकको सञ्चालक समितिमा आउनुअघि उनले लेखा परीक्षणको काम गर्थिन् । अर्थशास्त्रमा स्नातकोत्तर गरेकी सुवेदीसँग ३१ वर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

    सिटिजन बैंकमा सीता

    सीता कार्की केसीसँग नेपालको ट्राभल तथा उद्यमीका क्षेत्रमा १५ वर्ष काम गरेको अनुभव छ । हाल उनी सिटिजन बैंकको सञ्चालक समितिमा छन् ।

    मेगा बैंकमा शिवा

    शिवा देवी काफ्लेसँग नेपाल राष्ट्र बैंकको प्रमुख भूमिकामा रहेर काम गरेको अनुभव छ । उनले अर्थशास्त्रमा एमफिल गरेकी छन् ।

    एभरेष्ट बैंकमा उर्मिला

    एभरेष्ट बैंकको पब्लिक डाइरेक्टरमा उर्मिला श्रेष्ठ छन् । उनीसँग पनि लामो समय विभिन्न बैंकमा काम गरेको अनुभव छ ।

    बैंक अफ काठमाडौंमा अमृत र मोहना

    बैक अफ काठमाडौंको सञ्चालक समितिमा दुईजना महिला छन् । अमृता उप्रेती र मोहना लोहनी उक्त बैंकको निर्देशकको जिम्मेवारीमा छन् ।

    स्टान्डर्ड चार्टड बैंकको नेतृत्वमा जरिन

    स्टान्डर्ड चाटर्ड बैंकको नेपालका लागि अध्यक्ष जरिन दारुवाला छिन् भने करेन दी अल्बीसले निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

    नेपाल बैंकमा सावित्री

    सावित्री रञ्जित श्रेष्ठ नेपाल बैंकको हालकी सञ्चालक समितिकी निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

    माछापुच्छ्रे बैंकमा सृजना

    सृजना कार्की भट्टराईले वजनेस एडमिनिस्ट्रेशनमा एमबीए गरेकी छन् । विभिन्न कम्पनी तथा हस्पिटलमा प्रमुख जिम्मेवारीका रुपमा काम गरिसकेकी भट्टराई हाल माछापुच्छ्रे बैंकको प्रमुख भूमिकामा छिन् ।

    एनसीसी बैंकमा सुमनकुमारी

    एनसीसी बैंकको सञ्चालक समितिमा सुमनकुमारी जोशी निर्देशकका रुपमा काम गरिरहेकी छन् ।

    लक्ष्मी बैंकमा स्वस्ती र विद्या

    लक्ष्मी बैंकको संचालक समितिमा स्वस्ती रोङ्गटा जनेरल पब्लिकमा र विद्या बस्न्यातले निर्देशकका जिम्मेवारी सम्हालिरहेका छन् ।

    प्रोफेसर डा. गीता प्रधान सेन्चुरी बैंकको सञ्चालक समितिमा छन् । यसैगरी प्राइम बैंकमा डा. मंगला श्रेष्ठ छन् भने कुमारी बैंकमा अनुराधा चौधरी र सानीमा बैंकमा गायत्री थापाले सञ्चालक समितिको कार्यभार सम्हालिरहेका छन् ।

    अनुपमा खुञ्जेलीले सिईओको भूमिकामा रहेर मेगा बैंक चलाइरहेकी छन् । मेगा बैंकमा नै प्रमुख जिम्मेवारीमा रविना देशराज पनि छन् । भर्खरै सनराइज बैंकको सीईओको रुपमा आरती राणा नियुक्त भएकी छन् ।

    महिला कर्मचारी राख्नेमा प्रभु पहिलो, एनआईसी दोस्रो

    अहिले नेपालमा २७ ओटा ‘क’ वर्गका बैंकमा रहेका ४४ हजार ५०२ जना कर्मचारीमध्ये १७ हजार तीन सय जना महिला छन् । नेपाल बैंकर्स संघको तथ्याङ्कअनुसार प्रभु बैंकमा सबैभन्दा धेरै महिला कर्मचारी छन् । उक्त बैंकमा एक हजार २ सय ९३ जना कर्मचारी महिला छन् । प्रभुमा पुरुषको तुलनामा महिला कर्मचारीको संख्या बढी छ । पुरुष कर्मचारीको संख्या १ हजार १ सय ११ रहेको छ ।

    एनआईसी एसिया बैंक महिला कर्मचारी राख्नेमा दोस्रो नम्बरमा छ । जहाँ १ हजार २०७ जना कर्मचारी महिला कर्मचारी छन् ।

  • बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ?

    बैंकले सार्वजनिक गरे वित्तीय विवरण, कुनको नाफा कति ?

    काठमाडौं । बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सनराइज बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल बैंकले विवरण सार्वजनिक गरेका हुन् ।

    कुन बैंकको विवरण कस्तो ?

    सनराइज बैंक

    सनराइज बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यस त्रैमाससम्मको नाफा ०.५३ प्रतिशतले बढेर ९४ करोड ९४ लाख रूपैयाँ पुगेको छ ।

    गत वर्षको यसै अवधिमा बैंकको नाफा ९४ करोड ४३ लाख रूपैयाँ थियो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३३ लाख रूपैयाँ रहेको छ । यता बैंकको खुद ब्याज आम्दानी ११.३१ प्रतिशत घटेर १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ । बैंकको सञ्चालन नाफा भने ०.८३ प्रतिशत बढेर १ अर्ब ३५ करोड रूपैयाँ पुगेको छ ।

    नेपाल बैंक

    सरकारी स्वामित्वको नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले नाफा ०.१ प्रतिशतले मात्र घटेको जनाएको छ । बैंकले चालु वर्षको साउनदेखि पुस मसान्तसम्म एक अर्ब ३५ करोड ४ लाख नाफा गरेको छ । अघिल्लो वर्ष यही अवधिमा नाफा १९ लाखले बढी थियो । बैंकले चालु वर्षको ६ महिनामध्ये पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ५५ करोड ४ लाख रूपैयाँ नाफा गरेको छ ।

    बैंकले एक वर्षको अवधिमा ऋण एक खर्ब ३ अर्बबाट बढाएर एक खर्ब १६ अर्ब पुर्‍याएको छ । निक्षेप पनि एक खर्ब ४१ अर्बबाट १ खर्ब ४८ अर्ब पु¥याएको छ। बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९९ करोडबाट २ अर्ब ७७ करोडमा झरेको छ । खासगरी ब्याज खर्च बढ्दा खुद ब्याज आम्दानी घटेको हो ।

    सानिमा बैंक

    सानिमा बैंकको सार्वजनिक वित्तीय विवरण अनुसार यस अवधिसम्ममा बैंकले १ अर्ब ६ करोड २७ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको भन्दा ७.३८ प्रतिशत कम हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपियाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि बैंकको खुद नाफा घटेको हो । यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८९ करोड २६ लाख रूपैयाँ रहेको छ ।

    प्रभु बैंक

    प्रभु बैंकले ३९.८७ प्रतिशतले खुद नाफा बढाएको छ । बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १ अर्ब ५१ करोड रूपैयाँ भएको जनाएको छ । बैंकले चालु वर्षको पछिल्लो तीन महिना (कात्तिकदेखि पुससम्म) ६६ करोड ८६ लाख रूपैयाँ नाफा गरेको छ । खुद ब्याज आम्दानी पनि बढेको छ ।

    अघिल्लो वर्ष २ अर्ब ४५ करोड रूपैयाँ रहेको यस्तो आम्दानी यस वर्ष २ अर्ब ६९ करोड रूपैयाँ पुगेको छ । बैंकले व्यापार वृद्धि पनि ९९ अर्ब ३९ करोडबाट बढाएर एक खर्ब २६ अर्ब रूपैयाँ पुर्‍याएको छ ।

  • विदेशी सेवा किन्दा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न पाइने

    विदेशी सेवा किन्दा ५०० डलरसम्मको प्रिपेड कार्ड जारी गर्न पाइने

    काठमाडौं । अनलाइनमार्फत विदेशबाट आयात गरिने सेवा वा वस्तुका लागि गरिने भुक्तानीमा नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटही गर्ने व्यवस्था मिलाउने भएको छ ।

    यसका लागि वाणिज्य बैंकहरुले अनलाइनमार्फत विदेशबाट सेवा आयातबापतको भुक्तानी गर्न राष्ट्र बैंकले पाँचसय डलरसम्मको विदेशी मुद्राको प्रिपेडकार्ड जारी गर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिएको छ ।

    अनलाइनमार्फत गरिने विदेशी सेवा वा वस्तुको आयातबापत विदेशी मुद्रा सटहीको सुविधाका लागि राष्ट्र बैंकअन्र्तगत विदेशी विनिमय विभागले प्रस्ताव तयार पारेर राय तथा सुझावका लागि आहन गरेको छ ।

    राष्ट्र बैंकले कार्ड जारी गरेको दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा ५ सयसम्मको डलर कार्ड जारी सक्ने छन् ।
    यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरीद गर्दा लाग्ने कर वाणिज्य बैंकहरुले अग्रिम रुपमा कट्टा गर्नु पर्ने व्यावस्था छ ।

    प्रयोगकर्ताले नेपालको कानूनले प्रतिबन्ध नलगाएका विदेशी सेवा नेपालमा बसी अनलाइनमार्फत खरीद गर्न सक्नेछन् । साथै राष्ट्र बैंकले प्रस्तावित व्यवस्थाका सम्बन्धमा सबै सरोबारवाला व्यातिm तथा निकायसँग आवश्यक राय सुझाव समेत मागेको छ ।